समाज

    Showing 5,291-5,300 of 5,308 items.
  • ताप्लेजुङ आगलागिमा ७ घर र ५ वटा घुम्तीपसल ध्वस्त

    ताप्लेजुङ।  शुक्रबार राती देखि आगलागीबाट ताप्लेजुङको सदरमुकाम फुङ्लिङमा ७ घर र ५ वटा घुम्ति पसल जलेर नष्ट भएको छ । शुक्रबार रातिदेखि लागेको आगो शनिबार बिहान ५ बजे मात्र आगो पुर्णरुपमा नियन्त्रणमा आएको थियो । आगलागीबाट फुङलिङ नगरपालिका ५ स्थित ट्याक्सी स्टेण्ड छेउमा रहेका ७ घर र ५वटा घुम्ती पसल जलेका थिए । नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी, कर्मचारी र बासिन्दाले दमकलको सहायतामा आगो पूर्ण रूपमा निभाउन सफल भएका हुन् । आगलागीबाट स्थानीय नेत्र कार्की, खेम केसी, खड्ग थापा, चन्द्रमाया लोछार, राम साह, प्रेम निरौला र देवी भट्टराईको घर जलेर ध्वस्त भएका छन् भने बिनिता बिस्टको घुम्ती चिया

    • प्रकाशित मितिः वैशाख २०, २०७७
    • 389 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • प्रदेश १ मा शुक्रबारसम्म जम्मा ६ हजार ६ सय २४ जनाको कोरोना परीक्षण

    विराटनगर, १९ बैसाख प्रदेश १ मा द्रूत परीक्षण विधि (आरडिटी) बाट ५ हजार २ सय ८२ जनाको नमूना परीक्षण भएको छ । यसरी परीक्षण गरिएकामध्ये ५ हजार २ सय ६७ जनाको रिर्पोट नेगेटिभ आएको छ ।  आरडीटी र पीआर दुबै विधिबाट शुक्रबारसम्म जम्मा ६ हजार ६ सय २४ जनाको नमूना संकलन भई परीक्षणमा पठाइएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय मातहतको कोरोना सूचना डेस्कका अनुसार ल्याबमा स्वाब लगेर गरिने परीक्षण( पिसिआर) बाट १ हजार ३ सय ४२ जनामा कोरोना भए नभएको परीक्षण भएको छ । तीमध्ये एक हजार २ सय ९९ जनाको रिर्पो नेगेटिभ आएको छ । यता, प्रदेश सरकारले निर्माण गरेका क्वारेन्टाइन स्थलमा बस्नेको संख्या शुक्

    • प्रकाशित मितिः वैशाख १९, २०७७
    • 318 पटक पढिएको
    • "कुमार लुईंटेल"
  • नेपालमा थप २ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमित संख्या ५९ पुग्यो

     नेपालमा थप २ जनामा कोरोना भाइरस (कोभिड १९) संक्रमण भेटिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा समिरकुमार अधिकारीका अनुसार रुपेन्देहीका २५ वर्षीय युवक र बाँके नेपालगञ्जका ६० वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो । रुपन्देही १ र बाँकेका १ जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा समिरकुमार अधिकारीका अनुसार रुपेन्देहीका २५ वर्षीय युवक र बाँके नेपालगञ्जका ६० वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो ।  यससँगै नेपालमा कोरोना संक्रमितको संख्या ५९ पुगेको छ ।

    • प्रकाशित मितिः वैशाख १९, २०७७
    • 385 पटक पढिएको
    • "सन्जोगबाबु दाहाल"
  • प्रदेश सरकारले बिस्फोटमा परि ज्यान गुमाउने बालबालिकाका परिवारलाई राहत दिन सिफारिश गर्ने

    रोल्पाको त्रिवेणी गाँउपालिकामा हिजो साझ करिब ६ बजे भएको दर्दनाक घटनाप्रति प्रदेश नं ५ सरकारका मुख्यमन्त्री शंकर पोखरेलले दुःख व्यक्त गरेका छन् । उक्त घटनामा दिवंगतप्रति श्रद्धाञ्जलि व्यक्त गर्दै शोकाकूल परिवारजनप्रति समवेदना पनि व्यक्त गर्दै विस्फोटनमा परेका बालबालिकाका परिवारलाई राहत दिन प्रदेश सरकारले संघीय सरकारलाई सिफारिश गर्ने पनि बताएका छन् । मुख्यमन्त्री पोखरेलले सशस्त्र द्वन्द्वका कारण बेलाबखत यस्ता दुर्घटना हुने गरेको जनाउँदै कुनै शंकास्पद वस्तु देखिएमा नचलाउन र शंकास्पद ठाउँका बारेमा सुरक्षा निकायलाई जानकारी दिन आग्रह पनि गरेका छन् । ५ वर्षीय विजय खत्री, ११ वर्षीया विमला खत्री, १३

    • प्रकाशित मितिः वैशाख १९, २०७७
    • 274 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • क्वारेन्टाइनभित्रै एक युवाले गरे आत्महत्या

    उदयपुर/एक साता देखि क्वारेन्टाइनमा बस्दै आएका उदयपुरको रौतामाई गाउँपालिका–७ गुराँसेका एक युवाले बिहीबार राति आत्माहत्या गरेका छन् । उनले क्वारेन्टाइन भित्रै झुन्डिएर आत्महत्या गरेका हुन् । उदयपुरको जनता क्याम्पस रौतामाई–७ राजाबास क्वारेन्टाइनमा श्रीमतीसहित बस्दै आएका १८ वर्षका सुमन विकले आत्महत्या गरेका हुन् । उनले के कारणले आत्महत्या गरे भन्ने खुलिसकेको छैन् । काठमाडौं बाट लकडाउन पछि बैशाख ११ गते घर फर्किएका उनि क्वारेन्टाइनमा बस्दै आएका थिए ।  

    • प्रकाशित मितिः वैशाख १९, २०७७
    • 482 पटक पढिएको
    • "सन्जोगबाबु दाहाल"
  • कपिलवस्तुमा वडाध्यक्षमाथि लक्षित गरि गोली प्रहार

    कपिलवस्त/ कपिलवस्तको यशोधरा गाउँपालिका वडा नम्बर ८ का वडाध्यक्ष सहाबुद्दिन मुसलमान माथि लक्षित गरि गोली प्रहार भएको छ । गोली प्रहार भए पनि उनि सकुशल रहेका छन् । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक सुनिल मल्लका अनुसार आफ्नै घरमा सुतेका मुसलमानमाथि चार राउण्ड गोली प्रहार भएको थियो । रिभल्वरले दुई अज्ञात व्यक्तिले उनलाई गोली प्रहार गरेका थिए । उनिमाथि प्रहार भएका कुनै पनि गोली उनलाई नलागेको मल्ल्ले बताए । साथै घटनामा संलग्नता रहेको आशंकामा स्थानीयवासी पप्पु मुसलमानलाई नियन्त्रणमा लिइएको मल्लले बताए । वडाध्यक्ष मुसलमान र पप्पुबीच पहिलेदेखि नै सम्बन्ध राम्रो नभएको उनिहरु बिच विवाद ह

    • प्रकाशित मितिः वैशाख १९, २०७७
    • 516 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • सुरक्षाकर्मी र स्वयंसेवकद्वारा खाजा वितरण

    विराटनगर । विराटनगरका युवाले लकडाउनको पूर्ण पालना गराउन सडमा खटिएका सुरक्षाकर्मी तथा प्रहरीको ‘‘साथी म का स्वयंसेवकहरु’’ लाई खाजाको प्रबन्ध गरेका छन् । अहिले सडकमा सुरक्षाकर्मी र प्रहरीको साथी म स्वयंसेवकहरु अहोरात्र खटिएका छन् । अहिले लकडाउनका कारण चोकचोकमा रहेका पसलहरु बन्द छन् । यस्तो अवस्थामा सुरक्षाकर्मी र स्वयंसेवक लाई खाजा वितरण गर्दै आएको बताइएको छ । युवाहरुको समुहले विराटनगरको मिलन चोक, पुष्पलाल चोक तथा अन्य ठाउँमा खटिएका स्वास्थकर्मीहरु लाई खाजा वितरण गरिरहेको छ । ‘‘अप्ठ्यारो परेको अवस्थामा समाजलाई सहजीकरण गर्नु युवाहरुको पनि कर्तब्य हो’&

    • प्रकाशित मितिः वैशाख १९, २०७७
    • 274 पटक पढिएको
    • "कुमार लुईंटेल"
  • प्रथम गायिका रानुदेवीको निधन

    विराटनगर । रेडियो नेपालकी प्रथम गायिका रानुदेवी (रानु अधिकारी) को निधन भएको छ । ८३ वर्षीया रानुदेवी अल्जाइमर्स र पार्किन्सन्स रोगबाट पीडित थिइन । उनी केही समयअघि मात्र अमेरिकाबाट काठमाडौ फर्किएकी थिइन । छोरा अविन अधिकारीसंग उनी केही समय अमेरिकामा बसेकी थिइन । रानुदेवीका जेठी छोरी र छोरा अमेरिकामा बस्दै आएका छन् । अधिकारीको काठमाडौंस्थित केएमसी अस्पतालमा गएराति निधन भएको हो । कांग्रेस नेतृ मृदुला कोइरालाले अधिकारीका छोरा अविनले अमेरिकाबाट आमाको निधन भएको सन्देश पठाएको जानकारी दिएकी छन । २००७ सालमा स्व. तारिणी प्रसाद कोइरालाले विराटनगरमा स्थापना गरेको रेडियो नेपालबाट क्रान्तिको गीत गाउने गा

    • प्रकाशित मितिः वैशाख १९, २०७७
    • 301 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • ग्यारेजमा आगलागी हुदा ३ वटा कार जलेर नस्ट

    ईटहरी/सुनसरीको ईटहरी -९ ओसेनपार्क स्थितमा रहेको प्रमोद मोटस्स ग्यारेजमा आगलागी भएको छ । हिजो बेलुका साढे ७ बजे रबिन्द्र खड्काले संचालन गर्दै आएको उक्त ग्यारेजमा अचानक आगलागी हुदा तिन वटा कार जलेर नष्ट भएको छ । ग्यारेजमा बनाउनका लागी राखिएको बा २ च ३८७८ नम्बरको, को २ च ८८०३ र को २ झ १४२९ नम्बरको कारमा आगो सल्कदा तिन वटै कार जलेर नष्ट भएको ईलाका प्रहरी कार्यालय ईटहरीले जनाएको छ ।सो आगलागी प्रहरी, स्थानीयवासी र दमकलको सहयोगमा पुर्ण रुपमा नियन्त्रणमा आएको छ ।

    • प्रकाशित मितिः वैशाख १९, २०७७
    • 404 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • धरानका ४, ५ र ६ मा पनि फौजिकिराको प्रकोप

    धरान । अघिल्लो वर्ष देखि फैलिएको अमेरिकन फौजी किराको प्रकोप यस वर्ष पनि फैलिन शुरु भइसकेको छ । अघिल्लो वर्ष धरान उपमहानगरपालिकाको वडा नम्बर ४, ५, ६ मा धान खेतिमा देखिएको अमेरिकन फौजि किराको प्रकोप यस वर्ष मकै बालिमा देखिन थालेको छ । अहिले तीनै वटा वडाका कृषकहरुले मकै खेति लगाएका छन् । भर्खरै लगाएका मकै बालिमा फौजि किराले क्षति गर्न थालेको किसानहरुले गुनासो गरेका छन् । केही दिन अघि धरानको वडा नम्बर २० मा अमेरिकन फौजि किराको प्रकोप अनुगमन गरिएको थियो । अमेरिकन फौजी किरा अथवा (गुबोदेखि पात नल सबै मर्ने रोग) ले यस वर्ष पनि किसानहरु चिन्तित हुन थालेका छन् । मकै उम्रने बित्तिकैदेखि आक्रमण गरेर प

    • प्रकाशित मितिः वैशाख १९, २०७७
    • 339 पटक पढिएको
    • "दिनेश गजमेर"

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved