समाज

    Showing 5,051-5,060 of 6,724 items.
  • भवन निर्माण भइसक्दा पनि मालपोत र नापी सरेन भाडावापत करोडौँ रुपैया तिर्दै

    धरान / आफ्नै भवन हुँदाहुँदै पनि मालपोत र नापी कार्यालय भाडाको घरमा सञ्चालन हुँदै आइरहेका छन् । धरान ६ पानबारीमा जग्गा खरिद गरेर एक वर्ष अगाडि नै भवन सञ्चालन गर्ने तयारी अवस्थामा भइसक्दा पनि विवादका कारण सञ्चालन हुन नसकेको हो ।२०७२ सालमा सुनसरीको सदरमुकाम इनरुवामा रहेको मालपोत र नापी कार्यालयबाट शाखाका रुपमा धरानमा ल्याइएको थियो । त्यही समयदेखि धरान १६ मा भाडामा सञ्चालन भइरहेको छ । मालपोत तथा नापी कार्यालयको भवन धरान १६ पानबारीमा एक वर्ष अगाडि नै निर्माण सम्पन्न भएपनि विवादका कारण अझै आफ्नो भवनमा सर्न सकेको छैन । धरान ६ पानबारीका स्थानीयहरुले एक वर्ष अगाडि भवन निर्माण सम्पन्न हुँदा पनि का

    • प्रकाशित मितिः माघ ३, २०७९
    • 896 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • सरकारले सोमबार शोक बिदा दिने

    धरान /  सरकारले सोमबार माघ २ गते शोक बिदा दिने निर्णय गरेको छ। बालुवाटारमा आज बसेको मन्त्रिपरिषदको बैठकले पोखरामा भएको जहाज दुर्घटनाको शोक बिदा दिने निर्णय गरेको सरकारका प्रवक्ता विष्णु पौडेलले जानकारी दिए। घटनाप्रति गहिरो दु:ख व्यक्त गरेको छ। भोलि माघ २ गते शोकपूर्ण घटनाका सन्दर्भमा शोक मनाउने र एक दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ, उनले भने। घटनाकाबारे परिवारजनलगायतलाई जानकारी दिन त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा कल सेन्टर स्थापना गर्ने निर्णय पनि भयेको बताए।

    • प्रकाशित मितिः माघ १, २०७९
    • 831 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • कृषि बजारमा विचौलियाको जगजगी

    धरान / धरान उपमहानगरपालिका वडा नं. १३ मा रहेको कृषि उपज बजार पूर्वी पहाडी क्षेत्रका किसानहरुको खरिद बिक्री गर्ने केन्द्रविन्दु बनेको छ । यस बजारमा कोशी पहाडी जिल्ला तेह्रथुम, धनकुटा, संखुवासभा, ताप्लेजुङ लगायतका जिल्लाबाट उत्पादन भएका कृषि जन्य सामग्री तथा खसी बोका बिक्रीका लागि आउने गरेका छन् । तर बिचौलियाका कारण कृषकहरुले उचित मूल्य पाउन सकेका छैनन् । बिचौलियाहरु घर घरमै पुगेर कृषकले उत्पादन गरेको सागसब्जी तथा खसीबोका खरिद गरेर कृषि बजारमा ल्याउने र मंहगोमा बिक्री गर्ने गर्छन् । जसले गर्दा कृषकहरु मारमा परेका छन् । विचौलियालाई नियन्त्रण गर्न नसक्दा कृषकहरु मार्कामा पर्ने गरेका छन् । यो बजा

    • प्रकाशित मितिः माघ १, २०७९
    • 750 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • धरान ८ द्वारा लक्षित वर्गलाई सहयोग

    धरान / धरान उपमहानगरपालिकाका प्रत्येक वडाले जाडोको मौसमम गरिब तथा असहाय, दलितहरुलाई न्यानो कपडा र सुत्केरी महिलालाई पोषणयुक्त खाद्य सामग्री वितरण गर्दै आएका छन् ।वडावडाबाट वितरण गरिएको यो कामको वडाबासीहरुले सकारात्मक लिँदै आएका छन् । धरान उपमहानगरपालिकाका २० वटै वडा समितिको कार्यालयहरुले बजेट विनियोजन नै गरेर दलित, विपन्न तथा ज्येष्ठ नागरिकलाई न्यानो कपडा वितरण गर्ने र सुत्केरी महिलाहरुलाई पोषणयुक्त खाना वितरण कामलाई निरन्तता दिँदै आएका छन् । पछिल्लो समय शुक्रबार धरान उपमहानगरपालिका वडा नं. ८ ले पनि आफ्ना वडामा रहेका दलित, विपन्न तथा ज्येष्ठ नारिकलाई जाडोको न्यानो कपडा र सुत्केरी महिलाहरुलाई

    • प्रकाशित मितिः माघ १, २०७९
    • 753 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • आज माघे सङ्क्रान्ति तरुलको बिक्रीमा कमी आयो

    विजयपुर / तिहारको सेलरोटी, दशैंको मासु भनेजस्तै माघे सङ्क्रान्तिको पनि खास परिकार छ । घिउ, चाकु, तिलको लड्डु, तरुल खाएर माघे सङ्क्रान्ति मनाइन्छ । यस दिन स्नान गरी घिउ, चाकु, तिलको लड्डुु, सागपात, तरुल, आदि खाने गरेमा शरीर पोषिलो हुनका साथै निरोगी हुने मान्यता रही आएको छ । प्रकृतिले त्यही कुरा, त्यही समयमा उत्पादन गरिदिएको छ, जतिबेला हाम्रो शरीरलाई आवश्यक हुन्छ । यतिबेला तरुल, सख्खरखण्ड, पिँडालु आदि खाने गरिन्छ । यसले शरीरमा आवश्यक पोषक तत्व पुरा गर्छ । माघे सङ्क्रान्तिका दिन प्रयोग गरिने परिकारले शरीरमा जाडोसँग लड्ने क्षमता बढाउँछ भन्ने मान्यता छ । गत वर्षको तुलनामा यो वर्ष भने तरुलको

    • प्रकाशित मितिः माघ १, २०७९
    • 857 पटक पढिएको
    • " स्नेहा श्रेष्ठ"
  • स्वदेशमै रोजगारीको सिर्जना गरौँ

    वैदेशिक रोजगारीमा जाने युवाको सङ्ख्या बढ्न थालेपछि रेमिट्यान्समा सुधार आएको समाचार प्रकाशमा आएको छ । नेपाल राष्ट्र बैङ्कले सार्वजनिक गरेको वित्तीय प्रतिवेदनअनुसार चालू आवको पहिलो पाँच महिनामा रेमिट्यान्समा २३ प्रतिशतले वृद्धि भएर ४ खर्ब ८० अर्ब ५० करोड रुपैयाँ पुगेको छ । यसले गर्दा विदेशी विनिमय सञ्चिति पनि बढेको छ । गत आर्थिक वर्षको मसान्तसम्म विदेशी विनिमयको सञ्चिति रकम ९ अर्ब ५४ करोड डलर रहेकोमा यो वर्षको मङ्सिर मसान्तसम्म ३ प्रतिशतले वृद्धि भई ९ अर्ब ८२ करोड डलर कायम भएको छ । गत असार मसान्तसम्मको तुलनामा अहिले भएको सञ्चिति ६.३ प्रतिशतले बढी रहेको राष्ट्र बैङ्कले जनाएको छ । नेपाली अर्थतन्त

    • प्रकाशित मितिः माघ १, २०७९
    • 866 पटक पढिएको
    • "कोशीपत्र सम्पादक"
  • कोरोनाबाट सचेत रहन सर्वसाधारणलाई आग्रह

    धनकुटा /  विगतमा कोरोना संक्रमणका कारण धेरैले ज्यान गुमाए । आर्थिक अवस्था डामाडोल बन्यो । पुन ः त्यस्तै अवस्था आउन सक्ने भन्दै धनकुटाको पाख्रीबास नगरपालिकाले नगरबासीहरुलाई सचेत रहन आग्रह गरेको छ । विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरसको संक्रमण पछिल्लो समय छिमेकी देश भारत र चीनमा समेत बढ्दै गएको अवस्थामा पुन ः विगतकै अवस्था आउन सक्ने भन्दै समयमै सचेत रहन नगरबासीहरुलाई नगरपालिकाले सचेत गराएको हो । नगरपालिकाले कोरोना संक्रमणबाट बच्न बढी भिडभाड हुने स्थानहरुमा मास्क तथा सेनीटाइजरको प्रयोग गर्ने, एक अर्कामा भौतिक दुरी कायम राख्ने, व्यक्तिगत सरसफाई लगायत आवश्यक स्वास्थ्य प्रोटोकल पालना

    • प्रकाशित मितिः पुस २९, २०७९
    • 820 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • तारको व्यवस्थापन सुरु

    मोरङ / विराटनगर महानगरपालिकाले जथाभावी छरिएर रहेका तारहरुलाई व्यवस्थित गर्ने काम सुरु गरेको छ । विराटनगरस्थित हिमालय रोडबाट तारको व्यवस्थापन सुरु गरिएको इन्जिनियर अनिल सिंहले जानकारी दिए । गत सोमबार महानगरले मेयर नागेश कोइराला, उपमेयर शिल्पा निरौला कार्की र प्रमुख प्रशासकीय अधिकृतको उपस्थितिमा सम्बन्धित कम्पनीका प्रतिनिधिलाई राखेर बैठक राखेको थियो । सोही बैठकले पुस २८ गते बिहीबारदेखि सहरको सौन्दर्यतामा ह्रास आउने गरी लत्रिएका तारको व्यवस्थापन गर्ने निर्णय गरेको थियो । म्याक्स, सुविसु, वल्र्डलिंक, भाइनेट, नेपाल टेलिकमलगायतका कम्पनीले आफ्नो तार व्यवस्थित गर्न सुरु गरेका हुन् । महानगरले तार व्य

    • प्रकाशित मितिः पुस २९, २०७९
    • 813 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • ‘पार्टीको झोले’ शब्दप्रति पत्रकारको आपत्ति

    धरान / धरानउपमहा नगर पालिका भित्रका अवरुद्ध विकास निर्माण, जीर्ण बन्दै गएको भौतिक संरचना लगायतका विषयमा सञ्चारकर्मीहरुले लेखेको समाचारप्रति धरान उपमहानगरपालकाका मेयर हर्क साम्पाङले प्रकाशित समाचार पोष्ट गर्दै ‘पार्टीको झोले’ भन्दै अनर्गन गाली गरेको प्रति सुनसरीको पत्रकारहरुले नेपाल पत्रकार महासंघ सुनसरीको ध्यानाकर्षण गराएका छन् । पत्रकारहरुले सत्यतथ्य समाचार प्रकाशित हुँदा उपमहानगरपालिकाले सुझावको रुपमा लिएर सच्याएर जानुपर्नेमा उल्टै सञ्चारकर्मीहरुलाई ‘पार्टीको झोले’ संज्ञा दिएको भन्दै यस विषयमा संस्थागत रुपमा अघि बढ्न महासंघ सुनसरीलाई विहीबार ध्यानाकर्षण गराएका हुन् ।

    • प्रकाशित मितिः पुस २९, २०७९
    • 871 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • नवनियुक्त अर्थमन्त्रीसँग व्यवसायीको भरोसा समस्या समाधान गर्न मन्त्री समक्ष आग्रह

    मोरङ / बैंकहरुले लिएको चर्को व्याजरको विरुद्धमा चरणबद्ध आन्दोलनमा उत्रिएका मोरङका उद्योगी तथा व्यवसायीहरुले विहीबार काठमाण्डौ नै पुगेर समस्याको समाधान गरिदिन आग्रह गरेका छन् । चरणबद्ध आन्दोलन गर्दै आएका उनीहरुलाई नवनियुक्त अर्थमन्त्री विष्णु पौडेलसँग समस्या समाधान गर्नका लागि केही समय अगाडि छलफलमा बोलाएपछि सकारात्मक बनेका उद्योगी, व्यवसायहरुले पुन :काठमाण्डौमै पुगेर स्मरण गराएका छन् । विहीबार मोरङ व्यापार संघका अध्यक्ष नवीन रिजाल, नेपाल उद्योग परिसंघ प्रदेश नं. १ का अध्यक्ष भीम घिमिरे लगायत काठमाण्डौ नै पुगेर अर्थमन्त्री पौडेल, सचिव तोयम राया, राजस्व सचिव डा. रामप्रसाद घिमिरे, पर्यटन सचिव सु

    • प्रकाशित मितिः पुस २९, २०७९
    • 779 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved