समाज

    Showing 491-500 of 6,695 items.
  • वराहक्षेत्रमा १०० करोड दीप प्रज्वलनसहित श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञ हुने

    धरान/ नेपालको पहिलो पवित्र तीर्थस्थलका रूपमा परिचित वराहक्षेत्रमा  १०० करोड दीप प्रज्वलनसहितको श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञ आयोजना हुने भएको छ। महायज्ञ आगामी माघ १९ गतेदेखि २६ गतेसम्म सञ्चालन हुनेछ। श्री वैकुण्ठनाथ दिव्य धाम काठमाडौँ र लायन्स क्लब अफ काठमाडौँ हेरिटेज धरहराको संयुक्त आयोजनामा हुन लागेको यस भव्य धार्मिक अनुष्ठानबारे शुक्रबार धरानमा आयोजित पत्रकार सम्मेलनमार्फत जानकारी दिइएको हो। कोकाह र कौसिकी नदीको पवित्र सङ्गमस्थल वराहक्षेत्रमा आयोजना हुने महायज्ञमा देश–विदेशबाट लाखौँ भक्तजनको सहभागिता रहने अपेक्षा गरिएको आयोजक समितिले जनाएको छ। आयोजकका अनुसार दीप प्रज

    • प्रकाशित मितिः मंसिर २७, २०८२
    • 329 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • धरान औद्योगिक क्षेत्रको ५४औँ वार्षिकोत्सव सम्पन्न

    धरान/ धरान औद्योगिक क्षेत्रले शुक्रबार ५४औँ वार्षिकोत्सव मनाएको छ। वि.सं. २०२९ मा भारत सरकारको सहयोगमा स्थापना भएको धरान औद्योगिक क्षेत्र आज देशका १० औद्योगिक क्षेत्रमध्ये एक भए पनि, उद्योग विस्तारका लागि जग्गा अभाव, पूर्वाधार सीमितता र नीतिगत जटिलता मुख्य चुनौतीका रूपमा देखिएका छन्। २०२ रोपनी क्षेत्रफलमा फैलिएको धरान औद्योगिक क्षेत्र पूर्वाञ्चल इन्जिनियरिङ क्याम्पस, रेडियो नेपाल क्षेत्रीय प्रसारण केन्द्र, धरान बजार र मदन भण्डारी राजमार्गले घेरिएको स्थानमा अवस्थित छ। स्थापना भएको पाँच दशक नाघ्दा पनि अपेक्षित औद्योगिक विकास हुन नसकेको स्वीकारोक्ति स्वयं व्यवस्थापन पक्षले गरेको छ। वार्षिकोत्

    • प्रकाशित मितिः मंसिर २६, २०८२
    • 437 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • सिटि चिल्ड्रेन मन्टेश्वरीद्वारा मानव सेवा आश्रमका बुवालाई खाना तथा फलफूल वितरण

    धरान/  धरान–१६ सिटि चिल्ड्रेन हाउस मन्टेश्वरी तथा ट्रेनिङ सेन्टरले मानव सेवा केन्द्र धरानमा सामाजिक सहयोग कार्यक्रम आयोजना गरेको छ। मंसिर २६ गते बिहान सम्पन्न कार्यक्रममा आश्रममा बसेका २७ जना बुवालाई बिहानको खाना खुवाउँदै फलफूल पनि वितरण गरिएको थियो। मन्टेश्वरीकी निर्देशक ओमु राईका अनुसार विद्यार्थीहरूलाई “मानव सेवा नै सबैभन्दा ठूलो धर्म हो” भन्ने शिक्षा र संस्कार सिकाउने उद्देश्यले यो प्रयोगात्मक कार्यक्रम आयोजना गरिएको हो। “नानीबाबुहरूले सामाजिक उत्तरदायित्व र सहानुभूतिको महत्व बुझ्न सकून् भन्ने उद्देश्यले यो कार्यक्रम आयोजना गरेका हौं” उनले भनिन् ।

    • प्रकाशित मितिः मंसिर २६, २०८२
    • 423 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • डिपो कप–२०८२ : नोबेल, आइडल र कारमेलको सानदार जित

    धरान/  डिपो माध्यमिक विद्यालय, धरान–१८ द्वारा आयोजित २०औँ ललित–अम्बर डिपो कप–२०८२ को दोस्रो दिन तीन रोमाञ्चक खेलहरू सम्पन्न भएका छन्। कक्षा ५ सम्मका १२ वर्षमुनिका विद्यार्थीहरूको सहभागिता रहेको प्रतियोगितामा आज भएका सबै खेल एकतर्फी नतिजासहित सकिएका छन्। दोस्रो दिनको पहिलो खेलमा नोबेल एकाडेमी धरान–११ ले एप्पल मन्टेश्वरी धरान–११ लाई ०–८ को विशाल अन्तरले पराजित गर्दै प्रभावशाली जित दर्ता गर्‍यो। नोबेलका जर्सी ७ का सोहन राईले ह्याट्रिकसहित ३ गोल गर्दै खेलमा उत्कृष्ट प्रदर्शन गरे। त्यस्तै जर्सी ९ का डेनिल लिम्बूले २ गोल, रेहान रसाइली र सायाहाङ राईले सम

    • प्रकाशित मितिः मंसिर २६, २०८२
    • 393 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • धरानमा पहिलोपटक ‘युएन बारिष्टा एड्भान्स कोर्स’ दीक्षान्त समारोह सम्पन्न

    धरान/ युएन-नवोदय  कलेजका होटल म्यानेजमेन्ट कक्षा १२ का विद्यार्थीहरूको पहिलो चरणको ‘बारिष्टा एड्भान्स कोर्स’ दीक्षान्त समारोह धरान–१६ लेखनाथ चोकस्थित युएन केक एन्ड बारिष्टाको प्राङ्गणमा भव्य रूपमा सम्पन्न भएको छ। समारोहमा यु एन कलेजका होटल म्यानेजमेन्ट संयोजक गगनमान श्रेष्ठ र जनसम्पर्क अधिकृत रामबहादुर लिम्बूले दीक्षित विद्यार्थीहरूलाई खदा ओढाई प्रमाणपत्र वितरण गरेका थिए। कलेजका प्रिन्सिपल तथा क्याम्पस प्रमुख डम्बरकुमार तुम्बापोका अनुसार बदलिँदो प्रतिस्पर्धात्मक वातावरणमा विद्यार्थीहरूलाई केवल सैद्धान्तिक शिक्षा मात्र प

    • प्रकाशित मितिः मंसिर २६, २०८२
    • 551 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • धरानमा प्रहरी देख्नेबित्तिकै ३० केजी गाँजा फालेर दुई जना फरार

    धरान / मिति २०८२।०८।२५ – धरान उप–महानगरपालिका–२० लिङ्देन मोडमा रातिको गस्तीमा खटिएको प्रहरी टोलीलाई देख्नेबित्तिकै दुई जना मानिसले बोकेर ल्याउँदै गरेका दुई बोरा सडकछेउमै फालेर अन्धकारमा भागेका छन्। कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगर र अस्थायी प्रहरी चौकी विष्णुपादुकाबाट संयुक्त रूपमा खटिएको टोलीले राति ११:५५ बजे गस्ती गरिरहेका बेला ती व्यक्तिहरूले एक्कासि बोरा छाडेर फरार भएको अधिकारीहरूले जानकारी दिएका छन्। गस्ती टोलीले तत्कालै दुवै बोरा खोलि जाँच गर्दा भित्र राम्रोसँग प्याक गरिएको अवस्थामा करिब ३० केजी गाँजा जस्तो देखिने लागू औषध फेला परेको थियो। बरामद गरिएको उक्त ठूलो

    • प्रकाशित मितिः मंसिर २६, २०८२
    • 432 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • धरान खेलकुद महोत्सवमा आज साँझ एलिना चौहान र प्रताप दासको धमाकेदार प्रस्तुति

    धरान/  धरान खेलकुद महोत्सव–२०८२ अन्तर्गत आज शुक्रबार साँझ नेपालका चर्चित गायिका एलिना चौहान र लोकप्रिय गायक प्रताप दास धरान रंगशालामा दर्शकलाई रोमाञ्चक सांगीतिक साँझ दिने भएका छन्। उनीहरूले आफ्ना सबैभन्दा भाइरल र लोकप्रिय गीतहरू प्रस्तुति दिनेछन्। एलिना चौहानका “धोकेबाज हौ तिमी” र “एक्लैपनि जिन्दगी” गीतहरू युवामाझ निकै लोकप्रिय छन् भने प्रताप दासका “मोटर साइकलमा” र “फूल होइन” जस्ता गीतहरू पनि दर्शक माझ मन पराइएका छन्। यसैगरी दुवैले सँगै गाएका &ldquo

    • प्रकाशित मितिः मंसिर २६, २०८२
    • 361 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • सुसाइड नोटले हल्लायो कामधेनु दुग्ध सहकारी: पूर्वअध्यक्षदेखि कर्मचारीसम्म विवादमा

    सुनसरी/ कामधेनु दुग्ध विकास सहकारीका बजार प्रतिनिधि प्रेमकुमार मिश्रको आत्महत्या प्रकरणले संस्थाभित्र लामो समयदेखि दबिएको कलह सतहमा ल्याइदिएको छ। कात्तिक १७ गते झापाका मिश्रले आत्महत्या गरेपछि सुरु भएको आरोप–प्रत्यारोप अझ चर्कँदै गएको छ। घटनापछि सहकारीले पूर्वअध्यक्ष कृष्णप्रसाद अधिकारी र शेयर सदस्य मनोज दाहाललाई सदस्यताबाट हटाएको छ भने कर्मचारी तेजप्रसाद सुवेदीलाई तीन महिनाका लागि निलम्बन गरेको छ। एकैदिन तीन जनामाथि गरिएका कारबाहीले संस्थाभित्रको अस्थिरता झन् तीव्र बनेको छ। निष्कासनमा परेका अधिकारी, दाहाल र निलम्बित सुवेदीले संयुक्त पत्रकार सम्मेलन गर्दै आफूहरूमाथि थोपारिएको कारबाही

    • प्रकाशित मितिः मंसिर २६, २०८२
    • 408 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • श्रीमतीको हत्या गरेर भागेका श्रीमान ८ वर्ष पछि पक्राउ

    बेलबारी/  भोजपुरमा ८ वर्षअघि श्रीमतीको हत्या गरेर फरार भएका एक जना अभियुक्त मोरङको बेलबारीमा भेटिएका छन् । बेलबारीमा फेला पारेर प्रहरीले भोजपुर नगरपालिका–६ देउराली घर भएका ६३ वर्षीय नारदमणि राईलाई पक्राउ गरेको छ । राई पक्राउ परेसँगै लामो समयदेखि अलमलिँदै आएको एउटा पुरानो हत्या प्रकरण फेरि एकपटक चर्चामा आएको छ । भोजपुर प्रहरीका निमित्त प्रमुख तथा प्रवक्ता इन्स्पेक्टर महेन्द्र पराजुलीका अनुसार २०७४ साल साउन १९ गते बिहानका राति करिब १ बजेतिर नारदमणिले श्रीमती ४६ वर्षीया अम्बिका श्रेष्ठ (राई)लाई घरभित्रै कुटपिट गरी हत्या गरेका थिए । घरभित्रै सुतिरहेका बेला श्रीमानको कुटाइबाट अम्बिकाले

    • प्रकाशित मितिः मंसिर २६, २०८२
    • 339 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • धरानमा पहिलोपटक बृहत् खेलकुद महोत्सव : ‘खेलकुदको शहर’ घोषणा गर्दै भव्य उद्घाटन

    धरान/खेलकुदको राजधानी का रूपमा परिचित धरानमा पहिलोपटक आयोजना गरिएको बृहत् धरान खेलकुद महोत्सव–२०८२ बिहीबार एक भव्य समारोहबीच सुरु भएको छ। फुटबलका लेजेन्ड राजु काजी शाक्यले प्रमुख अतिथिका रूपमा महोत्सवको औपचारिक उद्घाटन गरे। उद्घाटन समारोहमा धरान खेलकुद मञ्चले शारीरिक सुगठनका प्रखर व्यक्तित्व स्व. कबिर राजभगतलाई मरणोपरान्त सम्मान गरेको छ। साथै प्रमुख अतिथि शाक्यलाई २५ हजार नगद सहित सम्मानपत्र प्रदान गर्दै मञ्च अध्यक्ष किशोर राईले अभिनन्दन गरे। मंसिर २५ देखि पुस १० गतेसम्म धरान रङ्गशाला–तल्लो मैदानमा सञ्चालन हुने १५ दिने यो महोत्सवलाई धरानलाई खेलकुदको शहरका रूपमा औपचारिक पहिचान दि

    • प्रकाशित मितिः मंसिर २५, २०८२
    • 326 पटक पढिएको
    • कोशीपत्र/संवाददाता

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved