धरान/ अंग्रेजी नयाँ वर्ष सन् २०२६ को अवसर पारेर पूर्वि नेपालको चर्चित पर्यटकीय गन्तव्य भेडेटारमा १३ औँ भेडेटार फुड फेस्टिभल आयोजना हुने भएको छ। होटल एशोसिएसन भेडेटारको आयोजनामा आगामी पौष १६ देखि १८ गतेसम्म तीन दिनसम्म फेस्टिभल सञ्चालन हुने भएको हो। आयोजकले बुधबार पत्रकार सम्मेलनमार्फत फुड फेस्टिभलको सम्पूर्ण तयारी अन्तिम चरणमा पुगेको जानकारी दिएका छन्। फेस्टिभलले भेडेटारको पर्यटन, होटल व्यवसाय, कृषि र स्थानीय उत्पादनको प्रवर्द्धनमा महत्वपूर्ण टेवा पुग्ने अपेक्षा गरिएको छ। फेस्टिभल अवधिभर राई, लिम्बु, मगर, गुरुङ, याम्फु, तामाङ तथा नेवारी समुदायका परम्परागत जातीय खानाका
विराटनगर/मोरङ उद्योग व्यापार संघको आयोजनामा ‘विराट ट्रेड एक्स्पो–२०२५’ आज (बुधबार)देखि विराटनगरमा सुरु हुँदैछ । ११ दिनसम्म सञ्चालन हुने एक्स्पोका लागि आवश्यक सम्पूर्ण भौतिक पूर्वाधार तथा व्यवस्थापकीय तयारी पूरा भएको आयोजकले जनाएको छ । मंगलबार एक्स्पो स्थलमै आयोजित पत्रकार सम्मेलनमा एक्स्पो संयोजक अमितकुमार शारदाले स्वदेशी तथा विदेशी गरी कुल २३० वटा स्टल रहने जानकारी दिए । यसपटक तीनवटा ठूला ह्याङ्गर (डोम) भित्र २०० भन्दा बढी स्टलहरू निर्माण गरिएको छ । प्रदर्शनीमा कृषिजन्य उत्पादन, औद्योगिक सामग्री, कला–संस्कृति, पर्यटन, शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधिसम्बन्धी सामग
धरान/ नेपाल आदिवासी जनजाति महासङ्घ (नेफिन) सुनसरीको छैठौँ जिल्ला अधिवेशन आगामी पौष ११ र १२ गते धरानमा हुने भएको छ। अधिवेशनले सङ्गठनभित्र समावेशी नेतृत्व विकास र जातीय सन्तुलनलाई थप संस्थागत गर्ने लक्ष्य लिएको छ। धरानमा मङ्गलवार आयोजित पत्रकार सम्मेलनमा नेफिन सुनसरीका अध्यक्ष राम माण्डुपा राईले महासङ्घले अवलम्बन गरेको ‘एक जाति–एक कार्यकाल’ नीति प्रभावकारी रूपमा लागू हुँदै आएको बताए। उनका अनुसार एउटै व्यक्तिले दोहोर्याएर पदाधिकारी बन्न नपाउने र एउटै जातिबाट एक पटकभन्दा बढी अध्यक्ष चयन नहुने व्यवस्था कार्यान्वयनमा छ। अध्यक्ष राईले यस प्रणालीले
धरान/ सुनसरीको धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले बिरामी उपचारलाई थप छरितो, सहज र प्रभावकारी बनाउने उद्देश्यसहित सबै प्रयोगशाला सेवा अब सातै दिन, चौबिसै घण्टा सञ्चालनमा ल्याउने भएको छ। प्रतिष्ठानले हाल सञ्चालनमा रहेका इर्मजेन्सी ल्याब र रुटिन ल्याबलाई एकीकृत गर्दै ‘सेन्ट्रल ल्याब’ प्रणाली लागू गर्ने निर्णय गरेको हो। उक्त सेवा पुस ५ गतेदेखि सुरु भएकाे प्रतिष्ठानकी प्रवक्ता प्रा.डा. अञ्जु प्रधानले जानकारी दिइन्। नयाँ व्यवस्थाअनुसार अटोमेटिक, सेमी–अटोमेटिक तथा किट–बेस प्रविधिबाट गरिने सबै प्रयोगशाला परीक्षणका रिपोर्ट इर्
धरान/ एम्स एकेडेमीको प्राङ्गणमा मङ्गलबार ख्रीष्टमस कार्निभलको अवसरमा फुड फेस्टिभल सम्पन्न भएको छ। एम्स एकेडेमी अन्तर्गतको एम्स क्रियटिभ ग्रुपको आयोजनामा सम्पन्न कार्यक्रममा एम्स एकेडेमी तथा प्राइम भिजन इन्टरनेसनल हस्पिटालिटी म्यानेजमेन्ट कलेजका विद्यार्थीहरूको उत्साहजनक सहभागिता रहेको थियो। फेस्टिभलमा विद्यार्थीहरूले आफैं सञ्चालन गरेका विभिन्न खानाका स्टलहरू आकर्षणको केन्द्र बने। स्टलहरूमा योमरी, चाकु, चिकेन चिली, अन्डा रोल, अन्डा बारा, फ्रेन्च फ्राइज, थुक्पा, चट्पटे, फ्राइड राइस, डोनट, चिया, कफी, किमा बारा लगायतका परिकारहरू राखिएका थिए। त्यसैगरी विज्ञान प्रदर्
धरान/धरान–१३ निवासी २८ वर्षीय राकेश मरिकलाई १५० केजी गाँजासहित सशस्त्र प्रहरीले पक्राउ गरेको छ। अवैध लागूऔषध ओसार–पसार नियन्त्रणका लागि सक्रिय सशस्त्र प्रहरी बल नेपाल सुरक्षा बेस धरानको टोलीले शंकास्पद टेम्पो चेकजाँचका क्रममा ठूलो परिमाणमा गाँजा बरामद गरेको हो। धरान–१३ फुस्रेस्थित सशस्त्र प्रहरी सुरक्षा बेसबाट सशस्त्र प्रहरी नायब उपरीक्षक (डिएसपी) सुदन आचार्यको नेतृत्वमा खटिएको चेकप्वाइन्ट टोलीले सोमबार राति करिब ८:१५ बजे धनकुटाबाट चिण्डेडाँडा हुँदै धरान बजारतर्फ आइरहेको को २ ह ५९३४ नम्बरको टेम्पोलाई धरान–१३ अमरपथमा रोकेर जाँच गरेको थियो। जाँचका क्रममा टेम्पोभित्र पाँ
धरान/ अखिल नेपाल फुटबल संघका मानार्थ वरिष्ठ उपाध्यक्ष तथा कोशी प्रदेश फुटबल सङ्घका अध्यक्ष किशोर राई ले विद्यालयस्तरको फुटबललाई व्यवस्थित रूपमा अघि बढाउन सके खेलाडी मात्र होइन, प्रशिक्षक, रेफ्री, आयोजक र प्राविधिक जनशक्तिका लागि समेत स्थायी रोजगारी सिर्जना गर्न सकिने बताएका छन्। धरानस्थित एन्फा टेक्निकल सेन्टरमा सम्पन्न प्याब्सन–एन्फा प्रेसिडेन्ट कप अन्तर विद्यालय फुटबल प्रतियोगिताको समापन समारोहलाई सम्बोधन गर्दै अध्यक्ष राईले निजी विद्यालयहरूको संस्था प्याब्सन सँग सहकार्य गरेर विद्यालय तहबाटै फुटबलको ग्रासरुट विकास गर्नुपर्नेमा जोड दिए। प्रतियोगिता आयोजना गर्नुअघि कम्तीमा एक महिन
धरान/ केही समयदेखि स्थगित रहेको कोशी प्रदेशस्तरीय अन्तर विद्यालय डिआइजी रनिङ कप फुटबल प्रतियोगिता पुनः सञ्चालन हुने भएको छ। नेपाल प्रहरी विद्यालय धरानको आयोजनामा हुने प्रतियोगिताको सातौँ संस्करण पुस ९ गतेदेखि १९ गतेसम्म सञ्चालन हुनेछ। धरानमा सोमबार आयोजित पत्रकार सम्मेलनमार्फत आयोजकले प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भइसकेको जानकारी दिएको हो। प्रतियोगिताका सबै खेलहरू नेपाल प्रहरी प्रदेश कार्यालय धरानस्थित फुटबल मैदानमा हुनेछन्। प्रतियोगिता संयोजक सुरेश कुमार हायुले धरान, सुनसरी, मोरङ र झापाका १६ वटा विद्यालय सहभागी हुने जानकारी दिए। २०५८ सालदेखि सुरु भएको यो प्रतियोगिता सातौँ सं
इटहरी/बालबालिकाको समग्र विकासका लागि घर र विद्यालयबीच सहकार्य अनिवार्य रहेको निष्कर्षसहित इटहरीस्थित मोर्डन प्रिपेटरी सेकेण्डरी स्कुलमा सकारात्मक अभिभावकत्व गोष्ठी सम्पन्न भएको छ। पुसको पहिलो साता आयोजित अभिभावक संवाद कार्यक्रम दामोदर न्यौपानेको सहजीकरणमा सम्पन्न भएको हो। गोष्ठीमा स्कुलका प्रधानाध्यापक पदमराज सापकोटाले बदलिँदो समयअनुसार बालबालिकाको हुर्काइमा नयाँ दृष्टिकोण आवश्यक रहेको बताए। उनले हाल विद्यालयमा अध्ययनरत बालबालिका ‘जेन–अल्फा’ पुस्ताका भएको उल्लेख गर्दै परम्परागत सोच मात्र पर्याप्त नहुने धारणा व्यक्त गरे। “घर र विद्यालय पनि सफ्टवेयरजस्तै हुन्, समयअनुसा
इटहरी/विश्व ध्यान दिवसको अवसरमा मोडर्न प्रिपेरेटोरी सेकेण्डरी स्कुलमा कक्षा ८, ९ र १० मा अध्ययनरत विद्यार्थीहरूका लागि विशेष प्रयोगात्मक ध्यान कक्षा सञ्चालन गरिएको छ। विद्यार्थीहरूको मानसिक स्वास्थ्य सुदृढीकरण, एकाग्रता अभिवृद्धि तथा आत्मअनुशासन विकास गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको विद्यालयले जनाएको छ। कार्यक्रमअन्तर्गत विद्यार्थीहरूलाई त्राटक ध्यान (Gazing Therapy) र भ्रामरी ध्यान (Humming Therapy) का व्यावहारिक अभ्यास गराइएको थियो। त्राटक ध्यानले दृष्टि स्थिरता र ध्यान शक्ति बढाउन सहयोग गर्ने तथा भ्रामरी ध्यानले तनाव कम गरी मन शान्त बनाउने भएकाले विद्यार्थीहरूलाई दैनिक जीवन र अध