मोडर्न प्रिपेरेटोरीमा मीनाक्षी स्कूल क्याप्टेन निर्वाचित

  • जेठ ७, २०८३
  • कोशीपत्र/संवाददाता
alt

धरान/ इटहरी–६ मा अवस्थित मोडर्न प्रिपेरेटोरी सेकेण्डरी स्कुलमा आयोजित विद्यार्थी परिषद् निर्वाचन–२०८३ को मतगणना सम्पन्न भएसँगै विभिन्न पदका विजयी उम्मेदवारहरूको आधिकारिक घोषणा गरिएको छ। मंगलबार जेठ ५ गते सम्पन्न मतदानपछि (बुधबार) जेठ ६ गते मतगणना गरी नतिजा सार्वजनिक गरिएको हो।

निर्वाचनको नतिजाअनुसार मीनाक्षी अधिकारी स्कूल क्याप्टेनमा निर्वाचित भएकी छन् भने प्रशिका निरौला स्कूल सह–क्याप्टेन (छात्रा) र काशिन्द्र यादव स्कूल सह–क्याप्टेन (छात्र) मा विजयी भएका छन्।

त्यस्तै हाउस क्याप्टेनतर्फ अंशुमन भण्डारी (सगरमाथा), संयम कुमार चौधरी (लालीगुराँस), एन्जल पुरी (बुद्ध) र प्रोनित चौधरी (कर्णाली) निर्वाचित भएका छन्।

क्लब प्रेसिडेन्टतर्फ दृष्टि सिग्देल (आर्ट एण्ड लिटरेचर), प्रज्ञान ढुंगाना (ट्राभल एण्ड टुरिजम), निर्मेश चौधरी (इन्भिरोनमेन्ट एण्ड स्यानिटेसन) र युना लाबर (सोसल वेलफेयर) विजयी बनेका छन्।

विद्यालयले हाउस सह–क्याप्टेन तथा क्लब सदस्यहरू समानुपातिक पद्धतिबाट मनोनयन गरिने जनाएको छ।

कार्यक्रममा विद्यालयका प्राचार्य पद्मराज सापकोटाले विजयी उम्मेदवारहरूलाई अबिर लगाएर सम्मान गरेका थिए भने प्रमुख निर्वाचन आयुक्त छवि रमण भण्डारीले नतिजा आधिकारिक रूपमा घोषणा गरेका थिए।

सह–प्राचार्य रमेश प्रसाद निरौलाका अनुसार विजयी उम्मेदवारहरूको सपथ ग्रहण, पदभार ग्रहण तथा प्रमाणपत्र वितरण कार्यक्रम जेठ ७ गते (आज)आयोजना गरिने बताएका छन् ।

विद्यालयमा हाल नर्सरीदेखि कक्षा १० सम्म अध्यापन हुँदै आएको छ। नयाँ शैक्षिक सत्रसँगै आयोजित निर्वाचनमा कक्षा ४ देखि १० सम्मका विद्यार्थीहरूले उत्साहजनक रूपमा आफ्नो मताधिकार प्रयोग गरेका थिए।

InShot_20260521_052957367

धरानको कार्यपालिका ब ...

धरान/संविधान अनुसार प्रत्येक वर्षको असार १० गते भित्र न ...

फेसबुकमा प्राविधिक स ...

काठमाडौं/  सामाजिक सञ्जाल फेसबुकमा आइतबार दिउ ...

घर फर्किने बाटो नै अ ...

धरान/ खोटाङमा शनिबार साँझ परेको अविरल वर्षापछि आएको आकस ...

धरानमा ब्राउन सुगरसह ...

धरान/ सुनसरीको धरान उपमहानगरपालिका–७ पानमारा ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved