समाज

    Showing ४,२८१-४,२९० of ७,१३९ items.
  • मोडर्न प्रिपेरेटोरी सेकेण्डरी बिद्यालयका विद्यार्थीहरूले उदयपुरगढीको शैक्षिक अवलोकन

    उदयपुर/  ऐतिहासिक महत्त्व बोकेको उदयपुर गढीमा पुगेर इटहरी ६ मा रहेको मोडर्न प्रिपेरेटोरी सेकेण्डरी माध्यमिक बिद्यालयका विद्यार्थीहरूले उदयपुरगढीको शैक्षिक अवलोकन गरेका छन् । इटहरी वडा नम्बर ६ मा रहेको उक्त बिद्यालयमा रहेको ट्राभल एण्ड टुरिजम क्लब मोडर्न प्रिपरेटोरीले उदयपुर जिल्लाको उदयपुरगढीमा कक्षा ६, ७, ८ का ८० जना बढी विद्यार्थीहरूलाई शैक्षिक भ्रमण गराएको हो । बिद्यालयमा रहेको ट्राभल एण्ड टुरिजम क्लब मोडर्न प्रिपरेटोरीको आयोजनामा भएको उक्त शैक्षिक अवलोकन भ्रमणमा बिद्यार्थीहरुले उदयपुर गढी र त्यस क्षेत्रको रहनसहन, भेषभूसा, संस्कृति, जीवनशैली लगायतको अध्ययन गरेका थिए । उक्त भ्रम

    • प्रकाशित मितिः असोज १९, २०८०
    • ७९० पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • नगर प्रमुख साम्पाङलाई मजदुरको ध्यानाकर्षण

    धरान/ धरान घण्टाघरबाट निष्कासीत मजदुरहरु प्रकाश राई र नरबहादुर सुब्बाको न्यायका लागि धरानका तीनवटा ट्रेड युनियनहरुले धरानका नगर प्रमुख साम्पाङलाई भेटेर ध्यानाकर्षण गराएकोछ । नेपाल यातायात स्वतन्त्र मजदुर संगठनका केन्द्रीय अध्यक्ष तथा नेपाल ट्रेड युनियन महासंघ [जिफन्ट] राष्ट्रिय कमिटी सदस्य भीमज्वाला राई सहित अखिल नेपाल ट्रेड युनियन महासंघ, नेपाल ट्रेड युनियन काग्रेस आवद्ध विभिन्न संगठनका नेतृत्वको प्रतिनिधि मण्डलले मेयरसाम्पाङलाई कार्यकक्षमै भेटेर मजदुरहरुलाई पुनर्वहाली या न्याचित अनुदानको व्यवस्था गर्न सुझाएका थिए । प्रतिनिधि मण्डलको अगुवाइ गर्दै गएका अध्यक्ष राईले मजदुरहरुलाई पुनर्वहा

    • प्रकाशित मितिः असोज १९, २०८०
    • २,२७९ पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • विपद खोज तथा उद्धारका लागि गोताखोर तालिम सञ्चालन

    सुनसरी/  सुनसरीको कोसी ब्यारेजस्थित सप्तकोसी नदीमा विपद खोज तथा उद्धारका लागि गोताखोर तालिम सञ्चालन भएको छ । बुधबारबाट सञ्चालन भएको ३५ दिनको गोताखोर तालिममा नेपाल प्रहरीका २ जना प्रहरी जवान र सशस्त्र प्रहरी बल नेपालका २ जना गरी ४ जनाको सहभागिता रहेको छ । गोताखोर तालिम कोसी प्रदेश आन्तरिक मामिला तथा कानुन मन्त्रालय र सशस्त्र प्रहरी बल नेपाल नं. १ बराह बाहिनी मुख्यालय, सुनसरीको आयोजनामा सञ्चालन भएको हो । तालिममा सहभागी प्रशिक्षार्थीहरूले कोसी नदीको २५ फिट गहिराईसम्म गएर अभ्यास गरेका छन् । तालिममा सुनसरी र मोरङका प्रमुख जिल्ला अधिकारी तथा नेपाल प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनु

    • प्रकाशित मितिः असोज १९, २०८०
    • ७४० पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • हातको नसा काटेर आत्महत्या

    मोरङ/  खोटाङ घर भइ मामाघरमा बस्दै आएका ३२ वर्षीय जितेस पाण्डेले देब्रे हातको नसा काटेर बुधबार आत्महत्या गरेका छन् । विराटनगर ४ तिलोक मार्गमा मामाघरमा बस्दै आएका पाण्डेले हातको नसा काटेर आत्महत्या गरेका हुन् । हातको नसा काटेर रगात्मय अवस्थामा भेटिएका उनलाई उपचारको लागि हस्पिटल लैजाने क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय मोरङका डीएसपी रन्जन कुमार दाहालले झुन्डिन पनि प्रयास गरेको देखिएको बताए । दाहालले भने, ‘घाँटीमा डोरीको डाम पनि छ, डोरी चुटिएपछि हातको नसा चुलेसीले काटेको घटनास्थलमा हेदा देखिन्छ ।’ घटनाबारे थप अनुसन्धान सुरु गरिएको दाहालले जानका

    • प्रकाशित मितिः असोज १९, २०८०
    • ८५७ पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • मानव सेवा आश्रमका असहायलाई भोजन

    मोरङ/  विराटनगर वडा नम्बर ११ का वडाध्यक्ष तीर्थेन्द्र नेउपाने सहितका परिवारले बुवा–आमाको पुण्यथितिमा मानव सेवा आश्रमका असहायहरुलाई भोजन गराएका छन् । परम्परागत संस्कार र संस्कृतिमा परिवर्तन गर्दै आश्रमका असहायहरुलाई एकछाक भोजन गराउनुका साथै टोपी समेत वितरण गरिएको थियो । अध्यक्ष नेउपाने सहित त्रिलोक नेउपाने र नगेन्द्रमणि न्यौपाने सहितका नेउपाने परिवारले विराटनगर–१० स्थित आश्रममै पुगेर असहायहरुलाई भोजन गराएका हुन् । सोह्रश्राद्धमा गरिने पितृ कार्यमा हुने खर्चलाई आश्रमका लागि प्रयोग गरिएको वडाध्यक्ष नेउपानेले बताए । उनले परिवर्तन आफैंबाट हुनुपर्छ भन्ने मान्यता राखेर यस वर

    • प्रकाशित मितिः असोज १८, २०८०
    • ६८३ पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • धरानको समग्र विकासमा राष्ट्रिय योजना आयोगको चासो

    धरान/ धरानको समग्र विकास निर्माणका काममा राष्ट्रिय योजना आयोगले चासो देखाएको छ । विशेष गरी आयोगले धरान उपमहानगरपालिकाभित्रका गौरवका योजना बसपार्क, खानेपानी, सभागृह निर्माण लगायतका विषयमा भएका कामका प्रगतिका विषयमा चासो देखाएको हो । धरानभित्रका गौरव आयोजना तथा अनिवार्य गर्नुपर्ने नगरको योजना धरानको बसपार्क र दीर्घकालीन खानेपानी समस्या समाधान हो । धरानको भानुचौकामा रहेको बसपार्क साँघुरो बसपार्कलाई व्यवस्थित गर्दै धरान ८ तीनकुने सुन्दरबस्तीमा स्मार्ट बसपार्क निर्माण समेत भएको छ । निर्माण कम्पनी गीताञ्जली जेभीलाई २३ करोड १५ लाखमा ठेक्का सम्झौता भएको दुई बर्ष वितिसक्दा पनि निर्माण सम्पन्न

    • प्रकाशित मितिः असोज १८, २०८०
    • ७०५ पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • जग्गाको हिस्सा दिन निस्सा बाँढ्दै माङसेबुङ

    इलाम/ इलामको माङसेबुङ गाउँपालिकाले त्यहका जनतालाई जग्गाको हिस्सा (धनीपुर्जा) दिन निस्सा वितरणको काम थालेको छ । गाउँपालिकाका तीन हजार ५० जना भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीहरुलाई जग्गाको निस्सा वितरण थालेको हो । राष्ट्रिय भूमि आयोग गठन भएपछि जिल्लामा पहिलो पटक माङसेबुङ गाउपालिकाले निस्सा वितरण थालेको हो । पालिकाले निवेदन दर्ता तथा नापनक्साको निस्सा वितरण सुरु गरेको जनाएको छ । माङसेबुङले ६ नं. वडाका ३ सय ८७ जनालाई निवेदन दर्ता तथा नापनक्साको निस्सा वितरण गरेको हो । जसमध्ये ९ जना भूमिहीन सुकुम्बासी र ३ सय ७८ जना अव्यवस्थित बसोबासीहरुलाई निस्सा वितरण गरिएको गाउँपालिक

    • प्रकाशित मितिः असोज १८, २०८०
    • ६९१ पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • धरानको कार्यपालिका बैठक स्थगित मेयरको अडान पछि बढ्यो विवाद

    धरान/ गत सोमबार स्थगित भएको धरान उपमहानगरपालिकाको बुधबार बसेको बैठकमा मेयर हर्कराज राई प्रस्तुती निरकुंश शैलीमा प्रस्तुत भए पछि बैठक स्थगित भएको छ । बैठक सुचारु भइरहदा निष्कासन गरिएको कर्मचारी विषयको एजेण्डामा मेयर राईले निरंकुश शैलीमा निर्णय खारेज नहुने अडान लिए पछि कार्यपालिका बैठक स्थगित भएको हो । उनले आफ्नो निर्णय कुनै हालतमा खारेज नगर्ने अडान लिए पछि विवाद बढेको थियो । उनले केही महिना अघि नगरपालिकामा कार्यरत ५ जना कर्मचारी र धरान स्थित घण्टाघरमा कार्यरत दुई कर्मचारीलाई निष्काशन गरेका थिए । बैठकमा वडाअध्यक्ष तथा कार्यपालिका सदस्यहरुले उमेर हदबन्दीका कारण निष्काशनमा परेका ७ जना कर्म

    • प्रकाशित मितिः असोज १८, २०८०
    • ८३१ पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • इटहरीले नगरबाटै दिन थाल्यो श्रम स्वीकृति

    इटहरी/ वैदेशिक रोजगारीमा जाने नगरबासीहरूलाई इटहरी उपमहानगरले पालिकाबाटै श्रम स्वीकृति प्रदान गर्न थालेको छ । मंगलबारदेखि उपमहानगरबाटै श्रम स्वीकृति दिन थालिएको मेयर हेमकर्ण पौडेलले जानकारी दिए । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको परिपत्रअनुसार इटहरीले पहिलोपटक स्थानीय रामचन्द्र राईलाई श्रम स्वीकृति प्रदान गर्दै सेवाको सुरूवात गरेका हुन् । वैदेशिक रोजगारमा जाने युवायुवतीले यसअघि काठमाडौं गएर यस्तो स्वीकृति लिनुपर्ने बाध्यता अब हटेको मेयर पौडेलको भनाइ छ । उनले भने, ‘श्रम स्वीकृति लिनुपर्दा सेवाग्राहीलाई झन्झट हुन्थ्यो, लागत पनि बढी पथ्र्यो तर अब स्थानीय सरकारबाटै सेवा सु

    • प्रकाशित मितिः असोज १७, २०८०
    • ९१७ पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • अत्यधिक कर बढाइएको भन्दै इटहरी वडा कार्यालयमा तालाबन्दी

    इटहरी/ अत्याधिक कर वृद्वि भएको भन्द इटहरी उपमहानगरपालिका वडा नं. २ का स्थानीयले वडा कार्यालयमा तालाबन्दी गरेका छन् । इटहरी वडा नं. २ को कार्यालयमा स्थानीयबासीहरूले मंगलबार तालाबन्दी गरेका हुन् । दर्जन बढीको संख्यामा भेला भएका स्थानीयले कार्यालय खुल्नासाथ तालाबन्दी गरेका थिए । मंगलबार पहिलो दिन १० देखि १२ बजेसम्म तालाबन्दी गरेर वडा तथा पालिकालाई सचेत गराएको स्थानीय गोपाल खड्काले बताए । मालपोत कार्यलय सुनसरीमा एकथरी मूल्यांकन भएपनि वडा कार्यालय र उपमहानगरले जथाभावी रूपमा घरबाटो सिफारिस कर लिएको भन्दै आँफूहरू आन्दोलित बनेको स्थानीय बाबुराम दङ्गालको भनाइ छ । स्थानीयले उठाएको माग सुनुवाइ न

    • प्रकाशित मितिः असोज १७, २०८०
    • ८७० पटक पढिएको
    • कोशीपत्र/संवाददाता

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved