रगेली / रंगेली –बिराटनगर सडक खण्ड अन्तर्गत धनपालथान गाउँ पालिका ४ स्थित मंङ्गलबारे देखि बिराटनगरसम्मको सडक धुल्यामै हुदा सर्वसाधारणहरु सास्ती भोग्न बाध्य रहेका छन । सडक निर्माण कार्यमा ठेक्केदार कम्पनीको लापरबाही गरेका कारण सडक धुल्यामै सँगै ठाउँ ठाउँमा परेका खाल्डाखुल्डी दैनिकी सो सडकमा आवतजावत गर्ने सर्वसाधारणहरु जोखिम मोलेर आवतजावत गर्ने बाध्य रहेका छन । रंगेलीदेखि बिराटनगरसम्म पुग्न आधा घण्टामात्र लाग्छ । अहिले भने सडक मर्मत हुँदै गरेका कारण डेढ घन्टासम्म लाग्ने गरेको स्थानीय बाल कृष्ण उप्रेतीले बताए । उनले भने–‘सडक पूर्ण रुपमा निर्माण सम्पन्न नहुँदा अधकल्चो छ
दुहवी / बैशाख १० गते धनगढीमा हुने रास्ट्रिय स्तरको क्रिकेट प्रतियोगितामा टिम छनौट गर्ने उदेश्यले कोशी प्रदेशका सुनसरी मोरङ झापा उदयपुर र इलाममा खेलाडी छनौट कार्यलाई तिब्रता पारेको छ । कोशी प्रदेशको टिमलाई सशक्त बनाउन छनौट प्रतियोगिता गरेको नेपाल क्रिकेट संघ कोशी प्रदेशका सदस्य तथा छनौट समितिका संयोजक सुमेस साहले पत्रकार सम्मेलन मार्फत मार्फत जानकारी दिएका छन् । दुहबी ८ स्थित बिष्णु मावीको खेल मैदानमा सोमबारदेखि सुरु भएको अन्डर १६ क्रिकेट छनौट प्रतियोगितामा दैनिक २ खेल हुने बताइएको । छनौट प्रतियोगिता बैशाख ८ गते सम्म सञ्चालन हुने नेपाल क्रिकेट संघ कोशी प्रदेशका सदस्य अजय राजवंशीले जनाएका
इलाम / इलामको कन्याममा पार्क निर्माण नगर्न नेपाल चिया विकास निगम लिमिटेडले पत्राचार गरेको छ । सूर्योदय नगरपालिकामा एकीकृत सहरी पूर्वाधार विकास कार्यक्रम अन्तर्गत पार्क निर्माण गर्ने क्रममा चिया निगमले पत्राचार गरेरै अवरोध गरेको हो । निगमका कार्यकारी अध्यक्ष सुभाष चन्द्र संघाइले सघन सहरी तथा भवन निर्माण आयोजना झापालाई पत्राचार गरी निगम बाहेक अन्यले भौतिक संरचना निर्माण गर्नु सम्झौता विपरीत भएको बताएको छ । सघन सहरी तथा भवन निर्माण आयोजना झापाका प्रमुख रुपक आचार्यले चिया विकास निगमले पत्र काटी समन्वय नगरी काम नगर्नु भनेपछि सुर्योदय नगरपालिकाका प्रमुखसँग कुरा भइसकेको बताए । संघाइको ह
मोरङ / विजुली नियमित आपूर्ति नहुँदा उद्योगी व्यवसायी मारमा परेको भन्दै सम्बन्धित पक्षलाई ध्यानाकर्षण गराएका छन् । सोमबार एक प्रेस विज्ञप्ती प्रकाशित गर्दै उद्योग संगठन मोरङले नियमित विजुली नआउँदा उद्योगी व्यवसायीहरु मारमा परेको बताएका हुन् । उद्योग संगठन मोरङका उपाध्यक्ष नन्दकिशोर राठीले पौष महिनादेखि विद्युतमा भोग्दै आएको अनियमितताका कारण व्यवसायीहरु मारमा परेको बताए । उनले भने–‘पुष महिनादेखि विद्युतमा अनियमित आपूर्ति, बारम्बारबो ट्रिपिङ, लो भोल्टेज, पूर्व जनाविना विद्युत कटौती जस्ता समस्या व् उद्योगी व्यवसायीहरुले भोग्नु परेको छ, यो समस्या हल नभए उद्योगी व्यवसायीहरुल
धरान / नयाँ बर्षसँगैै मधेशी समुदायले मनाउने जुडसितल पर्वको अबसरमा मधेसी सेवा समाज सुनसरी जिल्ला कार्य समितिको कार्यालय समुदघाटन गरिएको छ । शनिबार एक कार्यक्रमका बीच धरान १ सुनसरी उद्योग बाणिज्य संघ अगाडी धुलिखेल समाज जाने गल्लिमो कार्यालयको उद्घाटन भएको हो । समुदघाटन कार्य महेन्द्र बहुमुखी क्याम्पस धरानका प्रा.डा. तथा मधेशी सेवा समाजका सल्लाहकार एवम् विद्यान मस्यौदाकर्ता अशोक झाले गरेका थिए । उद्घाटनका अवसरमा मधेशी समुदायको उत्थानका लागि गरिएको संगठन राजनीतिबाट टाढा रहने बताएका थिए । समाजको परिकल्पना ५ बर्ष अगाडी नै गरेको भए पनि समाज गठन हुन सकेको थिएन । उनले र धरानमा मधेशी समुदायको बस
धरान / धरान उपमहानगरपालिका वडा नं. १६ ले वडामा रहेका सुत्केरी महिलाहरुलाई पौष्टिक आहार प्रदान गरेको छ । वडामै रहेको आधारभूति स्वास्थ्य चौकीबाट महिलाहरुलाई अण्डा, गेडागुडी लगायतका पौष्टिक खाना वितरण गरेको हो । वडामा रहेका अति विपन्न परिवारका २८ जना सुत्केरी महिलालाई एक हप्ता पुग्ने पौष्टिक सामाग्री वितरण गरिएको धरान उपमहानगरपालिका वडा नं. १६ की वडादसस्य शुशिलाकुमारी श्रेष्ठले बताइन् । उनले वडामा सुकुम्बासी बस्ती ठूलो रहेको बताउदै सबै सुत्केरी महिलालाई पौष्टिक आधार दिन नसकेपनि अति विपन्न परिवारका सुत्केरी महिला छनौट गरेर वितरण गरिएको बताइन् ।पौष्टिक आधार प्राप्त गर्ने विपन्न परिवार
धनकुटा / सुख्खा मौसम लागेसँगै आगलागी र डढेलोको घट्नामा वृद्धि हुने गरेका छन् । यो मौसममा बढी आगलागी र डढेलोको घट्ना बृद्धि हुँदा पनि सम्बन्धित पक्षबाट न्यूनिकरणमा खासै ध्यान दिएको पाइदैन २०७९ सालको फागुन र चैत्र महिनामामात्र धनकुटाको महालक्ष्मी नगरपालिकामा १० वटा घरमा आगलागी भयो । आगलागीको कारण थियो वनजंगलमा लागेको डँढेलोलाई नियन्त्रण गर्न नसक्नु । वन जंगलमा लागेको डढेलो बस्तीसम्म पुग्दा महालक्ष्मी नगरपालिमामा मात्रै यतिका संख्यामा आगलागी हुन पुगेको हो । महालक्ष्मी नगरपालिकामा प्रमुख धु्रवराज रायले यो बर्षमा मात्रै डढेलोको कारणले १० वटा घर नष्ट भइसकेको बताए । महालक्ष्मी नगरपालिकाको २ नं
धरान/धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा हाडजोर्नी विभागमा कार्यरत प्रा.डा.पशुपशुति चौधरीलाई सुप्रबल जनसेवाश्रीबाट विभूषित गरिएको छ ।प्रा.डा चौधरीलाई बैशाख १ गते एक कार्यक्रमबिच राष्ट्रपति रामचन्द्र पौडेलले विभूषित गरेका हुन् । सुप्रबल जनसेवाश्री पदक नेपाल सरकारले राष्ट्रिय जीवनको कुनैपनि क्षेत्रमा प्रशंसनीय काम गर्ने नेपाली र विदेशी नागरिकलाई प्रदान गर्ने पदक हो । सुप्रबल जनसेवाश्री तृतीय श्रेणीको पदक हो । विभुषण नियमावली २०६५ अनुसार यो मानपदवीको आदर्श वाक्य ‘सेवा नै परम धर्म हो’ भन्ने रहेको छ । सोही अनुरुप प्रा.डा. चौधरीलाई स्वास्थ्य सेवा क्षेत्रमा पु¥याएको
धरान / नयाँ सालको आगमनसँगै धेरै सर्वसाधारण पूर्वका रमणीय स्थल घुम्न जाने, रमाइलो गर्ने, वनभोज जाने, साथीभाइसँग मिलेर पार्टीमा रमाउने गर्छन् । तर केही सर्वसाधारण भने नयाँ वर्षको पहिलो दिन राम्रो कामबाट सुरु गरे वर्षभरि नै राम्रो हुन्छ मान्यता राखेर मन्दिर दर्शन गर्न आएको पाइयो । नयाँ वर्ष लाग्ने वित्तिकै पूर्वको पहाडी जिल्ला धनकुटाको भेडेटार, लालीगुराँसको राजधानी टिएमजेमा जाने, घुम्ने, टिकटक बनाउने संख्या अत्याधिक रहेको थिो । यस दिन सवारी जामका कारण सवारी आवगमनमा समस्या रहेको थियो । तर केही यस्ता सर्वसाधारण थिए घुम्न, रमाइलो गर्नुभन्दा पनि मन्दिरको दर्शन गरेर नयाँ बर्षको शुरुवात गरे
मोरङ / विराटनगर महानगरपालिकाले वैशाख १ गतेदेखि सार्वजनिकस्थलमा सुर्तीजन्य पदार्थको सेवन र बिक्री वितरणलाई निषेध गरेसँगै कडाइ गर्न थालेको छ । गत पुस २७ गते सम्पन्न ११ औं नगरसभाको निर्णयले सार्वजनिक स्थलमा सुर्तिजन्य पदार्थलाई सार्वजनिक स्थलमा बिक्री वितरणमा रोक लगाउने निर्णय गरेको थियो । सोही कार्यान्वयन गदै महानगरले सञ्चारमाध्यम सूचना प्रकाशित गर्नुका साथै माइकिङ गरेर निर्णय कार्यान्वयन गर्न आग्रह गर्दै आएको थियो । महानगरको टोली पसल–पसल पुगेर बिक्री नगर्न आग्रह गर्दै स्टकमा राखेका सुर्तीजन्य पदार्थ जफथसमेत गर्न सुरु गरेको छ । विराटनगरलाई सफा, सुन्दर, उज्यालो, व्यवस्थित र विकसित बन