यति खेर ‘पहिचान पुरस्कार’को उत्कृष्ट ८ कृति सार्वजनिक पश्चात् बजार तातेको छ ।
खासमा मै हुँ भन्ने कविहरुले खास बजार तताएका छन् । तलका कविहरुलाई चै “कागलाई बेल पाक्यो हर्ष न बिस्मात“ भने झैँ छ । जो त्यहाँसम्म पुगेर आफ्नो कुरा पस्कने ल्याकत राख्दैन । पुरस्कार पाउन त परको कुरा भै हाल्यो ।
आजसम्म धेरै कविहरुको भाषण सुनेको छु मैले पनि । “पुरस्कार पाउँला भनेर कहिले लेखिएन ।
“, “पुरस्कार पाउनु ठूलो कुरा होइन“ जस्ता आदर्शका भाषणहरु । तर अहिलेको सरगर्मी तातिएको देख्दा सबैभन्दा आकाङ्क्षी त कवि लेखकहरु नै देखिन्छ । विशेष गरेर “लैङ्गकि विभेद भयो“ भन्ने खास इस्सु छ । यो पल्टको मनोनयन झट्ट हेर्दा त्यस्तै देखिन्छ ।
तर यो नियतवस नहुन सक्छ । संयोग या त कुनै कृतिहरु नआएको हुन सक्छ ।
पहिचान पुरस्कारका निम्ति कृति भेला पार्नका निम्ति कष्टहरु धेर थोर मलाई पनि थाहा छ ।
अर्को कुरा विधानतः कसैलाई जात,धर्म, क्षेत्र, भूगोल, लिङ्गका आधारमा स्वीकार र बहिस्कार गर्ने नियत यो पुरस्कार कोषको कदापी छैन होला जस्तो लाग्छ । ती विभेदहरु भए त अघिल्लो सस्करणको पुरस्कार समर्पणलाई रिभ्यू गर्दा भै हाल्छ ।
यो पल्टको बखेडा भनेको नारी सर्जक प्रारम्भिक मनोनयनमा परेन भन्ने रहेछ । तर यो भन्दा पहिले नारी सर्जकहरुले पनि पहिचान पुरस्कार नै पाइसक्नु भएको छ ।
हामीले ’एउटा अभियान के कसरी अघि बढ्दैछ’ ?, ’त्यो कार्यक्रम आयोजना गर्न कति कठिनाई होला ?’ यसरी कहिल्यै सोचिएन । बरु भुपि सेर्चनको कविता “यो हल्लै हल्लाको देश हो “ जस्तै हल्लाको पछिमात्र लागियो । दुःख लाग्छ ।
काम गर्ने क्रममा कमजोरी पक्कै हुन्छ।
ती कमजोरीहरुलाई सच्याउदै, न्यूनीकरण गर्दै जानु पर्छ भन्ने तरिकाले पनि त गनथन गर्न सकिएला नि । ’हा हा’ र ’हो हो’ , ’साइ साइ’ र ’सुइ सुइ’ मात्र सब थोक हो र ?
भएका सानातिना कमजोरीहरुलाई आगामी दिनमा न्यूनीकरण गर्दै जान पर्छ , आत्तिने र हडबडिने कुरै छैन पहिचान पुरस्कार निरन्तर अघि बढोस्, शुभेच्छा ।