समाज

    Showing 2,511-2,520 of 6,699 items.
  • तिहारको भन्दा धानको चिन्ता,किसान धान काट्न व्यस्त (भिडियो सहित)

    धरान/ धानखेती गरेका किसानहरुलाई तिहार निजिकिँदै गर्दा आफुले खेतमा लगाएको धानखेतको चिन्ता रहेको छ ।  आकास धमिलो भएर आउँदा किसानहरुको मन भने अमिलो हुने गर्दछ । किन की बर्ष दिनभरी माना खाएर मुरी उव्जाउनको लागि गरेको परिश्रम आकासेपानीका कारण बर्बाद होला की भनेर हिन्दुधमालम्बीको दोश्रो महान चाड तिहार अर्थात दिपावाली नजिँकै आएपनि तिहारको भन्दा धानखेतको चिन्ता र पाकेको धान कसरी बर्षातबाट जोगाउने भन्ने पिरलो रहेको छ । धरान ६ पानबारीका महेन्द्र पौडेल स परिवार नै विहानैदेखि खेतमा जान्छन् र धानको बोट काट्छन् । उनको लगभग डेढ विघा खेत रहेको छ । खेतमा फलेको धानबाटै वर्षदिनभरीको लागि अन्नजोहो ह

    • प्रकाशित मितिः कार्तिक १०, २०८१
    • 651 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • हराउँदै रोटेपिङ,लिङ्गे पिङ,प्रविधीमा रमाउँदै

    धरान/  नेपालीहरुको महान चाड दशै सकिएको छ भने तिहार नजिकै आउँदैछ । दशैका समयमा विगतमा मनोरञ्जनको साधनमा रोटेपिङ, लिङ्गे पिङ हुने गर्दथ्यो । तर प्रविधिको विकाससँगै चाडपर्व मनाउनै तौरतरिकामा फरकता आएको छ । पिङ तथा लिंगे पिङ खेल्ने भन्दा पनि प्रविधिको विकाससँगै टिकटक बनाएर मनोरञ्जन गर्ने प्रचलन बढेर गएको हो । ,विगतमा प्रविधिको विकास नहुदा मनोरञ्जनको साधनको रुपमा गाउँघरमा हुने नाचगान, साँस्कृतिक चाडपर्व, लोकदोहोरी, पूजाआजामा भजन किर्तन, संगीत लगायतका हुन्थे । समय परिवर्तनसँगै प्रविधिको विकासले मनोरञ्जनको तौरतरिकामा परिवर्तन ल्याएको छ । अहिलेका पुस्ताका लागि मनोरञ्जन टिकटक, सामाजिक सञ्

    • प्रकाशित मितिः कार्तिक ९, २०८१
    • 488 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • धरानमा बाँदरले नै आक्रमण गर्न थाल्यो

    धरान/ धरानमा बादर आतंंक चरम उत्कर्षमा पुगेको छ । बादरले सर्वसाधारणलाई दुःख दिने मात्र हैन आक्रमण समेत गरेर घाइते बनाएपछि धरानबासी अहिले बादरबाट त्रसित छन् । बाँदरको समस्याको धरानका केही वडाका स्थानीयहरु बसाइसर्ने मनसायमा समेत पुगिसकेका छन् । धरान १ की गंगा राईलाई केही समय अगाडि बाँदरले आक्रमण गरेर घाइते बनायो । भान्सामा खाना पकाउदै गरेको अवस्थामा घरको झ्यालबाट छिरेर उनीँमाथि आक्रमणसँगै ढाडमा टोक्यो । विगतमा भान्सामा आउने, पकाएको भात खाइदिने, सुकाएको लुगा फालिदिने समस्या त धेरै थियो तर आक्रमण नै चाहिँ गरेको थिएन । तर भान्सामा भात पकाउदै गरेको अवस्थामा आक्रमण गरेपछि अहिले पनि उनी भान्साम

    • प्रकाशित मितिः कार्तिक ९, २०८१
    • 474 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • स्कुललाई ६ लाख ५१ हजार दिने दानबीर नरनाथ–नेत्रकुमारी

    धरान/  नेपाल सरकारको उद्योग  वाणिज्य तथा आपूर्ति पूर्व सचिव तथा बर्तमान बेलायतका लागि नेपाली राजदुत चन्द्र  घिमिरेका माता पिताले धरान १२ स्थित पब्लिक हाईस्कुललाई ६ लाख एकाउन्न हजार रुपैयाँ प्रदान गरेका छन् । घिमिरेका माता पिता धरान–१० मुनाल चौक निवासी नरनाथ घिमिरे र नेत्रकुमारी घिमिरेले छात्रवृत्ति अक्षयकोषका लागि ६ लाख एकाउन्न हजार रुपैयाँ प्रदान गरेका छन् । उक्त अक्षयकोषद्धारा गरिब जेहेन्दार विद्यार्थीका लागि हरेक वर्ष छात्रबृति प्रदान गरिने विद्यालय व्यवस्थापन समितीका अध्यक्ष हरि कार्कीले कोशी पत्रलाई बताए।उनले भने,‘यो अक्षयकोष स्कुललाई दानबीर घिमिरे परिवार

    • प्रकाशित मितिः कार्तिक ८, २०८१
    • 803 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • सार्वजनिक स्थान र फुटपाथमा फोहोर फ्यालेपछि....

    धरान/ व्यक्तिको निजी जग्गा र फुटपाथमा फोहोर फ्याँलिरहेको अवस्थामा विराटनगर महानगरपालिकाको टोलीले ठेलासहित एकजना व्यक्तिलाई नियन्त्रणमा लिएर प्रहरीलाई बुझाएको छ । विराटनगर–११ नयाँगुद्री दक्षिणस्थित सडक छेउको खाली जमिन र फुटपाथमा ठेलामा ल्याएको फोहोर फ्यालिरहेको अवस्थामा महानगरको सरसफाई शाखा र नगर प्रहरीको टोलीले विराटनगर–६ का मनोज सहनीलाई नियन्त्रणमा लिएर प्रहरीलाई बुझाएको हो । सहनी नयाँगद्रीमा फलफूल व्यवसाय सञ्चालन गर्दै आएका छन् । ठेला चालकलाई भने सम्झाएर छाडिदिएको सरसफाई शाखाका प्रमुख पुनम दाहालले जानकारी दिए । वडा सदस्य बलराम कारञ्जितले दिएको सूचनाका आधारमा महानगरको टोली

    • प्रकाशित मितिः कार्तिक ८, २०८१
    • 378 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • कम्युनिष्ट पार्टी:विश्व पुँजीवादको प्रभाव र नेपाल

    बिषय प्रवेशःमार्क्स,एङ्गेल्स,लेनिन ,स्टालिन,माओ र पुरानो पुँजीवाद  बिचारधारा कालिन जस्ताको तस्तै लागू हुनु पर्छ भन्ने छैन।किनकी विश्व दुनियाँ गतिशील छ। पदार्थ गतिशील छ। चेतना गतिशील छ। तर कुन सिद्दान्तको जगमा रहेर त्यसको सृजनात्मक प्रयोग गर्ने हो भन्ने कुरा प्रधान हुन्छ।यदपी मार्क्सवाद गतिशील बिज्ञान हो। गतिशील बिज्ञान नै नमान्ने हो भने पुजीँवाद बिचारधाराका दलहरु भन्दा कम्युनिष्ट पार्टीहरु के भिन्न हुन सक्छ ? अहिले बिश्व तीन दार्शनिक कार्ल मार्क्स,अल्बर्ट आइन्स्टाईन र हेगेलको दर्शनबाट संचालित छ।नेपालको सन्दर्भमा सिद्दान्तः मैले बुझेको मार्क्सवादको सृजनात्मक प्रयोग जनताको बहुदलिय जनवाद

    • प्रकाशित मितिः कार्तिक ८, २०८१
    • 1,091 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • जडिबुटी बेचेरै धरानमा साढे दुई तलाको घर, मासिक डेढ लाखसम्म कमाइ

    धरान/  संखुवासभाकी फुपु पोङ्सुवा शेर्पाले जडीबुटी व्यवसायलाई मुख्य पेसा बनाएको झण्डै दुई दशक भयो। हिमाल र पहाडमा सङ्कलन भएका जडीबुटी बिक्री गर्न उनी टाढा–टाढासम्म पनि पुगिन्। लामो समय तराईदेखि पहाडका विभिन्न स्थानमा डुल्दै जडीबुटी बिक्री गरेकी शेर्पाले अहिले भने इटहरी उपमहानगरपालिका–६ मा पसल नै सुरु गरेकी छन्। जडीबुटीबाट राम्रो आम्दानी हुन थालेपछि उहाँ यतिबेला सङ्खुवासभा छाडेर धरान उपमहानगरपालिका–१५ मा बस्दै आएकी छन्। पहिले टाढाटाढासम्म पुग्दा पनि भने जस्तो आम्दानी हुँदैनथ्यो, तर अहिले यसको माग बढ्दो छ, इटहरीको पसलबाट पनि राम्रो बिक्री भइरहेको छ, उनले सुनाइन्। सु

    • प्रकाशित मितिः कार्तिक ७, २०८१
    • 728 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • पाँच मुरी बदाम फलाउनेलाई प्रोत्साहन रकम

    खोटाङ/ हलेसी तुवाचुङ नगरपालिकाले परम्परगत बाली प्रवर्द्धन कार्यक्रमअन्तर्गत पाँच मुरी तथा त्योभन्दा बढी बदाम उत्पादन गर्ने किसानलाई प्रोत्साहन रकम उपलब्ध गराउने भएको छ । सुक्खाग्रस्त क्षेत्रमा पर्ने यो नगरपालिकामात्रै उत्पादन हुने बदाम खेती प्रवर्द्धनका लागि नगरपालिकाले प्रोत्साहन रकम वितरण गर्ने कार्यक्रम ल्याएपछि किसान उत्साहित भएका छन् । परम्परागत बाली प्रवर्द्धनका लागि नगरसभाबाटै पारित गरिएको नीति तथा कार्यक्रमअन्तर्गत बदामखेती गर्ने किसानलाई उत्पादनमा आधारित प्रोत्साहन रकम वितरण गर्न नगरपालिकाले १५ दिने सूचनासमेत जारी गरेको छ । नगरपालिकाले जारी गरेको सूचनामा उल्लेख भएअनुसार पाँच म

    • प्रकाशित मितिः कार्तिक ७, २०८१
    • 404 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • घरवारविहीनहरूको रात सडकमै बित्छ , चिसो भुइँ पनि रोजेर पाउँदैनन्

    मजदुरीले थाकेको शरीर विश्राम गर्न जिते तामाङसँग न घर छ न डेरा। उनीसँग खुला आकाश र जुनेली रात मात्रै छ। दरबारमार्ग र ठमेलका गल्लीको चिसो भुइँमा कार्टुन र बोरा बिच्छ्याएर उनी प्रायः खुला आकाशमुनि रात बिताउँछन्। तामाङ गर्मी, जाडो र बर्खा जुनसुकै ऋतुमा सडकमा रात बिताउँछन्। शुक्रबार दरबारमार्गमा साँझ परेपछि घाम कहिले ओझेल पर्छ र निदाउन अध्यारो खोज्न सुरसार गर्दै थिए तामाङ। बोल्दाबोल्दै बिर्सने मनस्थितिमा पुगेका उनलाई आफू सडकमा आउनुको कारण एक वाक्यमा टुग्याउँछन्। ‘चाहेको होइन तर परिस्थितिले सडकमा ल्यायो,’ उनी भन्छन्, ‘घर र ठेगाना सडकबाट सुरु भएर सडकमै टुंगिन्छ।’ घाम अस्ता

    • प्रकाशित मितिः कार्तिक ६, २०८१
    • 593 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • मखमली  माला उन्न व्यस्त किसान, मूल्यमा बिचौलियाको रजगज

    भक्तपुर/  कात्तिकको बिहानको चिसो छिरेटो छल्दै बिहान अबेरै घरको काम सकेर मखमली बारीतिर लाग्छिन् भक्तपुर सुर्यविनायक नगरपालिका–७ गुण्डुकी रचना बस्नेत । तिहार आउन एक हप्तामात्र बाँकी रहँदा रचनालगायत गुण्डुका किसानलाई पाकेको धान भित्र्याउनु भन्दा मखमली टिप्न र माला उन्नकै धपेडी छ । बिहानदेखि बारीमा मखमली फूल टिप्ने र दिनभरी माला गास्ने गरेको रचना सुनाउँछिन् । यसरी गुण्डुका किसानले गासेका मालाहरु लिन व्यापारीहरु उनीहरुकै दैलोमा नै पुगिरहेका छन् । साउन अन्तिम सातादेखि नै फुल टिप्न थालेकी रचना विगतको वर्षभन्दा फुल उत्पादन कम भएको कारण माग अनुसार उपलब्ध गराउन नसकेको बताउँछिन् । &ls

    • प्रकाशित मितिः कार्तिक ६, २०८१
    • 461 पटक पढिएको
    • कोशीपत्र/संवाददाता

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved