अन्तराष्ट्रिय बुढासुब्बा गोल्डकप,सेमिफाइनलमा चर्च ब्वाइज युनाइटेड

  • माघ १९, २०८१
  • कोशीपत्र/संवाददाता
alt

धरान । २५ औं संस्करणको अन्तराष्ट्रिय आमन्त्रण बुढासुब्बा गोल्डकप फुटबल प्रतियोगिताको उद्घाटन खेलमा विजयी हुँदै चर्च ब्वाइज युनाइटेड क्लब काठमाडौे सेमिफाइनलमा प्रवेश गरेको छ ।


शनिबार धरान रंगशालामा भएको खेलमा नेपाल पुलिस क्लब काठमाडौलाई १–० गोल अन्तरले पराजित गर्दै चर्च ब्वाइज सेमिफाइनलमा प्रवेश गरेको हो । चर्च ब्वाइजकालागी सन्तोष खत्रीले खेलको ४७ औं मिनेटमा गोल गरेका थिए । खत्रीले एन्ड्रीउ इबो यामाहाको पासमा गोल गरे । खत्री खेलको म्यान अफ द म्याच घोषित हुँदै नगद १० हजार पुरस्कार प्राप्त गरेका छन् ।

प्रतिष्पर्धात्मक खेलमा पुलिसले पाएको अवसरमा गोल गर्न नसक्दा पराजित भयो । पहिलो हाफ बराबरी खेलेको पुलिसले दोस्रो हाफको सुरुवातमै गोल खाएको थियो । तुलनात्मक रुपमा चर्च ब्वाइजले पहिलो हाफ भन्दा राम्रो प्रदर्शन गरेको थियो ।
पहिलो हाफको १० औं मिनेटमा पुलिसका राम वजीले डिबक्सबाट प्रहार गरेका बल पोष्ट नजिकबाट बाहिरिएको थियो ।

खेलको १९ औं मिनेटमा सन्जित लामाको पासमा विवेक पाण्डेले प्रहार गरेको बल चर्च ब्वाइजका गोल किपरले मुस्किलले पञ्च गरेका थिए ।चर्च ब्वाइजका समिर तामाङले खेलको २४ औं मिनेटमा प्रहार गरेको बल गोल किपर सञ्जिव श्रेष्ठले मुस्किलले बचाएका थिए । खेलको ७० औं मिनेटमा चर्च ब्वाइजका दिपेश गुरुङले मिलाइदिएको लामो पासलाई समिर तामाङले डिबक्सबाट गोल गर्न चुके ।
माघ २६ गतेसम्म चल्ने प्रतियोगितामा ८ टिम सहभागी छन् । प्रतियोगिताको विजेताले १० लाख नगद र उपविजेताले ५ लाख नगद पुरस्कार जित्नेछन् ।
प्रतियोगिताको भव्य उद्घाटन
प्रतियोगिता २५ औं संस्करण पुगेको रजत जयन्तीको अवसरमा भएको उद्घाटन कार्यक्रम भव्य भएको छ । प्रतियोगितामा धरानका विद्यालयहरुको मार्च पास तथा ८० जना सहभागी सामुहिक नृत्य भव्य भएको थियो ।

प्रतियोगिताको उद्घाटन कोशी प्रदेश खेलकुद विकास बोर्डका सदस्य सचिव कृष्णबहादुर बस्नेतले गरेका थिए ।

 

धरानको कार्यपालिका ब ...

धरान/संविधान अनुसार प्रत्येक वर्षको असार १० गते भित्र न ...

फेसबुकमा प्राविधिक स ...

काठमाडौं/  सामाजिक सञ्जाल फेसबुकमा आइतबार दिउ ...

घर फर्किने बाटो नै अ ...

धरान/ खोटाङमा शनिबार साँझ परेको अविरल वर्षापछि आएको आकस ...

धरानमा ब्राउन सुगरसह ...

धरान/ सुनसरीको धरान उपमहानगरपालिका–७ पानमारा ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved