धरान/ श्रमजीव पत्रकारको साझा संगठन प्रेस चौतारी नेपाल सुनसरीको आठौ जिल्ला अधिवेशन इटहरीमा विहीबार सम्पन्न भएको छ ।
केन्द्रिय अध्यक्ष गणेश बस्नेतको प्रमुख आतिथ्यतामा सम्पन्न भएको अधिवेशनले विकास चाम्लिङको नेतृत्वमा सर्व सम्मत रुपले नयाँ नेतृत्व चयन गरिएको छ । उक्त नयाँ कार्य समितीमा १९ सदस्यीय रहेका छन भने. उपाध्यक्षद्धय बिकल पौडेल र सिमा बस्नेतलाई चयन गरिएको छ ।
यसैगरि सचिव सुदिप पोख्रेल,सहसचिव: लक्षमण कट्वाल,सहसचिव: सन्जु राई र कोषाध्यक्षमा रोशन दाहाललाई सर्व सम्मत चयन भए ।
सदस्यहरु जीवन विष्ट,सचिन राई, मित्र क्षेत्री,निर्मला पौडेल ,विकी श्रेष्ठ,मौसमी कार्की ,सनम तामाङ,राजन घिमिरे,आदेश गौतम,रूद्रराज शर्मा जमकटेल र रूपक पराजुली छन् ।
अधिवेशनले सात जना केन्द्रीय प्रतिनिध परिषद् र सात जना प्रदेश परिषद् पनि सर्वसम्मत चयन भएको छ ।
कन्द्रिय प्रतिनिधि शुभद्रा प्याकुरेल,शशी कोइराला,भोजराज श्रेष्ठ,, कृष्ण बहाव,हिमाल दाहाल,प्रेम बास्तोला,केशव भट्टराई चयन भए भने प्रदेश प्रतिनिधिहरु रेवती निरौला,भोला श्रेष्ठ ,शैलेन्द्र चौधरी,शीशीर भट्टराई,बावुराम खड्का र रूमा रिजाल सहित यशोदा सेनेलाई सर्व सम्मत गरिएको छ ।
पूर्व अध्यक्षलाई सम्मान
यसैवीच विगतमा नेतृत्व गरेर महत्वपूर्ण योगदान दिएको भन्दैं पूर्व अध्यक्षहरुलाई सम्मान समेत गरिएको छ ।
संस्थापक पूर्व अध्यक्ष राजकुमार कार्की, कृष्णविनोद लम्साल, किशोरकुमार कार्की, गोपाल देवान, भीमज्वाला राई, लिलाराज भट्टराई, देवेन्द्र कार्की लगायतलाई सम्मान पत्र सहित सम्मान गरिएको छ ।
नेकपा एमाले स्थायी कमिटी सदस्य भानुभक्त ढकाल, स्थायी कमिटी सदस्य तथा कोशी प्रदेश इञ्चार्ज शेरधन राई, संगठनका अध्यक्ष गणेश बस्नेतले सम्मान गरेका हुन ।
पत्रकारिता सम्मान
प्रेस चौतारी सुनसरीले स्थापना गरेको स्व. अमर बहादुर कार्की स्मृति पत्रकारिता सम्मानबाट कोशी प्रदेशका अग्रज पत्रकार क्रिम लुइटेललाई सम्मान गरिएको छ । स्व. अमरबहादुर कार्कीका छोराहरुले स्थापन गरेको अमर फाउडेशन नेपालको तर्फबाट सम्मान गरिएको हो ।
यसै गरि निर्माण भट्टराई स्मृति पत्रकारिता पुरस्कारबाट भोजराज श्रेष्ठ, कौशिला खतिवडा स्मृति पत्रकारिता पुरस्कारबाट बसन्त बान्तवा र प्रेस चौतारी उदयमान पत्रकारिता पुरस्कारबाट सृर्जना ठाकुर पुरस्कृत हुनु भएको छ ।
कार्यक्रममा नेकपा एमाले जनसङ्गठन समन्वयन संयन्त्रका संयोजक भानुभक्त ढकाल, कोशी प्रदेश इन्चार्ज तथा संस्थापक मुख्यमन्त्री शेरधन राई, प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री रेवतीरमण भण्डारीको विशेष आतिथ्यता सम्पन्न भएको हो ।
तस्बिरहरु: