आज १ मङ्सिर । आजबाट मङ्सिर लाग्यो । मङ्सिर को महिनालाई निकै धेरै पहिलेदेखि नै चिसोको सुरुवातको महिनाका रूपमा लिने गरिएको छ । छोटा दिनहरू र लामा राताहरूअब दिनहरू क्रमशः छोटा र राताहरू लामा हुँदै जानेछन् । छिटै साँझ पर्ने र बिहान अबेरसम्म पनि अँध्यारो नै भएको जस्तो आभास हुन थाल्नेछ । हिमालबाट बहेर आएको हावा र चिसो सिरेटोले हाम्रो शरीरलाई पनि चिसो बनाउन थाल्नेछ । बिहान घामको किरणले पृथ्वीलाई स्पर्श गर्नुअघि अब शीतले लपक्कै भिजाएको हुनेछ, हाम्रा बाटाहरू, हाम्रा खेतका डिलहरू र सागसब्जी तथा बोटबिरुवाहरू । यसको अर्थ हो, अबका रातहरू झन् बढी चिसा भएका छन् । चिसो मौसममा सबैभन्दा सामान्य हो, रुघाखोकी
काठमाडौं/ लक्ष्मीपूजालाई लक्षित गर्दै कात्तिक १५ गतेदेखि प्रदर्शनमा आएकोपूर्णबहादुरको सारंगी सर्वाधिक कमाउने नेपाली चलचित्र बनेको छ। निर्माता विनोद पौडेलले फिल्मले प्रदर्शनको १४ औं दिनसम्म आइपुग्दा २७ करोड रूपैयाँ संकलन गरेको जानकारी दिए। उनले भने, हाम्रो गाउँघरको मौलिक कथालाई नेपालसँगै विश्वभर दर्शकले दिनुभएको मायालाई धन्यवाद भन्ने शब्द हामीसँग छैन, यस चलचित्रमार्फत हामीले विदेशी चलचित्रसँग डराउनुपर्ने प्रवृतिलाई पनि अन्त्य गरेका छौँ, नेपाली दर्शकसम्म जानकारी पुगेमा उहाँले नेपाली चलचित्रलाई नै माया गर्नुहुन्छ भन्ने प्रमाणित भएको छ। उनले चलचित्रले मंगरबारसम्म २५ करोड तीन लाख र बुधबार दुई कर
गण्डकी/ मुस्ताङको स्याउको मुख्य बजार पोखरा हो । पोखरामा यहाँको स्याउको माग बढ्दो क्रममा छ । मुस्ताङमा उत्पादित कूल स्याउको करिब ९० प्रतिशत पोखरामा नै खपथ हुने गरेको छ । पछिल्लो समयमा मुस्ताङमा बढ्दो पर्यटकको आगमनले त्यहाँबाट कोसेलीका रुपमा स्याउ बिक्री समेत हुने भएकाले यसको बजारका लागि भने कुनै समस्या नरहेको विगत लामो समययता स्याउको व्यावसायिक खेती गरिरहेका ‘टुकुचे स्याउ नर्सरी’का सञ्चालक राजन शेर्पाले बताए ।पोखराका साथै यहाँको स्याउ काठमाडौँसहित देशका अन्य बजारमा पनि खपत हुने गरेको छ । ‘उत्पादन गर्न सके स्याउ बिक्री गर्न बजारको समस्या छैन’, शेर्पाले भने, ‘
विराटनगर/ कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले संविधान जारी भएको १० वर्ष पुग्न लाग्दा पनि संघले प्रदेशलाई अधिकार नदिएको गुनासो गरेका छन् । अधिकार प्रत्यायोजन नहुँदा प्रदेश संरचनाले काम गर्न नसकेको उनको गुनासो छ । ‘संविधान निर्माण भएको १० वर्ष पुग्न लाग्दा पनि संघले प्रदेशलाई अधिकार दिएन,’ उनले भने, ‘पटक–पटक कुरा उठाए पनि संघले सुन्दैन ।’ संघले अधिकार नदिएकैले प्रदेश संरचनाले पूर्णरूपमा काम गर्न नसकेको कार्कीको भनाइ छ । विराटनगरमा बिहीबार भएको मुख्य न्यायाधिवक्ताहरुको छैटौं राष्ट्रिय भेलालाई सम्बोधन गर्दै उनले पूर्णरुपमा संघले अधिकार प्रत्यायोजन न
झापा/ झापामा दिउँसै जङ्गली हात्ती गाउँ पस्न थालेपछि त्रास फैलिएको छ । प्रायः राति मात्र डुल्ने हात्ती आहाराको खोजीमा केही दिनदेखि दिउँसै बस्ती पस्न थालेका हुन् । दिउँसो भद्रपुर नगरपालिका– ९ को मिलचोकमा दुई वटा हात्ती निस्किँदा गाउँले त्रसित बने । हात्ती दिउँसै आउँदा मानिस रमिता हेर्न, फोटो खिच्न र धपाउन धुइरिए । मानवीय क्षति नभए पनि ती हात्तीले स्थानीयको पाकेको धानबालीमा क्षति पु¥याए । वर्षौंदेखि हात्तीको पीडा खेपिरहेका झापामा राति हात्ती गाउँ पस्नु नौलो घटना होइन। तर दिउँसै गाउँ पस्न थालेपछि गाउँलेले अनौठो मान्न थालेका छन् । जङ्गल छेउछाउका बस्तीमा हात्तीबाट सुरक्ष
धरान/ सुनसरीको धरान र धनकुटाको लेउती सम्म दु्रत मार्गले जोड्ने धरान –लेउती खोलासम्मको सुरुङ मार्ग निर्माण अन्यौल भएको छ ।४ बर्ष सम्म पनि उक्त आयोजनाका लागि निर्माणको काम अघि बढ्न नसकेपछि अन्यौल भएको हो । जोगवनी किमाथांका सडकको दूरी र समयलाई छोट्याउने सुरुङ मार्गका लागि तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओली वि.सं २०७८।०७९ को बजेटको नीति तथा कार्यक्रम अन्र्तगत नै सुरुङमार्गका लागि बजेट वक्तव्य मार्फत नै बजेट विनियोजन गरेको. थियो । तत्कालीन अर्थमन्त्री विष्णु पौडेलले जारी गरेको बजेट वक्तव्यको २९६ नम्बर बुँदामा उक्त कुरा उल्लेख गरेको गरेका थिए भने त्यसबेला दुई वटा आयोजनालाई बजेट बक्तव
विष्णु वैकुण्ठ चतुर्दशी व्रतवैकुण्ठचतुर्दश्यां यः पूजयेद् हरिशङ्करौ।स याति परमं स्थानं मुक्तिं लभते नरोत्तमः॥ बैकुण्ठ चतुर्दशीमा हरि ९विष्णु० र शंकर ९शिव० दुवैको पूजा गर्ने व्यक्तिले परमधाम प्राप्त गरी मोक्ष प्राप्त गर्दछ ।ूशास्त्रअनुसार हजारौँ कमलका फुलहरूले भगवान् विष्णुको पूजा गरेर शिव जी को अर्चना गर्ने मनुष्यले आफ्ना सबै बन्धनहरू बाट मुक्ति पाएर वैकुण्ठ लोक प्राप्त गर्दछ । कार्तिक शुक्ल चर्तुदशीमा यस व्रत गर्ने चलन छ । वैकुण्ठ चर्तुदशीको व्रत कथाएक पटक नारद भगवान् विष्णुकहाँ वैकुण्ठमा पुगे । विष्णुजीले नारदजीलाई आउनुको कारण सोध्नुभयो । नारदले भने, “प्रभु पृथ्वीमा हजुरलाई कृपा निधा
धरान/बीपी जाने मूल सडकमै पर्ने धनकुटे रोडको पुल जीर्ण भएपछि ममर्त शुरु गरिएको छ । एक पटक भत्किएर पुननिर्माण गरिएको सो पुल पटक पटक जोखिममा पर्दा समेत प्रतिष्ठानमा उपचारका लागि विरामी बोकेर जाने मुख्य सडकको दीर्घकालीन समस्या समाधानमा कसैको ध्यान गएको पाइदैन धरान वडा नं ८ र १९ जोड्ने बीपी कोइराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान जाने मूल सडक धनकुटे रोडको पुल गत असोजमा आएको भारी बर्षाका कारण जीर्ण बनेको छ । दैनिक जसो सैयौ विरामी बोकेको एम्बुलेन्स ओहोरदोहोर गर्ने यो सडकको पुललाई दीर्घकालीन रुपमा निर्माण गर्न नसक्दा बर्षादका समयमा यो जीर्ण बन्ने ग गरेको छ ।यस भन्दा अगाडि यो पुल गत २०७२ असोज ८ गते साँझ
काठमाडौं । फेसबुक पेजसहित सामाजिक सञ्जालका समाचार सामाग्री माथि नियमनकारी निकाय प्रेस काउन्सिल नेपालले निगरानी थालेको छ । सामाजिक सञ्जाल विशेषगरी युट्युब च्यानल तथा फेसबुक पेजको सञ्चार सामग्रीको काउन्सिलले अनुगमन थालेको जनाइएको छ । सामाजिक सञ्जालमा सम्प्रेषित सामाग्रीलाई तथ्यपूर्ण र विश्वसनीय बनाउन काउन्सिलले कार्यविधि बनाई काम सुरु गरेको छ । मिडियाको नियामक निकाय काउन्सिलले विभिन्न पेजसहित सामाजिक सञ्जालमा सञ्चालकको नाम, ठेगाना प्रष्ट हुनुपर्ने सहित तथ्यपूर्ण समाचारको लागि विशेष अपिल समेत जारी गरेको हो । सामाजिक सञ्जालमा देखिएका कतिपय आपत्तिजनक सामग्री अनुगमनसहित प्रवृत्तिगत अध्ययन गरी सच्या
काठमाडौं । नेपाल विद्युत प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत कुलमान घिसिङले डेडिकेटेड र ट्रंकलाइन विद्युत प्रयोग गरेबापतको बक्यौता महसुल उद्योगीले १५ दिनभित्र नबुझाए फेरि लाइन काट्ने बताएका छन् । बुधबार पत्रकार सम्मेलन गर्दै घिसिङले सरकारको निर्णय बमोजिम अहिले तत्काललाई लाइन जोडिएको बताएका छन् ।‘हामीले बक्यौता महसुल नबुझाउने २८ उद्योगको लाइन कात्तिक ८ गते काटेका थियौं । नेपाल सरकारबाट १५ दिनभित्र बक्यौता उठाउने गरी हाललाई २४ घण्टाभित्र लाइन जोड्ने निर्देशन प्राप्त भएको छ’, घिसिङले भने, ‘हामी बक्यौता उठाउन लाग्नेछौं । उहाँहरूले पनि बुझाउनु पर्नेछ । १५ दिनभित्र पनि बक्यौता तिर्