समाज

    Showing 1,641-1,650 of 6,821 items.
  • ११४३ किलो गाँजासहित दुई महिला पक्राउ

    उदयपुर/ उदयपुरमा प्रतिबन्धित लागूपदार्थ गाँजाको ठूलो परिमाणसहित दुई महिलालाई प्रहरीले पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय उदयपुर र इलाका प्रहरी कार्यालय रामपुरठोक्सिलाबाट खटिएको प्रहरी टोलीले चौदण्डीगढी नगरपालिका–१, रानीटारस्थित ४१ वर्षीया रत्नमाया श्रेष्ठको घरबाट करिब १ हजार १४३ किलो गाँजा बरामद गरेको हो। गाँजा ३५ वटा बोरामा हालेर लुकाइएको अवस्थामा भेटिएको थियो। प्रहरीले घटनास्थलबाट रत्नमाया श्रेष्ठसँगै सोही स्थानकी ४२ वर्षीया कमला श्रेष्ठलाई पनि नियन्त्रणमा लिएको छ। हाल दुवैजनालाई जिल्ला प्रहरी कार्यालय उदयपुरको हिरासतमा राखेर लागूपदार्थ कारोबारसम्बन्धी कानुनी अनुसन्धान अघि

    • प्रकाशित मितिः जेठ १६, २०८२
    • 1,943 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • राजसंस्था र हिन्दु राष्ट्रकाे मागसहित माइतीघरमा राजावादीकाे प्रदर्शन आज

    काठमाडौँ/  राजसंस्था पुनर्स्थापनाकाे माग गर्दै राजावादी समूहहरूले संयुक्त जनआन्दोलन समितिको नेतृत्वमा आज (शुक्रवार) राजधानीकाे माइतीघर मण्डलामा प्रदर्शन गर्ने भएका छन्। यसअघि बिहीबार उनीहरूले शान्ति बाटिकामा प्रदर्शन गर्दै आन्दोलनको औपचारिक सुरुवात गरेका थिए। उनीहरूकाे मागमा राजसंस्थाकाे पुनर्स्थापना, नेपाललाई हिन्दु राष्ट्र घाेषणा गर्ने र सङ्घीयता खारेज गर्नेजस्ता मुद्दा छन्। संयुक्त जनआन्दोलन समितिकाे समन्वयमा सञ्चालन भइरहेको आन्दोलनमा राप्रपा, राप्रपा नेपाल लगायत विभिन्न हिन्दुवादी तथा राजावादी संघ–संगठन आबद्ध छन्। आन्दोलनकारीहरूले आफ्नो आन्दोलन अनिश्चितकाल

    • प्रकाशित मितिः जेठ १६, २०८२
    • 401 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • सप्तकोशीमा गाँजाको तस्करी! नदीमै भेटियो सयौं किलो लागू औषध

    बराहक्षेत्र/ सुनसरीको बराहक्षेत्रस्थित सप्तकोशी नदी हुँदै ठूलो मात्रामा लागूपदार्थ तस्करी भइरहेको सूचना पाएपछि खटिएको प्रहरीले नदीमै बगिरहेको अवस्थामा २०० किलो गाँजा बरामद गरेको छ। इलाका प्रहरी कार्यालय महेन्द्रनगर र चतराबाट संयुक्त रूपमा खटिएको टोलीले बिहीबार बिहान २:३० बजेतिर सप्तकोशी नदीको किनारमा खोजतलास गर्ने क्रममा दुईवटा बेवारिसे ट्यूब नदीमा बगिरहेको फेला पारेका थिए। प्रहरीले ती ट्यूबहरूलाई पछ्याउँदै कोशी पुलदेखि करिब १.५ किलोमिटर दक्षिणतर्फ नदी किनारमा ल्याई खानतलासी गर्दा ८ वटा प्लास्टिकका बोरामा पोका पारिएको २०० किलो गाँजा जस्तो देखिने पदार्थ फेला परेको हो। लागू औषध ओसारपसारम

    • प्रकाशित मितिः जेठ १६, २०८२
    • 1,350 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • पुल त बन्यो, समस्या उस्तै : शेरा खोलाको बाढीले धरान ५ र ६ त्रसित

    धरान/  धरान उपमहानगरपालिका–५ र ६ को सिमानामा पर्ने शेरा खोलामा पक्की पुल निर्माण सम्पन्न भएको लामो समय भइसक्यो। तर, पुल बने पनि जोखिम भने टरिसकेको छैन। खोलाको सतह बर्सेनि उचाइँ लिँदै जाँदा बाढीको त्रास झन् बढेको छ। खोलाले गाउँमै पानी पस्ने अवस्था सिर्जना गरेपछि स्थानीय बासिन्दा त्रासमा बाँचिरहेका छन्। धरान–६, पानबारीका स्थानीय कृष्ण गौतम भन्छन्, “करोडौं रुपैयाँ खर्चेर पुल त बनाए, तर खोलाको सतह नै यति अग्लो हुँदै गएको छ कि खोलामा बाढी आउँदा पुल मात्र होइन, सिंगो गाउँ डुब्ने खतरा देखिएको छ।” स्थानीयले हरेक वर्ष वर्षायाम नआउँदै त्रासको सामना गर्नुपर्ने बाध्यता

    • प्रकाशित मितिः जेठ १५, २०८२
    • 776 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • धरानकाे सुनाखरी एकेडेमीद्वारा अन्तर्राष्ट्रिय कराते विजेता छात्राहरू सम्मानित

    धरान/  धरान–१२ मा अवस्थित सुनाखरी एकेडेमीले अन्तर्राष्ट्रिय कराते प्रतियोगितामा चार स्वर्ण पदक जित्ने छात्राहरू निमा डोल्मा तामाङ र वर्षा राईलाई विशेष सम्मान गरेको छ। बुधबार विद्यालय प्राङ्गणमा आयोजित कार्यक्रममा विद्यालयका प्रिन्सिपल मिलन राई, निर्देशक प्रदीप राईसहित सम्पूर्ण विद्यालय परिवारको उपस्थिति थियो। विजेता छात्राहरूलाई अबिर र खदा ओढाई सम्मान गरिएको थियो। कार्यक्रममा बोल्दै निर्देशक प्रदीप राईले छात्राहरूको सफलताले विद्यालय मात्र नभई सिंगो धरान शहरको गौरव बढाएको बताए। प्रिन्सिपल राईले विद्यार्थीहरूलाई थप प्रेरणा र हौसला दिनका लागि सम्मान कार्यक्रमको आयोजना गरिएको जान

    • प्रकाशित मितिः जेठ १५, २०८२
    • 668 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • सुनसरीमा प्रहरीको सफल अपरेसन, गाँजाको ठुलो परिमाण बरामद

    दुहबी/ सुनसरी जिल्लाको दुहबी नगरपालिका–११ स्थित तनमुना क्षेत्रबाट प्रहरीले लागू औषध गाँजाको ठूलो खेप बरामद गरेको छ। विशेष सूचनाको आधारमा गरिएको प्रहरी कारबाहीमा ४३८ किलो गाँजा सहित भारतिय नम्बर प्लेटको स्कार्पियो गाडी नियन्त्रणमा लिइएको हो। इलाका प्रहरी कार्यालय दुहबीका प्रहरी निरीक्षकको कमाण्डमा प्रहरी चौकी तनमुना र प्रहरी चौकी रामगञ्ज वेलगछिया (शुक्रबारे) बाट संयुक्त रुपमा खटिएको टोलीले मिति २०८२।०२।१५ गते बिहान ३:०० बजे तिर तनमुना नहरचोक–शुक्रबारे भित्री सडकखण्डमा चेकजाँचको क्रममा भारततर्फबाट आउँदै गरेको WB 06 H 2858 नम्बरको भारतीय स्कार्पियोलाई रोकेको थियो। तर प्रहरी टोलीलाई

    • प्रकाशित मितिः जेठ १५, २०८२
    • 1,178 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • धरानका मेयर साम्पाङलाई प्राइम भिजनका विद्यार्थीले बनाएको नक्काशी हस्तान्त्रण

    धरान/ धरान नगरका मेयर हर्क साम्पाङको श्रमशील दृष्टिकोण र समाजसेवामा योगदानलाई कदर गर्दै धरानस्थित प्राइम भिजन इन्टरनेशनल होस्पिटालिटी म्यानेजमेन्ट कलेजले अभिनव शैलीमा सम्मान गरेको छ। कलेजका विद्यार्थीहरूले सेफ कबिन राई र सेफ सबिन थापा मगरको मार्गदर्शनमा फलफूल नक्काशी तथा प्लेटर तयारीको प्रयोगात्मक कक्षा सम्पन्न गरेका थिए, जहाँ विशेष आकर्षण थियो मेयर साम्पाङको तस्बिर उतारिएको कलात्मक नक्काशी। विद्यार्थीहरूले उक्त कलाकृति स्वयम् मेयर साम्पाङको कार्यलयमै पुगी सम्मानपूर्वक हस्तान्तरण गरे। नक्काशी मात्र होइन, कार्यक्रममा सामुदायिक भावना झल्काउने एउटा गहिरो सन्देश पनि थियो। कलेजका निर्देशक अनिल श

    • प्रकाशित मितिः जेठ १५, २०८२
    • 809 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • सुनसरीमा लागू औषधसहित एक युवक पक्राउ

    सुनसरी/ सुनसरीको कोशी गाउँपालिका–१ राजापुरीस्थित पूर्व–पश्चिम महेन्द्र राजमार्गमा लागू औषधसहित एक युवक पक्राउ परेका छन्। मध्यान्ह १५:५१ बजेको समयमा शंकास्पद रुपमा एक पुरुष व्यक्तिले बोरा बोकी हिँडिरहेको देखेपछि इलाका प्रहरी कार्यालय लौकहीबाट खटिएको प्रहरी टोलीले उनलाई रोकी जाँच गर्दा ठूलो परिमाणमा लागू औषध फेला परेको हो। पक्राउ पर्ने व्यक्ति रामधुनी नगरपालिका–४ का २१ वर्षीय आशिष विक रहेको प्रहरीले जानकारी दिएको छ। शंका लागेपछि प्रहरीले बोरा फालेर भाग्ने प्रयास गरेका विकलाई नियन्त्रणमा लिएको थियो। नियन्त्रणमा लिएपछि गरिएको चेकजाँचमा तल उल्लेखित लागू औषध फेला परेको छ: &bul

    • प्रकाशित मितिः जेठ १५, २०८२
    • 1,779 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • साँगुरीगढीमा दुईदिने निःशुल्क स्वास्थ्य शिविर सम्पन्न

    धनकुटा/ साँगुरीगढी गाउँपालिका र नोबेल मेडिकल कलेज, विराटनगरको प्राविधिक सहयोगमा सञ्चालित दुईदिने निःशुल्क स्वास्थ्य शिविर सफलतापूर्वक सम्पन्न भएको छ। शिविर जेष्ठ १३ गते साँगुरीगढी–२ बुढिमोरङ र जेष्ठ १४ गते साँगुरीगढी–९ स्थित आहाले स्वास्थ्य चौकीमा सम्पन्न भएको हो। शिविरको क्रममा बुढिमोरङमा ७२० जना र आहालेमा ६१६ जना बिरामीले सेवा लिएका थिए। नोबेल मेडिकल कलेजका जनसम्पर्क अधिकृत नविन दाहाल र डिजिटल मार्केटिङ शाखाका सुमन राजवंशीका अनुसार शिविरमा विभिन्न विशेषज्ञ चिकित्सकद्वारा निःशुल्क सेवा प्रदान गरिएको थियो। शिविरमा बालरोग, स्त्री तथा प्रसूति रोग, जेनेरल मेडिसिन, हाडजोर्नी तथा नश

    • प्रकाशित मितिः जेठ १४, २०८२
    • 685 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • विपद् व्यवस्थापनमा अग्रसर वराहक्षेत्र नगरपालिका, जोखिम न्यूनीकरणमा व्यापक तयारी

    वराहक्षेत्र/ बाढी, कटान, डुबान र महामारीजस्ता विभिन्न प्राकृतिक तथा मानवनिर्मित प्रकोपको उच्च जोखिममा रहेको वराहक्षेत्र नगरपालिकाले नागरिकको सुरक्षा सुनिश्चित गर्न अग्रसरता देखाएको छ। सम्भावित विपद् व्यवस्थापन, राहत तथा पुनःस्थापनाका लागि नगरपालिकाले सक्रिय कदम चाल्दै व्यापक तयारी थालेको छ। लगातारको वर्षाले सप्तकोसी नदीमा पानीको बहाव तीव्र भएसँगै वराहक्षेत्रको ठूलो भूभाग जोखिममा परे पनि नगरपालिकाले यस चुनौतीलाई व्यवस्थित रूपमा सम्बोधन गर्दै आएको छ। बाढी र कटानमात्र नभई, जङ्गली हात्तीको आतङ्क, आगलागी, महामारी र पशु रोगजस्ता विविध समस्या न्यूनीकरणका लागि पनि नगरस्तरमै समन्वयात्मक प्रयास सुरु

    • प्रकाशित मितिः जेठ १४, २०८२
    • 692 पटक पढिएको
    • कोशीपत्र/संवाददाता

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved