धरान/ सुनसरी उद्योग वाणिज्य संघको नयाँ कार्यसमिति चयनका लागि आज बिहानदेखि धरान–१ स्थित संघको कार्यालय परिसरमा मतदान प्रक्रिया सुरु भएको छ।
बिहान ८ बजेदेखि सुरु भएको मतदानमा मतदाताहरूको उल्लेख्य सहभागिता देखिएको छ भने विभिन्न राजनीतिक दलका नेता, सांसद तथा उद्योगी–व्यवसायीहरूको उपस्थिति पनि उल्लेखनीय रहेको छ।
संघको अध्यक्ष पदका लागि गोपाल श्रेष्ठ र शिवराज श्रेष्ठले आ–आफ्नो प्यानलसहित उम्मेदवारी दिएका छन्। निर्वाचन प्रमुख डा. राजेन्द्र शर्माका अनुसार कुल २,९०७ जना मतदाता छन्, जसमा वाणिज्य तर्फ १,७८४, उद्योग तर्फ ९६२, एशोसिएट तर्फ १४० र वस्तुगत तर्फ २१ जना रहेका छन्।यो समाचार तयार पार्दा सम्म १४०० मत खसेको बताए।
गोपाल श्रेष्ठ समूहको तर्फबाट उम्मेदवारहरू यस प्रकार छन् :
शिवराज श्रेष्ठ समूहको तर्फबाट उम्मेदवारहरू:
निर्वाचन प्रक्रिया अहिलेसम्म शान्तिपूर्ण रूपमा अगाडि बढिरहेको छ। मतगणना आज साँझदेखि सुरु हुने अनुमान गरिएको छ। निर्वाचनको परिणामप्रति व्यवसायी तथा स्थानीयको चासो बढ्दै गएको छ।