समाज

    Showing १,३८१-१,३९० of ७,११९ items.
  • भिजन कोष, घाटा बजेट र कर वृद्धि प्रस्तावमा एमालेको असमति

    धरान/ एमालेका वडाध्यक्ष र कार्यपालिका सदस्यहरुले मेयर उप मेयर भिजन कोष,घाटा वजेट र अत्यधिक करको विरोध गर्दै धरान उपमहानगरपालिकाको कार्यपालिकाको बैठक शुक्रबार बहिस्कार गरेको पाइएको छ । वडाअध्यक्ष र कार्यपालिका सदस्यहरुले घाटा बजेट र अत्यधिक कर वृद्धि कुनै हालतमा स्वीकार नहुने भन्दै शुक्रबारको बैठक साँझ वहिस्कार गरेका हुन् । उनीहरुले मेयर हर्कराज राईलाई पाँच वुँदे माग सहित ध्यानाकर्षण पत्र वुझाएर बैठक वहिरस्कार गरेका हुन् । उनीहरुले बैठक वहिस्कार गरेपछि उपमहानगरपालिका परिसरमा आकस्मिक पत्रकार सम्मेलन गर्दैै स्रोत अनुमान तथा बजेट सिलिङ समितिमा सदस्यसमेत रहेकी सावित्री परियारल बैठकमा शुरुदेख

    • प्रकाशित मितिः भदौ १५, २०८२
    • ६७४ पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • पाउ पाथिभरा मन्दिरमा १ करोड ४२ लाख बढी भेटी सङ्कलन

    झापा/मेचीनगर–१३, चारआलीस्थित पाउ पाथिभरा मन्दिरमा भक्तजनले चढाएको भेटी र अन्य आय स्रोतबाट एक आर्थिक वर्षमै १ करोड ४२ लाख ८१ हजार रुपैयाँ आम्दानी भएको छ। पूर्वपश्चिम राजमार्गसँग जोडिएको यस धार्मिक स्थलको व्यवस्थापनका लागि २०७१ सालमा पाउ पाथिभरा उत्तरगङ्गा पर्यटन प्रवर्द्धन समिति गठन गरिएको हो। समितिका अध्यक्ष लोकराज ढकालका अनुसार आर्थिक वर्ष २०८१/८२ मा मात्र दान पेटिकाबाट ७४ लाख ७४ हजार, सहयोग रसिदबाट ४४ लाख ४१ हजार, जिन्सी सामान बिक्रीमार्फत १२ लाख ३८ हजार र आजीवन सदस्यताबाट ८८ हजार रुपैयाँ सङ्कलन भएको छ। त्यसैगरी, बैंकमा रहेको बचतको ब्याजबापत ५ लाख ६० हजार, अनलाइनमार्फत २ लाख ५४ हजार

    • प्रकाशित मितिः भदौ १५, २०८२
    • ९४४ पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • सुनसरीमा ब्राउन सुगरसहित एक युवक पक्राउ

    सुनसरी / जिल्ला प्रहरी कार्यालय सुनसरी र अस्थायी प्रहरी पोष्ट बसपार्कले संयुक्त रुपमा गरेको चेकजाँचमा ४.५० ग्राम लागूपदार्थ ब्राउन सुगर  सहित एक युवक पक्राउ परेका छन्। प्रहरीका अनुसार भदौ १३ गते दिउँसो करिब २ः४५ बजे इनरुवा नगरपालिका–४ बसपार्कचोकमा विशेष सूचनाका आधारमा पश्चिमबाट पूर्वतर्फ जाँदै गरेका मोरङ सुन्दरहरैंचा नगरपालिका–६ बस्ने २८ वर्षीय हेमराज बिकलाई नियन्त्रणमा लिइएको हो। नियमित चेकजाँचका क्रममा उनको साथबाट बरामद गरिएको लागूपदार्थसहित बिकलाई जिल्ला प्रहरी कार्यालय सुनसरीमा ल्याई थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।  

    • प्रकाशित मितिः भदौ १४, २०८२
    • ५४९ पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • सुनसरीमा धानबारीबाट ७५ किलो गाँजा बरामद

    सुनसरी/ सुनसरीको बर्जु गाउँपालिका–४ स्थित धान खेतबाट प्रहरीले ७५ किलो गाँजा बरामद गरेको छ। शुक्रबार  (भदौ १३) साँझ ६ः२० बजे विशेष सूचनाका आधारमा इलाका प्रहरी कार्यालय सितागञ्ज र कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरबाट संयुक्त रूपमा खटिएको टोलीले शान्तिवन चोकदेखि करिब १०० मिटर पूर्वतर्फको कच्ची सडक छेउमा दुई बोरा गाँजा फेला पारेको हो। धान खेतमा पानीले भिजेको अवस्थामा भेटिएको गाँजाको तौल करिब ७५ किलो रहेको प्रहरीले जनाएको छ। बरामद गरिएको गाँजालाई आवश्यक कानूनी प्रक्रिया पूरा गरी इलाका प्रहरी कार्यालय दुहबीमा ल्याइएको छ। सो घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला   

    • प्रकाशित मितिः भदौ १४, २०८२
    • ५३९ पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • सुनाखरी एकेडेमीमा नयाँ विद्यार्थीलाई सम्मान तथा स्वागत

    धरान/धरान–१२ स्थित सुनाखरी एकेडेमीले कक्षा–११ मा भर्ना भएका नयाँ विद्यार्थीलाई शुक्रबार विशेष कार्यक्रममार्फत स्वागत गरेको छ। विद्यालय प्राङ्गणमा आयोजित कार्यक्रममा प्रमुख अतिथि धरान उपमहानगरपालिका शिक्षा महाशाखा प्रमुख ध्रुबराज खड्का, विद्यालयका प्रिन्सिपल मिलन राई, निर्देशक प्रदीप राई र प्लस टु संयोजक तपकुमार राईलगायतले नयाँ विद्यार्थीलाई खदा र अबिर लगाएर सम्मान गरेका थिए। प्रमुख अतिथि खड्काले विद्यार्थीलाई उच्च शिक्षा अध्ययनका लागि विदेशमुखी नबनिन आग्रह गर्दै आफ्नै देशमा अध्ययन गरेर राष्ट्र विकासमा योगदान दिन प्रेरित गरे। प्रिन्सिपल मिलन राईले “सुनाखरी हल्लाको पछि नलागी

    • प्रकाशित मितिः भदौ १४, २०८२
    • ३८७ पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • ‘रक्तदान जीवनदान’ अभियानसँगै सुनसरी उद्योग वाणिज्य सङ्घ ६३ औँ वर्षमा प्रवेश

    धरान/सुनसरी उद्योग वाणिज्य सङ्घले आफ्नो ६२ औँ वार्षिकोत्सव विशेष अर्थपूर्ण ढंगले मनाएको छ। ‘रक्तदान जीवनदान, रक्तदान महादान’ भन्ने मूल नारासहित शनिबार धरानमा आयोजना गरिएको रक्तदान कार्यक्रममा ५४ पिन्ट रगत संकलन भएको सङ्घले जनाएको छ। नवनिर्वाचित कार्य समितिले जिम्मेवारी सम्हालेपछि पहिलो गतिविधिका रूपमा सामाजिक उत्तरदायित्वलाई प्राथमिकता दिँदै रक्तदान अभियान रोजेको हो। हाल बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा रगतको अभाव भइरहेको अवस्थालाई मध्यनजर गर्दै अभियान सञ्चालन गरिएको निवर्तमान महासचिव महेन्द्र प्रधानले बताए। कार्यक्रममा कोसी प्रदेशका संस्थापक सभामुख प्रदीपकुमार भण्डा

    • प्रकाशित मितिः भदौ १४, २०८२
    • ३९५ पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • धरानमा कार्यपालिका बैठक स्थगित, घाटा बजेट र कर वृद्धि प्रस्तावमा असहमति

    धरान/धरान उपमहानगरपालिकाको कार्यपालिका बैठक(आज)शुक्रबार पनि स्थगित भएको छ । उप-महानगरपालिकाको कार्यपालिका बैठक  एमालेबाट निर्वाचित वडाअध्यक्ष र सदस्यहरूको बहिष्कारका कारण स्थगित भएको छ। चालु आर्थिक वर्षका लागि प्रस्तुत गरिएको २ अर्ब २० करोडको घाटा बजेट र कर वृद्धि प्रस्ताव प्रति असहमति जनाउँदै एमाले प्रतिनिधिहरूले ५ बुँदे आपत्ति पत्र बुझाएर बैठक छाडेका हुन्। धरान उपमहानगरपालिकामा एमालेका जनप्रतिनिधिकाे बलियो उपस्थिति छ।जस्मा १० जना वडाअध्यक्ष र ८ जना कार्यपालिका सदस्य। यति ठूलो संख्यामा अनुपस्थिति भएपछि मेयर हर्क साम्पाङ (राई) ले बैठक अघि बढाउन नसकेर स्थगित गरेका हुन्। १८ जना कार

    • प्रकाशित मितिः भदौ १३, २०८२
    • ५७४ पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • बुढीगंगाको नहरमा अज्ञात महिलाको शव फेला

    विराटनगर/ मोरङको बुढीगंगामा नहरले बगाएर ल्याएको अवस्थामा एक महिलाको शव फेला परेको छ । शुक्रबार बिहान करिब साढे ८ बजे बुढीगंगा गाउँपालिका–७ मा शव भेटिएको हो । मोरङ प्रहरी प्रवक्ता डीएसपी कोपिला चुँडालका अनुसार करिब ३० देखि ३२ वर्षकी देखिने महिलाको शव भेटिए पनि उनको पहिचान खुल्न सकेको छैन ।‘नहरमा शव बगिरहेको जानकारी पाएपछि प्रहरी चौकी कोयलपुरबाट टोली खटिएको थियो । बाहिर निकाल्दा ती महिलाको मृत्यु भइसकेको अवस्थामा भेटियो,’ डीएसपी चुँडालले बताइन् । इलाका प्रहरी कार्यालय बेलबारीका इन्स्पेक्टर कृष्णबहादुर खत्रीको नेतृत्वमा पुगेको टोलीले कानुनी प्रक्रिया पूरा गरी शवलाई पोस्टम

    • प्रकाशित मितिः भदौ १३, २०८२
    • ६१६ पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • अछाममा छाउगोठमा सुतेका दुई जनाको ढुङ्गाले किचेर मृत्यु, एक घाइते

    अछाम/ अछाममा छाउगोठमा सुतेका दुई जनाको भीरबाट खसेको ढुङ्गाले किचेर मृत्यु भएको छ भने एक जना घाइते भएकी छन्। पञ्चदेवल विनायक नगरपालिका–८ सेलापानीस्थित चुरखोली टोलकी ३५ वर्षीया निम खनाल र मङ्गलसेन नगरपालिका–६ की सात वर्षीया कविताको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय अछामका प्रमुख डिएसपी ओमप्रकाश खनालले जानकारी दिए। दुवै जनाको घटनास्थलमै मृत्यु भएको प्रहरीले पुष्टि गरेको छ। घटनामा मृतक कविताकी आमा घाइते भएकी छन्। उनलाई उपचारका लागि स्थानीय स्वास्थ्य चौकी पठाइएको प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालय अछामबाट प्रहरी निरीक्षक टेकबहादुर देउवा नेतृत्वको टोली घटनास्थलतर्फ प्रस्थ

    • प्रकाशित मितिः भदौ १३, २०८२
    • ५६० पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • मेरिल्याण्डको वक्तृत्वकला प्रतियोगितामा किस्मत प्रथम

    मोरङ/ विराटनगरस्थित मेरिल्याण्ड कलेजले आयोजना गरेको वक्तृत्वकला प्रतियोगितामा किस्मत सापकोटा प्रथम भएका छन् । विद्यार्थीभित्र लुकेर रहेको प्रतिभा प्रस्फुटन र विद्यार्थीलाई अतिरिक्त क्रियाकलापमा अब्बल बनाउने उद्देश्यले आयोजित प्रतियोगितामा सापकोटाले उत्कृष्ट विचार प्र्रस्तुत गर्दै प्रथम भएका हुन् । ‘महँगी, बेरोजगारी र युवाको भविष्य’ शीर्षकमा भएको प्रतियोगितामा रोजिना चौधरी द्वितीय हुँदा साहिस्ता न्यौपाने तृतीय भइन् । त्यस्त मिसु प्रधान र रोशनकुमार सिंहले सान्त्वना स्थान प्राप्त गरे । प्रतियोगिताको निर्णायकमा कवि एवं पत्रकार मीनकुमार नवोदित रहेका थिए । प्रतिस्पर्धामा भाग लिएका २०

    • प्रकाशित मितिः भदौ १३, २०८२
    • ४८६ पटक पढिएको
    • कोशीपत्र/संवाददाता

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved