‘रक्तदान जीवनदान’ अभियानसँगै सुनसरी उद्योग वाणिज्य सङ्घ ६३ औँ वर्षमा प्रवेश

  • भदौ १४, २०८२
  • कोशीपत्र/संवाददाता
alt

धरान/सुनसरी उद्योग वाणिज्य सङ्घले आफ्नो ६२ औँ वार्षिकोत्सव विशेष अर्थपूर्ण ढंगले मनाएको छ।

‘रक्तदान जीवनदान, रक्तदान महादान’ भन्ने मूल नारासहित शनिबार धरानमा आयोजना गरिएको रक्तदान कार्यक्रममा ५४ पिन्ट रगत संकलन भएको सङ्घले जनाएको छ।

नवनिर्वाचित कार्य समितिले जिम्मेवारी सम्हालेपछि पहिलो गतिविधिका रूपमा सामाजिक उत्तरदायित्वलाई प्राथमिकता दिँदै रक्तदान अभियान रोजेको हो।

हाल बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा रगतको अभाव भइरहेको अवस्थालाई मध्यनजर गर्दै अभियान सञ्चालन गरिएको निवर्तमान महासचिव महेन्द्र प्रधानले बताए।

कार्यक्रममा कोसी प्रदेशका संस्थापक सभामुख प्रदीपकुमार भण्डारी प्रमुख अतिथि थिए भने सङ्घका नवनिर्वाचित अध्यक्ष गोपाल श्रेष्ठले अध्यक्षता गरेका थिए।

पूर्वअध्यक्षहरू सरोज श्रेष्ठ र गिरिधारी सापकोटा, मितेरी डेभलपमेन्ट बैंकका अध्यक्ष तथा सङ्घ कार्यसमिति सदस्य किशन मास्के लगायत उद्योगी–व्यवसायी, पदाधिकारी तथा सदस्यहरूको उल्लेखनीय सहभागिता रह्यो।

प्रमुख अतिथि भण्डारीले रक्तदानजस्ता मानवीय कार्यले नागरिक जीवन रक्षा गर्न सक्ने उल्लेख गर्दै यसले सामाजिक उत्तरदायित्वबारे सचेतना बढाउने विश्वास व्यक्त गरे।

सङ्घले आगामी दिनमा पनि जनस्वास्थ्य, शिक्षा र मानव सेवासम्बन्धी कार्यक्रमलाई थप व्यवस्थित र प्रभावकारी बनाउन प्रतिबद्धता जनाएको छ।

व्यवसायीहरूको हकहितमा आवाज उठाउँदै सङ्घ सामाजिक रूपान्तरणमा पनि अग्रसर हुँदै आएको जनाएको छ।

Sunsari_udhog.barsik,koshipatra.com

धरानको कार्यपालिका ब ...

धरान/संविधान अनुसार प्रत्येक वर्षको असार १० गते भित्र न ...

फेसबुकमा प्राविधिक स ...

काठमाडौं/  सामाजिक सञ्जाल फेसबुकमा आइतबार दिउ ...

घर फर्किने बाटो नै अ ...

धरान/ खोटाङमा शनिबार साँझ परेको अविरल वर्षापछि आएको आकस ...

धरानमा ब्राउन सुगरसह ...

धरान/ सुनसरीको धरान उपमहानगरपालिका–७ पानमारा ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved