धरान/ एमालेका वडाध्यक्ष र कार्यपालिका सदस्यहरुले मेयर उप मेयर भिजन कोष,घाटा वजेट र अत्यधिक करको विरोध गर्दै धरान उपमहानगरपालिकाको कार्यपालिकाको बैठक शुक्रबार बहिस्कार गरेको पाइएको छ ।
वडाअध्यक्ष र कार्यपालिका सदस्यहरुले घाटा बजेट र अत्यधिक कर वृद्धि कुनै हालतमा स्वीकार नहुने भन्दै शुक्रबारको बैठक साँझ वहिस्कार गरेका हुन् । उनीहरुले मेयर हर्कराज राईलाई पाँच वुँदे माग सहित ध्यानाकर्षण पत्र वुझाएर बैठक वहिरस्कार गरेका हुन् ।
उनीहरुले बैठक वहिस्कार गरेपछि उपमहानगरपालिका परिसरमा आकस्मिक पत्रकार सम्मेलन गर्दैै स्रोत अनुमान तथा बजेट सिलिङ समितिमा सदस्यसमेत रहेकी सावित्री परियारल बैठकमा शुरुदेखि नै यो पटक चै घाटा बजेट नबनाउ, थुप्रै समस्याहरु आइरहेको छ र कर वृद्धि पनि नगरौं भनेर बैठक वहिस्कार गरेको बताइन ् । त्यसैगरि वजेटको नाममा विभिन्न कोष बनाएर धेरै कोष हुँदा धरानको समग्र विकासमा असर पुग्ने भएकाले असहमति जनाएको सदस्य परियारले बताइन् ।
वडा नं १३ का अध्यक्ष नेत्र काफ्लेले नगर प्रमुख हर्कराज राईले कर बढाईएको छैन भने पनि अत्यधिक वृद्धि गरिएको बताए । परामर्श समितिले दिएको राय विपरीत केही शाखा प्रमुखसँग बसेर आफुखुशी कर बढाएको देखिएको काफ्लेको भनाई छ।
वडा नं १० का अध्यक्ष विवेक राईले पनि आफुहले दिएको पत्रको सम्मान नगरिए पछि बैठकबाट बाहिरिएको जिकिर गरे । राजश्व परामर्श समितिले १ अर्ब ६० करोडले सिमा दिएपनि स्रोत अनुमान र सिलिङ समितिका ४ जनाले २ अर्ब २० करोडको बजेट बनाएकोले आफुहरुको त्यसमा पनि असहमति रहेको उनले बताए ।
एमालेका उपस्थित सदस्यहरू बाहिरिएपछि बैठकमा नगर प्रमुख हर्क साम्पाङ, उपप्रमुख अईन्द्र विक्रम बेघा र वडाध्यक्षहरू सहित ११ को उपस्थितिमा अघि बढाइएको बैठकले बजेट पारित गरेको छ ।बैठक सञ्चालन गर्दै नगरप्रमुख साम्पाङले १३ वटा वडाले बजेट ब्रेक डाउन गरी बजेट पठाएको जानकारी दिए ।
उनले बजेट ब्रेकडाउन गरेर पठाउने यहाँ बाहिरिने दोहोरो भूमिका कुनैपनि वडा अध्यक्ष गर्नु नहुने बताए । प्रमुख साम्पाङले १८औ पटकमा पार्टीको निर्देशन भन्दै असहमति जनाएको बुझिएकाले कसैको चित्त बुझ्यो, कसैको बुझेन भन्दैमा बैठक स्थगित नहुने बताए ।
बैठक सुचारु गर्दै नगरप्रमुखले बजेट ब्रेकडाउन गरेर पठाउने वडाहरू १, ३, ४, ५, ६, ९, ११, १४, १५, १६, १७, १८,२० भएको बताएका छन ।