धरानमा कार्यपालिका बैठक स्थगित, घाटा बजेट र कर वृद्धि प्रस्तावमा असहमति

  • भदौ १३, २०८२
  • कोशीपत्र/संवाददाता
alt

धरान/धरान उपमहानगरपालिकाको कार्यपालिका बैठक(आज)शुक्रबार पनि स्थगित भएको छ । उप-महानगरपालिकाको कार्यपालिका बैठक  एमालेबाट निर्वाचित वडाअध्यक्ष र सदस्यहरूको बहिष्कारका कारण स्थगित भएको छ।

चालु आर्थिक वर्षका लागि प्रस्तुत गरिएको २ अर्ब २० करोडको घाटा बजेट र कर वृद्धि प्रस्ताव प्रति असहमति जनाउँदै एमाले प्रतिनिधिहरूले ५ बुँदे आपत्ति पत्र बुझाएर बैठक छाडेका हुन्।

धरान उपमहानगरपालिकामा एमालेका जनप्रतिनिधिकाे बलियो उपस्थिति छ।जस्मा १० जना वडाअध्यक्ष र ८ जना कार्यपालिका सदस्य।

यति ठूलो संख्यामा अनुपस्थिति भएपछि मेयर हर्क साम्पाङ (राई) ले बैठक अघि बढाउन नसकेर स्थगित गरेका हुन्।

१८ जना कार्यपालिका सदस्यकाे पाँच बुँदे आपत्ति

• कुनै पनि शीर्षकमा कर वृद्धि नगर्नु।

• मेयर कोष, उपमेयर कोष, भिजन कोष जस्ता पदसापेक्ष कोष खारेज गर्नु।

• नगरको वास्तविक आयअनुसार मात्र बजेट सीमांकन।

• नगरसभाले पारित गरेको निर्णयमा मेयरले एकल निर्णय नगर्ने लिखित प्रतिवद्धता।

• असम्भव राजस्व लक्ष्य नराखी जनतालाई भ्रममा नपार्ने।

पत्रमा १६ जनाले हस्ताक्षर गरेका छन्। वडाध्यक्ष नरेश इवारम अनुपस्थित भए भने अर्की सदस्य देवीमाया विश्वकर्मा वैदेशिक रोजगारीका लागि विदेश गइसकेकी छन्।

धरान उपमहानगरपालिकाले चालु आर्थिक वर्षको बजेट समयमै पारित गर्न नसक्दा नगरवासीबीच आलोचना चर्किँदै गएको छ।

पत्र हेर्नुस् :

 leter

धरानको कार्यपालिका ब ...

धरान/संविधान अनुसार प्रत्येक वर्षको असार १० गते भित्र न ...

फेसबुकमा प्राविधिक स ...

काठमाडौं/  सामाजिक सञ्जाल फेसबुकमा आइतबार दिउ ...

घर फर्किने बाटो नै अ ...

धरान/ खोटाङमा शनिबार साँझ परेको अविरल वर्षापछि आएको आकस ...

धरानमा ब्राउन सुगरसह ...

धरान/ सुनसरीको धरान उपमहानगरपालिका–७ पानमारा ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved