धरान । नेकपा एमालेका उपाध्यक्ष सुवासचन्द्र नेम्बाङ सदाका लागि अस्ताएका छन् । संविधानसभाका अध्यक्ष समेत रहेका नेम्बाङको हृदयघातका कारण मंगलबार विहान मृत्यु भएको हो । उनलाई विहान साढे १ बजे नै हृदयघात भएको थियो । बालुवाटार निवासै हृदयघात भएपछि उनलाई उपचारको लागि अस्पताल लगिएको थियो । उनको उपचारका लागि लाने क्रममा मृत्यु भएको थियो । अस्पतालमा पुगेपछि चिकित्सकले मृत घोषित गरेका थिए । नेम्वाङका श्रीमती, दुई छोरा र दुई छोरी छन् । नेम्बाङले नेपालको राजनीतिमा ठूलो र महत्वपूर्ण भूमिका खेलेका थिए । इलाम जिल्लाको सुन्तलाबारीमा वि.सं. २००९ साल फागुन २८ गते जन्मिएका नेम्वाङले विद्यार्थी कालदेखि नै वामपन्
धरान/ किरातेश्वर माविको ५० औं स्वर्ण महोत्सव तथा अभिभावक दिवस सम्पन्न भएको छ ।साे अवसरमा शिला अभिलेखपत्रको अनावरणका क्रममा धरानलाई शैक्षिक केन्द्र विन्दु बनाउने पहिलो प्राथमिकतामा रखेको शिक्षा तथा विज्ञान प्रविधि मन्त्री अशोक राईले बताएका छन् । उनले भने–‘मैले यही क्षेत्रबाट चुनाव जितेर मन्त्री बनेको हु, यस क्षेत्रको शैक्षिक गुणस्तरमा मैले पहिलादेखि नै सोच्दै आएको हु, म अहिले सोही क्षेत्र हेर्ने मन्त्री भएको छु, यस क्षेत्रको शैक्षिक गुणस्तरलाई सुधार गरेर शैक्षिक केन्द्रविन्दु बनाउने मेरो पहिलो प्राथमिकतामा राखेको छु ।’ उनले धरानलाई नेपालकै तथा अन्तर्राष्ट्रिय स्तरको शैक
धरान/ केही समयपछि परीक्षा नै ठप्प पर्ने गरी परीक्षा शाखामा तालाबन्दी गरेर आन्दोलनमा उत्रिएका चिकित्सकहरुको माग पूरा नभएपछि उनीहरु थप आन्दोलित भएका छन् । माग पूरा गर्न दबाब दिदै आएका चिकित्सकहरुको संस्था शिक्षक कल्याण समाजले माग पूरा नभएपछि थप आज डिन कार्यालय र शिक्षा महाशाखामा तालाबन्दी गरेका छन् लामो समयदेखि कार्यरत चिकित्सक, कर्मचारी तथा शिक्षकहरुको बढुवा रोक्का गरिएको र बढुवा प्रक्रियालाई सुचारु गर्नुपर्ने माग राख्दै शिक्षक कल्याण समाजले परीक्षा शाखामा तालाबन्दी गरेका थिए । तर उनीहरुको माग प्रतिष्ठान प्रशासनले सुनुवाई गरेन । आफूहरुको मागको वेवस्ता भएको भन्दै उनीहरुले आज थप दु
सुनसरी/ राष्ट्रिय युवा संघ नेपालको प्रथम कोशी प्रदेश अधिवेशन धरानमा सुरु भएको छ । प्रमुख अतिथि नेकपा एमालेका उपाध्यक्ष तथा संसदीय दलका उपनेता, संविधान सभाध्यक्ष सुबास नेम्बाङले बिरुवामा पानी हालेर उद्घाटन गरेका छन् । उद्घाटन सत्रमा युवा संघ पूर्व अध्यक्ष तथा पूर्व मन्त्री तथा युवा सङ्गठन इन्चार्ज महेश बस्नेत, एमालेका स्थायी कमिटी सदस्य तथा पूर्व मन्त्री भानुभक्त ढकाल, केन्द्रीय सदस्य यज्ञराज सुनुवार, कोशी प्रदेशका पूर्व मुख्यमन्त्री शेरधन राई, कोशी प्रदेश एमाले प्रमुख सचेतक रेवतीरमण भण्डारी, प्रदेश सभा सदस्यहरुलगायतको उपस्थिति छ । सुरक्षाका दृष्टिले पछिल्लो समय संवेदनशील रहेको धरानमा अधि
सुनसरी/ राष्ट्रिय युवा संघ कोशी प्रदेशको अधिबेशन धरानको लाङ्घालि सामुदायिक बन उपभोक्ता समितिको सभाहलमा सुरु भएको छ । अधिबेशन शुरु हुनु अघि धरान ८ स्थित सभागृह बाट झाकी सहित र्याली तस्बिरहरु
धरान/ नेपालमा स्थापित गणतन्त्र, धर्म निरपेक्ष र संघीयताले देशमा अराजक अवस्था निम्त्याउदै गएको राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले बताएका छन् । लिङ्देनले धरान उपमहानगरपालिका वडा नं. ६ बाट स्वतन्त्र उमेद्वारबाट निर्वाचित वडाध्यक्ष राष्ट्रिय प्रजातन्त्र पार्टीमा प्रवेश गर्ने कार्यक्रममा वडाध्यक्षकै घरमा प्रवेश कार्यक्रममा बोल्ने क्रममा यस्तो बताएका हुन् । उहाँले व्यक्तिगत स्वार्थबाट माथि उठेर नेपालमा हिन्दु राष्ट्र, संघीयता र धर्मनिरपेक्ष राष्ट्र हुनुहुदैन भन्दै वकालत गर्दै हिडेको राष्ट्रिय प्रजातन्त्र पार्टीको अभियान जारी रहेको स्पष्ट पार्दै अहिले नविन राप्रपा
धनकुटा/ धनकुटा सहित कोशी पहाडी जिल्ला भोजपुर, संखुवासभा र तेह्रथुम गरी चार जिल्लालाई प्रदेश सरकारले सेवा दिने उद्देश्यले धनकुटामा मुख्यमन्त्री तथा मन्त्रिपरिषदको सम्पर्क कार्यालय स्थापना भएको चार बर्ष बितिसकेको छ । कोशी प्रदेशबाट सञ्चालित विकास आयोजनाको अनुगमन मूल्यांकन गर्ने र अन्तर्गतका कार्यालयको प्रशासनिक सेवा सुदृढ बनाउने उद्देश्य राखेर २०७६ बैसाखमा स्थापना गरिएको मुख्यमन्त्री तथा मन्त्रि परिषद्को सम्पर्क कार्यालय लामो समयदेखि काम विहीन बनेको छ । तत्कालीन प्रदेश १ को राजधानीको माग राख्दै धनकुटामा चलिरहेको आन्दोलन मत्थर पार्न प्रदेश सरकारले २०७६ वैसाखमा धनकुटामा मुख्यमन्त्री तथा मन्
विराटनगर/ मंगलबार विराटनगरमा सम्पन्न प्रथम अधिवेशनबाट सर्वसम्मत निर्वाचित अध्यक्ष जीवनराज तिम्सिनाले कोशी प्रदेशको पहिचानका रुपमा हक्की खेलको विकास र प्रवद्र्धनमा सबैको सहयोग लिएर काम गर्ने प्रतिबद्धता जनाए । सर्वसम्मत अध्यक्ष पदमा निर्वाचित तिम्सिनाको कार्यसमितिको उपाध्यक्षमा पारस थापा र प्रवेश तावा लिम्बू चयन भएका छन् । सचिवमा प्रमिला {एरिका} ढकाल र कोषाध्यक्षमा प्रह्लाद थापा मगर चयन भएका छन् । सदस्यहरुमा विद्याकुमार पोखरेल, सेधराज सिग्देल, देवेन्द्रराज पोखरेल, बुनु ढुंगेल, नेत्र तामाङ, विनोद संग्रौला र धिरज अधिकारी चयन भएका छन् सल्लाहकारहरुमा नेपाल उद्योग वाणिज्य महासंघ {एफएन
इटहरी/ इटहरी उपमहानगरपालिकाले आर्थिक वर्ष २०८०/८१ को कर वृद्धिको विरुद्धमा नागरिक समाज आन्दोलित भएका छन् । उपमहानगरपालिकाका मेयर हेमकर्ण पौडेललाई भेटेर ध्यानाकर्षण गराउँदा समेत कर समायोजनमा बेवास्ता गरेको भन्दै नागरिक समाज इटहरीले आन्दोलनको कार्यक्रम घोषणा गरेको छ । मंगलबार पत्रकार सम्मेलनको आयोजना गर्दै नागरिक समाज इटहरीले चरणबद्ध विरोध गर्ने जनाएको हो । भदौ १७ गते देखि कर घट्ने मेयरले प्रतिबद्धता जनाए पनि कुनै सुनुवाई नभएकाले आन्दोलनको कार्यक्रम घोषणा गरेको अध्यक्ष बालिका भट्टराईले बताइन् । आर्थिक मन्दिको कारण व्यवसायीहरू पलायन भइरहेको अवश्थामा सर्वसाधारणले हातमुख जोर्न समेत सम
सुनसरी/ असंवैधानिक ढंगले विश्वासको मत लिएको भन्दै कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापा विरुद्ध सर्वोच्चमा परेको मुद्धामा वरिष्ठ अधिवक्ताहरूले पूर्ण इजलास समक्ष केपी ओलीलाई सत्ताच्यूत गर्ने असार २८ को फैसला स्मरण गराएका छन् । विश्वासको मत नपाउने व्यक्तिलाई पटकपटक अवसर दिन नमिल्ने भनिएको २०७८ असार २८ गतेको सर्वोच्चको फैसलाको उल्लेख गर्दै उद्धव थापाले पटकपटक जालसाजीपूर्वक असंवैधानिक ढंगले विश्वासको मत लिन खोजेकाले अब उनलाई सो मौका दिन नहुने जिकिर कानून व्यवसायीले गरेका हुन् । न्यायाधीशहरू सपना प्रधान मल्ल, डा.कुमार चुँडाल र नहकुल सुवेदीको पूर्ण इजलासमा सोमबार रिट निवेदक हिक्मत कार्की पक्ष