उदयपुर/ शिलान्यास भएर अलपत्र परेको उदयपुरको चौदण्डीगढी १ रानीटार र भोजपुरको आमचोक गाउँपालिका जोड्ने दुधकोशी नदीको पुल यसपटक जसरी पनि बन्ने सांस्कृतिक, पर्यटन तथा नागरिक उड्डेयन मन्त्री सुदन किरातीले बताएका छन् । मन्त्री किरातीले आफ्नो मन्त्रालय पुल निर्माण गर्ने नभएपनि आपूm यसै क्षेत्रको जनप्रतिनिधि, नेपाल सरकारको सदस्य र भोजपुरवासी भएकोले पुल चाँडै निर्माण हुनु पर्छ भनेर चासोका साथ सम्बन्धीत मन्त्रालयमा पटकपटक धेरै शक्ति खर्च गरेर लागी परेकोे बताए । उनले भने, ‘पुलको डिजाईन गर्दा जमिनमुनी ठूलो ढुंगा परेकोले यो डिजाइनलाई परिवर्तन गरेर अर्को डिजाइन बनाउनु पर्ने भएकोले ढिलो भएकोे हो,
धरान/ लामो समयदेखि रोकिएको बढुवा प्रक्रिया सुचारु गर्नुपर्ने माग राख्दै बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका आन्दोलरत शिक्षक तथा चिकित्सकको आन्दोलनले प्रतिष्ठानका हरेक क्षेत्र प्रभावित बनेपछि यसको निकास निकाल्नको लागि धरानका राजनैतिक दलहरुले पहल शुरु गरेका छन् । पछिल्लो समय धरानका राजनीतिक दलहरुले शिक्षक तथा चिकित्सको आन्दोलनको बारेमा बुझ्न छलफल समेत आयोजना गरेको छ । छलफबाट निकास निकालेर नियमित हुने प्रतिष्ठानको शैक्षिक गतिविधि, स्वास्थ सेवालाई सुचारु गर्न दलहरुले छलफल गरेका हुन् । यो छलफल दलहरुहरुकै सक्रियतामा भएको हो । धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको
धरान । बर्षौदेखि एउटै वडाको दुई वटा गाउँ सम्बन्ध विच्छेद झै थियो । वारिपारि रहेका दुवै गाउँ एउटै वडामा भएपनि बीचमा भएको अँधेरी खोलाका कारण घुमेर जाँदा एक घण्टादेखि डेढघण्टामा पुग्न सकिन्थ्यो तर अहिले त्यस ठाउँमा झोलुंगे पुल निर्माण भएपछि सबै भन्दा खुशी यी दुई गाउँका सर्वसाधारण भएका छन् । धरान उपमहानगरपालिका सुनसरी जिल्लाको सुगम स्थल भित्र पर्छ तर यही उपमहानगरपालिकाका वडाहरु एक वडाबाट अर्को वडामा पुग्न घण्टौ लाग्छ भन्दा सायदै पत्यार नलाग्ला तर धरान उपमहानगरपालिकाको वडा नं. ५ मा रहेका आपगाँछी र ठिंगाबारी जोड्ने खोलामा पुल नबन्दा सर्वसाधारणले यस्तै नियति भोगे । एउटै वडाका दुई गाउँबीचका सर्वसाधार
धरान/ सरकारको अकर्मण्यता र राजस्वको अनावश्यक आतंकले उद्योगी व्यवसायीहरू पलायन हुन थालेकोमा चिन्ता व्यक्त गरेका छन् । जानेर नजानेर धरानको मेयर गलत मान्छे छानेर धरान आर्थिक चपेटामा परेको सुनसरी उद्योग वाणिज्य संघका पुर्व अध्यक्ष सरोज श्रेष्ठले बताए । उनले भने, ‘सही नेतृत्व नहँुदा उद्यगी व्यवसाय समस्यामा परेको छ, धरानलाई आर्थिक रूपमा सबल बनाउन स्थानीय सरकारसँगै यहाँका राजनीतिक दलहरू पनि जिम्मेवार हुनु पर्छ । मदन भण्डारी राजमार्ग, मध्यपहाडी लोकमार्गको विकासले धरान एउटा टापुमा परिणत हुँदै गएकाले धरान–मुलघाट सुरूङमार्ग आवश्यक भएको उनले बताए । श्रेष्ठले नेपाली चाड पर्वको अवस
विराटनगर/ कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले नागरिकको सुरक्षामा खटिने प्रहरी पनि सुरक्षित हुनुपर्ने बताएका छन् । नागरिकलाई सुरक्षा दिने प्रहरीहरु पूर्वाधारको अभावमा कठिन अवस्थामा रहन नहुने भन्दै कानुन विपरीत काम गर्नेलाई फोनकलको आधारमा नछाड्न निर्देशन दिए । प्रहरी दिवसको अवसरका मंगलबार कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरमा आयोजित कार्यक्रममा मुख्यमन्त्री कार्कीले भने, “प्रहरीले आफ्ना इच्छा र चाहना त्यागेर अरूको सुरक्षाका लागि खटिनु परेको छ, हरेक साना ठूला घटनामा प्रहरी नै खटिनु पर्छ, तर, हामीलाई शान्तिसुरक्षा दिने प्रहरी पहिले सुरक्षित हुनुपर्छ, प्रहरीले शौच गर्न नपाउने, खा
धरान/ कोशीमा देखिएको राजनीतिक उतारचढावका कारण गत शनिबार नियुक्त भएका प्रदेशका मुख्यमन्त्री केदार कार्कीले बुधवार नै प्रदेशसभाबाट विश्वासको मत लिने भएका छन् । गत शनिवार नियुक्त भई आइतवार मात्रै शपथ लिएका मुख्यमन्त्री कार्कीले हतार हतार विश्वासको मत लिन लागेका हुन् । कार्की प्रदेश सरकारको अन्तिम विकल्प संविधानको धारा १६८ को उपधारा ५ अनुसार मुख्यमन्त्रीमा नियुक्त भएका हुन् । यो धारा अनुसार नियुक्त हुँदा ३० दिनभित्र विश्वासको मत लिनुपर्ने व्यवस्था भए पनि उनले बुधवार नै विश्वासको मत लिन लागेका छन् । त्यही भएर पनि उनी तत्कालै विश्वासको मत लिन लागेको कार्कीनिकट स्रोत बताउँछ । ‘वि
इलाम/ इलामको माङसेबुङ गाउँपालिका स्थित दमक चिसापानी सडकको कालोपत्रे गर्ने कामको म्याद सकिनै लाग पनि सडक निर्माण अलपत्र छ । काम सम्पन्न गर्ने म्याद नजिकिँदै छ सडक निर्माणको काम भने अलपत्र छ । निर्माण कम्पनीले काम गर्दा गर्दै छोडेपछि भेल बाढीको निकास नहुँदा कतिपय ठाउँमा सडक चुँडिएको छ । बाटो कटिङ र ब्रेकर लगाई सडक अलपत्र बनाएर निर्माण कम्पनी लुम्बिनी गणपति जे भी सम्पर्क विहीन बनेपछि स्थानीयहरू समस्यामा परेका छन् । सडक अलपत्र छोडी निर्माण कम्पनी अलपत्र हुँदा दमक देखी माङसेबुङको चिसापानी जोड्ने सडक त अलपत्र बन्यो नै सडकको समस्या हुँदा त्यहाँका जनताले सास्ती भोगिरहेको माङसेबुङ गाउँपालि
धरान/ स्वास्थ्य क्षेत्र संवेदनशील क्षेत्र हो । उपचारमा थोरै ढिला भए पनि विरामीको ज्यान जान सक्छ । संवेदनशील क्षेत्रमा आन्दोलन गर्न नपाउने सर्वोच्चको आदेशलाई समेत लत्यााउदै शिक्षक कल्याण समाजले गरेको आन्दोलनका कारण अस्पतालबाट हुने सम्पूर्ण सेवा प्रभावित बनेको छ । यसले अध्ययन अध्यापन नहँुदा विद्यार्थी मार्कामा परेका छन् भने प्रतिष्ठानका सम्पूर्ण उपचार सेवामा चिकित्सकहरु सामेल नहुदा विरामीले सास्ती भोग्नुपरेको छ । सात बर्षदेखको वढुवा रोक्का सुचारु नभएको विषयलाई लिएर धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका शिक्षक तथा चिकित्सकहरुले निरन्तर गरेको आन्दोलनका कारण समग्र प्रति
काठमाण्डौं/ कोशी प्रदेशको राजनीतिले सत्ता गठबन्धनमा हलचल ल्याइसकेको छ । कांग्रेसभित्रकै एकले अर्कोलाई निषेध गर्ने राजनीति देखेर प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड भने आजित भएका छन् । कोशीमा गठबन्धनको बहुमत छ तर एक महिनापछि विश्वासको मत लिनेबेला सभाध्यक्षले मत दिन पाउँदैनन् । एमालेले उपसभामुखलाई फेरि पनि अनुपस्थित गराउने निश्चित छ । त्यो अवस्थामा कोशी मध्यावधिमा जान्छ । मध्यावधिमा जान नदिनका लागि राप्रपालाई मुख्यमन्त्री दिने विकल्पमा अझै गठबन्धन तयार छैन । हिजो एमालेलाई प्रतिगामीसँग मिलेको आरोप लगाउने गठबन्धन आज त्यही कथित प्रतिगामी शक्ति राप्रपालाई फकाउन प्रयासरत
सुनसरी/ नेपाली कांग्रेसले कोशी प्रदेशमा पुनः आफ्नै नेतृत्वमा सरकार गठनका लागि पहल गर्ने भएको छ । मंगलबार सभापति शेरबहादुर देउवाको निवासमा बसेको शीर्ष नेताहरूको बैठकले गठबन्धनमा पहिल्यै भएको सहमति बमोजिम कांग्रेसकै नेतृत्वमा सरकार गठनका लागि पहल गर्ने निर्णय लिएको हो । सभापति देउवाले गठबन्धनमा भएको सहमति बमोजिम कांग्रेसकै नेतृत्वमा सरकार गठन गर्नुपर्ने विषयमा अडान लिएका छन् । बैठकपछि सूचना सञ्चार तथा प्रचार विभाग प्रमुख मीन विश्वकर्माले गठबन्धनमा पहिल्यै भएको सहमति बमोजिम कोशीमा कांग्रेसकै नेतृत्वमा सरकार गठनको लागि पहल गर्ने निर्णय भएको बताए । प्रदेशसभाको पहिलो दलको हिसावले मुख्