राजनीति

    Showing 761-770 of 1,922 items.
  • शुरु भयो धरान–इटहरी सडक खण्डमा कालोपत्र

    धरान/ लामो समय देखि सुस्त रहेको कोशी राजमार्गको रानी–विराटनगर–इटहरी–धरान सडक आयोजना अन्तर्गत इटहरी–धरान सडकमा पर्ने सेउती–पानीपिया खण्डमा कालोपत्र गर्न थालिएको छ । सडक निर्माण कार्य सुस्त बन्दा चौतर्फी आलोचना भइरहेका बेला ‘हिमदुङ थोकर एन्ड प्यासिफिक जेभी’ले सडक कालोपत्र गर्न थालेको हो । कोशी प्रदेशसभा सदस्य रमेशकुमार बस्नेतले चार लेन सडकमध्ये दुई लेन कालोपत्र भइरहेको बताए । उनले भने,“नियमित निगरानीपछि कालोपत्र सुरु भएको छ । बाँकी भागमा पनि कालोपत्र गर्ने काम चाँडै सकिन्छ ।”धरान–इटहरी खण्डको अन्य सडक बनिसके पनि सेउतीपुलदेखि तर

    • प्रकाशित मितिः चैत ९, २०८०
    • 1,073 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • आगलागी पीडितलाई कोशी सरकारले दियो प्रतिपरिवार १ लाख

    भोजपुर/ कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले प्रदेशसभा सदस्य विनोद बान्तावा र सिर्जना राईसँगै हतुवागढीको आगलागी क्षेत्रको स्थलगत अनुगमन गरेका छन्। अनुगमनपछि प्रदेश सरकारका तर्फबाट पीडित परिवारलाई राहत रकम हस्तान्तरण गरिएको छ। चैत ३ गते हतुवागढी–७ पात्लेपानीमा आगलागी भई मृत्यु भएका बालबालिकाका परिवारलाई प्रदेश सरकारले प्रतिपरिवार एक लाखका दरले आर्थिक सहयोग गरेको हो। आगलागीमा परी पाँच वर्षीय प्रनिष कार्की, सात वर्षीया दिप्सिका कार्की र तीन वर्षीय दिउनिस कार्कीको मृत्यु भएको थियो । प्रदेश सरकारले जिल्ला प्रशासन कार्यालयमार्फत राहत हस्तान्तरण गर्ने भए पनि पीडित परिवारलाई चाँडो सहयोग

    • प्रकाशित मितिः चैत ७, २०८०
    • 479 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • प्रदेश आर्थिक रूपमा बलियो नभएसम्म जनस्तरबाट प्रश्न उठ्छ

    विराटनगर/  बागमती र कोशी प्रदेशका सभामुख र उपसभामुखबीच विराटनगरमा अनुभव आदानप्रदान भएको छ । संघीयता कार्यान्वयन र प्रदेशसभाको भूमिकाको विषयमा २ प्रदेशका सभामुख र उपसभामुखबीच छलफल भएको हो । उनीहरुबीच ऐन कार्यान्वयन र नयाँ बनाउनुपर्ने कानूनका विषयमा छलफलसमेत भएको छ । कार्यक्रममा दुवै सभामुखले प्रदेशको आर्थिक पक्षका कारण प्रदेशमाथि प्रश्न उठेको बताए । बाग्मतीका सभामुख भुवनकुमार पाठकले संविधानअनुसार अधिकार तलसम्म नपुगेको बताए । सङ्घीयता र गणतन्त्रको वकालत गर्नेहरू मुलुकको महत्वपूर्ण ठाउँमा भए पनि सङ्घीयता कार्यान्वयनमा चासो नदिइएको पाइएको उनको भनाइ । उनले भने, ‘प्रदेश

    • प्रकाशित मितिः चैत ७, २०८०
    • 457 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • निर्णायक तहमा पुर्‍याउन माग गर्दै महिलाहरुको देशव्यापी बस यात्रा

    झापा/ महिलालाई राष्ट्र निर्माणको निर्णायक तहमा पुर्‍याउनुपर्ने उद्घोषका साथ अन्तर–पुस्ता महिला मञ्च (आइजिएफएफ)ले ‘देशव्यापी महिलावादी बसयात्रा’ सुरु गरेको छ । मंगलबार पूर्वी नाका काँकडभिट्टाबाट र सोमबार कञ्चनपुरबाट सुरु भएको बसयात्रा यही चैत ९ गते मध्यबिन्दु नवलपुरमा भेट हुने कार्यक्रम छ । महिलालाई राज्यको निर्णायक तहमा पुर्‍याउन देशव्यापी जागरण ल्याउनु बसयात्रा अभियानको उद्देश्य रहेको मञ्चका केन्द्रीय सञ्चालक समितिकी संयोजक डा.सुशान्त रिसालले बताईन । उनले परमुखी विकासको कुलो फर्काउनुपर्ने र महिलालाई आत्मनिर्भर बनाउनुपर्नेमा जोड दिंदै त्यसका लागि लैङ्गिक विभेद

    • प्रकाशित मितिः चैत ७, २०८०
    • 439 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • पाथिभरा क्षेत्रमा रुख काट्न नदिन मन्त्रीलाई बुझाए ज्ञापनपत्र

    विराटनगर/ ताप्लेजुङ जिल्लास्थित मुक्कुम्लुङ (पाथिभरा) मा विकासको नाममा त्यहाँ रहेका रुखहरु काट्न अनुमति नदिन माग राख्दै कोशी प्रदेशका पर्यटन, वन तथा वातावरणमन्त्री गणेश उप्रेतीलाई ज्ञापनपत्र बुझाएका छन् । मुक्कुम्लुङ बचाऊ अभियानमा संलग्न ७ वटा संघ संस्थाले आज (सोमवार) मन्त्रालयमै गएर मन्त्री उप्रेतीलाई रुख काट्न अनुमति नदिन माग राख्दै ज्ञापनपत्र बुझाएका हुन् । सांस्कृतिक सम्पदा तथा जैविक विविधता सर्वनाश गर्ने काम कारबाही गरेमा त्यसको प्रतिरोध गर्दा अप्रिय घट्ना हुन सक्ने र त्यस्तो अप्रिय स्थिति उत्पन्न भए जनसमुदायको शान्ति र सुरक्षाको जिम्मेवार सरकार नै हुनुपर्ने उनीहरुको भनाइ छ ।

    • प्रकाशित मितिः चैत ७, २०८०
    • 362 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • मानवीय विकाशमा प्रदेश सरकार अघि बढेको छ : मुख्यमन्त्री कार्की

    धरान /भौतिक विकाशले मात्रै नभई मानवीय विकाशले सभ्य समाज निर्माण गर्ने भएकाले कोशी प्रदेश सरकार मानवीय विकाशमा अघि बढेको कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले बताएका छन् ।  विराटनगरमा सोमबार देखि शुरु भएको ५९ औं अन्तराष्ट्रिय जातीय विभेद तथा रंगभेद उन्मुलन दिवसको अवसरमा आयोजित दलित जनप्रतिनिधिहरूको तेस्रो कोशी प्रदेश सम्मेलनको उद्घाटन गर्दै प्रदेश सरकारले मानवीय विकाशलाई प्राथमिकतामा राखेको बताउँदै समाजमा विभेद रहे सम्म विकाश नहुने तर्क गरे । उनले विभेद रहित समाजले मात्रै प्रदेशको विकाश गर्ने बताए ।  उनले ऐन कानुन बनाएर मात्र विभेद अन्त्य नहुने भएकाले त्यसका लागि आफु भित्र

    • प्रकाशित मितिः चैत ६, २०८०
    • 475 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • इलाम २ मा एमालेबाट सुहाङसहित ६ जनाको नाम सिफारिस

    विराटनगर/ इलाम २ को रिक्त प्रतिनिधिसभा सदस्य पदका लागि नेकपा एमालेबाट ६ जना आकांक्षीको नाम सिफारिस गरिएको छ ।  इलाम जिल्ला कमिटीले उम्मेदवारको दाबेदारहरूको नाम आइतबार केन्द्रमा पठाएको हो । वैशाख १५ गते हुने उपचुनावका लागि उम्मेदवार छनौट गर्न जिल्ला कमिटीका उपाध्यक्ष उदयबहादुर राईको संयोजकत्वमा कमिटी बनाइएको थियो । केन्द्रमा सिफारिस गरिएका नामको सूचीमा दिवंगत नेता सुवासचन्द्र नेम्वाङका कान्छा छोरा सुहाङ, रवीन्द्र सुवेदी, नरेन्द्र भट्टराई, देवी क्षेत्री दुलाल, बुद्धि खनाल र रिप्पल राई छन् । उम्मेदवारको अन्तिम टुंगो पार्टी केन्द्रले गर्नेछ । एमालेका तत्कालीन उपाध्यक्ष एवं संविधानसभा अध्

    • प्रकाशित मितिः चैत ५, २०८०
    • 643 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • नागरिक स्तरबाट खानेपानी व्यवस्थापनमा लागे एक करोड सहयोग गर्ने प्रतिवद्धता

    धरान/ कर्ण श्रेष्ठ धरान १ मा बसोबास गर्ने पुराना व्यवसायी हुुनुहुन्छ । धरानका आम चासोका विषय र सरोकारका विषयमा चासो र चिन्ता गरिरहने मध्य उहाँ पनि एक हुनुहुन्छ । धरानमा खानेपानीको दीर्घकालिन समाधानका लागि सरकारबाट कुनै काम नहुँदा उहाँ चिन्तित पनि हुनुहुन्छ । राणा, पञ्चायत, प्रजातन्त्र र उन्नत लोकतन्त्र सबै खेप्नु भएको श्रेष्ठ धरानमा खानेपानीको समस्या राणाकालदेखि नै भोग्दैं आएको बताउनु हुन्छ । समस्या राणाकालदेखि थियो । नयाँ व्यवस्था आयो । शासक फेरिए । शासन फेरियो । तर धरानको खानेपानीको दीर्घकालिन व्यवस्थापन हुन सकेको छैन् ।, उहाँ भन्नुहुन्छ । अव यस विषयमा नागरिक नै जागरुक हुनु जरुरी छ

    • प्रकाशित मितिः चैत ४, २०८०
    • 714 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • पहिचानवादीको साझा उम्मेदवार डकेन्द्रसिंह थेगिम

    धरान/  वैशाख १५ गते हुने इलाम २ को उपनिर्वाचनमा पहिचानवादीहरुले डकेन्द्रसिंह थेगिम लिम्बूलाई साझा उम्मेदवार बनाउने घोषणा गरेका छन् । प्रदेश नं १ पुनः नामांकन सयुक्त संघर्ष समितिले पत्रकार सम्मेलन गरी डकेन्द्रसिंहलाई साझा उम्मेदवार घोषणा गरेका हुन् । समितिले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘इलाम जिल्ला क्षेत्र नं २ मा प्रदेश नं १ पुनः नामांकन संयुक्त संघर्ष समितिको तर्फबाट प्रदेश नं १ पुनः नामकरणको विगत २०७९ फागुन १७ गतेबाट जारी आन्दोलनको अग्रपङ्क्तिमा सशक्त नेतृत्व गर्दै आएका संघर्ष समितिका वर्तमान अध्यक्ष डकेन्द्रसिंह लिम्बूलाई पहिचान पक्षधरहरूको सर्वसम्मत साझा स्वतन्त्र उम

    • प्रकाशित मितिः चैत ४, २०८०
    • 504 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • काँग्रेस अव कडा प्रतिपक्षी – डा शेखर

    विराटनगर/ कोशी प्रदेशमा माओवादीलाई मुख्यमन्त्री हुन नदिएको नेपाली काँग्रेसका नेता डा. शेखर कोइरालाले स्वीकार गरेका छन् । मंगलबार विराटनगरमा गुराँस पुस्तकालयको ५४ औ वार्षिक उत्सव कार्यक्रममा उनले आफूले नै माओवादीलाई कोशी प्रदेशमा मुख्यमन्त्री हुनबाट रोकेको दाबी गरे । यस अघि गठबन्धन फेरेका प्रधानमन्त्री दाहालले कोशीमा माओवादीको मुख्यमन्त्री हुनुपर्नेमा काँग्रेसले हुन नदिएको आरोप लगाएका थिए । त्यसको जवाफमा कोइरालाले पनि आफूले नै माओवादीको मुख्यमन्त्री हुन नदिएको दाबी गरे । तत्कालीन सत्ता गठबन्धनले माओवादी कोशी प्रदेश संसदीय दलका नेता इन्द्र आंवोलाई मुख्यमन्त्री बनाउने निर्णय गरेको थियो ।

    • प्रकाशित मितिः फागुन ३०, २०८०
    • 462 पटक पढिएको
    • कोशीपत्र/संवाददाता

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved