राजनीति

    Showing 711-720 of 1,922 items.
  • धरानमा दिप प्रज्वलन,मोरङमा सम्मान

    धरान/ मर्यादित काम, श्रमिकको सम्मान, हाम्रो अभियान भन्ने नाराका साथ आज १३५ अन्तर्राष्ट्रिय श्रमिक दिवश (मई दिवश) वुधबार मजदुरहरुले विविध कार्यक्रम गरि मनाएका छन् । सुनसरीको धरानमा वुधबार साँझ दीप प्रज्वलन गरी मनाएका छन् । नेपाल टेड युनियमन महासंघ – जिफण्ट) धरानको आयोजनामा धरानभरीका मजदुरहरुले भानुचौकमा दीप प्रज्वलन गरि मनाएको अध्यक्ष शमशेर बरदेवाले वताए । यसैवीच सोही अवसरमा उद्योग संगठन मोरङले श्रमिक सम्मान तथा शुभकामना आदान प्रदान कार्यक्रमको आयोजना गरेको छ । विश्वभरिका श्रमिकहरुको महान दिनको रुपमा रहेको मई दिवशलाई श्रमिक र रोजगारदाताहरुले साझा रुपमा एकाकार गर्दै मनाउने सन्दर्भम

    • प्रकाशित मितिः वैशाख २०, २०८१
    • 439 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • मे दिवसमा सडक दुर्घटना न्युन गर्न अभियान

    काठमाण्डौं/ यातायात मजदुरहरुलाई सडक सचेतना गराउँदै नेपाल यातायात स्वतन्त्र मजदुर संगठनले १ सय ३५ औं अन्तराष्ट्रिय श्रमिक दिवस मनाएकोछ । मंगलबार विहान ७ बजे काभ्रेको धुलिखेल बसपार्कमा चालक, सहचालकमाझ उभिएर नेपाल यातायात स्वतन्त्र मजदुर संगठनका अध्यक्ष भीमज्वाला राईले सडक दुर्घटना महामारी झै फैलिरहेको स्मरण गराउनुहुँदै प्रत्येक दिन ७ देखि ८ जनाको ज्यान गइरहेको र सरदर दैनिक ४० जना घाइते भइरहेको र प्रत्येक वर्ष २ हजार ८ सय ८० जना नेपालीले सडक दुर्घटनामा ज्यान गुमाइरहेको तथ्य प्रस्तुत गर्दै यातायात मजदुरहरु सचेत हुनपर्ने बताउनुभयो । सडक दुर्घटनाका धेरै कारण छन् सडकको अवस्था, सवारीसाधनको चाप,

    • प्रकाशित मितिः वैशाख २०, २०८१
    • 488 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • इलामको जिम्मा सुहाङको, सुहाङको जिम्मा मेरो :ओली

    इलाम/ नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अब इलामको विकासको जिम्मा सुहाङले गर्ने बताएका छन । इलाम २ मा आयोजित विजय सभालाई मंगलबार सम्बोधन गर्दै ओलीले इलामको विकासको जिम्मा सुहाङले र सुहाङको जिम्मा म लिने बताए । सुहाङले जितेसँगै यो जिल्ला अब सबै हिसाबले अगाडि बढेको बताए । ओलीले देशलाई आर्थिक रूपमा समृद्ध बनाउने एजेन्डा नेकपा एमालेसँग मात्रै भएको भन्दै ‘यो देशलाई सधैं गरिब राखिराख्ने छुट हामीलाई छैन उनले भने, मुलुकलाई आर्थिक रूपमा बलियो र समृद्ध बनाउने एजेन्डा एमालेसँग मात्रै छ ।’ उनले ओलीले कोशी प्रदेशको नामका विषयमा भएको आन्दोलन र विवाद आवश्यक नभएको बताए । कोशी प्रदेश

    • प्रकाशित मितिः वैशाख १९, २०८१
    • 491 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • इलाम २ उप निर्वाचन १६ जना उममेद्वारकोे जमानत जफत

    इलाम/ नेकपा (एमाले)का उमेदवार सुहाङ नेम्वाङको संसद् यात्रा सुरू भएको छ । इलाम–२ मा भएको प्रतिनिधिसभा सदस्यको उपनिर्वाचनमा विजयी भएसँगै सुहाङको संसद् यात्रा सुरू भएको हो । एमालेका तत्कालीन उपाध्यक्ष समेत रहेका बुबा सुवासचन्द्र नेम्वाङको निधनपछि भएको उपनिर्वाचनमा बुबाको विरासत जोगाउँदै उनको सांसद यात्रा प्रारम्भ भएको हो । निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका डम्बरबहादुर खड्कालाई पाँच हजार ८३० मतान्तरले पराजित गरेर सुहाङ इलाम–२ लाई प्रतिनिधित्व गर्दै सांसद बनेका हुन् । सुहाङले २७ हजार ७७२ मत ल्याउँदा डम्बरबहादुरले २१ हजार ९४२ मत प्राप्त गरेका थिए । ०७९ सालको निर्वाचनमा खड्का

    • प्रकाशित मितिः वैशाख १९, २०८१
    • 484 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • एमालेको विजय सभालाई ओलीले सम्बोधन गर्ने

    इलाम/ इलाम–२ को उपनिर्वाचनमा जित हासिल गरेपछि नेकपा एमालेले आज विजय सभा गर्ने भएको छ । शनिबार भएको उपनिर्वाचनमा एमालेका उम्मेदवार सुहाङ नेम्बाङले जितेका छन् । मुख्य निर्वाचन अधिकृतको कार्यालयबाट विजयको प्रमाणपत्र प्राप्त गरेपछि नगर परिक्रमासहित विजय सभाको आयोजना हुँदैछ । दिउँसो १ बजे हुने विजय सभालाई पार्टी अध्यक्ष केपी शर्मा ओलीले सम्बोधन गर्ने कार्यक्रम रहेको एमाले इलामका सचिव उमेश गुरुङले जानकारी दिए । नेम्बाङले २७ हजार ७७२ मत ल्याएर चुनाव जितेका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका डम्बरबहादुर खड्काले २१ हजार ९४२ मत ल्याए ।    

    • प्रकाशित मितिः वैशाख १८, २०८१
    • 639 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • इलाम-२ मा एमालेका सुहाङले कटाए ११ हजार मत

    इलाम/ इलाम क्षेत्र नम्बर २ को उपनिर्वाचनमा खसेको मत गणना भइरहेको छ। अहिले माङसेबुङ गाउँपालिका वडा नम्बर ६ को गणना सकिएको छ। नेकपा (एमाले) का उम्मेदवार सुहाङ नेम्वाङ अहिलेसम्म ११ हजार ९ मतसहित अगाडि छन्। उनलाई नेपाली कांग्रेसका उम्मेदवार डम्बरबहादुर खड्काले पछ्याइरहेका छन्। खड्काले ७२७५ मत ल्याएका छन्। सुहाङ कांग्रेसका खड्काभन्दा ३७३४ मतले अगाडि छन्। स्वतन्त्र उम्मेदवार डकेन्द्र थेगिमले ५८६९ मत ल्याएका छन् भने रास्वपाका उम्मेदवार मिलन लिम्बूले १५०९ मत ल्याएका छन्।  अहिलेसम्म सदर मत २६४३९ छ। २०७९ को चुनावमा एमालेका सुवास नेम्वाङले इलाम २ मा जितेका थिए।  

    • प्रकाशित मितिः वैशाख १७, २०८१
    • 524 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • सुक्खा मौसम शुरू : धरानमा खानेपानीको अभाव

    धरान/ सुक्खा मौसम सुरु भएसँगै धरानमा खानेपानीको अभाव भएको छ। धरानमा खानेपानीको समस्या समाधानका लागि पटक–पटकका प्रयास सफल हुन सकेका छैनन्। अहिले सुक्खा मौसम सुरु भएसँगै खानेपानीको अभाव बढ्दै गएको पाइएको छ। धरान उपमहानगरपालिका–३ का तारा श्रेष्ठ आफूहरुले वर्षैपिच्छे खानेपानीको अभाव झेलिरहेका गुनासो गर्छिन्। उनी भन्छिन्, ‘पानी नआएको हप्ता दिन भएको भइसकेको छ। ट्याङ्करबाट पानी ल्याएर खानुपर्ने अवस्था छ। समस्या समाधान कहिले होला भनेर कुर्दै बसेका छौँ।’ पानीको अभावमा भोगिरहेका विकास नेपाली ट्याङ्करको पानी खरिद गर्न बाध्य भएको सुनाउँछन्। उनी भन्छन्, ‘नुहाउन, लुगा

    • प्रकाशित मितिः वैशाख १६, २०८१
    • 725 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • इलाम क्षेत्र नम्बर- २ मा मतगणना सुरू

    इलाम/  इलाम- २ मा मतगणना सुरू भएको छ। इलाम नगरपालिका वडा नम्बर ७ मा रहेको गौतमबुद्ध सभागृहमा मतगणना सुरू भएको छ। मतगणनाका लागि यहाँ तारजाली लगाइएको छ। आइतबार मध्याह्न १२ बजेपछि मतगणना सुरू भएको हो। फाकफोकथुम गाउँपालिका वडा नम्बर १ को मतदान केन्द्रमा खसेको मतबाट गणना सुरू भएको प्रमुख जिल्ला अधिकारी ईन्द्रदेव यादवले  जानकारी दिए। त्यसपछि चुलाचुली र माङसेबुङ गाउँपालिका, माई, देउमाई र इलाम नगरपालिकाको मत गणना गर्ने तयारी छ। मतपरिणाम एक घण्टाको फरकमा सार्वजनिक गर्ने मुख्य निर्वाचन अधिकृत केशवप्रसाद घिमिरेले बताए। मतगणनास्थलमा सुरक्षा व्यवस्था कडा बनाइएको छ। मतगणना स्थलमा ११ वटा

    • प्रकाशित मितिः वैशाख १६, २०८१
    • 620 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • इलाम २ मा ६० प्रतिशत मत खस्यो

    इलाम/ इलाम क्षेत्र २ को आज (शनिबार) भएको उपनिर्वाचनमा ६० प्रतिशत मत खसेको छ ।  मुख्य निर्वाचन अधिकृतको कार्यालयले सबै मतदान केन्द्रको विवरण आइसक्दा ६० प्रतिशत मत खसेको देखिएको जनाएको छ ।  यो क्षेत्रमा एक लाख १५ हजार आठ सय ८९ मतदाता रहेकामा ६९ हजार दुई सय ८७ जनाले मतदान गरेको कार्यालयले जनाएको छ । मुख्य निर्वाचन अधिकृत केशवप्रसाद घिमिरेले अहिलेसम्म सबै केन्द्रबाट आएको विवरणमा ६० प्रतिशत मत खसेको बताए  ‘प्रहरीको रिपोर्ट र मतदानस्थलका कर्मचारीले टिपाएको विवरणका आधारमा यो तथ्यांक आएको छ,’ उनले भने, ‘यो नै अहिलेसम्मको फाइनल तथ्यांक हो ।’ इलामका ७९ मत

    • प्रकाशित मितिः वैशाख १५, २०८१
    • 917 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • मे दिवसका लागि टि शर्ट लोकार्पण

    काठमाण्डौं / १९ गते मनाउन लागिरहेको १३५ औं अन्तराष्ट्रिय श्रमिक दिवसका अवसरमा यातायात श्रमिकहरुका लागि नेपाल यातायात स्वतन्त्र मजदुर संगठनले टि शर्ट लोकार्पण गरेकोछ ।  बैशाख १९ गते काठमाण्डौंस्थित रत्नपार्क शान्तिबाटिकाबाट प्रदर्शनीमार्गहुँदै भृकुटीमण्डपसम्म एक हजार पाँच सय यातायात श्रमिकहरु प्रदर्शनमा सहभागी गराउने तयारी सहित उपत्यकाको विभिन्न १२ स्थानमा कोणसभा समेत सम्पन्न गरिने संगठनले तयारी गरेकोछ ।  उपत्यकाको कलंकी, न्युरोड गेट, भक्तपुरको मध्येउपत्यका, कमलविनायक, काभ्रेको पनौति, धुलिखेल, शंखमुल, ललितपुरको लगनखेल, ललितपुरकै पुल्चोक, एयरपोर्ट, बुढानिलकण्ठ र नयाँ बानेश्वर स

    • प्रकाशित मितिः वैशाख १५, २०८१
    • 860 पटक पढिएको
    • कोशीपत्र/संवाददाता

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved