राजनीति

    Showing 61-70 of 1,945 items.
  • पूर्व प्रधानमन्त्री ओली र पूर्व गृहमन्त्री लेखक पक्राउ ! भद्रकाली प्रहरी परिसरमा राखियो

    काठमाडौं/ मुलुकको राजनीतिक वृत्तलाई तरंगित बनाउने घटनाक्रममा पूर्व प्रधानमन्त्री केपी शर्मा ओली र पूर्व गृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। उनीहरूलाई शनिबार बिहान भक्तपुरबाट नियन्त्रणमा लिएर काठमाडौंको भद्रकालीस्थित जिल्ला प्रहरी परिसरमा राखिएको छ। प्रहरी स्रोतका अनुसार ओलीलाई गुण्डुबाट र लेखकलाई कटुन्जेबाट पक्राउ गरिएको हो। हाल दुवैजनालाई जिल्ला प्रहरी परिसर काठमाडौंमा राखेर आवश्यक अनुसन्धान प्रक्रिया अघि बढाइएको छ। भदौ २३ र २४ मा भएको ‘जेनजी’ प्रदर्शनको घटनालाई लिएर गठित गौरीबहादुर कार्की नेतृत्वको आयोगले पूर्व प्रधानमन्त्री ओली, रमेश लेखकसहित केन्द्रीय सुरक्षा समितिका

    • प्रकाशित मितिः चैत १४, २०८२
    • 266 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • कोशी प्रदेश चलचित्र पत्रकार संघकाे अध्यक्षतामा वीरेन्द्र शाह निर्वाचित

    बिराटनगर/ चलचित्र पत्रकार संघ नेपाल कोशी प्रदेशको तेस्रो अधिवेशनबाट वीरेन्द्र शाहको अध्यक्षतामा नयाँ कार्यसमिति चयन भएको छ।  नव-निर्वाचित कार्यसमितिमा उपाध्यक्षमा रमेश तिवारी र गोमा ढुंगाना चयन भएका छन्।   महासचिवमा बिकल श्रेष्ठ, सचिवमा तुलसी प्रसाद निरौला, सोम सुनुवार र कोषाध्यक्षमा गोपाल काफ्ले चयन भएका छन्। सदस्यहरूमा स्नेह श्रेष्ठ, पारस मण्डल, रेखा पौडेल,सुनिल यादव, कविता घिमिरे ,गोपाल पौडेल र निशान कडेल चयन भए।  यसैगरी केन्द्रीय सदस्यमा सन्जु राई (सुमित्रा) (सन्जु), विकल श्रेष्ठ चयन भएका छन्। चलचित्र पत्रकार महासंघ नेपाल कोशी प्रदेशकी अध्यक्ष सन्जु राईको

    • प्रकाशित मितिः चैत १०, २०८२
    • 443 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • श्रमदानको पानीमा कसको अधिकार ? धरानमा नयाँ विवाद चर्कियो

    धरान/ खानेपानी संकटसँग जुधिरहेको धरानमा श्रमदानबाट ल्याइएको पानीले राहत त दियो, तर अहिले यही पानीको स्वामित्व र व्यवस्थापनको विषयले नयाँ विवाद जन्माएको छ। कोकाहा खोलाबाट स्थानीयले पसिना बगाएर ल्याएको पानी कसरी प्रयोग गर्ने भन्नेमा मतभेद देखिएको हो। निवर्तमान मेयर तथा प्रतिनिधिसभा सदस्य हर्कराज राईले खानेपानी बोर्डप्रति असन्तुष्टि जनाउँदै श्रमदानको सम्मान हुनुपर्ने बताएका छन्। उनले श्रमदानका क्रममा पिउने पानीका लागि बोर्डसँग ट्यांकर माग्दा समयमै उपलब्ध नगराइएको आरोप लगाए। “मेहनतको कदर भएन,” भन्दै उनले अब श्रमदानबाट ल्याइएको पानी बोर्डको ट्यांकीमा नराखी सिधै जनतालाई वितरण गर्न

    • प्रकाशित मितिः चैत ३, २०८२
    • 287 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • कोशीमा दलित अधिकार ऐनमा ढिलाइ :बजेटसहित बाध्यात्मक कानुन ल्याउन दबाब

    धरान/ कोशी प्रदेशमा दलित अधिकारसम्बन्धी ऐन निर्माणमा भइरहेको ढिलाइप्रति दलित अधिकारकर्मी, जनप्रतिनिधि तथा सरोकारवालाहरूले गम्भीर असन्तुष्टि जनाएका छन्। उनीहरूले दलित अधिकार सुनिश्चित गर्न बजेटसहितको बाध्यात्मक कानुन अविलम्ब प्रदेशसभामा पेस गर्न प्रदेश सरकारसँग माग गरेका छन्।नेपालको संविधानले दलित समुदायका लागि महत्वपूर्ण मौलिक हक सुनिश्चित गरे पनि कोशी प्रदेश र स्थानीय तहमा दलित अधिकारसम्बन्धी ऐन निर्माणमा ढिलाइ हुँदा ती अधिकारहरूको प्रभावकारी कार्यान्वयन हुन नसकेको सरोकारवालाहरूको भनाइ छ। उनीहरूका अनुसार कानुन नहुँदा तथा बनेका कानुनमा पर्याप्त बजेट नहुँदा दलित सशक्तीकरणका कार्यक्रमहरू

    • प्रकाशित मितिः चैत २, २०८२
    • 334 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • पत्रकारमाथि आक्रमण गर्ने मुख्य आरोपी १५ दिनपछि प्रहरी नियन्त्रणमा

    झापा/  झापा क्षेत्र नम्बर ५ मा चुनावी समाचार संकलन गर्दै गर्दा पत्रकारमाथि साङ्घातिक आक्रमण गरेको आरोपमा मुख्य आरोपी युवराज पाठक पक्राउ परेका छन्। कमल गाउँपालिका–६ का ४५ वर्षीय पाठकलाई ‘अभद्र व्यवहार’ मुद्दामा जिल्ला प्रशासन कार्यालय झापाबाट जारी पक्राउ पुर्जीका आधारमा शुक्रवार इलाका प्रहरी कार्यालय दमक र झिलझिलेको संयुक्त टोलीले शिवसताक्षी नगरपालिका–४ बाट नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ। उनलाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय झापामा राखिएको छ। गत फागुन १४ गते नेकपा एमालेको निर्वाचन क्षेत्रमा घरदैलो कार्यक्रमको समाचार संकलन गर्दै गरेका पत्रकार

    • प्रकाशित मितिः फागुन ३०, २०८२
    • 318 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • श्रम संस्कृति पार्टीमा समानुपातिक ‘रोइलो’: दुई उम्मेदवार आफैं पछि हटे

    धरान/ समानुपातिक सांसद बन्ने आकांक्षीहरूको संख्या बढ्दै जाँदा श्रम संस्कृति पार्टीभित्र विवाद चर्किएको बेला दुई उम्मेदवारले भने बन्दसूचीबाट आफ्नो नाम फिर्ता लिने घोषणा गरेका छन्। समानुपातिक बन्दसूचीमा रहेका जीवन बिष्ट र मीना सिंगकले सामाजिक सञ्जाल फेसबुकमार्फत आफूहरूले नाम फिर्ता लिने निर्णय सार्वजनिक गरेका हुन्। खस–आर्य पुरुषतर्फ बन्दसूचीको पहिलो नम्बरमा रहेका बिष्टले गोर्खा लाहुरे समुदायको संसदमा प्रतिनिधित्व होस् भन्ने उद्देश्यले आफूले नाम फिर्ता लिएको बताएका छन्। उनले पुरुषतर्फ भूपू गोर्खा क्याप्टेन पूर्ण लिम्बूको नाम बन्दसूचीबाट पठाइदिन पार्टीलाई आग्रहसमेत गरेका छन्। त्यसैग

    • प्रकाशित मितिः फागुन ३०, २०८२
    • 310 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • धनकुटाका समस्या संसद्मा उठाउने राईको प्रतिबद्धता

    धनकुटा/ नेकपा एमालेका केन्द्रीय सदस्य तथा नवनिर्वाचित प्रतिनिधिसभा सदस्य राजेन्द्रकुमार राईले धनकुटाका प्रमुख समस्या समाधानका लागि संसद्मा सक्रिय पहल गर्ने बताएका छन्। धनकुटामा आयोजित पत्रकार सम्मेलनमा उनले किसानलाई प्रत्यक्ष असर पारिरहेको बाँदर आतङ्क नियन्त्रणको विषयलाई संसद्मा उठाउने प्रतिबद्धता व्यक्त गरे। यसका लागि आवश्यक नीतिगत व्यवस्था र कार्यक्रम ल्याउन आफूले पहल गर्ने उनले बताए। राईले विवादास्पद मानिएको गाँजा खेतीलाई वैधानिकता दिने विषयमा कानुन संशोधनका लागि पनि पहल गर्ने उल्लेख गरे। यसले ग्रामीण अर्थतन्त्र मजबुत बनाउन सहयोग पुग्ने उनको भनाइ छ। त्यसैगरी कोशी राजमार्गअन्तर्गत भे

    • प्रकाशित मितिः फागुन २५, २०८२
    • 280 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • मनोज भट्टराईले दिए मतदातालाई धन्यवाद

    धरान/सुनसरी निर्वाचन क्षेत्र नम्बर १ मा सम्पन्न प्रतिनिधि सभा सदस्य निर्वाचनमा चौथो स्थानमा रहे पनि नेपाली कम्युनिस्ट पार्टीका उम्मेदवार मनोज भट्टराईले हारलाई सम्मानपूर्वक स्वीकार गर्दै मतदाताप्रति धन्यवाद व्यक्त गरेका छन्। मतगणना सकिएलगत्तै पत्रकार सम्मेलन आयोजना गर्दै भट्टराईले आफूलाई विश्वास गरेर मतदान गर्ने मतदाताप्रति कृतज्ञता व्यक्त गरेका हुन्। प्रतिकूल परिस्थितिका बाबजुद पनि आफूलाई साथ दिने ६ हजारभन्दा बढी मतदाताको समर्थनलाई उनले आफ्नो राजनीतिक सम्पत्ति भएको बताएका छन्। निर्वाचनमा भट्टराईले ६ हजार २५८ मत प्राप्त गरेका छन्। पत्रकार सम्मेलनमा बोल्दै उनले भने, “हामीले पाएको मत संख्

    • प्रकाशित मितिः फागुन २४, २०८२
    • 349 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • सुनसरी–१ मा हर्क साम्पाङको शानदार जित

    धरान/प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२ अन्तर्गत सुनसरी निर्वाचन क्षेत्र नं. १ बाट श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राई (हर्क साम्पाङ) निर्वाचित भएका छन्। अन्तिम मतपरिणाम अनुसार राईले ३५ हजार ७४१ मत प्राप्त गर्दै शानदार विजय हासिल गरेका हुन्। उनका निकटतम प्रतिस्पर्धी राष्ट्रिय स्वतन्त्र पार्टीकी गोमा तामाङले २७ हजार २४९ मत ल्याइन्। राईले तामाङलाई ८ हजार ४९२ मतको फराकिलो अन्तरले पराजित गरेका हुन्। त्यस्तै नेकपा एमालेका टिकाराम लिम्बूले ६ हजार ३३१ मत प्राप्त गर्दा नेपाल कम्युनिस्ट पार्टीका मनोज भट्टराईले ६ हजार २५८ मत ल्याएका छन्। अन्य उम्मेदवारमध्ये नेपाली कांग्रेसका सुजेन्द्र तामाङले ३

    • प्रकाशित मितिः फागुन २४, २०८२
    • 337 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • भगबती चौधरीको मतदातालाई मर्मस्पर्षी पत्र

    नेकपा एमाले सुनसरी ३ की उम्मेदवार भगबती चौधरीले मौनअबधि सुरु हुन लाग्दा मतदातालाई मर्मस्पर्षी पत्र लेख्नुभएको छ । घरदैलो अभियानका क्रममा सबैतिर पुग्न खोजेको तर समयअभाबले सबैतिर पुग्न नसकेको क्षमा सहित पत्र लेख्नुभएको हो । आफू सदैब सुनसरी ३ कै जनताको सुख,दुःखमा रहेको उल्लेख गर्नुभएको छ ।उहाँले आफनो जीवननै सुनसरी ३ का लागि समर्पित भएकाले सूर्यमा मतदान गरेर सुनसरी क्षेत्र नम्बर ३ बनाउने अभियानमा हातमा हात साथमा साथ मिलाउन आग्रह गर्नुभएको छ । उहाँले पछिल्लो तीन वर्षमा हाम्रो क्षेत्रमा १ अर्ब २३ करोड बराबरका विकास योजनाहरू ल्याएको जनाउदै धेरै योजना सम्पन्न भएका र अधुरा कामहरूलाई पूर्णता दिनु आफनो प

    • प्रकाशित मितिः फागुन १८, २०८२
    • 290 पटक पढिएको
    • कोशीपत्र/संवाददाता

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved