धरान/ धरानको पुरानो बसपार्क तिनकुने स्थानान्तरण भएपछि व्यापार चौपट भएको भन्दै धरान–२ को भानुचौक, देशीलाइन र महेन्द्रपथ क्षेत्रका व्यवसायी बुधबार सडक आन्दोलनमा उत्रिएका छन्। उनीहरूले बिहानदेखि पसल बन्द गरी सडक अवरुद्ध गरेपछि सो क्षेत्रको आन्तरिक यातायात प्रभावित भएको थियो। साँझ कोणसभा गर्दै सडक खुलाए पनि माग सम्बोधन नभए (भाेलि)बिहीबार बिहान ८ बजेदेखि पुनः सडक अवरोध तथा थप कडा आन्दोलन गर्ने चेतावनी व्यवसायीले दिएका छन्। व्यवसायीका अनुसार बसपार्क स्थानान्तरणसँगै बजारमा यात्रु र ग्राहकको चहलपहल घट्दा वर्षौंदेखि सञ्चालनमा रहेका पसल, होटल तथा अन्य व्यवसाय गम्भीर आर्थिक संकटमा परेका छन्। उन
धरान/ वीरगञ्जस्थित नारायणी अस्पतालमा चिकित्सकमाथि भएको कुटपिटको विरोधमा नेपाल चिकित्सक संघले सञ्चालन गरेको आन्दोलन अन्त्य भएसँगै धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान सहित देशभरका अस्पतालमा भाेलि (साउन १४) देखि नियमित स्वास्थ्य सेवा सञ्चालन हुने भएको छ। आन्दोलनका क्रममा बिपी प्रतिष्ठानमा आकस्मिक सेवाबाहेक ओपिडी तथा नियमित स्वास्थ्य सेवा प्रभावित भएका थिए। नेपाल चिकित्सक संघ, धरान शाखाले बुधबार जारी गरेको प्रेस विज्ञप्तिमार्फत नेपाल चिकित्सक संघ र नेपाल सरकारबीच भएको सहमतिअनुसार नियमित स्वास्थ्य सेवा पुनः सञ्चालन हुने जानकारी दिएको हो। शाखाले सम्पूर्ण बिरामी तथा सेवाग्राहीलाई निर
आज केही मनका कुरा तपाईंहरूसँग बाँड्ने इच्छा जागेको छ। पछिल्ला केही दिनदेखि वी.पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भइरहेको आन्दोलन, नारायणी अस्पतालमा भएको अत्यन्त दुःखद घटना र त्यसपछि देशभर देखिएको परिस्थिति हेर्दा मन अत्यन्तै व्यथित भएको छ। त्यसैले एक स्वास्थ्यकर्मी, एक शिक्षक र एक जिम्मेवार नागरिकका रूपमा आफ्ना केही धारणा सार्वजनिक गर्न चाहन्छु। मेरो जन्म काठमाडौंमा भयो। प्रारम्भिक शिक्षा–दीक्षा पनि काठमाडौंमै सम्पन्न भयो। त्यसपछि विदेशमा चिकित्साशास्त्र अध्ययन गर्ने अवसर प्राप्त भयो। अध्ययन सकेपछि आफ्नो कर्मभूमिका रूपमा मैले नेपालको पूर्वी भूभाग, धरानस्थित वी.पी. कोइराला स्वा
काठमाडौं/ चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि भइरहेका आक्रमणका घटनापछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले स्वास्थ्य सेवा कुनै पनि अवस्थामा अवरुद्ध हुन नदिन सबै अस्पताललाई निर्देशन दिएको छ। मन्त्रालयले दोषीलाई कानुनी दायरामा ल्याउने प्रक्रिया जारी रहेको जनाउँदै उपचार सेवा निरन्तर सञ्चालन गर्न आग्रह गरेको हो। मन्त्रालयका सहप्रवक्ता डा.समीरकुमार अधिकारीले मंगलबार जारी गरेको विज्ञप्तिमा पछिल्ला दिनमा चिकित्सक,स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थामाथि भएका कुटपिट र दुर्व्यवहारका घटनाप्रति मन्त्रालयको गम्भीर ध्यानाकर्षण भएको उल्लेख गरिएको छ। घटनामा संलग्न व्यक्तिहरूको पहिचान गरी कानुनी कारबाहीका ल
धरान/केन्द्रमा एमाले र नेपाली कम्युनिस्ट पार्टीबीच नयाँ सत्ता समीकरण बनेसँगै कोशी प्रदेश सरकारको नेतृत्व परिवर्तन लगभग निश्चित भएको छ। एमालेभित्र भएको उच्चस्तरीय छलफलअनुसार वर्तमान मुख्यमन्त्री हिक्मतकुमार कार्कीको स्थानमा प्रदेश संसदीय दलका उपनेता तिलकुमार मेन्याङ्बोलाई मुख्यमन्त्री बनाउने तयारी अन्तिम चरणमा पुगेको स्रोतहरूले बताएका छन्। एमालेका उच्च तहका नेताहरूका अनुसार नेतृत्व परिवर्तनबारे केन्द्रमा सकारात्मक सहमति बनिसकेको छ भने औपचारिक निर्णय आइतबार नै हुन सक्ने सम्भावना छ। नयाँ राजनीतिक समझदारीअनुसार कोशी, बागमती र लुम्बिनी प्रदेशको नेतृत्व एमालेले गर्नेछ भने कर्णाली र सुदूरपश्चिम न
धरान/संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडकराज पौडेलले सडक, विद्यालय र अस्पताल निर्माण गर्नु मात्रै विकासको मापदण्ड नहुने बताएका छन्। उनले नागरिकको जीवनस्तरमा सकारात्मक परिवर्तन आउनु नै वास्तविक विकास भएको स्पष्ट पारे। शनिबार धरानका धार्मिक तथा पर्यटकीय स्थलहरूको अवलोकनपछि सञ्चारकर्मीसँग कुरा गर्दै मन्त्री पौडेलले विकासको मूल्याङ्कन निर्माण गरिएका संरचनाको सङ्ख्याले नभई नागरिकले प्राप्त गर्ने सेवा, अवसर र जीवनस्तरमा आएको सुधारका आधारमा हुनुपर्ने बताए। उनले सडक बनेपछि गाउँको उत्पादन सहज रूपमा बजारसम्म पुग्ने, नागरिकको आवतजावत सरल हुने र आर्थिक गतिविधि विस्तार भए मात्र विकासको अनुभूति
बराहक्षेत्र/ नेपाली कांग्रेस वराहक्षेत्र नगर कार्यसमितिले ४४ औँ विश्वेश्वर प्रसाद कोइराला (बिपी)स्मृति दिवसको अवसरमा प्रकाशपुर बजारमा रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । बुधवार बिहान आयोजना भएको रक्तदान कार्यक्रममा ८८ पिन्ट रगत संक्लन गरिएको छ । नेपाली कांग्रेसका संस्थापक तथा नेपालको पहिलो जननिर्वाचित प्रधानमन्त्री जननायक विश्वेश्वर प्रसाद कोइरालाको स्मृतिलाई सेवा मार्फत सम्मान तथा स्मरण गर्ने उद्देश्यले रक्त दान कार्यक्रम आयोजना गरिएको नेपाली कांग्रेस वराहक्षेत्र नगर कार्यसमितिका सभापति तथा वराहक्षेत्र नगरपालिकाका नगर प्रमुख रमेश कार्कीले बताए । नेपाली कांग्रेस बराहक्षेत्र नगरपालिका वडा नं।
धरान/संविधान अनुसार प्रत्येक वर्षको असार १० गते भित्र नगर सभा गरिसक्नु पर्ने र असार मसान्त सम्म प्रमाणित गरिसक्नु पर्ने हुन्छ । तर धरानमा अझै पनि निति तथा कार्यक्रम र बजेट आउन सकेको छैन् । करिब डेढ महिना पछि धरान उपमहानगरपालिकाको आइतबारको कार्यपालिका बैठक मुख्य एजेण्डामा प्रवेश नै नगरि स्थगित भएको छ । एजेण्डामा प्रवेश गर्नु अघि केही एजेण्डाहरु थप गर्नु पर्ने र हटाउनु पर्ने विषय वडाअध्यक्ष सहित कार्यापालिका सदस्यले उठाए पछि विविध विषयमा उठाउनु पर्ने एजेण्डाहरु पनि छलफलमा आए पछि विवाद बढुदै गएका कारण अन्ततः धरान उपमहानगरपालिकाका कार्यवाहक मेयर आइन्द्र विक्रम वेघाले बैठक स्थगित गरेको घोषण
धरान/ धरान उपमहानगरपालिकाका प्रथम जननिर्वाचित नगर प्रमुख स्वर्गीय तारा सुब्बाको ९औँ स्मृति दिवसका अवसरमा श्रद्धाञ्जली सभा, माल्यार्पण तथा स्मरण कार्यक्रम सम्पन्न भएको छ। तारा सुब्बा स्मृति प्रतिष्ठानको आयोजनामा भएको कार्यक्रममा राजनीतिक नेतृत्व, जनप्रतिनिधि, सामाजिक अभियन्ता, शुभेच्छुक तथा सर्वसाधारणको उल्लेख्य सहभागिता रहेको थियो। प्रतिष्ठानका अध्यक्ष नारायण सुबेदीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा राष्ट्रिय गानपछि स्वर्गीय तारा सुब्बा तथा देशका लागि जीवन उत्सर्ग गर्ने सम्पूर्ण शहीदप्रति एक मिनेट मौनधारण गर्दै श्रद्धाञ्जली अर्पण गरिएको थियो। कार्यक्रमको सञ्चालन प्रतिष्ठानका सचिव योगे
विराटनगर/ कोशी प्रदेशको राजनीतिमा नयाँ मोड आएको छ। नेपाली कांग्रेसले नेकपा ९एमाले० सँगको सत्ता साझेदारी अन्त्य गर्ने औपचारिक निर्णय गरेसँगै प्रदेशमा नयाँ राजनीतिक समीकरणको चर्चा तीव्र बनेको छ। विराटनगरमा बिहीबार बसेको नेपाली कांग्रेस कोशी प्रदेश कार्यदलको बैठकले एमालेसँगको गठबन्धनलाई अब निरन्तरता नदिने निर्णय गरेको हो। यद्यपि, सरकारमा सहभागी कांग्रेसका मन्त्रीहरूलाई तत्काल फिर्ता बोलाउने विषयमा भने केन्द्रको निर्देशन पर्खिने निर्णय गरिएको छ। बैठककै क्रममा कांग्रेसका शीर्ष नेताहरूको टेलिफोन आएपछि मन्त्री फिर्ता बोलाउने निर्णय स्थगित गरिएको नेताहरूले बताएका छन्। केन्द्रबाट स