राजनीति

    Showing १,१८१-१,१९० of १,९५८ items.
  • पहाडी जिल्लाका पेट्रोलपम्प व्यवसायीहरु आन्दोलित

    धनकुटा / धनकुटाका पेट्रोलियम व्यवसायीहरुलाई व्यवसायी वेवस्ता गरेको भन्दै व्यवसायीहरु आन्दोलित बनेका छन् ।कोशी पहाडी जिल्लाका विभिन्न आयोजनाहरुलाई जिल्ला बाहिरका व्यवसायीहशरुले अबैध रुपमा पेट्रोलियम पद्धार्थ बेचेको भन्दै कोशी पहाडी जिल्लाका पेट्रोलपम्प व्यवसायीहरु आन्दोलित भएका हुन् । पहाडी क्षेत्रमा सञ्चालित विभिन्न आयोजनाहरुमा इटहरी, धरान, विराटनगर, अमलेशगञ्ज, विरगंज, बुटवल, हेटौडा लगायतका पेट्रोल पम्पहरुले अबैद रुपमा पेट्रोलियम पद्धार्थ ढुवानी गरेको उनीहरुले बताएका छन् । पहाडी पेट्रोलियम व्यवसायी एशोसियसनले धनकुटामा आज पत्रकार सम्मेलन गर्दै जिल्ला बाहिरका पम्पहरुले जथाभावि अबैद रुपमा

    • प्रकाशित मितिः चैत २०, २०७९
    • ६९४ पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • मालपोत र नापी सर्न सकेन

      धरान/  सेवाग्राहीको चहलपहल बढी हुने कार्यालयको रुपमा रहेको मालपोत र नापी कार्यालय आफ्नै भवन हुदाहुदै पनि सरकारको करोडौ रुपैया खर्च गरेर भाडा तिरेर धरान १६ मा सञ्चालन भइरहेको छ । धरान ६ पानबारीमा मालपोतको कार्यालय निर्माण सम्पन्न भइसकेको छ, तर नापी कार्यालयको भने निर्माणधीन अवस्थामा छ । धरान ६ पानबारीमा जग्गा खरिद गरेर एक बर्ष अगाडि नै भवन सञ्चालन गर्ने तयारी अवस्थामा भइसक्दा आफ्नै भवनमा कार्यालय सर्न नसकेको हो । २०७२ सालमा सुनसरीको सदरमुकाम इनरुवामा रहेको मालपोत र नापी कार्यालय धरानमा समेत भाडाबाट सञ्चालनमा ल्याइएको थियो । त्यही समयदेखि धरान १६ मा भाडामा सञ्चालन भइरहेको छ ।

    • प्रकाशित मितिः चैत २०, २०७९
    • १,४७८ पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • धरानमा खुुल्यो वडाको तालाबन्दी

    धरान । धरान उपमहानगरपालिकाको कार्यालय र वडा कार्यालयमा गरिएको तालाबन्दी आज बाट खोलिएको छ । प्रदेशको नामाकरणमा असहमती जनाउदै पहिचान पक्षधर समुुहले विरोध जनाउदै धरानका २० वटै वडा कार्यालयमा गत विहिबार देखि तालाबन्दी गरिएको थियो । प्रदेशको नाम ‘कोशी’ नामाकरण भएपछि धरानका सबै वडाको ठेगनामा कोशी प्रदेश लेखिएको थियो । आन्दोलनरत पक्षले कोशी प्रदेश लेखिएका बोर्डहरु तोडफोड समेत गरेको थियो । ‘हामीले आम सर्वसाधरणको सुुविधालाई ध्यानमा राखेर आज आइतबारबाट तालाबन्दी खोलिदिएका छौ’ आन्दोलनरत पक्षका नेता अमर इजमले भने हाम्रो आन्दोलनमा गर्नुु भएको सहयोगका लागि सबैलाई धन्यबाद तथा आभारपन

    • प्रकाशित मितिः चैत १९, २०७९
    • ९३९ पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • जोगवनी किमाथांका ६ लेन सडकको निर्माण कार्य सुस्त

    धरान / त्रिद्वेशीय व्यापारिक सडक जोगबनी किमाथांका सडकको निर्माण काम सुस्त गतिमा बढ्दा यातायात व्यवसायी, व्यापारी तथा सर्वसाधारणलाई सास्ती हुदै आएको छ । समयमै काम नसक्दा अहिले यो बाटो सम्पन्न गर्न सम्बन्धित पक्षसमेत गम्भीर बनेका छन् भने यातायात व्यवसायी, उद्योगी तथा सर्वसाधारणले सडक चाडो सम्पन्न गर्न सम्बन्धित पक्षसँग आग्रह गर्दै आएका छन् । जोगबनीदेखि किमाथांकासम्म यो सडकको दूरी ३९० किमी हो । विराटनगरको रानीदेखि धरानसम्मको ४९ किलोमिटरमध्ये सुनसरी दुहवी, इटहरीको बजार एरियाबाहेक तराहरासम्म निर्माण भइसकेको छ । यस्तै सेउतीपुलदेखि धरान ८ तीन कुने सम्मको सडक निर्माण कार्य भइरहेको छ भने तराहरा

    • प्रकाशित मितिः चैत १९, २०७९
    • ८६९ पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • धनकुटाको छथर जोरपार्टीमा पनि तालाबन्दी

     धरान / धनकुटा कोशी प्रदेश नामाकरण खारेजीको माग गर्दै धनकुटाको छथरजोरपाटी गाउँपालिका–१ को वडा कार्यालयमा तालाबन्दी गरिएको छ । ‘कोशी’ नाम खारेज गर्नुपर्ने मागसहित पहिचान पक्षधर आन्दोलनकारीले बिहीबार वडा कार्यालयमा तालाबन्दी गरेका हुन् । ‘कोशी’ नाम खारेज गरी पहिचानका आधारमा नामकरण गर्न मागसहित आन्दोलन घोषणा गरेको पुन नामांकन संघर्ष समितिले यो प्रदेशमा चरणबद्ध आन्दोलन गर्दै आएको छ । पहिचान पक्षधरले लगाएको ताला प्रहरीचौकी जोरपाटीबाट गएको प्रहरी टोलीले ताला फोडेको थियो ।

    • प्रकाशित मितिः चैत १८, २०७९
    • ९१० पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • ‘राजस्व र रोजगारी सिर्जना हुने क्षेत्रमा खर्च गर्नुहोस्’

    मोरङ / कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले आगमी आर्थिक वर्षको बजेट तर्जुमा गर्दा रोजगारी सिर्जना गर्ने, राजस्व वृद्धि हुने र सौन्दर्यकरण हुने योजना तर्फ ध्यान दिन स्थानीय तहका जनप्रतिनिधिहरुलाई निर्देशन दिएका छन् । मङ्गलबार गाउँपालिका राष्ट्रिय महासंघ नेपालको कोशी प्रदेशको दोस्रो अधिवेशनको उद्घाटन गर्दै सो कुरा बताएका हुन् । मुख्यमन्त्री कार्कीले पहुँचका आधारमा विकासको बजेटलाई जथाभावी रुपमा सडक, पुल र भवन जस्ता अनुत्पादक क्षेत्रमा खर्च गर्न नहुने बताए । अहिलेकै गतिमा सडक, पुल र भवन निर्माणमा बजेट खर्च गर्दै जाने हो भने आगमी तीन वर्षमा तिनको मर्मत सम्भारका लागि बजेटको आकारला

    • प्रकाशित मितिः चैत १५, २०७९
    • ८१३ पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • संयुक्त राष्ट्रिय सुकुम्बासी मोर्चाद्वारा प्रदर्शन

    काठमाडौं  /  संविधान र कानुनविपरीत सुकुम्बासीहरूलाई उठिबास लगाउने कामको नेतृत्व लिएको भन्दै मेयर शाहविरूद्ध सोमबार काठमाडौंको नयाँ बानेश्वरदेखि माइतीघर मण्डलासम्म र्‍यालीसहितको विरोध प्रदर्शन गरिएको हो। आफूहरूलाई उठिबास लगाउने काममा मेयर शाह लागेपछि त्यसको विरोधमा सुरू गरिएको प्रदर्शनलाई निरन्तरता दिनुपरेको संयुक्त राष्ट्रिय सुकुम्बासी मोर्चा, नेपालका अध्यक्ष कुमार कार्कीले बताए। उनले संविधान, कानुनविपरीत भूमिहीनहरूलाई जग्गाधनी पूर्जा दिनुको साटो उठिबास लगाउने प्रयास काठमाडौं महानगरपालिका र मेयर शाहले गरिरहे कडा आन्दोलनमा जान बाध्य हुने चेतावनी समेत दिए। विरोध प्रर्दशनमा पक्रा

    • प्रकाशित मितिः चैत १३, २०७९
    • ८२३ पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • कार्यशाला चलाउँदै माओवादी

    मोरङ /  नेकपा माओवादी केन्द्रले दुई दिने कार्यशाला गोष्ठीकोको आयोजना गरेको छ ।कोशी प्रदेश अन्तरगत स्थानीय तह, प्रदेश र संघीय संसदमा निर्वाचित जनप्रतिनिधिहरुका लागि माओवादी केन्द्रले दुईदिने कार्यशाला आयोजनासँगै प्रशिक्षण दिएको छ । बजेट निर्माण र बजेट निर्माण गर्दा ध्यान दिनुपर्ने कुराहरु, सुशासन र संघीय प्रणालीको प्रभावकारिताका विषयमा प्रशिक्षण दिइएको माओवादी केन्द्रका एक नेताले बताए । माओवादी केन्द्रले विगतदेखि नै राजनीतिक प्रशिक्षणमा जोड दिँदै आएको छ । भेलामा विशेष गरी माओवादी केन्द्रबाट निर्वाचित जनप्रतिनिधि तथा पार्टीका कार्यकर्ताहरु सहभागी थिए । नेपाल सरकारका पूर्वमुख्य सचिव ल

    • प्रकाशित मितिः चैत १३, २०७९
    • ८४० पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • गुरुकुलमा छैन सरकारको दिवा खाजा

    झापा /  मुठ्ठीदान र दाताको भरमा सञ्चालित धार्मिक विद्यालयमा अध्ययनरत विद्यार्थीले सरकारको दिवा खाजा पाएका छैनन् ।मेचीनगर–१५ मा सञ्चालित ओमकारेश्वर संस्कृत गुरुकुलका विद्यार्थीले बिहान र बेलुका दाल, भात र रोटी खाने गरेका छन्। उनीहरूले गुरुकुल छेवैको मन्दिरमा भक्तजनले चढाउने फलफूल दिवा खाजा खाने गरेका छन् । गुरुकुलका प्राचार्य निरोज खनालले कमजोर आर्थिक अवस्थाबाट गुज्रिरहेका गुरुकुल विद्यालयमा दिवा खाजाको व्यवस्था नगरेकामा गुनासो गरे । ओमकारेश्वरमा १८ विद्यार्थी अध्ययनरत छन् । ‘हाम्रो गुरुकुल आर्थिकरूपमा सबल छैन। यहाँ पढ्ने विद्यार्थीसमेत विपन्न र असहाय परिवारबाट आएका छन्&

    • प्रकाशित मितिः चैत १३, २०७९
    • ७८३ पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • ट्राफिक प्रहरीको पार्किङ हटाइयो

    मोरङ / मुख्य बजार क्षेत्रको सडकलाई पार्किङ निषेध गर्ने अभियानमा निरन्तर रुपमा लागेको विराटनगर महानगरपालिकाले ट्राफिक प्रहरीले गरेको पार्किङलाई समेत हटाएको छ । महानगरका मेयर नागेश कोइरालाको उपस्थितिमा नगर प्रहरीले जिल्ला ट्राफिक प्रहरी कार्यालय अगाडि सडक र फुटपाथमा ट्राफिक प्रहरीले राखेका सवारी साधनहरु हटाएको हो । ट्राफिक प्रहरी कार्यालय अगाडि सवारी पार्किङ गर्दा आवतजावतमा समस्या भएको भन्दै महानगरमा अत्यधिक गुनासो आएपछि महानगरले पार्किङ हटाएको हो । सडकमा राखेका मोटरसाइकल नगर प्रहरीले हटाएको थियो भने चारचक्के सवारी साधन ट्राफिक प्रहरी आफैंले हटाएको थियो । कारबाहीमा परेका सवारी साधनलाई ट्र

    • प्रकाशित मितिः चैत १३, २०७९
    • ७०९ पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved