धरान ।६० वर्ष मुनिका एकल महिला , अतिअसक्तले पाउदै आएको सामाजिक सुरक्षा भत्ता रोकिएको छ । चौमासिक किस्त्ताको तेस्रो किस्ता रोक्का गरिएको धरान उपमहानगरपालिका ले सुचना जारी गरेको छ । धरान उपमहानगरपालिकाले सुचना जारी गर्दै सामााजिक सुरक्षा ऐन २०७५ तथा सामाजिक सुरक्षा नियमावली२०७६ गत चैत ३ गते नेपाल राजपत्र सुचना प्रकाशन भई कार्यन्वयन भइसकेकालगि अगामि चौमसिक तेस्रो किस्ता देखी लागु हुने भएकाले अर्को व्यबस्था नभए सम्मको लागि रोक्का गरिएको जनाएको छ ।
काठमाडौं । आज दिउँसो २ बजे मन्त्रिपरिषद बैठक बस्दै छ । बैठकमा लकडाउनको मोडालिटीलगायतका विषयमा छलफल हुनेभएको छ । गत चैत ११ गते देखि सरकारले केरोना नियन्त्रण तथा रोकथामको लगि लकडाउनको घोषणा गरेको थियो । लामो समयदेखि रहेको लकडाउनले जनजविन प्रभावित बन्दै आएको छ व्यपार व्यबसाय ठप्प रहेकाले अब लकडाउनको खुकुलो बनाउन तर्फ सरकारको ध्यान केन्द«ति भएको छ । यसअघिनै कोभिड १९ क्राइसिस म्यानेजमन्ट सेन्टर (सीसीएमसी) ले ६ चरणमा लकडाउन खुकुलो गर्ने गरी प्रस्ताव बुझाइसकेको छ । रक्षामन्त्री पोखरेलले भने सयभन्दा कम एक्टिभ केस भएका जिल्लामा जेठ २५ देखि नै लकडाउन खुकुलो बनाउने प्रस्ताव पेश गरेका थिए । तर, प्
बराहक्षेत्र/ बराहक्षेत्र नगरपालिका ६ स्थित महेन्द्र माबिको क्वारेन्टिनमा रहेका थप एक जनामा कोरोना संक्रमण पुष्टि भएको छ। उक्त क्वारेन्टिनमा रहेका २० जनाको स्वाब संकलन गरिएकोमा मंगलबार एक जनाको पिसिआर रिपोर्ट पोजेटिभ देखिएको बराहक्षेत्र नगरपालिकाकि स्वास्थ प्रमुख सुलोचना चौधरीले जानकारी दिइन। उनका अनुसार संक्रमित ब्यक्ति बराहक्षेत्र नपा ८ नम्बर वडाका ३० बर्षिय युवक हुन। स्वाब संकलन गरिएको हप्ता दिन ढिलो गरि आएको रिपोर्टमा २ जना स्वास्थकर्मीको पनि स्वाब परिक्षण गरिएको थियो जसमा दुबै जनाको जनाको पिसिआर रिपोर्ट नेगेटिभ देखिएको नर्सिङ प्रमुख दीपा अधिकारीले बताइन। अधिकारीका अनुसार आज १४ जना
काठमाडौं / आज थप ३२३ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममा थप ३२३ जनामा कोरोना भाइरसको संक्रमण देखिएको हो । यो सगै नेपालमा संक्रमितहरुको संख्या ४ हजार ८५ पुगेको छ । भरतपुर ११ का हिजो कोरोना संक्रमण पुष्टि भएका थप १ जनाको मृत्यु भएको छ । यो सगै नेपालमा कुल मृतकको संख्या १५ पुगेको छ । पछिल्लो २४ घण्टामा ९६ जना डिस्चार्ज भए सगै नेपालमा कुल डिस्चार्ज हुुनेको संख्या ५ सय ४८ पुगेको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वेर गौतमका अनुसार हालसम्म देशका ७२ जिल्लामा संक्रमण देखिएको छ।
धरान/ रोटरी क्लव अफ धरानले रक्तदान कार्यक्रमको अयोजना गरी ३२ पिन्ट रगत संकलन गरेको छ । सोमबार, धरान १८ स्थित बुद्ध चौकमा सम्पन्न रक्तदानमा ३२ पिन्ट रगत संकलन भएको थियो । कोभिड १९, कोरोना संक्रमणका कारण भएको लकडाउनले रक्तदान कार्यक्रमहरु हुन सकिरहेको छैन । धरान व्लड बैंकमा रगतको अभाव भएकाले व्लड बैकको अनुरोधमा रक्तदान कार्यक्रमको आयोना गर्नु परेको अध्यक्ष रविन श्रेष्ठले वताए । रक्तदान भैरहेकै अवस्थामा ताजा रगतको अवाश्यकता पर्ने विरामीहरुका लागि र अन्य विरामीहरुका लागि विभिन्न ग्रुपको करिव ७ पिन्ट रगत व्लड बैैक मार्फत प्रदान गरिएको सुरेन्द्र स्थापितले बताए । कार्यक्रम रोटरियन शिवानन्द श
कालाबन्जर । सुनसरीको वराहक्षेत्र नगरपालिका वार्ड नम्बर ४ मा आर्थिक बर्ष २०७६ / ०७७ मा पुर्वघार तर्फ ५ करोड ९० लाखका कामहरु भएका छन् । वडा अध्यक्ष आशाराम चौधरी भन्छन् यी नगर र प्रदेश बाट परेका ठुला योजना मात्रै हुन अरु ५० हजार १ लाखका काम धेरै भए । उनका अनुसार पुलाहा खोला नियन्त्रणमा ४० लाख पिडारी ढल निर्माणमा २० लाख धनपुरी ढल निर्माणमा कल्भर्ट सहित २२ लाख ५० हजार , धनपुरी पिच १ करोड २५ लाखमा बोलपत्र आवहान , पिडारी पिच , २ करोड ३८ लाखमा बोलपत्र आवहान , सर्दु खोला नियन्त्रणमा ३५ लाख , आन्द्रामोठ ड्रेन निर्माणमा मन्दिर सहित १२ लाख , वडा कार्यालय घेराबारा १४ लाख , स्वास्थ्य चौकी भवन निर्माण ३४ ला
चितवन/ भरतपुरका ६८ वर्षीय कोरोना संक्रमित पुरुषको भरतपुर अस्पतालमा मृत्यु भएको छ । यो सगै नेपालमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या १५ पुगेको छ । अस्पतालले जनाए अनुसार उनको सुगर र प्रेसरको समस्या पहिले देखि भएको र कोरोनाको संक्रमणसँगै निमोनियाका कारण बिहान सात बजेर पाँच मिनेटमा निधन भएको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले भने यसको आधिकारिक पुष्टि गर्न बाँकी छ । मृतक पुरुष गत शुक्रबारदेखि नारायणी सामुदायिक अस्पतालको आइ.सि.यूमा उपचाररत थिए । उनलाई कोरोना संक्रमण पुष्टि भएपछि गत हिजो बेलुका ७ बजे भरतपुर अस्पतालको आइसीयूमा राखेर उपचार गरिएको थियो ।
काठमाडौं संसदमा संविधान संशोधन प्रस्ताव पेस हुने भएपछि अन्तिम सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को मंगलबार बस्ने भनिएको सचिवालय बैठक स्थगित भएको छ ।बैठक आज अपराह्नका लागि तय भएको थियो । माघमा बसेको केन्द्रीय कमिटी बैठकले झलनाथ खनालको संयोजकत्वका कार्यदल गठन गरेको थियो । उक्त कार्यदलले बुझाएको प्रतिवेदनमा केन्द्रित रहेर आज छलफल हुने कार्यसूची तय गरिएको थियो।
बाँकेको कोहलपुुरस्थित नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल आजदेखि पूर्णरुपले बन्द गरिएको छ। अछाम जिल्लास्थित बयलपाटा अस्पतालले गर्भवती र आन्द्रामा समस्या भएका बिरामी कोहलपुर सिफारिश गरेको पाइएको छ। शिक्षण अस्पताल कोहलपुरमा ती बिरामीको जाँच गर्दा कोरोना सङ्क्रमण देखिएको नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरका उपनिर्देशक दिनेश श्रेष्ठले जानकारी दिए। ती बिरामीको शल्यक्रिया गर्ने तयारी गरिए पनि कोरोना सङ्क्रमण देखिएपछि रोकिएको छ।
मङ्गलबार बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानबाट २८ जना सङ्क्रमित निको भएका हुन् । उनीहरू सबै झापाका हुन् । १८ देखि ५६ वर्ष उमेर समूहका उनीहरूको स्वास्थ्य अवस्था सामान्य रहेको चिकित्सकले जनाएका छन् । उनीहरू सघन उपचार कक्ष ९आईसीयू० मा नबसी आइसोलेसन वार्डबाटै डिस्चार्ज हुन सफल भएका छन् । दुईपटक पीसीआर परीक्षण गर्दा नेगेटिभ रिपोर्ट आएपछि उनीहरूलाई डिस्चार्ज गरिएको प्रतिष्ठानका प्रवक्ता डा.दिनेश सापकोटाले बताए । साताअघि बीपी प्रतिष्ठानबाट गत जेठ २० गते धरानकी महिलासहित १८ जना डिस्चार्ज भएका थिए । संक्रमितहरूमा गम्भीर खालको लक्षण नदेखिएको प्रवक्ता सापकोटा बताउँछन् । ‘सबैको सामान्