आज थप ५५४ जनामा संक्रमण पुष्टि भएको छ । यो सगै नेपालमा संक्रमितको संख्या १२ हजार ३सय ९ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस व्रिफिङको क्रममा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले थप ५५४ जनामा संक्रमण पुष्टि भएको जानकारी दिए । नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २८पुगेको छ । मृत्यु हुनेमा कैलालीको लालगढ नगरपालिका–७ गोदावरीका ५० वर्षीय पुरुषको उपचारका क्रममा मृत्यु भएको हो। पछिल्लो २४ घण्टामा थप १३६ जना संक्रमित निको भएर डिस्चार्ज भएका छन् । यो सँगै नेपालमा कुलडिस्चार्ज हुनेको संख्या २८३४ जना रहेका छन् । नेपालमा हालसम्म
विराटनगर । मोरङको रंगेली नगरपालिका ८ को दर्वेशा सडक अविरल वर्षाका कारण हिलाम्मे भएको छ । विधुत प्राधिकरण अगाडिको सडक अहिले हिलाम्मे भई हिंडडुलमै समस्या भएको छ । सडक निर्माणको छेउमा थुपारिएको माटोका कारण सडकमा खपीनसक्नु हिलो भएको स्थानीयले गुनासो गरेका छन् । सडक निर्माणको जिम्मेवारी रायमाझी रभिमेश्वर जेभी भक्तपुरले गरिरहेको छ । हिलोका कारण स्थानीयलाई आवत जावतमा नै समस्या झेल्नुपरेको छ । ठेकेदारले वाईपास बाटोसमेत नबनाईं दिंदा स्थानीयले पाउनुसम्म दुःख पाएको स्थानीय उमाशंकर चौधरीले बताए । भने,“सडकको हिलोमासाईकल, मोटरसाईकल कुदाउन त समस्या छ । पैदल यात्रीहरुलाई समेत आवत जावत मा निकै कठिनाई भए
विराटनगर । विराट व्यापार संघले विविध कार्यक्रम गरी २० औं वार्षिकोत्सव मनाएको छ । वार्षिकोत्सवको अवसरमा आयोजित रक्तदान कार्यक्रममा ३२ पिन्ट रगत संकलन भएको अध्यक्ष सुजन थापाले जानकारी दिए । संघले विराटनगर बसपार्कमा विगत लकडाउनका कारण समस्या परी लामो समयदेखि बस्दै आएका मजदुरहरुलाई खाद्या सामग्री पनि वितरण गरेको छ । यसैगरी विराटनगर ९ स्थित बुधहाट चौक पंचमुखी हनुमान मन्दिर अगाड दीप प्रज्वलन गरेको छ । त्यस अवसमार उद्योग संगठन मोरङका अध्यक्ष भीम घिमिरे र मोरङ व्यापार संघका अध्यक्ष प्रकाश मुन्दडाले शुभकामना दिएका थिए । संघले भर्खरै सरुवा भइ आएका जिल्ला प्रहरी कार्यालय मोरङका एसपील सन्तोष खड्कालाई
विराटनगर । मोरङको रतुवामाईमा खोलामा डुबेको एक पुरुषको शव फेला परेको छ । रतुवामाई नगरपालिका–५ सौठा गोबिन्दपुर सडक खण्डमा पर्ने कट्नु खोलामा शनिबार बेबारिसे अवस्थामा स्थनीयले शव तैरिंदै गरेको देखेका थिए । स्थानीयले इलाका प्रहरी कार्यलय सिजुवालाई जानकारी गराएपछि प्रहरीको टोली पुगेको थियो । अन्दाजी ३५ वर्षको तराई मुलको जस्तो देखिने पुरुषको शव रंगेली अस्पतालमा पोस्टमार्टमको लागि पठाइएको प्रहरीले जनाएको छ ।
मरुभूमिा पाइने सलह किरा नेपाल प्रवेश गरेको छ । शनिबार आज बिहान ३ जिल्लाहरु बारा, पर्सा र सर्लाहीमा प्रवेश गरेको हो । दुई दिनयता दक्षिणबाट उत्तरतिर हावा बहँदा भारतको बिहार हुँदै नेपाल प्रवेश गरेको नेपालका कृषि वैज्ञानिकहरुले बताए । यसअघि पनि उनीहरुले दक्षिणबाट उत्तरतिर हावा बहे नेपालमा सलह आउन सक्ने बताएका थिए । सलह कीराले बिरुवाका पात, फल, बिरुवाको हाँगा खाएर बोट नै सखाप पार्ने गर्दछ । सलहको हुलले एक दिनमा १५० किलोमिटरको दूरी पार गर्ने क्षमता राख्ने विज्ञहरु बताउँछन् । सलह नेपालमा प्रवेश गरेसँगै यसले कति असर गर्ला भन्ने विषयमा पनि चर्चा हुन थालेको छ । प्रारम्भिक अध्ययनका क्रममा
बराहक्षेत्र / नेपाल कम्युनिस्ट पार्टी (नेकपा) बराहक्षेत्र नगर सचिवालय सदस्य राजु अधिकारीले नगर सचिवालय सदस्य एबम् पार्टीको साधारण सदस्यबाट समेत राजीनामा दिएका छन। पार्टीको संयन्त्र भित्र बिधान सम्मत आफुले पाउनुपर्ने अधिकारलाई पार्टीका नेतृत्वले हस्तक्षेप गरेको भन्दै आफुले राजीनामा गर्नुपरेको उनको तर्क छ। उनी भन्छन, पार्टीको बिधानतस् संयन्त्रमा बस्न पाउने अधिकारलाई हस्तक्षेप गर्दै नगर इन्चार्ज केशव तिम्सिना, अध्यक्ष कमल कट्वाल र मेयर निलम खनालले आसेपासेका मान्छे राखी संयन्त्र गठन गरेको हुदा राजीनामा गरेको हु। नगरप्रमुख निलम खनालले जनघनत्व र भौगोलिक अबस्थालाई नहेरी आसेपासेका वडालाई बजेट
धनकुटा / धनकुटाको पाख्रीवास नगरपालिकाले ७५ प्रतिशत अनुदानमा किसानहरुलाई कागती र सुन्तलाको विरुवा वितरण गरेको छ । पाख्रीवासका किसानहरुलाई फलफुल खेतीमा व्यवसायिक बनाउन ९३ जना किसानलाई ३ हजार विरुवा वितरण गरिएको पाख्रीवास नगरपालिका कृषि शाखाकी प्रमुख ईन्द्रमाया तामाङले बताईन् । सबै वडामा गरी २ सय रोपनी क्षेत्रफलमा पुग्ने गरी ३ हजार संख्यामा किसमानलाई कागती र सुन्तलाको विरुवा वितरण गरिएको नगर प्रमुख बृर्ष बहादुर राईले बताए । चालु आर्थिक वर्षको किसानहरुलाई फलफुल खेतीमा व्यवसायिक बनाउने वर्षे कार्यक्रम अन्तरगत किसानलाई विरुवा वितरण गरिएको कृषि शाखाले जनाएको छ । कृषि र पर्यटनको प्रशस्त संम्भावना र
धनकुटा / तमोर नदी स्थित विश्रान्ति बृदा आश्रम, धनकुटामा बृहत निशुल्क स्वास्थ्य शिविर तथा खाध्यान्न वितरण कार्यक्रम सम्पन्न भएको छ । शुक्रबार, लायन्स क्लव अफ हेल्थि नेसन र लायन्स क्लव अफ दन्तकालीको आयोनामा कार्यक्रम सम्पन्न भएको हो । शिविरमा ५० जनाको स्वास्थ्य परिक्षण गरी औषधि वितरण र रगत संकलन समेत गरिएको थियो । संकलन गरिएको रगत धरान स्थित विर्तामोड षईगोनोस्टिक सेन्टरमा जाँच गरिने लायन्स क्लव अफ हेल्थि नेसनका महासचिव नरेन्द्र देवले बताए । रगतको परिक्षण र रोगको पहिचान पछि आवश्यकता अनुसार उपचार गरिने युवा अभियन्ता डाक्टर देवराज घिमिरेले बताए । लायन्स क्लवले देशको विभिन्न क्षेत्रमा समाजिक कार्
विराटनगर । कोरोना परीक्षणको दायरा बढाउन प्रदेश १ का दुई स्थानमा थप पीसीआर ल्याब स्थापना गर्ने सरकारले निर्णय गरेको छ । प्रदेश सरकारले यसअघि नै तयारी थालेपनि संघीय सरकारले यसबारे आज प्रस्ट्याएको छ । देशभर सरकारले थप १० वटा नयाँ प्रयोगशालाबाट कोरोना भाइरसको परीक्षण गर्ने तय भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । थपिएका प्रयोगशालाहरूमा प्रदेश १ को मेची अस्पताल र धनकुटा जिल्ला अस्पताल रहेका छन् । पहाडी क्षेत्रमा कोरोना अस्पताल नै संचालन गर्न सांसदले प्रदेश १ को संसदमा माग उठाउँदै आएकोमा धनकुटामा ल्याब भने संचालन हुने भएको हो । यसबाहेक दैलेख अस्पताल, राष्ट्रिय आयुर्वेद अनुसन्धान तथा तालिम केन्द्र
विराटनगर । प्रदेश १ मा शुक्रबार थप १६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । सुनसरीको कोसी क्वारेनटाइनमा ८ जना र देवानगन्जस्थित क्वारेनटाइनमा २ जनामा कोरोना देखिएको हो । जसमा ६ जना पुरुष र ४ जना महिला रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ । सुनसरीमा कोरोना संक्रमितको सख्या ८५ पुगेको छ । यता, विराटनगरमा थप दुईजनामा कोरोना संक्रमण देखिएको छ । भारतबाट आएका विराटनगर ६ का ३१ वर्षीय पुरुष र २१ वर्षीया महिलामा संक्रमण देखिएको हो । उनीहरु सबैको विराटनगरस्थित कोशी अस्पतालको ल्याबमा कोरोना परीक्षण भएको थियो । विराटनगरमा कोरोना संक्रमितको संख्या १० जना पुगेको छ । आजै झापाको दमकमा २ पुरुष र १ महिला त