सुनसरी । मोरङको बुढिगङगा गाउपालिकाका मुसहरहरु माथि समुहगत रुप साङ्घातिक आक्रमण गर्नेलाइ प्रहरीले बिना कार्बाही छाडी दिएको छ । मोरङको बुढीगंगा गाउँपालिका २ खार्जीका मुसहर हरु माथी गत सोमबार आक्रमण भएको थियो । आक्रमण बाट पाँचजना मुसहरहरु गम्भिर घाइते भएका छन । आक्रमणमा परेर घाइते भएका सरस्वतीऋषिदेव ५० र उनकाभाइहरु क्रमश ४० बर्षिय पन्नाालाल ३८ बर्षिय चुन्नीलाल ३५ बर्षिय रामजी र ३३ बर्षिय श्यामऋषिदेव गम्भिर घाइते भएका छन । घरछिमेकको सामान्य विवादको बदला लिन राती हातहतियार सहित गाउँमा आएर अन्धाधुन्ध आक्रमण गरेर पाँचजनालाई गम्भिर घाइते बनाउने समुहलाई मोरङ प्रहरीले विनाकार्वाही छाडिदिएको हो ।
विराटनगर । कोभिड १९ सँग मिल्दो लक्ष्यण भएका अर्का एक जना बिरामीको कोशी अस्पतालमा मृत्यु भएको छ । अस्पतालका अनुसार विराटनगर–९ बाट ज्वरो र श्वास प्रश्वास सम्बन्धी समस्या भई ल्याइएका व्यक्तिको आज बिहान मृत्यु भएको हो । परिवारले अस्पताललाई दिएको जानकारी अनुसार ५८ वर्षीय पुरुषमा एक सातादेखि हलुका ज्वरोको लक्ष्यण थियो । तर, बिहान एक्कासि श्वास फेर्न कठिन भएपछि कोशी अस्पताल लगिएको थियो । कोशी अस्पताल आईसोलेशनका इञ्चार्ज डा.लक्ष्मीनारायण यादवले भने,“अस्पतला ल्याई पुग्दा उहाँको मृत्यु भईसकेको थियो । तर, कोरोनासं मिले लक्ष्यणहरु देखिएकोले हामील्े स्वाब संकलन गरेर परीक्षणमा पठाएका छौं ।&rdq
इलाम/ कोरोना संक्रमण फैलीरहेको बेला नेपाल भारत खुल्ला सिमानाका कारण लुकिछिपि प्रवेश नहोस भनेर लकडाउनको समयमा पनि इलामको नेपाल–भारत सीमा क्षेत्रमा सुरक्षा पोष्ट थपियो । देशमा लकडाउन भएको एक महिना भित्र सीमा क्षेत्रका १८ स्थानमा सशस्त्र प्रहरीको सुरक्षा पोष्ट राखेपछि लुकिछिपि नेपाल प्रवेस गर्नेको संख्या पाइएको छैन । लकडाउन सुरु भएसँगै सात स्थानमा सशस्त्र प्रहरीको टोली राखियो पछि ११ वटा सीमा क्षेत्रमा सुरक्षा पोष्ट राखेपछि सीमाबाट लुकिछिपि आउने र अवैद व्यापार बन्द भएको छ । नेपाल–भारत सिमानाको साढे ५२ किलो मिटर क्षेत्रका १८ स्थानमा सशस्त्र प्रहरीको टोली खटाएसँगै सिमाबाट लुकिछिपि
धरान । बिगत २ वर्ष देखि डायलासिस गराइरहेका कोरोना संक्रमित सिरहाका एक युवाको मृत्यु भएको छ । बुधबार उनिमा कोरोना संक्रमण पुष्टि भएको थियो । जनकपुरमा डायलासिस गराइ रहेको उनको स्वास्थ्यमा समस्या बढदै गए पछि बिहिबार धरान स्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा रेफर गरिएको थियो । डायलासिसको क्रममै उनको मृत्यु भएको प्रतिष्ठानका प्रबक्ता डा। निदेश सापकोटाले बताए । जनकपुरबाट रिफर भएर आएका २५ बर्षीय युवाको हिजो राती १० बजेर ४५ मिनेटमा निधन भएको सापकोटाले जानकारी दिए । मृतक सिरहाको गोलबजार निवासी हुन् । मृतकको शव पठाउनको लागि आवश्यक समन्वय भइरहेको पनि प्रवक्ता डा।सापकोटाले जानकारी दिए
धरान । समुदाय स्तरमै कोरोना संक्रमण फैलिन थाले पछि धरानमा कोरोना संक्रमितको संख्या ४२ पुगेको छ । आज थपिएका धरान १५ का १० बर्षिय बालक रहेका छन् । समुदाय स्तरमा गरिएको परिक्षणमा ती बालकमा कोरोना संक्रमण देखिएको धरान उपमहानगरपलिकाका स्वस्थ्य महासाखा प्रमुख उमेश मेहताले बताए । उनलाई कसरी कोरोना सङ्क्रमण भयो भन्ने बारेमा ट्राभल हिस्ट्रिी र कनट्र्याक्ट ट्रेसिङ गर्ने काम भइरहेको उनले बताए ।
इलाम / इलामको सूर्योदय नगरपालिकाले कोरोना संक्रमण बढ्दै गएपछि बिहीबार राती १२ बजे पछि अनिश्चितकालीन लकडाउन गर्ने निर्णय गरेको छ । शसस्त्र प्रहरीको पशुपतिनगर बीओपी र आईतबारे क्याम्पमा कोरोना संक्रमण फैलिएपछि बिहीबार बसेको नगर कार्यपालिकाको बैठकले नगर क्षेत्रमा अनिश्चितकालीन लकडाउन लकडाउन गर्ने निर्णय गरेको हो । लकडाउन अवधिभर तोकीएको समय बाहेक बजार पसलहरु बन्द रहने छन् । नगर प्रमुख रणबहादुर राईको अध्यक्षतामा बसेको बैठकले नगरमा समुदायमा कोरोना फैलन नदिन सुरक्षा निकाय , स्थानीय ब्यवसायी संग समन्वय गरी लकडाउन गर्ने निर्णय गरेको छ । नगर प्रमुख राईले खाद्यान्न लगायतका अति आवश्यक पसल बिहान ८ बजे देख
इलाम । इलाममा १५ दिन यता ४६ जना सुरक्षामा खटिएका सशस्त्र प्रहरीमा कोरोना पुष्टि भएको छ । जिल्लाका विभिन्न क्वारेन्टाइन र सीमाको सुरक्षामा खटिएका सशस्त्र प्रहरीमा कोरोना देखिएपछि त्रास बढेको छ । गएको साउन ६ गते जिल्ला समन्वय समिति इलामको क्वारेन्टाइनमा खटेका एक जना सशस्त्रमा कोरोना देखिएको थियो भने हालसम्म जिल्लाका विभिन्न क्षेत्रमा कार्यरत सशस्त्र प्रहरीमा कोरोना देखिएको हो । गएको ६ गते क्वारेन्टाइनमा खटेका सशस्त्रसहित एक जनामा कोरोना देखिएकोमा त्यसको चार दिनपछि छ जनामा सुरक्षाकर्मीमा कोरोना देखियो भने त्यसको पाँचौ दिनमा अन्य पाँच जनामा कोरोना पुष्टि भयो
इटहरी / इटहरीमानवारुणयन्त्र चालकलाइ पनि काेराेना पुस्टी इटहरी । इटहरीमा एक पछि अर्को कर्मचारीहरूमा कोरोना संक्रमण हुने क्रम बढदै गएको छ । बिहीबार प्राप्त रिपोर्ट अनुसार इटहरी उपमहानगरको वारूणयन्त्र चालकलाइ पनि कोरोना पोजेटिभ देखिएपछि संक्रमण हुनेहरूको संख्या बढदै गएको पाइएको हो । यो संगै इटहरीमा कोरोना संक्रमितहरूको संख्या २५ पुगेको छ । १५ जना उपचार पछि घर फर्किसकेका छन । बिहीबार आएको रिपोर्ट अनुसार इटहरी ५ का २७ वर्षिय युवक र वारूण यन्त्र चालकमा कोरोना पोजेटिभ देखिएको स्वास्थ्य शाखा प्रमुख राम चरण चौधरीले बताए ।
इटहरी । इटहरी उपमहानगरकी उपमेयर लक्ष्मि गौतमको कोरोना रिपोर्ट नेगेटिभ देखिएको छ । गत साउन १५ गते उपमहानगरका इञ्जिनियरलाइ कोरोना पुष्टि भएपछि कर्मचारी सहित अन्यको पिसिआर टेस्टलाइ तिब्रता दिइएको थीयो । यसै क्रममा उपमेयर गौतमले गत साउन २० गते पिसिआर पदतिबाट स्वाब संकलन गरीएको थीयो । बिहीबार आएको रिपोर्ट अनुसार उपमेयर गौतमको कोरोना रिपोर्ट नेगेटिभ आएको जनाइएको छ । यसैबिच इटहरी ५ का २७ वर्षका एक युवकमा कोरोना संक्रमण पुस्टी भएको छ । यो संगै इटहरीमा कोरोना संक्रमितको संख्या २५ पुगिसकेको छ । १५ जना उपचारपछि घर फर्किसकेका छन भने केहिलाइ घरमै राखेर उपचार सुरू गरिएको उपमहानगर अन्तरगत स्वास्थ्य शाखाका प
काठमाडौ / आज थप ३ सय ६० जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस व्रिफिङको क्रममा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए । यो सगै नेपालमा संक्रमितको संख्या २१ हजार ७ सय ५० जना पुगेको छ । नेपालमा हालसम्म ६४ जना संक्रमितको मृत्यु भएको छ। पछिल्लो २४ घण्टामा थप २ सय ३३ जना संक्रमित निको भएर डिस्चार्ज भएका छन् । यो सँगै नेपालमा कुलडिस्चार्ज हुनेको संख्या १५ हजार ३ सय ८९ जना जना रहेका छन् ।