धरान । समुदाय स्तरमै कोरोना संक्रमण फैलिन थाले पछि धरानमा कोरोना संक्रमितको संख्या ४२ पुगेको छ । आज थपिएका धरान १५ का १० बर्षिय बालक रहेका छन् ।
समुदाय स्तरमा गरिएको परिक्षणमा ती बालकमा कोरोना संक्रमण देखिएको धरान उपमहानगरपलिकाका स्वस्थ्य महासाखा प्रमुख उमेश मेहताले बताए । उनलाई कसरी कोरोना सङ्क्रमण भयो भन्ने बारेमा ट्राभल हिस्ट्रिी र कनट्र्याक्ट ट्रेसिङ गर्ने काम भइरहेको उनले बताए ।