इटहरी / इटहरीमानवारुणयन्त्र चालकलाइ पनि काेराेना पुस्टी इटहरी । इटहरीमा एक पछि अर्को कर्मचारीहरूमा कोरोना संक्रमण हुने क्रम बढदै गएको छ । बिहीबार प्राप्त रिपोर्ट अनुसार इटहरी उपमहानगरको वारूणयन्त्र चालकलाइ पनि कोरोना पोजेटिभ देखिएपछि संक्रमण हुनेहरूको संख्या बढदै गएको पाइएको हो ।
यो संगै इटहरीमा कोरोना संक्रमितहरूको संख्या २५ पुगेको छ । १५ जना उपचार पछि घर फर्किसकेका छन । बिहीबार आएको रिपोर्ट अनुसार इटहरी ५ का २७ वर्षिय युवक र वारूण यन्त्र चालकमा कोरोना पोजेटिभ देखिएको स्वास्थ्य शाखा प्रमुख राम चरण चौधरीले बताए ।