समाचार

    Showing 9,081-9,090 of 10,056 items.
  • समुदाय स्तरमै कोरोना परिक्षण गर्दै बेलबारी नगरपालिका

    बेलबारी / बेलबारी नगरपालिकाले समुदाय स्तरमै कोरोनाको परिक्षण गर्न थालेको छ । पत्रकार सुरक्षाकर्मी मालपोत,नापि कार्यालय, बिधुत प्राधिकरण बितरण केन्द्र बेलबारी तथा अन्य बक्तिहरुको परिक्षण गरीसकिएको नगर प्रमुख ज्ञानेन्द्र सुवेदीले बताउनु भयो । बेलबारीको बास्तविक अबस्था बुझनका लागि फ्रन्टलाईनमा काम गरिरहेकाहरुलाई पहिलो प्राथमिकतामा राखेर परिक्षण गरिएको बेलबारी नगरपालिका कोभिड १९ ब्यबस्थापन उपसमितिका संयोजक स्वास्थ्य सहायक सन्तोष बिकले बताउनु भयो । बेलबारीमा हालसम्म ६ जनामा कोरोना संक्रमण देखिएकोमा ४ जना उपचारपछि घर फर्किएका छन भने २ जनाको सामान्य कोभिड अस्पतालमा उचारका क्रममा रहेका छन ।

    • प्रकाशित मितिः साउन २६, २०७७
    • 961 पटक पढिएको
    • "उत्तम पोखरेल"
  • जिल्ला प्रशासनको पत्रले ब्यबसायी अन्यौलमा

    इटहरी । समुदायमा कोरोना भाइरसको संक्रमण फैलिन थालेपछि उच्च सतर्कता अपनाउदै इटहरी उपमहानगरले जारी गरेको पाँच दिने लकडाउनको अवधी आज (आइतबार)राती १२ बजेबाट सकिन्दैछ । जिल्ला प्रशासनको कार्यालय सुनसरीले बजार तथा ब्यवसायिक क्षेत्रलाइ समबोधन नगरी सवारी साधनलाइ मात्र निषेधित भनेर उल्लेख गरेपछि सुनसरीका व्यवसायीहरू थप अन्यौलमा परेका छन । औद्योगिक क्षेत्रको हकमा भने उद्योगहरू सञ्चालन गर्न पाउने र अति आवस्यकिय सवारीसाधनहरू बाहेक अन्यलाइ जिल्लामा रोक लगाइएको बिज्ञप्तीमा उल्लेख गरेपनि ब्यापार व्यवसाय सञ्चालन गर्न पाउने या नपाउने भन्ने बिषयमा केहि नखुलाएपछि व्यवसायीहरू थप अन्यौलमा परेका हुन । सुनसरीका प्र

    • प्रकाशित मितिः साउन २५, २०७७
    • 1,027 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • होटल र निजी अस्पतालमा पनि आईसोलेसन चलाउने प्रदेश सरकारको निर्णय

    विराटनगर । स्थानीय तहसंगको समन्वयमा प्रदेश १ सरकारले थप तीन सय बेड क्षमताको आईसोलेसन संचालन गर्ने निर्णय गरेको छ । मुख्यमन्त्री शेरधन राईको संयोजकत्वमा मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज बसेको प्रदेशस्तरीय क्राइसेस म्यानेजमेन्ट सेन्टरको बैठले स्थानीय तहहरुमा आईसोलेसन सेन्टर चलाउने निर्णय गरेको हो । स्थानीय तहसमेतको साझेदारी र सहकार्यमा विराटनगर महानगरपालिकास्थित मारवाडी सेवा समाज विराटनगर, रंगेली नगरपालिका वडा नं. ७ स्थित श्रीजनता क्याम्पसको भवन, सुनसरी जिल्लाको हरिनगर गाउँपालिका १ स्थित वि.जेनेरल अस्पताल र बराहक्षेत्र नगरपालिकास्थित कृष्णदास आश्रम चतरामा कोभिड १९ को संक्रमित लक्ष

    • प्रकाशित मितिः साउन २५, २०७७
    • 2,074 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • धनकुटा बहुमुखी क्याम्पसमा आज तालाबन्दी

    धनकुटा, २५ साउन / धनकुटा बहुमुखी क्याम्पस धनकुटामा कार्यरत आंशिक प्राध्यापकहरुले क्याम्पसमा आज तालाबन्दी गरेका छन् । आंशिक प्राध्यापकहरुलाई करारमा नियुक्ति गर्न माग गर्दै उनीहरुले क्याम्पस प्रमुखको कार्यकक्षमा तालाबन्दी गरेका हुन् । समान कामको समान ज्याला सहित आंशिक प्राध्यापकहरुको दिगो व्यवस्थापन (करार) र पेशागत ग्यारेन्टी गर्नु पर्ने, आंशिक प्राध्यापकसँग भएका सहमति कार्यान्वयन गर्नु पर्ने र विश्वविद्यालयलाई प्राज्ञिक उन्नयन तथा अनुसन्धान केन्द्रको रुपमा विकास गर्नु पर्ने आंशिक प्राध्यापकहरुको माग रहेको छ । आंशिक प्राध्यापकहरुले आफुहरुको माग पुरा गर्नको निम्ति पटक–पटक दबाब दिदैं

    • प्रकाशित मितिः साउन २५, २०७७
    • 1,690 पटक पढिएको
    • "सन्तोष रुचाल "
  • प्रदेश १ मा ४० संक्रमित थपिए

    विराटनगर, २५ साउन । प्रदेश १ मा आज ४० जना कोरोना संक्रमित थपिएका छन् । मोरंगमा २९, सुनसरीमा ६ र झापामा ५ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मोरंगको विराटनगरमा १० महिला १९ पुरुष, सुनसरीको धरानमा १ महिला २ पुरुष, ईटहरीमा १ महिला १ पुरुष, बर्जुमा १ पुरुष, झापाको बा¥हदशीमा १ महिला १ पुरुष, अर्जुनधारा २ र दमकमा १ पुरुषको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । प्रदेश १ मा कोरोना संक्रमितको संख्या १ हजार ४ सय २३ पुगेको छ । प्रदेश १ मा आज ५ जना डिस्चार्ज भएका छन् । वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचाररत मोरंगका ३, उदयपुर र सुनसरीका १&nda

    • प्रकाशित मितिः साउन २५, २०७७
    • 861 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • लकडाउनले फलफुल ब्यबसायी मारमा

     इटहरी । काेराेना भाइरसकाे संक्रमण को जोखिम न्युनिकरणका लागि लागू गरिएको लकडाउनले इटहरीका फलफुल ब्यवसायीहरू मार्कामा परेका छन । पहिलाे चरणकाे लकडाउन समाप्ति संगै अलि अली उठेकाे ब्यापार व्यवसाय दाेश्राे चरणकाे लकडाउनले थला परेकाे इटहरीका फलफुल व्यवसायिहरूले गुनासाे गरेका छन् । पहिलाे चरण अन्तरगत नेपाल सरकारले २०७६ चैत्र ११ गते देखि गत ७७ साउन ६ गते सम्म लकडाउन गरेकाे थियो । साउन ६ गते लकडाउन अन्त्य घाेषणा गरेसंगै फलफुल व्यवसाय केहि माथी उठेपनि स्थानीय सरकारले गरेकाे दाेश्राे चरणकाे लकडाउनबाट पुरानै अवस्थामा फर्किएकाे फलफुल व्यवसाय इटहरीका बिनाेद कुमारले बताए । इटहरीकाे मनिष फ्रुट सेन्टरका

    • प्रकाशित मितिः साउन २५, २०७७
    • 1,130 पटक पढिएको
    • " तेजबहादुर बन"
  • थप ३सय ८०जनामा कोरोना संक्रमण पुष्टि,४० जना डिस्चार्ज भएर घर फर्किए

    काठमाडौ आइतबार, श्रावण २५/  आज थप  ३सय ८० जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस व्रिफिङको क्रममा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए । यो सगै नेपालमा संक्रमितको संख्या २२ हजार ९सय ७२  जना  पुगेको छ ।  नेपालमा हालसम्म ७४ जना संक्रमितको मृत्यु भएको छ। पछिल्लो २४ घण्टामा थप  ४०  जना संक्रमित निको भएर डिस्चार्ज भएका छन् । यो सँगै नेपालमा कुलडिस्चार्ज हुनेको संख्या १६ हजार ३ सय५३ जना  जना रहेका छन् ।

    • प्रकाशित मितिः साउन २५, २०७७
    • 916 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • विराटनगरमा संक्रमितको संख्या ३ सय हाराहारी

    विराटनगर । विरानगरमा कोरोना संक्रमितको संख्या तीन सय हाराहारी पुगेको छ । परीक्षण गरिएका थप नमूनारको रिपोट प्राप्त भएपछि संक्रमितको आँकडा बढ्दै गएको हो । विराटनगरमा थप २२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । विराटनगर–९ का ११ जनासहित थप २२ जनामा कोरोना देखिएको विराटनगर महानगरपालिकाको जनस्वास्थ्य महाशाखाले जनाएको छ । विराटनगरमा पछिल्लो पटक थपिएका संक्रमितसंगै अबको संखया २ सय ७८ पुगेको छ । आइतबार थप रिर्पोट आउने बताइएको छ । महानगरको जनस्वास्थ्य महाशाखा प्रमुख रमेश कार्कीले परीक्षण बढेसंगै संक्रमित संख्या पनि थपिन थालेको जानकारी दिएका छन् । विराटनगरमा कोरोनाबाट ३ जनाको मृत्यु भएको छ

    • प्रकाशित मितिः साउन २५, २०७७
    • 2,426 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • साहित्यकार भिम खतिवडा सहित ३ जनालाई अम्बर नेम्बाङ स्रस्टा सम्मान

    सुनसरी । साहित्यकार प्रा. डा. भिम खतिवडा अम्बर नेम्बाङ स्रस्टा सममान बाट पुरस्कृत भएका छन् । कोशिपत्र दैनिकका साहित्यिक बिधाका नियमित स्तम्भकार खतिवडा ५० हजार रुपैया सहित पुरस्कृत भएका हुन् । फाल्गुनन्द गाउँपालिका द्वारा स्थापित पर्यावरण साहित्यका अभियन्ता अम्बर कुमार नेम्बाङ्को स्मृतीमा सम्मान तथा पुरस्कृत गरिएको हो । सेहोनाम्लाङ साहित्य समाजको आयोजना र नौलो साहित्यिक बिहान समाज, नेपाल पाँचथरको सहआयोजनामा भएको कार्यक्रममा खतिवडा सहित ४० हजार राशिको अमर नेम्वाङ युवा स्रष्टा पुरस्कारबाट पाँचथरका मधुराज केरुङ र रु.१० हजार राशिको अमर नेम्वाङ नव प्रतिभा प्रोत्साहन पुरस्कारबाट फाल्गुन्द गा.पा. २ क

    • प्रकाशित मितिः साउन २५, २०७७
    • 1,097 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • बिपिका दुई चिकित्सकमा कोरोना संक्रमण

     धरान । वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका चिकित्सकलाइ पनि कोरोना संक्रमण देखिएको छ । प्रतिष्ठानको दुई जना चिकित्सकमा कोरोना संक्रमण देखिएको हो । इएनटी र बायोकेमेष्ट्री विभागका डाक्टरको पिसिआर रिपोर्ट पोजेटिभ आएको प्रतिष्ठानका प्रबक्ता डा. निदेश सापकोटाले बताए । हो । दुवैको अवस्था सामान्य रहेको छ । उनी हरुको कन्ट्याक्ट् ट्रेसिङ गर्ने तयारी भैरहेको उनले बताए ।

    • प्रकाशित मितिः साउन २५, २०७७
    • 971 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved