इटहरी । सुनसरीको इटहरीमा थप दुइ जनामा कोरोना पुष्टि भएको छ । धनकुटा घर भएकी तर इटहरीमा बस्दै आएकी प्रदेश एककि सांसद कुसुम श्रेष्ठ सहित २ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । श्रेष्ठले आफ्नो फेशबुकबाट संक्रमण भएको सार्वजनिक गरिसकेकी छिन् । गत साउन २४ गते धरान स्थित एन्फा क्वारेन्टाइनमा उनको स्वाव परीक्षण गरिएको थियो । २८ गते बिहान प्राप्त रिपोर्ट अनुसार आफुलाइ कोरोना पुस्टी भएको सार्बजनिक गरेकी थिइन । उनि हाल इटहरी ४ मा बस्दै आएकि छिन् । त्यसैगरी उनकै श्रीमान् लाई पनि कोरोना संक्रमण पुष्टि भएको छ । दुवैजनाले एकैदिन एकै स्थानबाट स्वाब संकलन गरीएको थि
धरान । कोरोनाको संक्रमण बढ्दै गए पछि धरान उपमहानगरपालिकाले थप १ साता लकडाउन घोषणा गरेको छ । आज बसेको नगरपालिका बैठकले भदौ ३ गते सम्म लकडाउन गर्ने निर्णय गरेको हो । यसअघिको साउन २२ गतेदेखिको लकडाउनको समय आज मध्यराती १२ बजे सकिदैछ। यस्तै, बाहिरी नाकाबाट आउन खाद्यान्न, तरकारी, दुधलाई रोक्ने निर्णय गरेपनि आन्तरिक उत्पादनलाई भने सहजीकरण गर्ने निर्णय भएको कार्यपालिका सदस्य तथा वडा नम्बर १७ का अध्यक्ष मनोज भट्टराईले बताए । धरान बाहिरबाट दुध, तरकारी आउन नदिने तर धरानभित्रैको उत्पादनलाई सहजीकरण गर्ने निर्णय भएको उनले बताए । उनले भने,‘धरानको विष्णुपादुका, पाँचकन्या, बसन्तटारको दुध, सब्जी सहजीकरण
विराटनगर । धनकुटाबाट प्रदेशसभामा प्रतिनिधित्व गर्ने नेकपाकी सांसद कुसुम श्रेष्ठलाई कोरोना संक्रमण भएको छ । स्वाब परीक्षणको रिर्पोट आएपछि बुधबार श्रेष्ठमा कोरोना संक्रमण पुष्टि भएको हो ।सांसद श्रेष्ठका अनुसार ज्वरो आएर स्वास्थ्यमा समस्या भएपछि चेकजाँच गर्दा कोरोना पोजेटिभ आएको बताइन । अहिले स्वास्थ्य अवस्था सामान्य रहेको श्रेष्ठले जानकारी दिएकी छन् । यसअघि प्रदेश १ का न्यायाधीवक्ता चुणामणी आचार्यलाई कोरोना संक्रमण देखिएको थियो । परिवारसहित उनी आईसोलेसनमा छन् ।सांसद श्रेष्ठले सामाजिक संजालमा स्टाटस लेख्दै एक सातादेखि आफूँसंग सम्पर्कमा आएका व्यक्तिहरुलाई सावधान रहन र आवश्यक परे स्वास्थ्य परीक्षण
भेडेटार । नेपाल बंगलादेश बैँक लिमिटेड साँगुरीगढी शाखाले सागुरीगढी गाँउपालिका र इलाका प्रहरी कार्यालय भेडेटारलाइ स्वास्थ्य सामाग्री हस्तान्तरण गरेको छ । बैँकका शाखा प्रमुख विनम श्रेष्ठका अनुसार सागुरीगढी गाउपालिकालाई पहिलो चरणमा ८ थान फेस सिल्ड र ८ थान एन ९५ मास्क उपलब्ध गराइएको बताए ।गाउपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुर्यबहादुर भण्डारीलाई स्वास्थ्य समाग्री हस्तान्तरण गरिएको श्रेष्ठले जानकारी दिए । यसको उपयोगिता र प्रभाबकारीकालाई हेरेर पुनः सहयोग गर्न सकिने उनले जानकारी दिए । त्यसैगरि इलाका प्रहरी कार्यालय भेडेटारमा पनि बैकले पहिलो चरणमा १६ थान फेस सिल्ड र ८ थान एन ९५ मास्क उपल
सुनसरी । भदौ १ गते संचालन गर्न दिइने भनिएको स्कुल तथा सार्वजनिक यातायात लगाएतका होटल व्यवसाय भदौ १६ गते देखि मात्रै संचालन गर्न पाउने सरकारले निर्णय गरेको छ । सरकारका प्रवक्ता एवं अर्थ, सञ्चार तथा सुचना प्रविधिमन्त्री डा. युवराज खतिवडाले यस अघि साउन ५ गतेको मन्त्रिपषिद्को बैठकले होटल रेस्टुरेन्ट, ट्राभल, ट्रेकिङ खोल्ने निर्णय गरे पनि त्यसलाई परिमार्जन गरी होटल रेस्टुरेन्टबाट तयारी खाजा लैजान (टेक अवे)को लागि मात्रै खोल्न दिने निर्णय मन्त्रिपरिषद्ले गरेको बताए । भदौ १ गतेदेखि सञ्चालन गर्न दिने निर्णयलाई परिमार्जन गरी भदौ १६ गते पु¥याएको छ । जसमा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले तोके
धरान । भन्सार छलि गरी ल्याइएको ८० बोरा तयारी खैनी (सुर्ती) सुनसरी जिल्ला प्रहरी कार्यालयले पक्राउ गरेको छ । मंगलबार बिहान भारतीय बजारबाट नेपाल तर्फ भन्सार छलि गरि ठुलो मात्रामा खैनी भण्डारण गरिएको भन्ने सुचनाको आधारमा प्रहरीले छापा मारेको थियो । प्रहरी निरिक्षकको नेतृत्वमा गएको टोलिले तयारी खैनी ५८ बोरा र खुल्ला खैनि २२ बोरा बरामद गरेको हो । सुनसरीको बर्जु गाउँपालिकाको वडा नम्बर ५ मा भण्डारण गरि राखएको अवश्थामा सुर्ति पक्राउ गरेको जनाएको छ । बरामद भएका सुर्तिको मुल्य स्थानीय बजार अनुसार ४ लाख रुपैया पर्ने प्रहरीले जनाएको छ । थप आवश्यक कारवाहीका लागि सुनसरी भन्सार कार्यालय कोशी ब्यारेज पठाइएको
दुहबी / सावन २७। सुनसरीको दुहवीमा फेरी ७ जनामा कोरोना (कोभिड–१९) संक्रमित पुष्टि भएको छ । दुहवी नगरपालिकाका वडा नं. ६ का ४ जना , वार्ड नं. ९ का १ जना, वार्ड नं. १० का १ जना, वार्ड नं. १२ का १ जना गरी ७ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । हाल उनिहरुको स्वस्थ्य अवस्था समान्य रहेको र चाडै नै आसोलेसनमा लैजाने तयारी भईरहेको दुहवी नगरपालिकाका स्वास्थ्य शाखाका प्रमुख विन्देशर प्रसाद महतोले बताए । दुहवी नगरपालिकाले स्वाब संकलन गरी स्वाब परिक्षणको लागि धरान स्थित विपी कोईरालामा पठाएका १०२ जनाको परिक्षण गर्दा हिजो ४४ जना तथा आज बिहान २८ जनाको रिपोर्ट नेगेटीभ आएको र अहिले ७ जनाको रिपोर्ट पोजेटीभ
धरान / धरान स्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट आज थप ४ जना प्रतिष्ठानबाट डिस्चार्ज भएको प्रतिष्ठानका प्रवक्ता डा. निदेश सापकोटाले जानकारी दिए । उनका अनुसार प्रतिष्ठानमा हाल जम्मा १ सय २ जना संक्रमित उपचाररत छन् भने २ सय ९६ जना निको भएर प्रतिष्ठानबाट डिस्चार्ज भएका छन् । सय हाल सम्म प्रतिष्ठानमा २० हजार १७५ पिसि आर परिक्षण गरिएको छ भने पछिल्लो २४ घण्टामा ३ जना नयाँ भर्ति भएका छन् ।
धरान । बाह्र वर्ष अघि कर्तव्य ज्यान मुद्धामा फरार रहेका सुनसरीको दुइ जनालाई जिल्ला प्रहरी कार्यालय सुनसरीले पक्राउ गरि कैद भुक्तानका लागि जिल्ला अदालत बुझाएको छ । जिल्लाको साविक एकम्बा गाउँपालिका वडा नम्बर ४ का सुरेन कुमार ठाकुरको हत्या गरेको आरोपमा बक्लौरी ६ का तुलसी चौधरी र टाइसन भन्ने मिङमा दोर्जे शेर्पालाई प्रहरीले पक्राउ गरि अदालत बुझाएको छ । चौधरी र शेर्पाले २०६४ साल वैशाख २८ गते सुनसरीको चाँदवेला गाविस स्थित वडा नम्बर ७ मा एक विवाह घरमा छुरा प्रहार गरि हत्या गरेका थिए । दोषिद्वयलाई जिल्ला अदालतले २०७१ साल साउन २६ गते कैदको फैसला सुनाएको थियो । अदालतले चौधरीलाई २१ वर्ष ६ महिना र शेर्पाल
धरान । त्रिभुवन विश्वविद्यालयमा आंशिक प्राध्यापकको रुपमा काम गर्दै आएका प्राध्यापकहरुलाई करार गर्न माग गर्दै भइरहेको आन्दोलनको कुनै सुनुवाई नभएको भन्दै आव्हान गरेको देशव्यापी आन्दोलन अनुरुप धरान स्थित महेन्द्र बहुमुखी क्याम्पस प्रमुखको कक्षमा तालाबन्दी गरिएको छ । नेपाल आंशिक प्राध्यापक संघ, महेन्द्र बहुमुखी क्याम्पस धरानले विश्वविद्यालयले अफै पनि आंशिक प्राध्यापकहरुको माग पुरा नगरेकाले अनिश्चित कालीन तालाबन्दी गरेकोहो । संघका अध्यक्ष किशोर कुमार राई र सचिव विज्ञान शर्माद्वारा संयुक्त हस्ताक्षरित विज्ञप्ती जारी गर्दै क्याम्पस प्रमुखको कार्यकक्षमा तालाबन्दी गरिएको जनाएको छ । ‘नेपाल आंशिक