स्कुल, यातायात, होटल व्यवसाय भदौ १६ गते सम्म बन्द

  • साउन २७, २०७७
  • "कोशीपत्र/संवाददाता"
alt

सुनसरी । भदौ १ गते संचालन गर्न दिइने भनिएको स्कुल तथा सार्वजनिक यातायात लगाएतका होटल व्यवसाय भदौ १६ गते देखि मात्रै संचालन गर्न पाउने सरकारले निर्णय गरेको छ ।

सरकारका प्रवक्ता एवं अर्थ, सञ्चार तथा सुचना प्रविधिमन्त्री डा. युवराज खतिवडाले यस अघि साउन ५ गतेको मन्त्रिपषिद्को बैठकले होटल रेस्टुरेन्ट, ट्राभल, ट्रेकिङ खोल्ने निर्णय गरे पनि त्यसलाई परिमार्जन गरी होटल रेस्टुरेन्टबाट तयारी खाजा लैजान (टेक अवे)को लागि मात्रै खोल्न दिने निर्णय मन्त्रिपरिषद्ले गरेको बताए । भदौ १ गतेदेखि सञ्चालन गर्न दिने निर्णयलाई परिमार्जन गरी भदौ १६ गते पु¥याएको छ । जसमा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले तोकेको मापदण्ड अनुसार छोटो, मध्यम र लामो दूरी सञ्चालन गर्न दिने भनिएकोमा भदौ १६ गते सार्ने निर्णय गरेको छ ।

त्यसै गरि सरकारले १० सीमा नाकाबाट मात्रै नेपाल प्रवेश गर्न पाउने निर्णय गरेको छ । यस अघि मन्त्रिपरिषद्को २०७७ जेठ १२ गतेको निर्णयबाट २० वटा सीमा नाकाबाट नेपाल प्रवेश गर्न पाउने व्यवस्था गरेको थियो । तर पछिल्लो केहीदिन यता कोभिड १९ संक्रमणको अवस्था बढेको भन्दै सोमबारको बैठकले त्यसलाई संशोधन गरी विभिन्न १० सीमा नाकाबाट मात्रै नेपाल प्रवेश गर्न पाउने व्यवस्था गरेको हो ।

मन्त्री खतिवडाले झापाको काकडभिट्टा, मोरङको रानी, सिरहाको माडर, रौतहटको गौर, पर्साको वीरगंज, रुपमन्देहीको बेहलिया, कपिलवस्तुको कृष्णनगर, बाँकेको जमुनाहा, कैलालीको गौरीफण्टा र कन्चनपुरको गड्डाचौकीबाट मात्रै नेपाल प्रवेश गर्न पाइने निर्णय भएको बताए । भदौ ३१ गते मध्यरात सम्मका लागि नेपाल प्रवेश गर्ने सबै प्रवेश विन्दुमा आवागमन स्थगित गर्ने निर्णय समेत मन्त्रिपरिषद्ले गरेको छ । तर मन्त्रिपरिषदको जेठ १२ गतेको निर्णय अनुसार स्वदेश आउनै पर्ने अवस्थामा रहेका नेपाली नागरिकलाई नेपाल प्रवेश गर्न सहजिकरण गर्नै सम्बन्धी आदेश २०७७ बमोजिम स्थलमार्गमा तोकिएको नाकाबाट आउन र मालसामान ढुवानी गर्ने मालबहाक साधनलाई आउन दिने र यस आदेशको पालना नगरी आउनेलाई कानुन बमोजिम कारबाही गर्ने निर्णय समेत गरेको छ ।

शैक्षिक संस्था, सभा गोष्ठि तालिम सेमिनार, प्रदर्शन भेला सम्मेलन, सिनेमाहल पार्टीप्यालेस सैलुन, खेलकूद, पुस्तकालाय लगायतका क्षेत्र बन्द गर्ने निर्णय समेत गरेको छ ।

 

मिसेस स्टेट २०२५ का ...

धरान/ विवाहित महिलाहरुलाई लक्षित मिसेस स्टेट, कोशि प्रद ...

धरान र झापाबाट ब्राउ ...

विराटनगर/ धरान र झापा क्षेत्रबाट प्रहरीले लागू औषध ...

“एस.ई.ई. स्पिकर–२०८१ ...

धरान/ माध्यमिक शिक्षा परीक्षा (एस.ई.ई.) दिएर बसेका ...

धरान सहित कोशीमा जमि ...

सुनसरी/ कोशी प्रदेशको राजधानी विराटनगरमा जमिन भासि ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved