विराटनगर । धनकुटाबाट प्रदेशसभामा प्रतिनिधित्व गर्ने नेकपाकी सांसद कुसुम श्रेष्ठलाई कोरोना संक्रमण भएको छ ।
स्वाब परीक्षणको रिर्पोट आएपछि बुधबार श्रेष्ठमा कोरोना संक्रमण पुष्टि भएको हो ।
सांसद श्रेष्ठका अनुसार ज्वरो आएर स्वास्थ्यमा समस्या भएपछि चेकजाँच गर्दा कोरोना पोजेटिभ आएको बताइन । अहिले स्वास्थ्य अवस्था सामान्य रहेको श्रेष्ठले जानकारी दिएकी छन् ।
यसअघि प्रदेश १ का न्यायाधीवक्ता चुणामणी आचार्यलाई कोरोना संक्रमण देखिएको थियो । परिवारसहित उनी आईसोलेसनमा छन् ।
सांसद श्रेष्ठले सामाजिक संजालमा स्टाटस लेख्दै एक सातादेखि आफूँसंग सम्पर्कमा आएका व्यक्तिहरुलाई सावधान रहन र आवश्यक परे स्वास्थ्य परीक्षण गराउन आह्वान गरेकी छन् ।