समाचार

    Showing 8,771-8,780 of 10,052 items.
  • मूल्यपाउन आन्दोलन गर्दै चिया किसान

    इलाम / २०७७ साल भदौमा चिया किसानले स्थानीय तहले तोकेको न्यूनतम मूल्यसमेत नपाएको भन्दैसंघर्ष समिति नै बनाएर किसान आन्दोलनमा उत्रिए । स्थानीय तहले तोकेको मूल्य उद्योगले नदिएको भन्दै जिल्ला प्रशासन कार्यालय पुगेका चिया किसान यसअघि भएका सम्झौता कार्यान्वयन गरिदिन सहायक प्रमुख जिल्ला अधिकारी मोहन न्यौपानेलाई लिखित मागपत्र पेश गरे । पटक पटक आन्दोलनमा उत्रिए चिया किसान कहिले सम्म आन्दोलन गरिरहनु पर्ने कुनै टुङ्गो छैन । कोरोना संक्रमणका कारण राम्रो मुल्यमा विक्री हुने चियाको फष्ट फ्लस ‘पहिलो टिपाइको मुना’ बारीमानै हुर्किएपछि चिन्तित किसान सूर्योदय नगरपालिकाले चिया टिपाई शुरु गर्ने नि

    • प्रकाशित मितिः भदौ २३, २०७७
    • 934 पटक पढिएको
    • "भगीरथ भण्डारी"
  • नेपाली भुमिमा लगाइएको धानबालीमा आएको भारतिय भैंसी खेदाउदा भारतियको कुटपिटबाट नेपालीको मृत्यु

    धरान । नेपाली भुमिमा लगाइएको धानबालीमा भारतिय सिमाबाट छिरेको  भैंसी धपाउन जादा भारतियको कुटाइबाट नेपालिको मृत्यु भएको छ ।  सप्तरीको डाक्नेश्वरी नगरपालिका ६ कटैया दशगजामा भारतीयको कुटाईबाट घाइते भएका३५ बर्षीय नेपाली नागरिक रामदेव यादवको भदौ २१ गते मृत्यु भएको हो । घाइते भएका रामदेबको उपचारका क्रममा धरान स्थित बिपि कोइराला स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा मृत्यु भएको छ ।  प्रहरीका अनुसार भदौ ६ गते भएको घटनामा भारत बिहारको मधुबनी जिल्लाको करियौत गामपञ्चायत ८ का १९ बर्षीय प्रदिप चौधरी, २० बर्षीय देवगोरा यादव र १८ बर्षीय सरोज यादवले रामदेवको धानबालीमा भैसी चराएका थिए । रामदेवले

    • प्रकाशित मितिः भदौ २३, २०७७
    • 911 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • धनकुटाको निषधेज्ञा खुल्यो

    धनकुटा, २३ भदौ ÷कोरोना संक्रमणको अवस्था स्थिर रहेपछि धनकुटामा जारी गरिएको निषेधाज्ञा हटाइएको छ । जिल्ला संकट व्यवस्थापन समिति (डिसिसीएमसी) बसेको बैठकले सिमामा कडाइ गर्दै आउँदो आजदेखि निषेधाज्ञा हटाउने निर्णय गरेको हो । बैठकले कोरोना भाइरसको भयाभह अवस्था रहेका जिल्लासँग जोडिएका नाकामा बाह्य आगमनलाई ठप्प पार्ने र सरकारले रोक लगाएका बाहेक व्यापार, व्यवसायलाई सुचारु गर्ने निर्णय गरेको सहायक प्रमुख जिल्ला अधिकारी भोजराज श्रेष्ठले बताए । प्रत्यक्ष रुपमा तराईका जिल्लासँग जोडिएका ठाउँबाट आउने सवारी तथा सर्वसाधरणको आवागमनलाई ठप्प पार्ने र अन्य मापदण्डअनुसार खोल्ने निर्णय भएको भएको सहायक प्रजिअ

    • प्रकाशित मितिः भदौ २३, २०७७
    • 1,015 पटक पढिएको
    • "सन्तोष रुचाल"
  • बीपी जयन्तीका अवसरमा मोरङ कांग्रेसको चार दिने कार्यक्रम

    विराटनगर । मोरङ कांग्रेसले चार दिनसम्म विविध कार्यक्रम गरी बीपी जयन्ती तयारी गरेको छ । पार्टीको विराटनगरमा उपलब्ध पदाधिकारी तथा जिल्ला सदस्यहरुको सहभागी भएको बैठकले बीपी जयन्ती मनाउने निर्णय गरेको पार्टी सचिव नागेश कोइरालाले जानकारी दिए । भदौ २४, २५,२६ र २७ गते चार दिनसम्म बीपी जयन्ती मनाउने निर्णय गरिएको बताउँदै कोइरालाले भने,“पहिलो दिन बीपीको सालिक भएको स्थानमा माल्यार्पण गरिने छ । लेटाङ र बीपी सेवा केन्द्रमा मनाइने कार्यक्रममा भौतिक दूरी कायम गर्दै सीमित कांग्रेस कार्यकर्ताहरु सहभागी हुनु हुनेछ ।” त्यसको भोलिपल्ट मोरङका १७ स्थानीय तहका सभापति तथा पदाधिकारीसंग भर्चुअल छलफल गरिने

    • प्रकाशित मितिः भदौ २२, २०७७
    • 915 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • प्रदेश १ मा १ लाखको पीसीआर परीक्षण

    विराटनगर–प्रदेश १ मा १ लाख बढीको पीसीआर परीक्षण भएको छ । आज सम्म १ लाख ३४८ जनाको पीसीआर परीक्षण भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । सोमबार १ हजार ८६० जनाको परीक्षण भएको छ । हाल सम्म परीक्षण गरिएका मध्ये ९६ हजार १७१ जनाको रिपोर्ट नेगेटिभ आएको छ । पीसीआर परीक्षण गरिएका मध्ये ४ हजार १७७ को पोजेटिभ आएको मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानबाट ४० हजार ६४३, प्रदेश जनस्वास्थ्य प्रयोगशाला विराटनगरबाट ३१ हजार ३४३, कोशी अस्पताल विराटनगरबाट २५ हजार ४३६, मेची अस्पताल झापाबाट २ हजार ८९१ र अन्य प्रयोगशालाबाट ३५ जनाको परीक्षण भएको छ । प्रदेश

    • प्रकाशित मितिः भदौ २२, २०७७
    • 1,307 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • धुलिखेल समाज धरानमा युगल श्रेष्ठ तखाछेंको अध्यक्षतामा नयाँ कार्यसमिति चयन

    धरान / धुलिखेल समाज धरानमा युगल श्रेष्ठ तखाछेंको अध्यक्षतामा नयाँ कार्यसमिति चयन भएको छ । आगामि ३ वर्षका लागि प्रथम उपाध्यक्षमा ईन्दु श्रेष्ठ कोजु, दुतीय उपाध्यक्षमा सुनिल श्रेष्ठ तुसुजु, सचिवमा मोहन श्रेष्ठ गज्याजु, कोषध्यक्षमा भिम श्रेष्ठ धालाछें, सहसचिवमा अभिमन्यू श्रेष्ठ खाछें, सदस्यहरुमा निःल श्रेष्ठ तुसुजु, प्रदिप श्रेष्ठ गज्याजु, अनिता श्रेष्ठ धालाछें, मेहरलाल श्रेष्ठ याकाछे., राजेन्द्र श्रेष्ठ तक्सारी, मेन कुमार श्रेष्ठ ध्वजु, सुमन श्रेष्ठ चोच्छे, निविरोध निर्वाचित भएको छ । संस्थाको विधान अनुरुप १५ जनाको कार्यसमिति रहेको जस्मा वर्तमान अध्यक्ष दिपक कुमार श्रेष्ठ कोजु निवर्तमान अध्यक्ष र

    • प्रकाशित मितिः भदौ २२, २०७७
    • 974 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • प्रदेश १ मा १ सय ५५ संक्रमित थपिए, ५२ जना डिस्चार्ज

    विराटनगर, २२ भदौ । प्रदेश १ मा आज १ सय ५५ जना कोरोना संक्रमित थपिएका छन् । दैनिक संक्रमणमा यो अहिले सम्मकै उच्च हो । मोरङमा ६७, सुनसरीमा ६६, झापामा १५, पाँचथरमा ६ र उदयपुरमा १ जनामा संक्रमण देखिइको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार विराटनगरमा आज ५१ जनामा संक्रमण देखिएको छ । संक्रमण देखिएका मध्ये २० महिला र ३१ पुरुष छन् । मोरङको रतुवामाईमा ५ पुरुष, बेलबारीमा ५ पुरुष, जहदामा १ महिला २ पुरुष र धनपालथानमा ३ पुरुषमा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । उता सुनसरीको इनरुवामा २४ महिला १८ पुरुष, इटहरीमा ५ महिला १० पुरुष, धरानमा ४ पुरुष, दुहवीमा २ पुरुष, रामधुनीम

    • प्रकाशित मितिः भदौ २२, २०७७
    • 1,056 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • सुनसरीमा १ हजार २३ पुगे कोरोना संक्रमित

    धरान । सुनसरीको इनरुवा नगरपालिकामा ४० जना कोरोना संक्रमण पुष्टि भए सँगै जिल्लामा ५२ जनामा एकै दिन कोरोना संक्रमित थपिएका छन् । जिल्लामा कोरोना संक्रमितको संख्या १ हजार २३ जना पुगेका छन् । स्वास्थ्य कार्यालय सुनसरीका अनुसार सोमबार इनरुवा नगरपालिकामा ८ पुरुष सहित २३ जना हिलासुनसरीमा आज ५२ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य कार्यालय सुनसरीका अनुसार इनरुवा नगरपालिकामा ४० जना, इटहरी उपमहानगरपालिकामा १० जना र गढी गाउँपालिकामा २ जनामा कोरोना पुष्टि भएको हो । सबै भन्दा धेरै कोरोना संक्रमित देखिएको इनरुवाको ५ नम्बर वडा नै सिल गरिएको छ । वडा नम्बर ५ मा मात्रै ३८ जनामा हिजो साँझ कोरोना संक्रमण

    • प्रकाशित मितिः भदौ २२, २०७७
    • 833 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • विराटनगरमा थप एक संक्रमितको मृत्यु

    विराटनगर । विराटनगरमा थप एकजना कोरोना संक्रमित मृत्यु भएको छ। कोशी अस्पताल मातहतको कोभिड–१९ उपचार केन्द्रमा सोमबार संक्रमित पुरुषको मृत्यु भएको हो । उनी विराटनगर महानगरपालिका वडा नम्बर १० निवासी हुन । ७६ वर्षीय पुरुषको बिहान सबा ३ बजे उपचारको क्रममा मृत्यु भएको कोसी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा।चुमनलाल दासले बताएका छन । उनी होम आइसोलेसनमै रहंदा स्वास्थ्य समस्या देखिएपछि परिवारले शनिबार अस्पताल भर्ना गरेका थिए । उनमा गत भदौ ११ गते संक्रमण पुष्टि भएको थियो । मृतकमा उच्च रक्तचापको समस्या रहेको बताईएको छ । विराटनगरमा कोरोना संक्रमणबाट १५ जनाको मृत्यु भइसकेको छ ।

    • प्रकाशित मितिः भदौ २२, २०७७
    • 795 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • जनशक्ति आइसोलेसनमा बसे पछि सुरक्षाकर्मीको अभाव (भिडियो सहित)

    धरान । शान्ति सुरक्षाका लागि खटिएका प्रहरीहरुमा कोरोना संक्रमणको दर बढ्दै गएको छ । विभिन्न अपराधमा पक्राउ परेका अभियुक्तहरु सँगको सम्पर्कमा रहेका प्रहरीबाटै ब्यारेकमा समेत कोरोना संक्रमण फैलिदै गएको हो । विभिन्न अपराधमा पक्राउ परेका अभियुक्तहरुबाट प्रहरी हिरासत भित्र रहेका थुनुवामा पनि संक्रमण फैलिएको पाइएको छ भने बयान लिने क्रममा, अभियुक्त सँगैको सम्पर्कमा रहेका प्रहरीबाट ब्यारेकका अन्यमा पनि कोरोना संक्रमण फैलिदै गएको हो । सुनसरीमा दोस्रो पटकको लकडाउन घोषणा भए पश्चात समुदाय स्तरमा कोरोना संक्रमण फैलिदै गएको छ भने प्रहरीहरुमा पनि देखिन थालेको हो । जिल्लामा १ हजार ५ जना प्रहरी ड्युटीमा खटिएक

    • प्रकाशित मितिः भदौ २२, २०७७
    • 986 पटक पढिएको
    • "दिनेश गजमेर"

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved