धनकुटाको निषधेज्ञा खुल्यो

  • भदौ २३, २०७७
  • "सन्तोष रुचाल"
alt

धनकुटा, २३ भदौ ÷कोरोना संक्रमणको अवस्था स्थिर रहेपछि धनकुटामा जारी गरिएको निषेधाज्ञा हटाइएको छ ।
जिल्ला संकट व्यवस्थापन समिति (डिसिसीएमसी) बसेको बैठकले सिमामा कडाइ गर्दै आउँदो आजदेखि निषेधाज्ञा हटाउने निर्णय गरेको हो ।

बैठकले कोरोना भाइरसको भयाभह अवस्था रहेका जिल्लासँग जोडिएका नाकामा बाह्य आगमनलाई ठप्प पार्ने र सरकारले रोक लगाएका बाहेक व्यापार, व्यवसायलाई सुचारु गर्ने निर्णय गरेको सहायक प्रमुख जिल्ला अधिकारी भोजराज श्रेष्ठले बताए ।

प्रत्यक्ष रुपमा तराईका जिल्लासँग जोडिएका ठाउँबाट आउने सवारी तथा सर्वसाधरणको आवागमनलाई ठप्प पार्ने र अन्य मापदण्डअनुसार खोल्ने निर्णय भएको भएको सहायक प्रजिअ श्रेष्ठले बताए । कोरोना प्रभावको सुरुदेखिको अवस्थालाई समीक्षा गर्दै जोखिम रहेपनि परिस्थिति केही सहज बन्दै गएकाले सर्वसाधारणको दैनिकीलाई सहज बनाउन सुचारु गर्ने निर्णय गरेको हो ।

प्रशासनले धनकुटामा सरुवा भएर आएका २ जना प्रहरीमा साउन २८ गते संक्रमण देखिएपछि साउन २९ गतेदेखि भदौ ४ गतेसम्म धनकुटा नगरपालिकाका ६ वटा वडा निषेधाज्ञा जारी गरेको थियो । त्यस्तै गएको भदौ ३ गते सहिदभूमि गाउँपालिकाका स्वास्थ्यकर्मीलाई कोरोना संक्रमण देखिएपछि प्रशासनले उनको सम्पर्क व्यापक रुपमा रहेकाले समुदायस्तरमा नफैलिओस् भनेर भदौ ४ गतेबाट ११ गतेसम्म धनकुटा जिल्लाभर निषेधाज्ञा थप गरेको थियो ।

यता जिल्लामा कोरोना संक्रमितको कन्ट्याक्ट टे«सिङमा रहेकाहरुको पिसिआर परीक्षण गर्ने काम भईरहेकाले समुदायस्तरमा नफैलिओस् प्रशासनले पुनः भदौ १७ गतेसम्म निषेधाज्ञा थपेको थियो ।

निषेधाज्ञाको बीचमा भदौ १३ गते धनकुटामा एकै पटक १९ जनामा कोरोना संक्रमण देखिएको तथा सोही दिन धनकुटा आएका प्रदेश नम्बर १ का सामाजिक विकास मन्त्री जीवन घिमिरेलाई समेत धनकुटाबाट विराटनगर फर्केलगत्तै कोरोना संक्रमण पुष्टि भएपछि स्थानीय प्रशासनले निषेधाज्ञा बढाएर भदौ २२ गतेसम्म लम्ब्याएको थियो ।

पटक–पटक समय थप गर्दै गरिएको निषेधाज्ञाका कारण अस्तव्यस्त बनेको जिल्लाको जनजीवन आजदेखि सामान्य बन्दै गएको छ ।

धरानमा पहिलोपटक महिल ...

धरान/  धरानमा पहिलोपटक महिला क्लबस्तरीय फुटबल ...

धरानमा एसईई आइडल सिज ...

सुनसरी/धरानमा एसईई आइडल सिजन–५ को ग्रान्ड फिनाले ...

कोशी नदीको पानी ल्या ...

धरान/ धरान उपमहानगरपालिकामा कोशी नदीको पानी ल्याउन ...

वराहक्षेत्रमा एकीकृत ...

चक्रघट्टि/ वराहक्षेत्र नगरपालिकामा आधारभूत तह (कक् ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved