समाचार

    Showing 8,721-8,730 of 8,739 items.
  • प्रदेश सरकारले बिस्फोटमा परि ज्यान गुमाउने बालबालिकाका परिवारलाई राहत दिन सिफारिश गर्ने

    रोल्पाको त्रिवेणी गाँउपालिकामा हिजो साझ करिब ६ बजे भएको दर्दनाक घटनाप्रति प्रदेश नं ५ सरकारका मुख्यमन्त्री शंकर पोखरेलले दुःख व्यक्त गरेका छन् । उक्त घटनामा दिवंगतप्रति श्रद्धाञ्जलि व्यक्त गर्दै शोकाकूल परिवारजनप्रति समवेदना पनि व्यक्त गर्दै विस्फोटनमा परेका बालबालिकाका परिवारलाई राहत दिन प्रदेश सरकारले संघीय सरकारलाई सिफारिश गर्ने पनि बताएका छन् । मुख्यमन्त्री पोखरेलले सशस्त्र द्वन्द्वका कारण बेलाबखत यस्ता दुर्घटना हुने गरेको जनाउँदै कुनै शंकास्पद वस्तु देखिएमा नचलाउन र शंकास्पद ठाउँका बारेमा सुरक्षा निकायलाई जानकारी दिन आग्रह पनि गरेका छन् । ५ वर्षीय विजय खत्री, ११ वर्षीया विमला खत्री, १३

    • प्रकाशित मितिः वैशाख १९, २०७७
    • 278 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • क्वारेन्टाइनभित्रै एक युवाले गरे आत्महत्या

    उदयपुर/एक साता देखि क्वारेन्टाइनमा बस्दै आएका उदयपुरको रौतामाई गाउँपालिका–७ गुराँसेका एक युवाले बिहीबार राति आत्माहत्या गरेका छन् । उनले क्वारेन्टाइन भित्रै झुन्डिएर आत्महत्या गरेका हुन् । उदयपुरको जनता क्याम्पस रौतामाई–७ राजाबास क्वारेन्टाइनमा श्रीमतीसहित बस्दै आएका १८ वर्षका सुमन विकले आत्महत्या गरेका हुन् । उनले के कारणले आत्महत्या गरे भन्ने खुलिसकेको छैन् । काठमाडौं बाट लकडाउन पछि बैशाख ११ गते घर फर्किएका उनि क्वारेन्टाइनमा बस्दै आएका थिए ।  

    • प्रकाशित मितिः वैशाख १९, २०७७
    • 488 पटक पढिएको
    • "सन्जोगबाबु दाहाल"
  • सुरक्षाकर्मी र स्वयंसेवकद्वारा खाजा वितरण

    विराटनगर । विराटनगरका युवाले लकडाउनको पूर्ण पालना गराउन सडमा खटिएका सुरक्षाकर्मी तथा प्रहरीको ‘‘साथी म का स्वयंसेवकहरु’’ लाई खाजाको प्रबन्ध गरेका छन् । अहिले सडकमा सुरक्षाकर्मी र प्रहरीको साथी म स्वयंसेवकहरु अहोरात्र खटिएका छन् । अहिले लकडाउनका कारण चोकचोकमा रहेका पसलहरु बन्द छन् । यस्तो अवस्थामा सुरक्षाकर्मी र स्वयंसेवक लाई खाजा वितरण गर्दै आएको बताइएको छ । युवाहरुको समुहले विराटनगरको मिलन चोक, पुष्पलाल चोक तथा अन्य ठाउँमा खटिएका स्वास्थकर्मीहरु लाई खाजा वितरण गरिरहेको छ । ‘‘अप्ठ्यारो परेको अवस्थामा समाजलाई सहजीकरण गर्नु युवाहरुको पनि कर्तब्य हो’&

    • प्रकाशित मितिः वैशाख १९, २०७७
    • 277 पटक पढिएको
    • "कुमार लुईंटेल"
  • प्रथम गायिका रानुदेवीको निधन

    विराटनगर । रेडियो नेपालकी प्रथम गायिका रानुदेवी (रानु अधिकारी) को निधन भएको छ । ८३ वर्षीया रानुदेवी अल्जाइमर्स र पार्किन्सन्स रोगबाट पीडित थिइन । उनी केही समयअघि मात्र अमेरिकाबाट काठमाडौ फर्किएकी थिइन । छोरा अविन अधिकारीसंग उनी केही समय अमेरिकामा बसेकी थिइन । रानुदेवीका जेठी छोरी र छोरा अमेरिकामा बस्दै आएका छन् । अधिकारीको काठमाडौंस्थित केएमसी अस्पतालमा गएराति निधन भएको हो । कांग्रेस नेतृ मृदुला कोइरालाले अधिकारीका छोरा अविनले अमेरिकाबाट आमाको निधन भएको सन्देश पठाएको जानकारी दिएकी छन । २००७ सालमा स्व. तारिणी प्रसाद कोइरालाले विराटनगरमा स्थापना गरेको रेडियो नेपालबाट क्रान्तिको गीत गाउने गा

    • प्रकाशित मितिः वैशाख १९, २०७७
    • 304 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • ग्यारेजमा आगलागी हुदा ३ वटा कार जलेर नस्ट

    ईटहरी/सुनसरीको ईटहरी -९ ओसेनपार्क स्थितमा रहेको प्रमोद मोटस्स ग्यारेजमा आगलागी भएको छ । हिजो बेलुका साढे ७ बजे रबिन्द्र खड्काले संचालन गर्दै आएको उक्त ग्यारेजमा अचानक आगलागी हुदा तिन वटा कार जलेर नष्ट भएको छ । ग्यारेजमा बनाउनका लागी राखिएको बा २ च ३८७८ नम्बरको, को २ च ८८०३ र को २ झ १४२९ नम्बरको कारमा आगो सल्कदा तिन वटै कार जलेर नष्ट भएको ईलाका प्रहरी कार्यालय ईटहरीले जनाएको छ ।सो आगलागी प्रहरी, स्थानीयवासी र दमकलको सहयोगमा पुर्ण रुपमा नियन्त्रणमा आएको छ ।

    • प्रकाशित मितिः वैशाख १९, २०७७
    • 408 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • लकडाउन उल्लंघन गर्दै लगाइएको इटहरीको बजार हटाइयो

    सुनसरी । लकडाउनको समयमा समेत ठुलो संख्यामा भेला भएर सामाजिक दुरी समेत बेवास्ता गर्दै सुनसरीको इटहरीमा लगाइएको बजार हटाइएको छ । कोरोना भाइरसको संक्रमण नफैलियोस भनेर नेपाल सरकारले अत्यावश्यक काममा समेत सामाजिक दुरी कायम राख्न र अनावश्यक रुपमा घर वाहिर ननिस्कन भन्दै लकडाउन लगाएपनि ठुलो संख्यामा भेला भएर इटहरीमा लगाइएको बजार हटाइएको हो । इटहरी उपमहानगरपालिका, उद्योग वाणिज्य संघ इटहरी लगायत सरोकारवाला निकायहरुको छलफलले विहान ७ बजे देखि १० बजे सम्म सामाजिक दुरी कायम गरी बजार सञ्चालन गर्ने सहमति गरेको थियो तर सहमतीको बेवास्ता गरि लगाइएको बजार उद्योग वाणिज्य संघ इटहरीका बरिष्ठ उपाध्यक्ष दिवस पोखरेल

    • प्रकाशित मितिः वैशाख १९, २०७७
    • 1,485 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • धरानका ४, ५ र ६ मा पनि फौजिकिराको प्रकोप

    धरान । अघिल्लो वर्ष देखि फैलिएको अमेरिकन फौजी किराको प्रकोप यस वर्ष पनि फैलिन शुरु भइसकेको छ । अघिल्लो वर्ष धरान उपमहानगरपालिकाको वडा नम्बर ४, ५, ६ मा धान खेतिमा देखिएको अमेरिकन फौजि किराको प्रकोप यस वर्ष मकै बालिमा देखिन थालेको छ । अहिले तीनै वटा वडाका कृषकहरुले मकै खेति लगाएका छन् । भर्खरै लगाएका मकै बालिमा फौजि किराले क्षति गर्न थालेको किसानहरुले गुनासो गरेका छन् । केही दिन अघि धरानको वडा नम्बर २० मा अमेरिकन फौजि किराको प्रकोप अनुगमन गरिएको थियो । अमेरिकन फौजी किरा अथवा (गुबोदेखि पात नल सबै मर्ने रोग) ले यस वर्ष पनि किसानहरु चिन्तित हुन थालेका छन् । मकै उम्रने बित्तिकैदेखि आक्रमण गरेर प

    • प्रकाशित मितिः वैशाख १९, २०७७
    • 342 पटक पढिएको
    • "दिनेश गजमेर"
  • कार्यदलले बुझायो प्रतिबेदन, लकडाउन खुलेकोे तेस्रो साता एसईई परीक्षा गर्न सिफारिस

    काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष प्रा. डा. चन्द्रमणि पौडेलको नेतृत्वको कार्यदलले माध्यमिक शिक्षा परीक्षा (एसईई) लकडाउन खुलेको ३ हप्तापछि गर्न  सिफारिस गरेको छ ।कार्यदलले बिहीबार शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेललाई बुझाएको प्रतिवेदनमा २५ वैशाखपछि लकडाउनको मोडल फरक भए जेठ अन्तिम साताबाट एसईई परीक्षा गर्न सकिने उल्लेख छ ।प्रतिवेदनमा वैशाख २५ गते भित्र १–९ को नतिजा प्रकाशन गर्ने, २५ पछि सामाजिक दूरी कायम गर्दै भिडभाड नहुने गरी भौतिक दूरी कायम गर्ने गरी भर्ना प्रकिया अगाडि बढाउन सुझाब दिइएको छ ।अब परीक्षा गर्दा कसभर परीक्षार्थीहरु घरको खाना खाएर परीक्षा के

    • प्रकाशित मितिः वैशाख १८, २०७७
    • 873 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • जनप्रतिनिधि खटिए सामाजिक सुरक्षा भत्ता बितरणमा

    वराहक्षेत्र नगरपालिकाले सामाजिक सुरक्षा भत्ता बितरण शुरु गरेको छ ।   बन्दाबन्दीका कारण बैकबाट भत्ता बितरण गर्न नसकिए पछि बैंकका कर्मचारीको सपोर्टमा जनप्रतिनिधि र कर्मचारी समेत खटिएर टोल टोलमा सामाजिक सुरक्षा भत्ता बितरण भैरहेको छ । कोबिड १९ रोग संक्रमणको प्रकोपका कारण अहिले सरकारले मानिसहरु लाई भिड्भाड गर्न बाहिर घुमफिर गर्न दिएको छैन ।   " टोल - टोलमा बितरण गर्दा भिड भाड हुन सक्छ बैकका कर्मचारीलाई असहज हुन सक्छ त्यसैले सामाजिक दुरि कायम गराउनु हाम्रो कर्तब्य हो त्यसैले हामी जनप्रतिनिधि र कर्मचारी पनि खटिएका छौ " वराहक्षेत्र नगरपालिका वार्ड न ४ का अध्यक्ष आशाराम चौधरीले

    • प्रकाशित मितिः वैशाख १८, २०७७
    • 477 पटक पढिएको
    • "अच्युत भट्टराई "
  • प्रदेश १ मा पूर्वबजेट छलफल र बजेट अधिवेशन तोक्न कांग्रेसको माग

    विराटनगर । प्रदेश १ का प्रमुख विपक्षी नेपाली कांग्रेसले कोरोना संक्रमित उदयपुरको भुल्केसहितका क्षेत्रका सबै नागरिकमा कोरोना परीक्षण गर्न माग गरेको छ । कांग्रेस संसदीय दलको विहीबार प्रदेशसभामा भवन विराटनगरमा बसेको बैठकले दूत परीक्षण विधि(आरडीटी) प्रभावकारी नदेखिएकोले स्वाब लिएर ल्याबमा गरिने परीक्षण गर्न कांग्रेसको माग छ । विपक्षी दलका नेता राजिव कोइरालाको अध्यक्षतामा बसेको बैठकले १. प्रदेश सरकारले संघीय र स्थानीय सरकारसंग समन्वय गरी आरडीटी परीक्षण विश्वसनीय नदेखिएकोले त्यसलाई रोकेर पीसीआर परीक्षण बढाउनु पर्नेलगायत माग गरेको छ । बैठकको निर्णयबार कांग्रेस प्रमुख सचेतक केदार कार्कीद्वारा प्रका

    • प्रकाशित मितिः वैशाख १८, २०७७
    • 559 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved