समाचार

    Showing 8,721-8,730 of 10,052 items.
  • पोखरीमा डुबेर नावालिकाको मृत्यू

    इलाम / इलामको माई नगरपालिका २ सेली डाँडाका एक बालीकाको पोखरीमा डुबेर मृत्यू भएको छ । सोहि ठाउँका बिनोद राईको १३ महिनाकी छोरी सबनम राईको पोखरीमा डुबेर मृत्यु भएको जिल्ला प्रहरीकार्यलय इलामले जनाएको छ । दिउसो १२ बजेको समयमा घर छेउमै रहेको पोखरी छेउमा खेल्ने क्रममा अचानक चिलिएर पोखरीमा डुब्दा घाईते भएकी नावालिकालाई उपचारको लागी अस्पताल लैजाने क्रममा बाटोमा नै मृत्यू भएको जिल्ला प्रहरी कार्यालय इलामका प्रहरि उपरिक्षक सूचना अधिकारी लालध्वज सूवेदिले जानकारि दिएका छन । 

    • प्रकाशित मितिः भदौ २८, २०७७
    • 702 पटक पढिएको
    • " भगीरथ भण्डारी"
  • इलाम मालपोतमा दिनभर चलेन नेट

    इलाम / सूर्योदय नगरपालिका ८ कि पम्फा खालिङ जग्गा नामसारिको लागि आएकि थिइन । कोरोना संक्रमणको कारण भएको लकडाउनले सार्वजनिक यातायात नचल्दा गाडि रिजर्भ गरेर आउनुपर्ने मालपोत आएकि उनि नेट नचलेको कारण मालपोतमा काम हुन सकेन । कम नभएपछि उनि घर जानु कि बस्नु दोधारमा थिईन । जाउँ भने इन्टारनेट चलिसक्दा काम हुने बसौ भने इन्टारनेट चल्ने कि नचल्ने कुनै छाँटै थिएन । इलाम नगरपालिका ७ का याम चाँपागाई पनि जग्गा रोक्का र फूकुवाका लागि मालपोतमा पर्खेर बसेका थिए । १० बजे नै कार्यलय पुगेका चापागाँईको रोक्का त भयो तर फूकुवा भने हुन सकेन । जसको कारण हो नेट नचलेर । उनीपनि नेट आछकि भन्ने आशमा पर्खेर बसिरहेका थिए

    • प्रकाशित मितिः भदौ २८, २०७७
    • 715 पटक पढिएको
    • " भगीरथ भण्डारी"
  • नयाँ मुल्य कार्यान्यवनका लागि मासु पसल अनुगमन

    धरान । मासु व्यवसायीहरुले आफु खुशी मासुको मुल्य तोक्न थाले पछि धरान उपमहानगरपालिकाले केही दिन अघि जारी गरेको नयाँ मुल्य कार्यान्यवनका लागि आइतबार मासु पसलहरु अनुगमन गरेको छ । आइतबार (आज) देखि लागु हुने गरि गत शुक्रबार धरान उपमहानगरपालिकाले मुल्य समायोजन गर्दै नयाँ मुल्य सार्वजनिक गरेको थियो । मुल्य समायोजन कार्यान्यवनको विषयमा गरिएको अनुगमनका क्रममा अधिकांश मासु पसलहरुले नयाँ मुल्य कार्यान्यवन गरेको भेटिएको अनुगमन अधिकृत वेद प्रसाद सापकोटाले बताए । सापकोटाका अनुसार धरान १७ रेल्वे, धरान १३, धरान १२ चतरालाइन लगायत विभिन्न ठाउँमा अनुगमन गरिएको थियो । केही पसलहरुमा समायोजन भन्दा बढी मुल्य पाइएको

    • प्रकाशित मितिः भदौ २८, २०७७
    • 800 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • कृषिनै उत्तम विकल्प : सामाजिक विकाश राज्यमन्त्री गजमेर (भिडियो सहित)

    धरान । कोरोनाको महामारीले अस्तव्यस्त बनाएको देशको अवश्थालाई पुरानै अवश्थामा फर्काउन कृषि पेशानै उत्तम विकल्प रहेको प्रदेश नम्बर १ की सामाजिक विकाश राज्यमन्त्री जसमाया गजमेरले बताएकी छिन् । विगत ७ महिना देखिको कोरोनाको महामारीले प्रभावित बनेका अन्य पेशाहरु उठ्नै नसक्ने गरि थलिएको बेला कृषिले देशकै अर्थतन्त्र उठाउनमा टेवा पुग्ने उनले बताईन् । सरकारले कृषि क्षेत्रमा युवाहरुलाई आकर्षण गर्न लागु गरेको सहुलियत दरका ऋण तथा अनुदानलाई सही सदुपयोग गर्दै वैदेशिक रोजगारीलाई निरुत्साहित गर्नु पर्ने सामाजिक विकाश राज्यमन्त्री गजमेरले जोड दिइन् । उनले शनिबार मोरङको बेलवारी ६ मा संचालन रहेको बोराबाद बंगर फार्

    • प्रकाशित मितिः भदौ २८, २०७७
    • 3,304 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • प्रदेश १ मा ४६ संक्रमित थपिए

    विराटनगर, २८ भदौ । प्रदेश १ मा आज ४६ संक्रमित थपिएका छन् । मोरङमा ४१, खोटाङ, उदयपुर र झापा १–१ र प्रदेश १ बाहिरका २ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार विराटनगरमा आज ३८ जनामा संक्रमण देखिएको छ । १८ महिला र २० जनाको रिपोर्ट पोजेटिभ आएको छ । मोरङको धनपालथानमा २ पुरुष, कटहरीमा १ पुरुष, खोटाङको साकेला गाउँपालिकामा १ पुरुष, उदयपुरको स्थानीय तह नखुलेका १ पुरुष, झापाको शिवसताक्षीमा १ महिला र प्रदेश १ बाहिरका १ महिला र १ पुरुषको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । प्रदेश १ मा कोरोना संक्रमितको संख्या ४ हजार ७४२ पुगेको छ । प्रदेश १ मा आज ७ जना

    • प्रकाशित मितिः भदौ २८, २०७७
    • 486 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • विराटनगरका प्रमुख प्रशासकीय अधिकृतलाई कोरोना संक्रमण

    विराटनगर । विराटनगर महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत ईन्द्रमणि पोखरेलहित दुई जना वडाअध्यक्षमा कोरोना संक्रमण देखिएको छ । पोखरेलको स्वाब परीक्षण रिर्पोट आइतबार पोजेटिभ आएको हो । महानगरका जनस्वास्थ्य महाशाखा प्रमुख रमेश कार्कीले पोखरेललाई संक्रमण पुष्टि भएसंगै उनी होम आइसोलेसनमा बसेको जानकारी दिएका छन । विराटनगर महानगरपालिका वडा नम्बर २ का वडाध्यक्ष कुमार पोखरेल र ५ का वडाध्यक्ष मीनकुमार आचार्यलाई पनि कोरोना देखिएको छ । प्रमुख प्रशासकीय अधिकृतलाई कोरोना पुष्टि भएसंगै महानगरले अति आवश्यकबाहेकका सेवा पाँच दिन बन्द गर्ने निर्णय गरेको छ । विराटनगरमा कोरोनाबाट १७ जनाको मृत्यु भएको छ । अहिलेस

    • प्रकाशित मितिः भदौ २८, २०७७
    • 540 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • धनकुटाको चौबिसे गाउँपालिका–३ का ४० वर्षीय बोधराज ढुंगानालाई उपचारको लागि आर्थिक सहयोग प्राप्त

    धनकुटा, २८ भदौ / डेढ वर्षदेखि विरामी भएर ओछ्यान परेका धनकुटाको चौबिसे गाउँपालिका–३ का ४० वर्षीय बोधराज ढुंगानालाई उपचारको लागि आर्थिक सहयोग प्राप्त भएको छ । मेरुदण्डमा पलाएको ट्युमर र नसा च्यापिने समस्याको अप्रशेसन गराउँदा पनि सुधार नभई ओछ्यानमा परेका ढुंगानालाई स्वदेश तथा विदेशमा कार्यरत नेपालीहरुले सहयोग गरेका छन् । लामो समयदेखि विरामी भएर ओछ्यान परेका ढुंगानाको उपचारमा समस्या भएको समाचार विभिन्न सञ्चारमाध्यमहरुमा प्रशारण तथा प्रशासन भएपछि उक्त रकम जुटेको हो । हाल धनकुटा नगरपालिका–७ त्रिवेणीचोकमा डेरा गरी बस्दै आएका ढुंगानाको उपचारको लागि धनकुटाको साँगुरीगढी गाउँपालिका–५

    • प्रकाशित मितिः भदौ २८, २०७७
    • 1,332 पटक पढिएको
    • "सन्तोष रुचाल"
  • बालिका बलात्कारको आरोपमा इटहरीबाट एक युवा पक्राउ

     इटहरी । बालिका बलात्कारको अभियोगमा इटहरी ५ पचरुकी डेरा गरेर बस्ने प्रतिक राइ पक्राउ परेका छन । गत मंगलबार १२ वर्षिया बालिकालाइ पैसा दिने प्रलाेभनमा पारी जबरजस्ती बलात्कार गरेकाे घटना बाहिरिएपछि पिडित परिवारले दिएकाे किटानीकाे अाधारमा राइलाइ पक्राउ गरिएकाे इलाका प्रहरी कार्यालय इटहरीले जनाएकाे छ । भाेजपुर जिल्लाकाे षडानन्द गाउपालीका अन्तरगत दाेभाने घर भएका राइ इटहरी स्थित एक कलेजमा अध्ययनरत छन । घटनालाइ बाहिर ल्याए परिवार नै सिध्याउने धम्कि दिएपछि बालिकाले घटना लुकाएकि थिइन । बालिकालाइ केहि दिन यता निरास देखेपछि परिवारका सदस्यले ललाइ फकाइ गरेर साेध्दा घटना बाहिरिएकाे थियो । घटनाबारे थप

    • प्रकाशित मितिः भदौ २८, २०७७
    • 933 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • इलामको कृर्षिमा ६ करोड ७२ लाख अनुदान

    इलाम / इलामको कृर्षिलाई व्यवसायिक बनाउनको लागि आर्थिक वर्ष ०७६÷७७ का लागि इलाममा छ करोड ७२ लाख अनुदान रहेको छ । जिल्लाका १० स्थानिय तहको कृषिबाली र किसानलाई व्यवसायी बनाउनको लागि सरकारले चालु आर्थिक वर्षमा ६ करोड ७२ लाख अनुदान आएको हो । चालु आर्थिक वर्षका लागि प्रदेश सरकारको तीन करोड ४६ लाख र संघिय सरकारकोे तीन करोड २६ लाख गरी कुल छ करोड ७२ लाख रुपैँया बराबरको अनुदान दिएको कृषि ज्ञान केन्द्र इलामका बाली संरक्षण अधिकृत हेमराज पन्तले जानकारी दिए । कृषि पेशामा आबद्ध किसानका लागि प्रदेशका अनुदानमा ७५ प्रतिशत र संघका अनुदानमा ५० प्रतिशत छुटमा सरकारले अनुदान रकम उपलब्ध गराउने केन्द्रका अ

    • प्रकाशित मितिः भदौ २८, २०७७
    • 1,757 पटक पढिएको
    • "भगीरथ भण्डारी"
  • कानुनसँग कुनै सम्झौता नगर्ने इटहरीका नयाँ डिएसपी को प्रतिबद्धता

     इटहरी । इलाका प्रहरी कार्यालय इटहरीमा आएका नयाँ प्रहरी प्रमुख प्रहरी नायव उपरिक्षक अर्जुन केसीले कानुन संग सम्झौता नगरी काम गर्ने प्रतिवद्धता जाहेर गरेका छन । इटहरीका पत्रकार संगको भेटघाट तथा परिचयात्मक कार्यक्रममा नयाँ डिएसपि केसीले भने, `यस अघिका प्रहरी प्रमुखहरूले के गर्नुभयो के गर्नुभएन त्यो थहा नभएको तर आफु रहुन्जेल राम्रो काम गरेर इटहरीवासीको मन जितेर बिदा हुनेमा बिस्वस्त छु।´ इटहरी भित्र रहेका मुख्य चुनौतिका बिषयहरू अध्ययन गरि अपराधिक गतिविधिलाइ हदै सम्म निर्मुल बनाउनेमा आफु कटिवद्ध रहेको पनि उनले बताए । प्रहरी कार्यालयलाइ सञ्चारमैत्रि बनाउन इटहरी क्षेत्रमा रहेर पत्रकारीता ग

    • प्रकाशित मितिः भदौ २८, २०७७
    • 1,524 पटक पढिएको
    • " तेजबहादुर बन"

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved