कृषिनै उत्तम विकल्प : सामाजिक विकाश राज्यमन्त्री गजमेर (भिडियो सहित)

  • भदौ २८, २०७७
  • "कोशीपत्र/संवाददाता"
alt

धरान । कोरोनाको महामारीले अस्तव्यस्त बनाएको देशको अवश्थालाई पुरानै अवश्थामा फर्काउन कृषि पेशानै उत्तम विकल्प रहेको प्रदेश नम्बर १ की सामाजिक विकाश राज्यमन्त्री जसमाया गजमेरले बताएकी छिन् । विगत ७ महिना देखिको कोरोनाको महामारीले प्रभावित बनेका अन्य पेशाहरु उठ्नै नसक्ने गरि थलिएको बेला कृषिले देशकै अर्थतन्त्र उठाउनमा टेवा पुग्ने उनले बताईन् ।
सरकारले कृषि क्षेत्रमा युवाहरुलाई आकर्षण गर्न लागु गरेको सहुलियत दरका ऋण तथा अनुदानलाई सही सदुपयोग गर्दै वैदेशिक रोजगारीलाई निरुत्साहित गर्नु पर्ने सामाजिक विकाश राज्यमन्त्री गजमेरले जोड दिइन् ।
उनले शनिबार मोरङको बेलवारी ६ मा संचालन रहेको बोराबाद बंगर फार्मको अवलोकन गर्दै वैदेशिक रोजगारीबाट फर्किएका युवाहरुलाई स्वदेशमै रोजगारी प्रदान गर्न लागु गरिएको सहुलियत ब्याज दरको ऋण तथा अनुदानबाट भरमग्दुर फाइदा लिन युवाहरुलाई आग्रह गरेकि छिन् । उनले भनिन्, ‘सरकारबाट प्राप्त हुने अनुदान भन्दा पनि विभिन्न बैंकहरु मार्फत प्राप्त हुने सहुलियत ब्याजदरमा ऋण तथा अनुदान लिएर लगानी गरे सफल व्यवसायी बन्न सकिने छ, अनुदान लियो, तिर्नु नपर्ने भन्ने बुझिन्छ, अनि व्यापार व्यवसायलाई सफल बनाउन सकिदैन्, तिर्नु पर्छ भन्ने उद्देश्यले काम गर्यौ भने फलदायी बनाउँछ ।’
पछिल्लो समय प्रदेश सरकारले विदेश गएर फर्किएका र आफ्नै देशमा कृषिसँग सम्बन्धित व्यवसाय गर्नेहरुको निम्ती धेरै नै योजनाहरु अघि सारेको बताइन् । आर्थिक वर्ष २०७७÷७८ को आर्थिक वर्षमा त्यसलाई सदुपयोग गर्नै उपयोग गर्न पनि उनले युवाहरुलाई आग्रह गरेकि छिन् । कृषि क्षेत्रको नाममा धेरैले झोलामा गाइ वस्तुको गोठ, बंगुर फार्म देखाएर अनुदानको दुरुपयोग गरिएका प्रमाणहरु पनि प्रशस्तै भेटिएको बताउँदै परिश्रम र मेहेनत गर्नेहरुको हातमा सहुलियत ऋण तथा अनुदान पुग्नु पर्नेमा जोड दिईन् ।
कोरोनाको महामारीले अन्य व्यवसायहरुलाई प्रभाव पारे पनि कृषि पेशालाई कुनै प्रभाव पार्न नसकेको बताउँदै उनले अबको दिगो व्यवसाय भनेको कृषि व्यवसाय रहेको बताइन् । उनले भनिन्, ‘सबैभन्दा ठुलो समस्या अहिले सुनचाँदीका गरगहना बनाउने पेशामा छ, आम्दानीको स्रोत छैन, को गहना बनाउन पसलहरुमा आउछ, त्यसो हुदा व्यवसाय दिनानुदिन धरासायि बनेर जाने अवस्था भएको कुरा मध्य नजर राखेर पनि हामिले दिर्घकालिन रुपमा काहि कहिले नछुईटिने खालको कृषि व्यवसायमा अरुलाई प्रेरणा, प्रोत्साहन दिनु पर्छ ।’
कृषि पेशामा लाग्ने बित्तिकै लाभ लिन नसकिएको पनि दिगो व्यवसायको रुपमा रहने उनले बताईन् । १÷२ वर्ष सोचे जस्तो मुनाफा नआए पनि सावाँ मात्रै टिकाएर अघि बढे भविष्यमा सफल हुने उनले बताइन् ।
प्रदेश सरकारले कृषिमा लिएको निति तथा कार्यक्रमहरुलाई स्थानीय तह सम्म पुर्याएर युवाहरुलाई कृषि कर्म तर्फ आकर्षित गर्न सबैको सहयोगको आवश्यकता रहेको बताउँदै उनले फार्मलाई पनि प्रदेश सरकारको तर्फबाट सहयोग गर्ने प्रतिबद्धता जनाईन् ।
धरान १७ का ललित गजमेर र मन्जिल लिम्बुले १६ लाख रुपैयाको लगानीमा दुई वर्ष अघि देखि मोरङको बेलबारी ६ स्थित बोरोबादमा बंगुर फार्म संचालनमा ल्याएका हुन् । ४ वर्ष कतारमा बसेर फर्किएका दुइ युवाहरुले फार्ममा लोकल कुखुरा, टर्की, माछापालन लगायत बंगर पालन गर्दै आएका छन् ।

 

बर्तमान गठवन्धन पुर् ...

विराटनगर । गृहमन्त्री रमेश लेखकले काँग्रेस एमालेको गठबन ...

म युँ खोलाको पुल भाँ ...

 इलाम/ इलामको फिक्कल–नयाँ बजार सडक खण्ड ...

माइपोखरीमा ४० हजार म ...

 इलाम/ विश्व रामसार सूचीमा सूचीकृत धार्मिक तथ ...

प्रदेशस्तरीय एसईई आइ ...

सुनसरी/ धरानमा सम्पन्न एसईई आइडल सिजन ५ मा प्रदेशभरिबाट ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved