धनकुटाको चौबिसे गाउँपालिका–३ का ४० वर्षीय बोधराज ढुंगानालाई उपचारको लागि आर्थिक सहयोग प्राप्त

  • भदौ २८, २०७७
  • सन्तोष रुचाल
alt

धनकुटा, २८ भदौ / डेढ वर्षदेखि विरामी भएर ओछ्यान परेका धनकुटाको चौबिसे गाउँपालिका–३ का ४० वर्षीय बोधराज ढुंगानालाई उपचारको लागि आर्थिक सहयोग प्राप्त भएको छ ।

मेरुदण्डमा पलाएको ट्युमर र नसा च्यापिने समस्याको अप्रशेसन गराउँदा पनि सुधार नभई ओछ्यानमा परेका ढुंगानालाई स्वदेश तथा विदेशमा कार्यरत नेपालीहरुले सहयोग गरेका छन् ।

लामो समयदेखि विरामी भएर ओछ्यान परेका ढुंगानाको उपचारमा समस्या भएको समाचार विभिन्न सञ्चारमाध्यमहरुमा प्रशारण तथा प्रशासन भएपछि उक्त रकम जुटेको हो । हाल धनकुटा नगरपालिका–७ त्रिवेणीचोकमा डेरा गरी बस्दै आएका ढुंगानाको उपचारको लागि धनकुटाको साँगुरीगढी गाउँपालिका–५ डाँडाबजार स्थायी घर भई हाल युकेमा बस्दै आएका विष्णुकुमार याखा र चौबिसे गाउँपालिका–६ राजारानी घर भई हाल यूके निवासी डम्बर कुमारी मगरको सक्रियतामा ३७ जना नेपालीबाट संकलन गरी एक लाख ३३ हजार ५ सय ९० रुपैयाँ रकम सहयोग गरेका छन् । उक्त रकम साँगुरीगढी गाउँपालिका–६ भेडेटार सिम्सुवा स्थायी घर भई हाल धरान बस्दै आएका विवेक लिम्बूले विरामीलाई हस्तान्तरण गरेका छन् ।

त्यस्तै ढुंगानाको उपचारको लागि स्वदेशबाट पनि सहयोग गर्ने क्रम जारी रहेका छ । धनकुटा नगरपालिका–६ का सत्यनारायण श्रेष्ठले २ हजार एक सय र अभयकृष्ण जोशीले एक हजार पाँच सय नगद हस्तान्तरण गरेका छन् भने ज्योति लाईफ इन्स्योरेन्स धनकुटा शाखाका प्रबन्धक मुना पोख्रेलले पनि नगद २ हजार सहयोग गरेको ढुंगानाका श्रीमति बिनिता ढुंगानाले बताईन् । ढुंगानालाई करिब ७ बर्ष अघिदेखि कम्मर र देब्रे खुट्टा दुख्ने समस्या सुरु भएको थियो । त्यस पछि डाक्टरलाई देखाएर औषधी खाए । तर विराम निको भएन ।

समस्या बढ्दै गएर देब्रे खुट्टा छोटो भए जसरी टेकाई नै तलमाथि हुन थाल्यो । पीडा झन्–झन् बढ्दै गएपछि उपचारका लागि विराटनगरस्थित नोबेल शिक्षण अस्पताल पुगे । उनलाई डाक्टरले मेरुदण्डमा ट्यूमर पलाएको र नसा च्यापिएर समस्या जटिल बनेको भन्दै तत्काल अप्रेशन गर्न सुझाव दिए । सामान्य परिवारका उनीसँग अप्रेशन गर्ने पैसा थिएन । उपचार पश्चात् निको हुने आसमा दाजुभाई तथा आफन्तको सहयोग र ऋण गरेर अप्रेशन गरियो ।

अप्रेशन पश्चात् निको हुनुको सट्टा कम्मर मुनीको कुनै पनि अंगमा छोएको थाहा पाउन छाडे । अहिले कुर्कुचा भन्दामाथि छोएको थाहा हुन्छ । तर पैतालाले पत्तो पाउँदैन । खुट्टा जेनतेन हल्लिए पनि अप्रेशन पश्चात् अहिलेसम्म खुट्टा टेकेर उभिन सकेका छैनन् । दिसा पिसाब ओछ्यानमा नै गर्दछन् । उनले दिसा पिसाव आएको थाहा पाउँदैनन् ।

१५ महिना यता ओछ्यान परेका श्रीमान्लाई उपचारको लागि केही रकम प्राप्त भएपछि उनकी श्रीमति विनिताले खुशी व्यक्त गरिन् । अब श्रीमान्को उपचार गर्न तत्काल अस्पताल लैजाने उनको योजना छ । उनले भनिन्–‘यो रकम जसरी प्राप्त भयो । उहाँहरुलाई धन्यवाद दिन्छु । अवश्य पनि मेरो श्रीमान्लाई उपचारमा आवश्यक पर्ने रकम जुट्ने विश्वासमा छु । किनकी मेरो सहयोगी हातहरु रहेछन् । ढुंगानाको परिवारमा श्रीमती सहित ८ बर्षे छोरा र अढाई बर्षीया छोरी छिन् ।

ढुंगानाको अप्रेशन गर्नु अघि जिल्ला अस्पताल धनकुटामा सुरक्षागार्ड बसेर परिवार पाल्दै आएका थिए । तर अप्रेशन गरेपछि कम्मर मुनिको कुनै अंग नै चल्न छाडेपछि अहिले उनीहरुको परिवार विचल्लीमा पर्दै आएको छ । नानीहरुको पढाईमा पनि समस्या पर्दै आएको छ ।

जीवनभर दुःखी गरीबहरु ...

इटहरी/ २०३४ साल मंसिर ७ गते खोटाङको सिम्पानी ७ हाल ...

भारतीय दुग्धजन्य पदा ...

मोरंग/ भन्सार छली गरी भारतीय बजारबाट छ्यापछ्याप्ती ...

खडेरीले ट्युबेलको पा ...

उदयपुर/ यय वर्ष खडेरी परेपछि उदयपुरको त्रियुगा नगर ...

प्रथम पानबारी गोल्डक ...

धरान/ वैशाख २२ गतेदेखि जारी प्रथम पानबारी गोल्डकपम ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८५-२०४७१२३

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गोबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले

Copyright © 2019 / 2024 - Koshipatra.com All rights reserved