समाचार

    Showing 8,491-8,500 of 10,052 items.
  • वीपीमा कोरोना संक्रमित बसेको आवास क्षेत्रमा तिन दिन देखि फोहोर उठेन

    धरान । वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको आवाशीय क्षेत्रमा होम आइसोलेसनमा बस्दै आएका कोरोना संक्रमितहरुको आवासमा तिन देखि फोहोर उठ्न नसक्दा थप जोखिममा परेका छन् । आवास क्षेत्रमा तिन देखि पानी पनि नआएको र फोहोर पनि उठेको छैन् । तिन देखि समस्या भए पनि प्रशासनले कुनै चासो नदेखाएको आवासमा बस्दै आएका कर्मचारीहरुले गुनासो गरेका छन् । होम आइसोलेसनमा बसेका एक संक्रमितले भने, ‘संक्रमण पुष्टि भई होम आइशोलेसनमा बसेका संक्रमितहरुको आवास क्षेत्रको फोहोर उठेको छैन, धारामा पानि नआएको ३ दिन भयो, प्रशासलाई खवर गर्न खोज्दा प्रशासनको फोन उठ्दैन, फोहोरबाट झन अन्य संक्रमण फैलने उच्च जोखिम छ ।&rsquo

    • प्रकाशित मितिः असोज २९, २०७७
    • 1,186 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • अवैध खेती गाँजा नष्ट

    सुनसरी । अवैध रुपमा लगाइएका गाँजा खेति नष्ट गर्ने उदयपुर जिल्ला प्रहरीले अभियाननै संचालन गरेको छ । उदयपुर स्थित रामपुर ठोक्सीला बाट खटिएको प्रहरीको टोलिले बेलका नगरपालिका वडा नम्बर ७ का विभिन्न स्थानमा लगाइएको तथा आफै उम्रिएको गाँजा नष्ट गरेको छ । करिब १ सय ७७ रोपनी क्षेत्रमा रहेको करिब २९ हजार ९ सय ५ वटा बोट गाँजा नष्ट गरेको प्रहरीले जनाएको छ । त्यसै गरि ताप्ली गाउँपालिका ५ मा आफै उम्रिएको करिब १५ सय बोट गाँजा नष्ट गरिएको जनाएको छ । गाँजा नष्ट गरिने अभियान निरन्तर भइरहने उदयपुर जिल्ला प्रहरी प्रमुख भिम दाहालले बताए ।  

    • प्रकाशित मितिः असोज २८, २०७७
    • 990 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • वीपीमा २ जना कोरोना संक्रमितको मृत्यु

    धरान / धरान वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचारको क्रममा २ जना कोरोना संक्रमितको मृत्यु भएको छ । मोरङको बेलबारी १० का ३७ बर्षीय युवा र इटहरी –६ का १ जना वृद्धको कोभिड अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रतिष्ठानले जनाएको छ । प्रतिष्ठानका अनुसार वृद्ध मधुमेहका विरामी थिए । प्रतिष्ठानका सहप्रवक्ता डा।आशिष श्रेष्ठका अनुसार युवाको सोमबार साँझ ६ बजेर ४५ मिनेटमा र वृद्धको आज विहान ४ बजे मृत्यु भएको हो । युवाको असोज २१ गते कोरोना संक्रमण पुष्टि भएको थियो भने वृद्धको असोज २४ गते कोरोना संक्रमण पुष्टि भएको थियो । मृतक युवाको अन्य दीर्घरोगबारे जानकारी नभएको प्रतिष्ठानले जन

    • प्रकाशित मितिः असोज २८, २०७७
    • 1,032 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • मृगौला पिडितलाई आर्थिक सहयोग

    धनकुटा/ दुवै मृगौला फेल भएर थलिएकी गोमादेवी श्रेष्ठलाई ७२ हजार रुपैयाँ सहयोग प्रदान गरिएको छ । धनकुटा नगरपालिका–७ घर भएकी ४८ वर्षिया श्रेष्ठको उपचारमा सहयोगका लागि धनकुटा बजारका केही व्यवसायीहरुद्धारा संकलित रकम प्रदान गरिएको हो । उनको करिब ६ महिना अघि दुवै मृगौला फेल भएका थियो । सामान्य परिवार रहेको श्रेष्ठको दुवै मृगौला फेल भएपछि अहिलेसम्म परिवारले उपचार गरिरहेको थियो । उपचारको क्रममा हालसम्म ५ लाख भन्दा बढी खर्च भईसकेको छ । दैनिक मजदुरी गरेर जीविकोपार्जन गर्दै आएका श्रेष्ठ परिवारको तीन छोरी र एक छोरा रहेको छ । तर अहिले आएर आर्थिक अभावका कारण श्रेष्ठको उपचारमा समस्या देखिएकाले रकम स

    • प्रकाशित मितिः असोज २८, २०७७
    • 791 पटक पढिएको
    • "सन्तोष रुचाल"
  • कर्मचारीमा कोरोना संक्रमण देखिएपछि धनकुटा नगरपालिका बन्द

    धनकुटा/ धनकुटा नगरपालिकामा कार्यरत दुई जना कर्मचारीमा कोरोना भाइरसको संक्रमण देखिएपछि अत्यावश्यक बाहेकका नगरपालिकाले प्रवाह गर्ने सेवा कार्तिक ६ गतेसम्मको लागि बन्द गरिएको छ । विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा गरिएको पिसिआर परिक्षणमा धनकुटा नगरपालिकामा कार्यरत एक पुरुष र एक महिला कर्मचारी सहित उच्च अदालत विराटनगर धनकुटा इजलासमा कार्यरत एक कर्मचारीमा कोरोना पोजेटिभ देखिएपछि यसको संक्रमणलाई रोक्न कोरोना संकट व्यवस्थापन समितिको आकस्मिक बैठकले नगरपालिकाले प्रभाव गर्दै आएको सेवा असोज २८ गते (आज) देखि कार्तिक ६ गतेसम्मको लागि बन्द गरिएको धनकुटा नगरपालिकाका प्रमुख चिन्तन तामाङले बताए

    • प्रकाशित मितिः असोज २८, २०७७
    • 1,078 पटक पढिएको
    • " सन्तोष रुचाल"
  • कोभिड अस्पतालको भेन्टिलेटर बिग्रे पछि अख्तियारको चासो

    धरान । कोभिड अस्पतालमा ३ महिना अघि खरिद गरिएको भेन्टिलेटर बिग्रेका कारण बारे अख्तियारले अनुसन्धान शुरु गरेको छ । बिपि कोइराला स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा रहेको कोभिड अस्पतालमा भेन्टिलेटर बिग्रेर थन्किए पछि अख्तियारले अनुसन्धान गरेको हो ।सोमबार आयोगको इटहरी कार्यालयबाट आएको चार जनाको टोलीले अस्पताल निर्देशक डा। गौरिशंकर शाहलाई भेट गरी आवश्यक सोधपुछ गरेका थिए । कोरोना अस्पतालको भेन्टिलेटर खरिदमा भएका फायलहरु माग गरेको छ । अख्तियारले भेन्टिलेटर विग्रनुको कारण, कुन सप्लायर्सबाट, कुन प्रक्रियाबाट खरिद गरिएको हो रु कति वटा भेन्टिलेटरले काम नगरेको सोधपुछ गरेको छ । प्रतिष्ठानका उपकुलपति डा। ज्ञाने

    • प्रकाशित मितिः असोज २७, २०७७
    • 1,019 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • इलाममा ३८ हजार भन्दा बढी सवारी कारवाहीमा

    इलाम / इलाममा ३८ हजार भन्दा बढी सवारी साधन कारवाहीमा परेका छन् । साना ठूला गाडी गरी ३८ हजार पाँच सय ११ वटा गाडी कारवाहीमा परेका छन । जिल्ला ट्राफिक प्रहरी कार्यलय इलामका प्रमुख योगेन्द्र दाहालका अनुसार कारवाहीमा परेका सवारी साधन र दुर्घटना पछिल्लो समय घट्दै गएको छ । आर्थिक वर्ष २०७४÷०७५ मा सबै भन्दा बढी जिप, कार, भेन कारवाहीमा परेका छन् । कारवाहीमा परेको संख्या पाँच हजार सात सय नौ वटा रहेका छन् । यस्तै मोटरसाइकल पाँच हजार चार सय एक, ट्रक दुई हजार सात सय ४४, टेक्टर आठ सय ६ र बस तीन सय २६ रहेका छन् । आर्थिक वर्ष २०७५÷०७६ मा जिप, कार, भेन पाँच हजार चार सय ९५, मोटरसाइकल पाँच हज

    • प्रकाशित मितिः असोज २७, २०७७
    • 740 पटक पढिएको
    • " भगीरथ भण्डारी "
  • इटहरी प्रहरीमा डिएसपी अर्जुनको सक्रियता: १५ दिनमा आधा दर्जन ठगिका नाइकेहरू पक्राउ

    इटहरी । इलाका प्रहरी कार्यालय इटहरीमा नयाँ प्रहरी प्रमुख भएर कार्यभार सम्हाले लगत्तै डिएसपी अर्जुन केसीको सकृयता सफलता तर्फ उन्मुख भएको पाइएको छ । गएको १५ दिन भित्र ठगिमा संलग्न आधा दर्जन नामुद ठगहरूलाइ पक्राउ गर्न सफल भएसंगै इटहरीमा डिएसपी केसिको सकृियता बढेको हो । बाउन्स चेकमा ठगि गर्ने , इमोमा लाखौ रकम चिट्ठा परेको भन्दै सर्वसाधरणबाट रकम असुल्ने नाइके देखि चाडपर्वको मुखमा गुण्डागर्दि गर्दै हिडने सम्मलाइ पक्राउ गरी कानुनत कार्वाहिको प्रकृिया अघि बढाएपछि इटहरीमा डिएसपी केसीको चर्चा चुलिन थालेको छ । गएको एक साता भित्र मात्रै ठगिमा संलग्न ३ जनालाइ इटहरी प्रहरीले पक्राउ गरि कानुनत कार्वाहि प्र

    • प्रकाशित मितिः असोज २७, २०७७
    • 2,463 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • टिभिएसको आपाचे आरटीआर १६० सार्वजनिक

    सुनसरी । टिभिएस कम्पनीको एबीएस र स्मार्ट कनेक्ट फिचर सहितको आपाचे आरटीआर १६० सार्वजनिक भएको छ । देशै भर एकै साथ लन्च भएको आपाचे आरटीआर १६० सुनसरीको इटहरीमा पनि सार्वजनिक गरिएको छ । इटहरीको आधिकारिक बिक्रेता पारस अटो मोबाइल्सले पनि बिक्री थालेको पारस अटो मोबाइल्सका निर्देशक लिला लुइँटेलले बताए । अपाचे आरटीआर १६० फोर भिमाएबीएस र स्मार्ट कनेक्ट फिचर थप गर्दै कम्पनीले सार्वजनिक गरेको हो । टीभीएसको आपाचे आरटीआर १६० फोर भी नेपालमा निकै सफल मोडलको रुपमा बिक्री वितरण हुँदै आएको छ । यसअघि सिंगल डिस्क र डबल डिस्क भेरियन्टमा बिक्री गर्दै आएकोमा अब भने स्मार्ट कनेक्ट र एबीएस थप भएको छ । यो सँगै विभिन्न ५

    • प्रकाशित मितिः असोज २७, २०७७
    • 770 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • भागलपुरको साकेला थान पर्यटकीय गन्तव्य बन्दै

    उदयपुर । पर्यटकीय गन्तव्यको रुपमा विकाश भइरहेको उदयपुरको भागलपुरमा रहेको साकेला थान पनि धार्मिक पर्यटनको केन्द्र बन्न थालेको छ । विगत ४ वर्ष अघि स्थापना गरिएको बेलका नगरपालिका वडा नम्बर २ मा रहेको साकेला थानमा आन्तरिक पर्यटकहरु आउने गरेका छन् । विशेष गरि किरातीहरुको धार्मिक स्थलको रुपमा रहेको साकेला थानमा वर्षेनी उभौली र उधौलीमा मेला लाग्ने गरेको छ । किरातीहरुको आस्थाको केन्द्र बन्दै गएको साकेला थानमा अन्य क्षेत्रबाट पनि धर्मावलम्बीहरु आउने गरेका छन् । बेलका नगरपालिका कृषि क्षेत्रको एउटा महत्वपुर्ण हवको रुपमा मानिन्छ । कृषि क्षेत्र संगै धार्मिक पर्यटन, प्राकृतिक सौन्दर्यताले पनि महत्वपुर्ण ब

    • प्रकाशित मितिः असोज २७, २०७७
    • 1,699 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved