कर्मचारीमा कोरोना संक्रमण देखिएपछि धनकुटा नगरपालिका बन्द

  • असोज २८, २०७७
  • " सन्तोष रुचाल"
alt

धनकुटा/ धनकुटा नगरपालिकामा कार्यरत दुई जना कर्मचारीमा कोरोना भाइरसको संक्रमण देखिएपछि अत्यावश्यक बाहेकका नगरपालिकाले प्रवाह गर्ने सेवा कार्तिक ६ गतेसम्मको लागि बन्द गरिएको छ ।

विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा गरिएको पिसिआर परिक्षणमा धनकुटा नगरपालिकामा कार्यरत एक पुरुष र एक महिला कर्मचारी सहित उच्च अदालत विराटनगर धनकुटा इजलासमा कार्यरत एक कर्मचारीमा कोरोना पोजेटिभ देखिएपछि यसको संक्रमणलाई रोक्न कोरोना संकट व्यवस्थापन समितिको आकस्मिक बैठकले नगरपालिकाले प्रभाव गर्दै आएको सेवा असोज २८ गते (आज) देखि कार्तिक ६ गतेसम्मको लागि बन्द गरिएको धनकुटा नगरपालिकाका प्रमुख चिन्तन तामाङले बताए । बैठकले अत्यावश्यक बाहेकका सम्पूर्ण सेवा बन्द गर्ने, सम्पूर्ण कर्मचारी कार्यालय प्रमुखको सम्पर्कमा रहने, बोलाएको बेला उपस्थित हुने, अनलाईनबाट पनि सेवा प्रभाव गर्ने निर्णय गरिएको छ ।

कोरोनाको संक्रमण फैलिन नदिनका लागि भीडभाडमा नजाने, बैठक, गोष्ठी नगर्ने, घर बाहिर निस्कदा अनिवार्य माक्सको प्रयोग गर्न नगरपालिकाले नगरवासीहरुलाई आग्रह समेत गरेको छ । यो अवधीमा नगरपालिकाले प्रभाव गर्दै आएको अत्यावश्यक सेवा प्राथमिक स्वास्थ्य सेवाहरु, शहरी स्वास्थ्य क्लिनिक, फोहोर मैला व्यवस्थापन, एम्बुलेन्स, दमकल, नगर प्रहरी, खानेपानी, विपद् व्यवस्थापन लगायतका कार्यहरु सुचारु हुने नगर प्रमुख तामाङले बताए । यो सँगै धनकुटामा संक्रमितको संख्या ६३ जना पुगेको छ । ती मध्ये ४५ जना कोरोना मुक्त भएर घर फर्किसकेका छन् भने एक जनाको मृत्यू भएको छ ।

श्रीमतीलाई रडले घोचे ...

बिर्तामोड/ झापाको बिर्तामोड नगरपालिका–५ अन्न ...

ट्याक्टरसँग मोटरसाइक ...

झापा/ झापाको कनकाई नगरपालिका–५ तुलसीवारीस्थि ...

कक्षा १२ को नतिजा सा ...

काठमाडौँ/  राष्ट्रिय परीक्षा बोर्डले गत वैशाख ...

'सत्ता सुन्दैन' प्रत ...

काठमाडौँ/  श्रम संस्कृति पार्टीका अध्यक्ष तथा ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved