समाचार

    Showing 8,391-8,400 of 10,051 items.
  • एक साता भित्र कोरोना बीमा भुक्तानी गर्न सरकारको निर्देशन

    धरान । कोरोना संक्रमण पुष्टि भएका सबै बीमितहरूलाई एक हप्ताभित्रै दाबी भुक्तानी दिनुपर्ने बीमा समितिले निर्देशन दिएको छ । कोरोना बीमाको दाबी रकम भुक्तानीमा ढिलाइ भएको गुनासो आए पछि सरकारले ७ दिनभित्रै दाबी भुक्तानीको व्यवस्था गर्न बीमा कम्पनीहरूलाई निर्देशन दिए पछि बीमा समितीले सोही अनुसार सबै बीमा कम्पनीहरुलाई सात दिन भित्र भुक्तानी दिन निर्देशन जारी गरेको हो । अर्थ मन्त्रालयले मंगलवार बीमा समितिलाई निर्देशन दिएको थियो । बीमा समितिले मंगलवार नै एक परिपत्र जारी गर्दै कम्पनीहरूलाई तोकिएको समयावधिभित्रै दाबी भुक्तानी दिन निर्देशन दिएको हो । कोरोना पुष्टि भएका बीमितले समयमै दाबी पाउनेछन् । पेन्डि

    • प्रकाशित मितिः कार्तिक १९, २०७७
    • 1,081 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • ‘सिटी मार्ट’ निर्माणको काम अन्तिम चरणमा

    इलाम / इलाम बजारमा सुविधा सम्पन्न ‘सिटी मार्ट’ सपिङ कम्प्लेक्स निर्माणको काम अन्तिम चरणमा पुगेको छ । इलाम नगरपालिकाले आर्थिक वर्ष २०७४÷७५ बाट निर्माण शुरु गरेको कम्प्लेक्सको काम अन्तिम चरणमा पुगेको हो । ९ करोड ३८ लाख रुपैयाँ लागत अनुमान गरिएपनि निर्माणको अन्तिम चरणमा १३ करोड लागत पुगेको इलाम नगरपालिकाका इन्जिनियर दीपक गुरागाईंले बताए ।उनले भने ‘भवनको भित्रिकाम सबै सकियो अव फिनिसिङ र बाहिर इन्टर लकिङको काम मात्रै बाँकि रहेको बताए ।’ भवनमा ९२ सटर र २ वटा लिफ्टसहितको रहेको ‘व्यापारिक प्रयोजनका लागि भवन निर्माण गरिएको हो । सिटी मार्टका लागि पार्किङस्थलको

    • प्रकाशित मितिः कार्तिक १८, २०७७
    • 1,354 पटक पढिएको
    • "भगीरथ भण्डारी"
  • अस्ताए धरानका हस्ती

    धरान । धरानको विकाश र समाज परिवर्तनका अभियन्ता गजेन्द्र इस्वो (गजेन्द्र दाई) को आज बिहान करिब ४ बजे निधन भएको छ । केही दिन अघि कोरोना संक्रमण देखिए पछि उनको उपचार विराटनगर स्थित न्युरो अस्पतालमा उपचार भइरहेको थियो । भुतपुर्व बिट्रिश गोर्खा सैनिक संघका पुर्व अध्यक्ष समेत रहेका इस्वो धरानको विकाश र समाज परिवर्तनका लागि अभियन्ता थिए । उनका पहलमा विभिन्न समयमा थुप्रै विकाश निर्माणका कामहरु भएका छन् । किरात याक्थुङ चुम्लुङका केन्द्रिय सचिव तथा वर्तमान सल्लाहाकार इस्वो विदेशको लोभ त्यागरेर देशमै बस्दै आएका थिए । उनका थुपै्र सहकर्मीहरु बेलायत पलायन भएका छन्, तर उनी देशमै रहेर विकाशमा लागेका थि

    • प्रकाशित मितिः कार्तिक १८, २०७७
    • 4,253 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • प्रदेश १ मा ४सय ४९ जना डिस्चार्ज, २५९ संक्रमित थपिए

    विराटनगर। प्रदेश १ मा आज २सय५९ जना कोरोना संक्रमित थपिएका छन् । सुनसरीमा ९२, मोरंगमा ८०, झापामा ६१, उदयपुर, ते¥हथुम, संखुवासभा, इलाम र ओखलढुङ्गामा २–२, धनकुटा, भोजपुर र ताप्लेजुङ १–१ र प्रदेश १ बाहिरका १३ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ । सुनसरीको धरानमा ५६, इटहरीमा १७, कोशी गाउँपालिकामा ११, दुहवी र इनरुवामा २–२, देवानगञ्ज, भोक्राहा, बराहक्षेत्र र रामधुनी १–१, मोरंगको विराटनगरमा ३७, सुनबर्षीमा ७, कटहरी र रंगेलीमा ६–६, सुन्दरहरैचा ५, कानेपोखरीमा ४, लेटाङमा ३, रतुवामाईमा २, उर्लाबारी, केराबारी, धनपालथान, जहदा, बुढीगंगा, पथरीशनिश्चरे र ग्रामथानमा १&

    • प्रकाशित मितिः कार्तिक १७, २०७७
    • 879 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • नालीमा सेफ्टी टेड्ढी बगाउने पाँच घर कार्वाहीमा

    इलाम/ इलाम नगरपालिका सातमा निर्माणधिन सिटिमार्टको नालीमा सेफ्टी टेड्ढी बगाउने पाँच घरलार्ई नगरपालिकाले कार्वाहीगर्ने भएको छ । सिटिमार्टको नालीमा सेफ्टी टेड्ढी बगाउने धनमान बराईली,दुर्गा श्रेष्ठ मदन,कल्याण खाकी,इश्वर चिपालु र राजेन्द्र श्रेष्ठ रहेको इलाम नगरपालिकाले जनाएको छ । उनीहरुको घरमा भएको सेफ्टी टेड्ढीदेखि पाईप जडान गरेर नालिमा लगाएको पाएपछि कार्वाही गर्ने भएको हो । गरपालिकाले अनुसूची १६ को ऐनको दफा १७ अन्र्तगर्त सार्वजनिक नाली तथा ढलमा जथाभावी सेफ्टी टेड्ढीको मल बगाएमा वा जथा भावी फोहोर मैला थुपारेमा फोहोर मैला विधेयक व्यवस्थापन विधेयक , नियमावली अनुसार पहिलो पटकलाई एक हजार रुपैय

    • प्रकाशित मितिः कार्तिक १७, २०७७
    • 1,293 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • कोसी र नोबेल अस्पतालमा दुई जना कोरोना संक्रमितको मृत्यु

    विराटनगर । पछिल्लो २४ घण्टामा कोरोना विराटनगरमा दुई जना कोरोना भाईरस संक्रमितको मृत्यु भएको छ । कोसी अस्पताल कोभिड–१९ उपचार केन्द्र र नोबेल शिक्षण अस्पतालमा दुई पुरुषको मृत्यु भएको अस्पतालले जनाएका छन । कोसीमा मृत्यु हुनेमा विराटनगर महानगरपालिका वडा नम्बर ३ का ७० वर्षीय वृद्ध छन । उनमा गत कात्तिक ७ गते कोरोना पुष्टि भई उपचारार्थ अस्पताल भर्ना गरिएको थियो । नोबेल शिक्षण अस्पतालमा झापाको दमक नगरपालिका वडा नम्बर २ का ७२ वर्षीय वृद्ध पुरुषको पनि मृत्यु भएको अस्पतालका प्रबन्धक नारायण दाहालले जानकारी दिएका छन । संक्रमण पुष्टि भएपछि उनलाई कात्तिक १२ गते अस्पतालको आइसोलेसनमा भर्ना गरेर उपचार

    • प्रकाशित मितिः कार्तिक १७, २०७७
    • 1,037 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • धरानको कृषि थोक बजार सातौं पटक प्रथम

    धरान । प्रत्येक वर्ष संघीय कृषि मन्त्रालयले विश्व खाद्य दिवसको अवसरमा प्रदान गर्दै आएको कृषि थोक बजार उत्कृष्ठ पुरस्कार यस वर्ष पनि धरान स्थित कृषि उपज बजार स्थलले प्राप्त गरेको छ । धरान १३ स्थित कृषि थोक बजार यो बर्ष पनि देशभरिका थोक बजारहरुमध्ये सर्वोत्कृष्ट हुन सफल भएको छ । यो वर्षको पुरस्कार कृषि बजार सातौं पटक हो । यस अघि २०६१, २०६३, २०६८, २०७२ र २०७५ देखि लगातार प्राप्त गर्दै आएको छ । सरकार मातहतमा रहेका ११ वटा कृषि बजार मध्ये धरान स्थित कृषि बजार उत्कृष्ठ बन्न सफल भएको छ । त्यसै गरि उत्कृष्ठ व्यापारीमा कृषि बजारकै थोक ब्यपारी अजय कुमार गुप्ता राष्ट्रिय स्तरमा तेश्रो हुन सफल हुनु भएका छ

    • प्रकाशित मितिः कार्तिक १७, २०७७
    • 1,037 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • जबरजस्ती करणी गर्ने दुई जना पक्राउ

    धरान । छुट्टा छुट्टै स्थानमा जबरजस्ती करणी गरि फरार रहेका दुई जनालाई जिल्ला प्रहरी कार्यालयले पक्राउ गरेको छ । गत कार्तिक १३ गते ९ वर्षकी बालिकालाई बलात्कार गरि फरार रहेका धनकुटाको महाभारत गाउँपालिका वडा ४ आस्को घर भई हाल इटहरी १९ मा ससुराली घरमा बस्दै आएका वर्ष ५० का कुमार भन्ने बुद्धे राईलाई प्रहरीले कार्तिक १५ गते पक्राउ गरेको छ । त्यसै गरि गत वर्षको मंसिर ५ गते इटहरी उपमहानगरपालिका वडा नम्बर ५ मा सार्वजनिक बाटोमा वर्ष २५ की महिलाई डर त्रास देखाई जबरजस्ती करणी गरि ५७ हजार ५ सय रुपैया समेत लुटेर फरार रहेका सुमन चौधरीलाई पनि प्रहरीले पक्राउ गरेको छ । इटहरी ५ कै चौधरीलाई सुनसरी जिल्ला अदालत

    • प्रकाशित मितिः कार्तिक १७, २०७७
    • 1,096 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • कृषि फर्मको आडमा जुवाखाल, सञ्चालक अझै पक्राउ परेनन्

    विराटनगर ।मोरङको केराबारी गाउपालिका स्थित हरी एग्रीकल्चर एण्ड लाइब स्टक सेन्टर प्रा ली बाट जुवाडेहरु पक्राउ गरेपनि प्रालीका मुख्य सञ्चालकलाइ भने प्रहरीले उन्मुक्ति दिएको छ । प्रालीका मुख्य सञ्चालक हरि भट्टराईलाई हाल सम्म प्रहरीले पक्राउ गरेको छैन । प्रहरीले पक्राउ परेका भुपेन्द्र भट्टराई प्रालीको मुख्य सञ्चालक बताउदै आएको छ । तर प्रालीका मुख्य सञ्चालक भने हरि भट्टराई हुन ।  कृषि कर्मकै बदनामी गराउने गरी कृषिफार्ममा जूवाजन्य गतिविधि गराएको प्रति मोरङको केराबारीका बासिन्दाले संलग्नलाई कडा कार्वाही गर्नुपर्ने बताएका छन । गाउँपालिका र कृषिकर्मको आड लिएर भएको यस्तो गतिविधि सहन नसकिने जनप्रतिन

    • प्रकाशित मितिः कार्तिक १७, २०७७
    • 1,001 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • प्रदेश १ मा ३५७ जना कोरोना संक्रमित थपिए

    विराटनगर । प्रदेश नं. १ मा आज ३५७ जना कोरोना संक्रमित थपिएका छन् । मोरंगमा १८३, झापामा ६९, सुनसरीमा ५३, उदयपुरमा १५, धनकुटामा ५, इलाममा ४, ओखलढुङ्गा, संखुवासभा, ते¥हथुम र भोजपुरमा १–१ र प्रदेश १ बाहिरका २४ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार विराटनगरमा १२३ जनामा संक्रमण देखिएको छ । संक्रमण पुष्टि भएकामा ५३ महिला र ७० पुरुष छन् । मोरंगको उर्लाबारीमा १६, पथरीशनिश्चरेमा ११, सुन्दरहरैचामा ९, बेलबारीमा ८, बुढीगंगा र कटहरीमा ३–३, धनपालथान, ग्रामथान र रंगेलीमा २–२, कानेपोखरी, मिक्लाजुङ, सुनबर्षी र केराबारीमा १–१ जनाको रिपोर्ट पोजेटिभ आएको छ ।

    • प्रकाशित मितिः कार्तिक १६, २०७७
    • 910 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved