इटहरी÷ शहीदहरूको सम्झनामा हरेक वर्ष माघ १० देखि १६ गतेसम्म मनाइने शहीद सप्ताह यहाँस्थित मोडर्न प्रिप्रेटरी स्कुलले सदाझैं यस वर्ष पनि मनाइरहेको छ । इटहरी–६ को मोडर्न प्रिप्रेटरीले विद्यार्थीहरूको सहभागितामा साताव्यापी शहीद सप्ताह मनाइरहेको जनाएको छ । देश र जनताका लागि जीवन बलिदान दिने शहीदहरूको सम्झनामा शहीद शुक्रराज शास्त्रीले शहादत प्राप्त गरेको दिन माघ १० गतेबाट विभिन्न कार्यक्रम आयोजना गरेको विद्यालयका सञ्चालक महेश दाहालले जानकारी दिए । यस्ता कार्यक्रमले विद्यार्थीहरूमा राष्ट्रियता र लोकतन्त्रप्रति प्रतिबद्ध हुने भावना विकास गर्न मद्दत गर्ने भएकाले कार्यक्रम गरिएको विद्यालय
इलाम/ इलाममा ट्रकको ठक्करबाट एक महिलाको मृत्यु भएको छ । इलामबाट बाट झापा जादै गरेको को १८ प ६९७ नम्बरको मोटर साईकललाई ना ३ ख २७३२ नम्बरको ट्रकले पछाडीबाट ठक्कर दिदा माईजोगमाई गाँउपालिका ३ की २६ वर्षिय सन्जु आचार्यको घट्ना स्थलमानै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ । मोटर साईकलमा सवार मृतकका दुई वर्षिय छोरा सरोज आचार्य र मोटर साईकल चालक उमेस शाहा धाईते भई दुबै जनालाई उपचारको लागि झापाको वि एण्ड सी अस्पताल पठाईएको प्रहरी कार्यालय इलामका प्रहरी नायव उपरिक्षक लाल ध्वज सुवेदीले बताए । मृतककोे कानुनी पकृया पुरा गरी पोसमार्टमको लागी इलाम अस्पताल लगिएकोे र ट्रक चालक पाँचथरको ह
विराटनगर । मिटरब्याजीलाई कडाभन्दा कडा कारवाही गर्न माग गर्दै पीडितहरुले अदालतको ध्यानाकर्षण गराएका छ । मोरङ जिल्ला अदालत परिसरमा पीडितले प्लेकार्ड बोकेर आफूहरुलाई न्याय दिलाई दिन माग गरेका हुन । ठगी गरेको आरोपमा पक्राउ परेका मन्टु भनिने सञ्जय रौनियारलाई कारवाही गर्न माग गर्दै मंगलबार पीडितहरुले मोरङ जिल्ला अदालत परिसरमा धर्ना दिएका हुन । उनीविरुद्ध सरकारी वलिकको कार्यालयले अपराधिक लाभ र ठगी मुद्दा दर्ता गराएको छ । रौनियारले चर्को ब्याजमा ऋण दिएर जबर्जस्ती असुल गर्ने गरेको र धेरैको विल्लीबाठ गराई दिएको पीडितको भनाइ छ । उनी विराटनगर– ९ घोगापुल चोकका बासिन्दा हुन । प्रहरीले पीडितहरुको उजु
बिराटनगर । धरानका दुई जना युवा युवती लागुऔषध सहति बिराटनगरबाट पक्राउ परेका छन् । पक्राउ पर्नेमा सुनसरी ,धरान(१६ का २४ बर्षीय मनिस भुजेल र सोही स्थानकी २१ बर्षीया निसा श्रेष्ठ रहेकी छिन । मंगलबार पैदल हिडिरहेका दुबै जनालाई नियन्त्रणमा लिई चेकजाँच गर्दा उनिहरुको साथबाट एभिल-१०एम्पुल, फेनारगन-१०एम्पुल, लुपिजेसिक-१०एम्पुल र डाईजोल्याब-१० एम्पुल फेला पारी बरामद गरिएको ईलाका प्रहरी कार्यालय रानीले जनाएको छ ।
धरान । उदयपुरको कटारी नगरपालिका ४ का ५ वर्षीय बालकको ट्याकटर बाट लडेर मृत्यु भएको छ । मंगलबार कटारी-४ स्थित भित्री सडक खण्डमा स १ त ६८२२ नम्बरको ट्याक्टरबाट लडेर गम्भिर घाइते भएका अमिरलाई उपचारार्थ लादै गर्दा उनको बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ । यसैगरी, मंगलबार ताप्लेजुङ पाथिभरा याङबरक-५ स्थितमा ट्याक्टर दुर्घटना हुदा सहचालकको मृत्यु भएको छ । को २ त ७७६१ नम्बरको ट्याक्टर सडकबाट अन्दाजी २०० मिटर तल खसेर दुर्घटना हुदा सोही ट्याक्टरका सहचालक पाथिभरा याङबरक-५ का १९ बर्षीय मनिष योङहाङको मृत्यु भएको हो ।
धरान: धरान स्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा आज (बुधबार)बाट कोभिड १९ विरूद्धको “कोभिसिल्ड” खोप लगाउन सुरू गरीएको छ । आज विहान साढे १० बजे प्रतिष्ठानका उपकुलपति प्रा. डा. ज्ञानेन्द्र गिरीले खोप लगाउँदै अभियानको शुभारम्भ गरेका छन । नेपाल सरकारले बुधबारबाट देशव्यापी रूपमा कोभिड विरूद्धको खोप लगाउने तयारी गरे अनुसार नै आजबाट प्रतिष्ठानको फ्रन्टलाइनमा खटिएका स्वास्थ्यकर्मी लगायत कर्मचारी लगायतहरूलाई खोप लगाउने कार्य सुरू भएको उपकुलपति गिरीले जानकारी गराए । खोप लगाएपछि आफ्नो स्वास्थ्य स्थिती सामान्य रहेको र खोप शतप्रतिशत सुरक्षित रहेको उनले बताए । प्रतिष्ठानका श
इलाम/ इलाममा बुधबार देखि कोरोना भाईरस विरुद्धको खोप सञ्चालन हुने भएको छ । भारत सरकारको सहयोगमा ल्याइएको खोप पहिलो चरणर्मो चिकित्सक तथा स्वास्थ्यकर्मी, सरसफाइकर्मी लाई बुधबार देखि लगाउने पत्रकार संम्मेलन गरी जानकारी दिईएको हो । स्वास्थ्य कार्यालय इलामका प्रमुख वृजकुमार दासले ‘इलाममा १७ सय जनामा खोप लगाउने तयारी भईसकेको र खोप लगाउँदा १८ वर्ष देखि मावथ उमेर समूहकालाईल लगाईने बताए ।’, ‘त्यसमा गर्भवती महिला,रक्तश्रावको समस्या भएका, अन्य खोप लगाउँदा एलर्जी भएका र १८ वर्ष मुनिकालाई खोप नलगाउने उनको भनाई छ ।’ ‘एक व्याक्तिले खोपको डोज पूरा गर्न दुई पटक खोप लगाउनु प
इलाम/ इलाममा १० वटा मतदान केन्द्र र आठ वटा नयाँ मतदान स्थल थप्न सिफारीस गरिएको छ । मतदान केन्द्र तथा मतदान स्थल सिफारिस समितिको बैठकले मतदान केन्द्र र मतदान स्थल थप्न सिफारिस गरेको हो । जसमा सन्दकपुर गाउँपालिमा १ मा २ वटा, इलाम नगरपालिका ५ मा १ वटा, माङसेबुङ्ग गाउँपालिका ४ मा १ वटा, रोङ गाउँपालिका वडा नम्बर २ र ६ मा १÷१ वटा, फाकफोकथुम गाउँपालिका वडा नम्बर ४, ६ र ७ मा १÷१ वटा मतदान स्थल थप गर्नको लागि निर्वाचन आयोगमा सिफारिस गरेको छ । त्यस्तै इलाम नगरपालिका ७ मा रहेको बाल मन्दिर आदर्श आविको मतदान स्थललाई महेन्द्र रत्न बहुमुखि क्याम्पसमा, वडा नम्बर ९ को पोखरी प्राबिको मतदान
धरान । ओरियन्स कम्पनीका खाद्य सामग्री सहित एक युवालाई प्रहरीले पक्राउ गरेको छ । झापाका एसपी सानुराम भट्टराईका अनुसार दमक नगरपालिका ६ का जितेन्द्र शाहलाई झापा प्रहरीले गरेको हो । एक सञ्चारमाध्यम सग कुरा गर्दै एसपी भट्टराईले इलाका प्रहरी कार्यालय दमकले दमक–६ स्थित पदम गुरुङको घरमा रहेको गोदाममा छापा हानेर शाहलाई पक्राउ गरेको बताए । ‘अनुसन्धानको क्रममा शाहसहितका व्यक्तिले बालाजुमा रहेको ग्लोबल ओरियन्स प्राली बाट बरामद भएको खाद्य वस्तु खरिद गरि राजश्व छलेर ल्याएको खुल्न आएकोले अरुसञ्चालकको पनि खोजी भइरहेको छ’सञ्चारमाध्यम सग कुरा गर्दै उनले बताए । प्रहरीका अनुसार ३ हजार ३ सय ५८
धरानः कोरोनाविरुद्ध अग्रपंक्तिमा रहेर खटिनेहरुलाई लक्षित गरेर आएको कोरोनाविरुद्धको “कोभिसिल्ड” खोप धरानमा पनि बुधबारदेखि लगाइने भएको छ । वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान र विजयपुर हस्पिटललाई केन्द्र मानेर धरानमा फ्रन्टलाइनहरुलाई कोरोनाविरुद्धको खोप लगाइने भएको हो । प्रदेश १ का सामाजिक विकास मन्त्रालयको अस्पताल विकास महाशाखा प्रमुख सागर प्रसाईका अनुसार धरानको वीपी प्रतिष्ठान र विजयपुर हस्पिटलसहित सुनसरीमा ४ ठाउँमा केन्द्र बनाएर खोप लगाउने तयारी छ । उनका अनुसार इटहरी अस्पताल र इनरुवा अस्पतालमा पनि खोप केन्द्र राखिएको छ । नेपाल सरकारले बुधबारबाट देशव्यापी रूपमा कोभिड विरू