समाचार

    Showing 8,001-8,010 of 8,714 items.
  • चेक अनादार मुद्धामा फरार धरानका एक युवा जेल चलान

    धरान । चेक अनादर मुद्धामा फरार रहेका धरानका एक युवालाई इलाका प्रहरी कार्यालय धरानले पक्राउ गरी जेल चलान गरेको छ । झापा जिल्लाको गौरादह नगरपालिकाको वडा नम्बर ६ घर भई हाल धरानको वडा नम्बर १६ बस्दै आएका प्रकाश सम्बाहाम्फेलाई प्रहरीले पक्राउ गरि कैद भुक्तानका लागि नक्खु कारागार पठाएको छ । काजलदिप राणाले दिएको चेक अनादार (बिगो) मुद्धामा ललितपुर जिल्ला अदालतले गत चैत्र ७ गते र्दुइ वर्ष कैद ठहर गर्दै फैसला सुनाएको थियो । उनी सोही समय देखि फरार रहेका थिए । इलाका प्रहरी कार्यालय धरानले उनलाई शनिबार पक्राउ गरि कैद जरिवाना असुल उपरको लागि ललितपुर जिल्ला अदालत पठाइएकोमा आजै कैद भुक्तानका लागि नक्खु कारा

    • प्रकाशित मितिः साउन ४, २०७७
    • 1,717 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • पुष्पलाल श्रेष्ठको स्मृति दिवसमा धनकुटामा बृक्षरोपण गरिने

    धनकुटा, ४ साउन ÷नेपाल कम्युनिष्ट पार्टीका सस्थापक महासचिव पुष्पलाल श्रेष्ठको स्मृति दिवसको अवसरमा आगामी बुधबार धनकुटाका ६० वटै वडामा बृक्षरोपण गरिने भएको छ । स्वर्गिय नेता श्रेष्ठको ४२ औं स्मृति दिवसको अवसर पारेर नेपाल कम्युनिष्ट पार्टी (नेकपा) धनकुटाले जिल्लाभर बृक्षरोपण गर्ने भएको हो । नेकपा जिल्ला कमिटी धनकुटाले स्मृति दिवसको अवसरमा जिल्लाका सात वटै पालिका र ६० वटै वडामा बृक्षरोपण गर्ने निर्णय गरेको नेकपाका जिल्ला सचिव ऋषिराम ढुंगानाले बताए । नेकपा धनकुटाले आज प्रेस बिज्ञप्ति जारी गरेर बृक्षरोपणमा सहभागि हुन नेता, कार्यकर्तालाई आग्रह पनि गरेको छ । नेकपा जिल्ला सचिव ढुंगानाले प्रेस

    • प्रकाशित मितिः साउन ४, २०७७
    • 579 पटक पढिएको
    • "सन्तोष रुचाल"
  • प्रदेश १ का विकास योजनामा भ्रष्टाचार र कमिसन रोक्न सांसदको माग

    विराटनगर । प्रदेश १ का सांसदले प्रदेश सरकारका योजना कार्यान्वयन गराउने कार्यालयले काम गरिदिए वापत ६ देखि १५ प्रतिशतसम्म कमिसने लिने गरेको भन्दै रोक्न सरकारको ध्यानाकार्षण गरेका छन् । नेकपाका सांसद रामकुमार राईले आइतबार प्रदेशसभा बैठकको शुन्य समयमा प्रदेश १ सरकारले भ्रष्टाचारमा शुन्य सहनशिलता भनेपनि खोटाङमा सिंचाई प्रमुख रु. ९ लाख घूससहित पक्राउ परेको बताउँदै भने,“धेरै कार्यालयले ५ देखि १५ प्रतिशतसम्म कमिसन माग्ने गरेका छन् । माथि बुझाउने भनेर पक्राउ परेकाले माथि बुझाउनु पर्छ भन्ने गर्छन । यो गम्भीर विषय हो । सरकारको बदनाम गराउन खोजेको हो कि के हो ?” सरकारले भ्रष्टाचारीलाई मानहानी

    • प्रकाशित मितिः साउन ४, २०७७
    • 626 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • हराएका मोबाईल फर्काउन सकृय ईटहरी प्रहरी

    इटहरी । इलाका प्रहरी कार्यालय इटहरीले सिडिआर शाखा स्थापना गरेदेखि हाल सम्म ७२,१८,६२० (बहत्तर लाख अठार हजार आठ सय साठी) रूपैया बराबरको मोबाइल फेला पारीसकेको छ । करीब ३ सय थान मोबाइल फेला पारी प्रहरीले सम्बन्धित धनिहरूलाइ बुझाइसकेको छ । इटहरीमा बिभिन्न ब्राण्डका मोबाइलहरू हराउने एवम चोरी हुने घटना बढन थालेपछि सर्वसाधारणको गुनासो र उजुरीलाइ मध्यनजर गर्दै इलाका प्रहरी कार्यालय इटहरीले गत २०७६ साल देखि सिडिआर शाखाको स्थापना गरी कार्यान्यवनमा ल्याएको थियो । प्रहरीले ७६ वैशाखदेखि ७७ जेठसम्म ५५ लाख मूल्य बराबरको २ सय ३१ वटा मोबाइल फेला पारी सम्बन्धित धनीलाइ बुझाइसकेको इलाका प्रहरी कार्यालय इटहरीका प्

    • प्रकाशित मितिः साउन ४, २०७७
    • 815 पटक पढिएको
    • "तेजबहादुर बन"
  • भारतीय भन्सार एजेन्टले जोगबनी नाकामा आयात निर्यातको काम रोक्ने

    विराटनगर । भारतीय भन्सार एजेन्टहरुले जोगबनी नाकामा नौ दिनसम्म काम कारवाही ठप्प गर्ने घोषणा गरेका छन् । बिहारको जोगबनीस्थित भारतीय भन्सार कार्यालयसंग सम्बन्धित क्लियरिङ एजेन्ट, सिएचए एवम् ट्रान्सपोर्टरहरुले २२ तारिख यही बुधबारदेखि जुलाई ३१ सम्म सबै कामकाज ठप्पा पार्ने घोषणा गरेका हुन । भारतको बिहार राज्यमा कोरोना संक्रमणको दर तीव्र रुपमा फैलन शुरु भएको र सीमामा कामकाज गर्न जोखिम भएको भन्दै उनीहरुले भन्सारसंग सम्बन्धित काम गर्न सक्ने जनाउ दिएका छन् । एजेन्ट, तथा ट्रान्सपोर्टरहरुको संयुक्त बैठकले कारोना महामारीबीच काम गर्न स्वस्थ्यका हिसाबले समेत जोखिमपूर्ण भएको निर्णय गरको हो । बैठकमा के गर्ने

    • प्रकाशित मितिः साउन ४, २०७७
    • 1,071 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • ट्यांकी निर्माणको नाममा शहीद स्मृति पार्कको लाखौंको संरचना भत्काइयो

    बराहक्षेत्र । खानेपानी ट्यांकी निर्माणको नाममा शहीद स्मृति शान्ति पार्कले लगानी गरेको लाखौंको संरचना भत्काइएको छ । केन्द्रीय सरकारको लाखौंको लगानीमा निर्माण भएको कम्पाउण्ड वाल र साविक गाउँ विकास समितिले विनियोजन गरेको वार्षिक बजेटबाट निर्माण गरिएको संरचना भत्काइ खानेपानी ट्यांकी निर्माण गर्न थालिएको छ । सुनसरीको वराहक्षेत्र १ स्थित लालबस्तीमा निर्माणाधीन शहीद स्मृति शान्ति पार्क अतिक्रमण गरी स्थानीय तोरिबारी खानेपानी संस्थाले ट्यांकी निर्माण थालेको स्थानीयले गुनासो गरेका छन् । वर्षौंदेखि लगानी हुँदै आएको सरकारी रकम वालुवामा पानी हाले सरह भएको स्थानीयको गुनासो छ । तत्कालीन माओवादीले विकास गरे

    • प्रकाशित मितिः साउन ४, २०७७
    • 962 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • गल्फ मैदान लाई ब्यबस्थित बनाउन गल्फ क्लबलाइ ट्याक्टर प्रदान

     धरान । देशकै उत्कृष्ट गल्फ खेल मैदानको रुपमा रहेको धरानको निर्वाणा कन्ट्री क्लबको खेल मैदानलाइ सम्याउन तथा मर्मत सम्हारको लागि ट्रयाक्टर प्रदान गरिएको छ । शनिबार एक कार्यक्रमको आयोजना गरि धरान गल्फ क्लबलाइ धरान उपमहानगरपालिकाका मेयर तिलक राइले क्लबका अध्यक्ष टीका लिम्बूलाई ट्याक्टर हस्तान्तरण गरेका हुन् । ट्याक्टर खरिदका लागि धरान उपमहानगरपालिका, क्लबका सदस्यहरु र कबिन ईन्टरनेश्नल प्रा।लि। बिराटनगरले सहयोग गरेका थिए । धरान उपमहानगरपालिकाले दिएको नगद ५ लाख सहित गल्फ क्लबका सदस्यहरु बाट संकलन भएको ४ लाख ५० हजार बाट ट्याक्टर खरिद गरिएको हो । ट्याक्टर को मूल्य १२ लाख रुपैया रहे पनि कबिन ईन

    • प्रकाशित मितिः साउन ४, २०७७
    • 1,874 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • बिपिको रजिस्ट्रारमा प्रसुती बिभाग प्रमुख प्रा. डा.मोहन चन्द्र रेग्मी

    धरान । लामो समय देखि रिक्त रहेको धरान स्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको रजिष्ट्रारमा प्रसुती बिभाग प्रमुख प्रा। डा।मोहन चन्द्र रेग्मी नियुक्त भएका छन् । प्रतिष्ठान भित्रै बाट पहिलो पटक रजिस्ट्रार नियुक्ती गरिएको हो । प्रा। डा।रेग्मीलाई आज स्वास्थ्यमन्त्री भानुभक्त ढकालले नियुक्ती गरेका हुन् । प्रतिष्ठानका उपकुलपतिले ३ जनाको नाम सिफारिश गरेको थियो । डा। रेग्मी प्रतिष्ठान का उपकुलपती प्रा।डा।ज्ञानेन्द्र गिरीका नजिकका मानिन्छन । त्यसैले पनि गिरिले उनको नाम सिफरिश गरेको बुझिएको छ । डा।रेग्मीले नियुक्ती पत्र पनि लिइसकेका छन् ।

    • प्रकाशित मितिः साउन ४, २०७७
    • 908 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • बराहक्षेत्रको साकेला पार्क निर्माण तथा व्यवस्थापन समितिमा दिनेश राईको नेतृत्व

    चतरा /  बराहक्षेत्र स्थित किरात राईहरूको पवित्र धार्मिक स्थल साकेला थान (पार्क) को निर्माण तथा व्यस्थापन समितिको दोश्रो कार्यकालका लागि दिनेश काम्दुङ राईको अध्यक्षतामा ९ सदस्यीय समिति चयन भएको छ । समितिका निवर्तमान अध्यक्ष मनजित राईले पहिलो कार्यकाल समितिको विधिवत रूपमा समिति भंग भएको घोषणा गरेका थिए । समितिमा उपाध्यक्ष सुवधन राई, सचिव विश्व थुलुङ राई, सहसचिव पुष्पा राई, कोषाध्यक्ष जानुका राई चयन भएका छन् । त्यसै गरि सदस्यहरूमा जितेन्द्र राई, शान्ता राई रहेका छन भने दुई सदस्य पछि मनोनित गरिने भएको छ । वराहक्षेत्र ऐतिहासिक पुरातात्वीक रूपमा किरात समुदायहरूको पवित्र धार्मिक स्थलको रूपमा ज

    • प्रकाशित मितिः साउन ३, २०७७
    • 1,931 पटक पढिएको
    • "हिमाल राई"
  • पछिल्लो २४ घण्टामा ५७ जनामा कोरोना संक्रमण पोजेटिभ

    काठमाडौँ / शनिबार थप ५७  जनामा संक्रमण पोजेटिभ पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस व्रिफिङको क्रममा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए । यो सगै नेपालमा संक्रमितको संख्या १७ हजार ५ सय २   पुगेको छ । कोरोना संक्रमणका कारण  मृतकको संख्या ४० पुगेको छ ।  पछिल्लो २४ घण्टामा थप १०३ जना संक्रमित निको भएर डिस्चार्ज भएका छन् । यो सँगै नेपालमा कुलडिस्चार्ज हुनेको संख्या ११ हजार ६ सय ३७ जना रहेका छन् । नेपालमा हालसम्म सबै जिल्लामा कोरोना संक्रमण पुष्टि भएको छ ।

    • प्रकाशित मितिः साउन ३, २०७७
    • 818 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved