समाचार

    Showing 7,531-7,540 of 8,685 items.
  • थप ९ जनामा कोरोना संक्रमण, धरानमा संक्रमितको संख्या १ सय ३४ पुग्यो

    धरान । धरानमा आज ९ जनामा कोरोना संक्रमण पुष्टि भए सङै धरानमा कोरोना संक्रमीतको संख्या १ सय ३४ पुगेको छ भने ३ जनाको मृत्यु भएको छ । शुक्रबार बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका एक जना नर्स र एन्फा क्वारेनटाइनमा खटिएका दुई जना नेपाली सेना सहित ९ जनामा कोरोना सङ्क्रमीत थपिएका हुन । शुक्रबार सङ्क्रमण पुष्टि हुनेमा धरान १७ को एन्फा क्वारेनटाइनमा खटिएका ३४ र २७ वर्षीय पुरुष नेपाली सेना र बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको इमरजेन्सी वार्डमा कार्यरत २५ बर्षीया नर्स, सर्जरी वार्डमा कार्यरत हेल्थ एडको १९ बर्षीया छोरी, धरान १७ का थप ५ जना कनट्र्याक्ट ट्रेसिङका ५९ बर्षीया महिला, ३३

    • प्रकाशित मितिः भदौ १२, २०७७
    • 910 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • धरान स्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा सिरहाका एक कोरोना संक्रमितको मृत्यु

    धरान / धरान स्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा सिरहाका एक कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ । प्रतिष्ठानका अनुसार प्रदेश नम्बर २ सिरहा नगरपालिका वडा नं २का ५५ वर्षीय पुरुषको प्रतिष्ठानमा उपचरका क्रममा ६ः४५ मा मृत्यु भएको हो । प्रतिष्ठानका प्रवक्ता डा निदेश सापकोटाका अनुसार मृतकमा उच्च रक्तचापको समस्या रहेको र २० वर्ष अगाडी क्षयरोगको औषधि १८ महिना सेवन गरेको बताएका छन् । उनका अनुसार अत्यधिक खोकी, श्वास फेर्नमा समस्या, ज्वरो आएपछि भदौ ६ गते प्रतिष्ठानको मेडिसिन वार्डमा भर्ना भएका उनको ७ गते रिपोर्ट पोजेटिभ आएको र उनलाई प्रतिष्ठानको कोभिड १९ उपचार केन्द«मा सरिएको उनलाई थ

    • प्रकाशित मितिः भदौ ११, २०७७
    • 800 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • धनकुटामा जारी लकडाउन थप एक हप्ता सम्म कायमै रहने

    धनकुटा, ११ भदौ ÷धनकुटामा जारी निषेधाज्ञा पुनः एकहप्ताको लागि थप गरिएको छ । कोभिड–१९ संकट व्यवस्थापन समितिको आज सम्पन्न बैठकले एकहप्ताको लागि निषेधाज्ञा थप गर्ने निर्णय गरेको हो । धनकुटामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमणको जोखिम कायम रहेकाले संक्रमणलाई रोक्नको लागि २०७७ भदौ ११ गतेदेखि भदौ १७ गतेसम्मको लागि निषेधाज्ञा जारी राखिएको प्रमुख जिल्ला अधिकारी केशव प्रसाद बिमलीले बताए । धनकुटाको सहिदभूमि गाउँपालिकामा कार्यरत स्वास्थ्यकर्मीमा भदौं ४ गते कोरोना भाइरसको संक्रमण देखिएपछि सोही दिनदेखि धनकुटामा भदौ ११ गतेसम्म निषेधाज्ञा घोषणा गरिएको थियो । छिमेकी जिल्लाहरुमा समुदायस्तर

    • प्रकाशित मितिः भदौ ११, २०७७
    • 1,026 पटक पढिएको
    • "सन्तोष रुचाल"
  • महिला बालिकाको क्षेत्रमा सम्वेदनशील बन्न संचारकर्मीलाई आग्रह (भिडियो सहित)

    बराहक्षेत्र / महिला बालिकाको क्षेत्रमा समाचार सम्प्रेषण गर्दा प्रहरी अनुसन्धानमा सहयोगी भूमिका निर्वाह गर्ने गरी सम्प्रेषण गरिदिन वराहक्षेत्रका सन्चारकर्मीलाई आग्रह गरिएको छ । इलाका प्रहरी कार्यालय चक्रघट्टी महेन्द्रनगरका इन्स्पेक्टर पान्डव राजवंशीले प्रहरी अनुसन्धानका क्रममा केही गोपनियता राख्नु पर्ने भएकाले संचारकर्मीलाई सम्वेदनशीलता मनन गरिदिन आग्रह गरे । महिला र बालिकाको अधिकार र पुनस्थापनाको क्षेत्रमा काम गर्दै आएको गैर सरकारी संस्था ओरेक नेपालले बिहीबार इलाका प्रहरी कार्यालय चक्रघट्टीमा`महिला बालिकाका मुद्दा र सन्चार क्षेत्रको सम्वेदनशीलता' विषयक अन्तरक्रिया गरेको थियो । अन्तरक्रियामा

    • प्रकाशित मितिः भदौ ११, २०७७
    • 1,007 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • थप ११ सय ११ जनामा कोरोना संक्रमण पुष्टि, ५सय ६९ जना डिस्चार्ज भएर घर फर्किए

    काठमाडौ २०७७ भदौ ११ बिहीबार १६:२२:०० प्रकाशित/  आज थप ११ सय ११ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस व्रिफिङको क्रममा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए । यो सगै नेपालमा संक्रमितको संख्या ३५ हजार ५ सय २९    जना  पुगेको छ । नेपालमा मृतकको संख्या  १८३ जना पुगेको छ ।   पछिल्लो २४ घण्टामा थप ५सय ६९ जना संक्रमित निको भएर डिस्चार्ज भएका छन् । यो सँगै नेपालमा कुलडिस्चार्ज हुनेको संख्या २० हजार ७३  जना रहेका छन् ।  बिहीबार काठमाडौंमा  २७०, ललितपुरमा ६६ र भक्तपुरमा ४१&nbs

    • प्रकाशित मितिः भदौ ११, २०७७
    • 684 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • प्रतिबन्धीत औषधी सहित एक जना पक्राउ

    धरान । प्रतिबन्धीत औषधी संचय र दुरुपयोग गरेको आरोपमा धरान वडा नम्बर १५ का राजकुमार चौधरीलाई इलाका प्रहरी कार्यालय धरानले पक्राउ गरेको छ । गणतन्त्र बस्तीका चौधरीलाई प्रहरीले बुधबार पक्राउ गरेको हो । उनको घरमा खानतलासी गर्दा टिनको बाकसमा लुकाई राखेको अवश्थामा स्पास्मो प्रोक्सीन प्लस लेखिएको ३ हजार क्याप्सुल फेला पारेको थियो । उनलाई आवश्यक कारवाहीको लागि औषधी व्यवस्था विभाग विराटनगर पठाइएको प्रहरीले जनाएको छ ।  

    • प्रकाशित मितिः भदौ ११, २०७७
    • 979 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • सुनसरीमा ५ सय ३९ कोरोना संक्रमीत पुगे

    धरान । सुनसरीमा बिहिबार ३१ जना कोरोना संक्रमित थपिए संगै ५ सय ३९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । सुनसरीमा अहिले सम्म २ सय २३ जना कोरोना संक्रमित निको भएका छन् भने ३ सय १३ जना संक्रमित उपचाररत रहेको स्वास्थ्य कार्यालयका स्वास्थ्य अधिकृत दीक्षा श्रेष्ठले जानकारी दिइन् । श्रेष्ठका अनुसार बिहिबार धरान उपमहानगरपालिकामा १ जना पुरुष, १ जना महिला गरी २ जना, बर्जू गाउँपालिकामा ३ जना पुरुष, रामधुनी नगरपालिकामा २, इनरुवा नगरपालिकामा १ जना, गढी गाउँपालिकामा २ जना पुरुष, २ जना महिला गरी ४ जना, दुहबी नगरपालिकामा ७ जना पुरुष, ३ जना महिला सहित १० जना, इटहरी उपमहानगरपालिकामा १ जना महिला र ८ जना पुरुष गर

    • प्रकाशित मितिः भदौ ११, २०७७
    • 580 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • गोरु काटेको बिषयमा झडप हुदा गोलि लागेर एकको मृत्यु

    झापा । गोरु काटेको बिषयमा भएको झडपमा सशस्त्र प्रहरीको गोलि लागि एक जनाको मृत्यु भएको छ । झापा गाँउपालिका ३ कामाटोलीमा भएको झडपमा स्थानिय रमिकुल आलमको मृत्यु भएको हो । स्थानीयबासीले सुरक्षाकर्मीमाथि आक्रमण गरेपछि आत्मरक्षाका लागि सशस्त्र प्रहरीले गोलि चलाएको बताएको छ । गोरु काटेको खबर पाएपछि गएको प्रहरीको टोलीले थप मद्दत मागेपछि सशस्त्र प्रहरीको टोलि पुगेको थियो । झडपमा गोली लागि गम्भीर घाइते भएका आलमको बी एण्ड सी अस्पताल विर्तामोडमा उपचारका क्रममा साँझ सवा ७ बजेतिर मृत्यु भएको थियो । स्थानीयले काटेको गोरुको टाउको र खुट्टा बरामद गरी फर्कने क्रममा स्थानीय आक्रोशित भई आक्रमण गरेको प्रहरीले बत

    • प्रकाशित मितिः भदौ ११, २०७७
    • 1,368 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • दुहवीमा पत्रकार सहित११ जनामा कोरोना संक्रमण

    दुहबी । सुनसरीको दुहवी नगरपालिकामा थप ११ जनामा कोरोना ९कोभिड–१९० संक्रमण पुष्टि भएको छ । दुहवी नगरपालिका वडा नं। १ का १ पुरुष ४२ वर्षिय , वडा नं। ४ का ३ पुरुष २४, २६, ४१ वर्षिय र २ महिला १८, ३८ वर्षिय, वडा नं। ५ का १ पुरुष २० वर्षिय, वडा नं। ६ का १ पुरुष ३० वर्षिय र २ महिला १४, ४० वर्षिय रहेको त्यसै गरी दुहवी सशस्त्र प्रहरी गणका १ जना ३० वर्षिय रहेको दुहवी नगरपालिकाका स्वास्थ्य शाखाकी फोकल पर्सन पिंकी भगतले बताए । हाल उनिहरुको स्वस्थ्य अवस्था समान्य रहेको भगतले बताइन । भदौ ७ गते सुनसरीको दुहबी नगरपालिकामा १०१ जनाको स्वाब सन्कलन गरिएकोमा दुहबिमा कार्यरत एक पत्रकारमा पनि कोरोना पोजेटिभ द

    • प्रकाशित मितिः भदौ ११, २०७७
    • 781 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • बिपिका स्टाफ नर्सको माग सम्बोधन गर्न ५ सदस्यीय समिती गठन, समिती लाई १ हप्ताको समयावधी

    धरान । कोरोना संक्रमितको सम्पर्कमा आएका स्टाफ नर्सहरुको सुरक्षाको लागि बिपि कोइराला स्वास्थ्य बिज्ञान प्रतिष्ठानले कुनै चासो नदेखाएको भन्दै २ दिन देखि आन्दोलनमा रहेका स्टाफ नर्सको माग सम्बोधन गर्न समिती गठन गरिएको छ ।१६ बुदे माग सहित आन्दोलनमा रहेका स्टाफ नर्सको समस्या समाधान गर्न प्रतिष्ठानका निर्देशक प्रा।डा। गौरी शंकर शाहको संयोजकत्वमा ५ सदस्यीय समस्या समाधान समिती बनेको हो । आन्दोलनरत नर्सिङ स्टाफका प्रतिनिधिहरुसँग बुधबार बिहान प्रतिष्ठानका पदाधिकारीहरुसँग वार्ता भएको थियो । प्रतिष्ठानका प्रवक्ता डा।निदेश सापकोटाका अनुसार समितिमा कर्मचारी प्रशासनका उमेश कोइराला, मेट्रोन उपेन्द्र यादव रहेक

    • प्रकाशित मितिः भदौ १०, २०७७
    • 908 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved