धरान/ कोरोनाको संक्रमण बढ्दै जादा उपचारमा समेत समस्या हुदै गएको छ । प्रतिष्ठानमा कोरोना विरामीको चाप बढ्दै जादा उपचार हुन नसक्दा विरामीको ज्यान समेत जाने अवस्था रहेको छ । यसैलाई मध्यनजर गरी महामारीको नियन्त्रण गर्ने उद्देश्यले धरानस्थित वी.पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई लायन्स क्लव अन्तराष्ट्रिय डिस्ट्रिक्ट ३२५ ए १ नेपालले FineCare 3 Plus नामक मेशिन हस्तान्तरण गरेको छ ।यस मेशिनवाट कोभिड परीक्षणका अतिरिक्त कोभिड भएका विरामीको DDimer, CRP, PCT, IL6 लगायत अन्य चेक जांच गर्नुका साथै कोभिड ठीक भएर घर फर्किएका विरामीमा पनि पूर्ण रुपले ठीक भए नभएको समेत पत्ता लाग्ने जनाइएको छ । यस
मोरङ । मोरङको केरावारी गाउँपालिका(३ का ३२ बर्षीय हस्त बहादुर राईको हत्यामा संग्लग्न रहेका ४ जना, ४ थान भरुवा बन्दुक सहित पक्राउ परेका छन् । गत बैशाख ८ गते मृतक राई सहित १० जनाको समुहमा स्थानीय बाँसघारी खोप सरकारी राष्ट्रिय वनमा शिकार खेल्न गएकोमा समुहकै गजेन्द्र राईले चलाएको भरुवा बन्दुकको गोली लागेर राईको मृत्यु भएको थियो । घटनाको जानकारी पाए लगत्तै अनुसन्धानमा खटिएको प्रहरी टोलीले घटनामा संग्लग्न रहेका मध्ये रुबिन लिम्बु र गजेन्द्र बहादुर राईलाई बैशाख ९ गते नै १ थान भरुवा बन्दुक सहित पक्राउ गरेको थियो । उक्त घटना संग्लग्न रहेका अन्य अभियुक्तहरुको खोजतलास भईरहेकोमा जेष्ठ १९ गते केराबा
धरान । प्रदेश नं १ को बर्खे अधिवेशन आगामी जेठ २४ गते बोलाउन मन्त्रिपरिषदले सिफारिस गरेको छ । बिहिबार बिहान मुख्यमन्त्री कार्यालयमा बसेको बैठकले यस्तो निर्णय गरेको हो । बैठक पछि आन्तरिक मामिला तथा कानुनमन्त्री हिक्मतकुमार कार्कीले आजबसेको मन्त्रिपरिषदको बैठकले जेठ २४ गते अपरान्ह २ बजे बैठक बस्ने गरी प्रदेश प्रमुखसमक्ष अधिवेशन आह्वान गर्न सिफारिस गर्ने निर्णय गरेको बताए ।
बराहक्षेत्र / उदयपुरको बेलका नगरपालिका केही युवाहरुले मनोरञ्जनको लागि बनाएको ‘रामपुर परेली’ फेसबुक ग्रपले विपन्न परिबारको घर घरमा खाद्यन उपलब्ध गराउने अभियान सुरु गरेको छ । ग्रुपले कोभिट (१९ न्युनिकरण गर्न लगाईएको लकडाउनका कारण रोजगार गुमाएका मजदुर र गरिव न्यून आए भएको परिवारलाई खाद्य सहयोग गरिरहेको छ । सामाजिक सञ्जलमा ग्रुप बनाएर विभिन्न देशमा बस्ने युवाहरुबाट आर्थिक संकलन गरेर सहयोग गरिहेका रामपुर परेली समुहका अध्यक्ष उमेश बस्नेतले जानकारी दिएका छन् । सुरुवाती चरणमा कोरोना महामरीको समयमा स्वास्थ्य सामग्रिहरु वितरण गरेको रामपुर परेलीले गएको बैसाख २८ गते बेलका नगरपालिका
माोरङ्ग/ माोरङ्गको कानेपोखरीका मृगौला पिडित रमेश कुमार थारुले उपचारका निम्ति आर्थिक सहयोगको अपिल गरेका छन।कानेपोखरी ५ भौसाबारीका २९ बर्षिय थारुले थप उपचारका लागि आफ्नो आर्थिक स्थिति कमजोर भएका कारण उपचारका लागि आर्थिक सहयोगको अपिल गरेका हुन । गत बैशाख २० गते आफ्नो शरिरमा समस्या देखा परेपछि चेक जाच गर्न अस्पताल पुग्दा उनको मृगौलामा समस्या रहेको थारुले सुनाए । २९ बर्षिय थारु दैनिक ज्याला मजदुरी गर्दै आफ्नो गुजारा चलाउदै आएका थिए । थारुको ८ जनाको परिवारले उनकै ज्याला मजदुरीबाट गुजरा चल्दैआएको उनले बताए । आफु बिरामी परे पछि परिवारका अन्य सदस्यहरुको बिहान बेलुकाको छाक टार्न समेत समस्या भएको थारुल
इटहरी । उपभोक्तालाइ म्याद गुज्रिएको औषधि बिक्रि गर्ने इटहरीका तीनवटा औषधीपसललहरू बुधबार शिल गरिएको छ । अनलाइन माध्यमबाट परेको उजुरीको आधारमा इटहरी उपमहानगरको आकस्मिक अनुगमन पश्चात तिनवटा औषधि पशलहरू तत्कालको शिल गरिएको हो । उपमहानगरकी उपमेयर लक्षमि गौतमको संयोजकत्वमा भएको अनुगमनमा इटहरी प्रहरी कार्यालय अघाडि रहेको सामुदायिक औषधि पसल , कलर्श फार्मेसि र इटहरीकै आरव मेडिको एण्ड सप्लायर्सलाई तत्काल शिल गरिएको हो । उपभोक्ताले औषधि किन्ने क्रममा सामुदायिक औषधि पशलले म्याद गुज्रिएको औषधिमा नयाँ स्टिकर टासेको प्रत्यक्ष भेटिएपछि तत्काल अस्पतालको मेडिसिन बिभाग शिल गरिएको उपमेयर लक्षमी गौतमले बताइन ।
विराटनगर । अध्यादेशमार्फत आर्थिक कार्यविधि ऐन संशोधन गरेर गराउने प्रि–बजेट छलफल कर्मकाण्डीमात्र हुने प्रदेश १ का विपक्षी दलले टिप्पणी गरेका छन् । सरकार संविधान प्रति गैर जिम्मेवार नभएको र बजेट जस्तो सरकारको मुख्य कार्यक्रमलाई समेत निक्कै हलुका ढंगले लिएको उसको व्यवहारबाट पुष्टि भएको भन्दै विपक्षीले आलोचना गरेका हुन । प्रदेश १ सरकारले बजेटमाथिको पूर्व छलफल गर्ने अवधि घटाउन आर्थिक कार्यविधि ऐन २०७४ संशोधन गर्ने बुधबार निर्णय गरेसंगै विपक्षीको यस्तो टिप्पणी आएको हो । ऐनलाई संशोधन गर्न बनेको अध्यादेश प्रदेश प्रमुख समक्ष पेश गरिएको आन्तरिक मामिला तथा कानुन मन्त्री हिक्मत कार्कीले जानकारी दि
धरान। पैदल यात्रीलाई ठक्कर दिएर फरार रहेका धरान १५ का मिङ्मा शेर्पालाइ प्रहरीले पक्राउ गरेको छ । गत वैशाख २० गते धरान उपमहानगरपालिका वडा नं। ८ स्थित कोशी राजमार्ग सडक खण्डमा पैदलयात्री सहल मान राईलाई ठक्कर दिई फरार भएका थिए । मोटरसाइकल तथा चालक खोजतलास गर्ने क्रमममा जेठ १८ उनलाइ प्रहरीले पक्राउ गरेको हो । शेर्पा लाई पक्राउ गरी निजले दुर्घटना गराउँदा चलाएको मे ७ प ५९९१ नम्बर को १५० सिसि को पल्सर मोटरसाइकल थान(१ समेत नियन्त्रणमा लिएको छ । शेर्पालाई आजै सुनसरी जिल्ला अदालतबाट सवारी ज्यान मुद्दामा म्याद थप गरी ईलाका प्रहरी कार्यालय धरान सुनसरीबाट थप अ
धरान। जबर्जस्ती करणी गरेको आरोपमा इलाका प्रहरी कार्यलय धरानले एक जनालाइ पक्राउ गरेको छ । धरान उपमहानगरपालिका वडा नम्बर ११ आँपगाछी चौक बस्ने एक ५६ वर्षिय सुस्त मनस्थितिकी महिलालाई जबरजस्ती करणी गरेको आरोपमा वर्ष ५२ को बले भन्ने बल बहादुर थापालाई प्रहरीले मंगलबार पक्राउ गरेको हो । थापालाइ सुनसरी जिल्ला अदालतबाट जबरजस्ती करणी मुद्दामा म्याद थप गरी आवस्यक अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।
विराटनगर । प्रदेश १ सरकारले बजेटमाथिको पूर्व छलफल गर्ने अवधि घटाउन आर्थिक कार्यविधि ऐन २०७४ संशोधन गर्ने निर्णय गरेको छ । यसलाई संशोधन गर्न बनेको अध्यादेश प्रदेश प्रमुख समक्ष पेश गरिएको छ । प्रदेश १ को बुधबार बसेको मन्त्रिपरिषद् बैठकले प्रदेश प्रमुखसमक्ष अध्यादेश पेश गरेको र ऐन संशोधन गरी १५ दिन अगावै पूर्व बजेट छलफल गराउने पर्नेमा अब अध्यादेशमार्फत त्यो अवधि घटाएर पाँच दिन बनाईने सरकारका प्रवक्ता आन्तरिक मामिला तथा कानुन मन्त्री हिक्मत कार्कीले जानकारी दिएका छन । उनले भने,“रेगुलर बैठकलाई लामो गर्न नसक्ने भएकोले । पाँच दिन अगावै छलफल सक्ने गरी अध्यादेश मार्फत गर्ने निर्णय भएको छ ।&rdquo