भदौं १६ बाट सुरु हुनु लागेका सोह्र श्राद्ध भर्चुअल माध्यमबाट गर्न तिलोत्तमा नगरपालिकाले एक सार्वजनिक सुचना जारी गर्दै यस्तो आग्रह गरेको छ । समुदाय स्तरतमा संक्रमण फैलिदै गएकाले सोह्र श्राद्ध भर्चुअल माध्यमबाट गर्नरगराउन नगरवासीमा आग्रह गरेको हो । नगरपालिकाद्वारा जारी सुचनामा एकजना पुरोहित धेरैजना यजमानको घरमा श्राद्ध गराउन जाने प्रचलन रहेकाले यसपटक कोरोना भाइरस संक्रमणको जोखिम रहेको विषम परिस्थितिमा वैकल्पिक तरिकाले विद्युतीय (भर्चुअल) विधिबाट सोह्र श्राद्ध गर्न–गराउन आह्वान गरेको छ ।
धरान । एन्फा क्वारेन्टाइनमा खटिएका ३ जना नेपाली सेना सहित धरानका ६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । शनिबार बिहान थप भएका कोरोना संक्रमित ३ जना नेपाली सेना र १ जना धरान १७ की ३९ वर्षिय महिला छिन् भने दुई विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान भित्रका रहेका छन् । धरान १७ स्थित एन्फा क्वारेन्टाइना खटिएका २६, २५ र २७ वर्षिय नेपाली सेनामा कोरोना पुष्टि भएको छ भने प्रतिष्ठानमा कार्यरत एक जना मेडिसिन युनिट ३ मा कार्यरत हेल्ड एडकी १० बर्षीया भाञ्जि हुन् । अर्का एक जना संक्रमित १७ बर्षीय पुरुष छन् । उनी पनि प्रतिष्ठानको टि।बि।ल्याबमा काम गर्ने हेल्थ एडकै छोरा रहेको धरान उपमहानगरपालिकाको स्वास
धरान / इलाका प्रहरी कार्यलय धरानले धरान १४ वस्ने ससिम राईलाई पक्राउ गरेको हो । राईलाई आज उनकै घरमा लुकीछिपि बसेको अवस्थामा पक्राउ गरेको हो । रार्ईले मिति २०७६ असार १० गते राति आइतबारे सडकमा धरान १४ पिण्डेश्वर वस्ने रंजित तामाङलाई धारिलो हतियार छुरा प्रहार गरेका थिए । राईलाई धारिले हतियार छुरा प्रहार गरी ज्यान मार्ने उद्योगमा मुद्धा गरेको थियो । सुनसरी जिल्ला अदालतबाट फरार रहेका उनलाई अदालतबाट पकाउ अनुमति प्राप्त भई कार्यलयबाट खटिएको प्रहरीको टोलीले खोजतलास गर्ने क्रममा राईलाई पक्राउ गरेको हो ।
विराटनगर, १२ भदौ । प्रदेश १ मा आज ७४ जना कोरोना संक्रमित थपिएका छन् । सुनसरीमा ४१, मोरङ र झापामा १४–१४, संखुवासभामा २, पाँचथरमा १ र प्रदेश १ बाहिरका २ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार आज सुनसरीको इनरुवामा ६ महिला १४ पुरुष, धरानमा ५ महिला ४ पुरुष, इटहरीमा ५ पुरुष, देवानगञ्जमा २ महिला २ पुरुष, कोशी गाउँपालिकामा ३ पुरुषको रिपोर्ट पोजेटिभ आएको छ । मोरङको विराटनगरमा २ महिला ५ पुरुष, लेटाङमा १ महिला २ पुरुष, सुन्दरहरैचा र रंगेलीमा २–२ पुरुषमा संक्रमण देखिएको छ । उता झापाको कमलगाउँपालिकामा २ महिला ७ पुर
सुनसरी । सुनसरीमा सबै भन्दा बढी ४१ जनामा कोरोना संक्रमण देखिए संगै प्रदेश १ मा शुक्रबार ७४ जना कोरोना संक्रमित थपिएका छन् । यो संगै प्रदेशमा कोरोना संक्रमीत ३ हजार १ सय ४ पुगेका छन भने २७ जनाको मृत्यु भएको छ । शुक्रबार थपिएकामा सबै भन्दा बढी सुनसरीमा ४१ सहित मोरङ र झापामा १४–१४, संखुवासभामा २, पाँचथरमा १ र प्रदेश १ बाहिरका २ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार सुनसरीको इनरुवामा ६ महिला र १४ पुरुषमा संक्रमण देखिएको छ भने धरानमा ५ महिला र ४ पुरुषमा पुष्टि भएको छ । यस्तै, इटहरीमा ५ पुरुष, देवानगञ्जमा २ महि
काठमाडौ २०७७ भदौ १२ शुक्रबार १६:२५:२१ प्रकाशित/ आज थप ९ सय २७ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस व्रिफिङको क्रममा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए । यो सगै नेपालमा संक्रमितको संख्या ३६ हजार ४ सय ५६ जना पुगेको छ । नेपालमा मृतकको संख्या १९० जना पुगेको छ । पछिल्लो २४ घण्टामा थप १ सय ६९ जना संक्रमित निको भएर डिस्चार्ज भएका छन् । यो सँगै नेपालमा कुलडिस्चार्ज हुनेको संख्या २० हजार २ सय ४२ जना रहेका छन् । शुक्रबार काठमाडौंमा ३५०, ललितपुरमा ११ र भक्तपुरमा ५४ स
नेपालका अर्बपति व्यवसायी एवम् सिजी ग्रुपका मालिक नेपाली कांग्रेसका सांसद विनोद चौधरीलाई कोरोना पोजिटिभ देखिएको छ । चौधरीले शुक्रबार ट्विटमार्फत् आफूलाई कोरोना भएको सार्वजनिक गरेका हुन्। आज बिहान चौधरीलाई पिसिआर परीक्षणको रिर्पोट पोजिटिभ आएको हो ।
सुनसरी । धनकुटाको किबी फलबाट उत्पादन भएको प्रिन्सेस वाइन बजारमा आउने भएको छ । माउण्ट एभरेष्ट वाइनरीको उत्पादन ‘प्रिन्सेस’वाइन लकडाउनकै बीच बजारमा लौजाने तयारी गरेको छ । केहि दिनमै नेपालको प्रमुख सहरहरु सँगै नेपाली बजारमा वाइन र्पुयाउन लागिएको कम्पनीका प्रबन्ध निर्देशक विष्णु बास्तोलाले बताए । उनले भने, पूर्वी पहाडी जिल्लामा उत्पादन भएको किबी फल सँगै अन्य फलफूलबाट उत्पादन गरेको प्रिन्सेस वाइनको बजारीकरणको तयारी गरेका छौं ।’ उत्पादनको काम सबै सकिएको र बजारमा लौजान मात्र बाँकी रहेको उनको भनाई छ । उनले भने, लकडाउनको कारण हामीले उत्पादन गरेको वाईन बजारमा लौजान सकेको थिएनौ, हामी
बराहक्षेत्र । प्रदेश नम्बर एक स्थित सुनसरीको बराहक्षेत्रमा आजसम्मकै ठूलो धनराशी पुरस्कार भएको सदाबहार राष्ट्रिय टिकटक स्टार प्रतियोगिता २०७७ हुने भएको छ। बिहीबार पत्रकार भेटघाट गर्दै सदाबहार मिडिया प्रालिद्वारा आयोजना हुन गइरहेको प्रतियोगिता भाद्र १३ गतेदेखी कार्तिक २८ गतेसम्म संचालन हुने जनाईएकोछ। प्रतियोगिताको पहिलो चरण अन्तर्गत भाद्र १३ गतेदेखी २८ गतेसम्म आबेदनको रुपमा सहभागीले सदाबहार मिडियाको अफिसियल पेजमा आफ्नो टिकटक भिडियो लिंक पठाउनेछन भने त्यसमध्ये भ्युजको आधारमा उत्कृष्ट १सय सहभागीलाई दोस्रो चरणमा प्रवेश गराइने कार्यक्रम संयोजक देब भट्टराईले बताए। असोज १९ गते दोस्रो चरणमा उत्कृष्ट
धरान । धरानमा आज ९ जनामा कोरोना संक्रमण पुष्टि भए सङै धरानमा कोरोना संक्रमीतको संख्या १ सय ३४ पुगेको छ भने ३ जनाको मृत्यु भएको छ । शुक्रबार बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका एक जना नर्स र एन्फा क्वारेनटाइनमा खटिएका दुई जना नेपाली सेना सहित ९ जनामा कोरोना सङ्क्रमीत थपिएका हुन । शुक्रबार सङ्क्रमण पुष्टि हुनेमा धरान १७ को एन्फा क्वारेनटाइनमा खटिएका ३४ र २७ वर्षीय पुरुष नेपाली सेना र बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको इमरजेन्सी वार्डमा कार्यरत २५ बर्षीया नर्स, सर्जरी वार्डमा कार्यरत हेल्थ एडको १९ बर्षीया छोरी, धरान १७ का थप ५ जना कनट्र्याक्ट ट्रेसिङका ५९ बर्षीया महिला, ३३