समाचार

    Showing 7,051-7,060 of 10,042 items.
  • सुनसरी एमालेको बैठकमा असन्तुष्ट पक्ष सहभागी नहुने

    धरान/ नेकपा एमालेभित्रको विवाद समाधान भएको प्रचार बाहिर आएपनि जेष्ठ २ गते अघिको कमिटीका जिल्ला सदस्यहरुले वैठकमा सहभागी नहुने जनाएपछि अझै पनि विवाद कायमै भएको स्पष्ट भएको छ । बुधबार बिहान होटल ड्रिमल्याण्ड होटलमा भएको असन्तुष्ट पक्षहरुको भेलाले आधिकारिता नै नभएको बैठकमा आफूहरु सहभागि नहुने भन्दै विज्ञप्ती नै प्रकशित गरेपछि एमालेभित्र अन्तरद्वन्द्व झन झन चर्किदै गएको प्रष्ट हुन्छ । जिल्ला कार्य समितिमा रहेका लक्ष्मी बानिया, राजमणि निरौला लगायत ३२ जनाले विज्ञप्तीमा हस्ताक्षर गरेका छन् । हस्ताक्षरित विज्ञप्तीम, पाटीबाट सञ्चालन हुनुपर्नेमा सुनसरीमा भने व्यक्तिगत तजविजले सञ्चालन भएको, एउट

    • प्रकाशित मितिः कार्तिक २४, २०७८
    • 610 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • कालीगढको अभावमा भोजपुरे खुकुरी संकटमा

    भोजपुर / खुकुरीबाट देश, विदेशमा चिनिएको भोजपुरमा खुकुरी बनाउने कालीगढ नहुँदा पेशा लोप हुन थालेको छ।खुकुरीले ख्याती कमाएको जिल्लामा दक्ष कालीगढ अभावले उत्पादनमा कमी आएको स्थानीय व्यापारीहरूको भनाइ छ। खुकुरी बनाउने पेशालाई इज्जत नदिने गरिएकाले पनि यो पेशा संकटमा परिरहेको उनीहरूको भनाइ छ। यस क्षेत्रमा भोजपुरे, सिरुपाते, चित्लाङ्गले कोथीमोडा लगायतका खुकुरी बन्ने गरेका छन्। यी खुकुरीको माग बजारमा राम्रो छ। तर कालीगढ र कच्चा पदार्थ अभावसँगै यो पेशा संकटमा पर्दै गएको ४० वर्षदेखि खुकुरी बनाउँदै आएका हर्कबहादुर विश्वकर्मा बताउँछन्। ‘खुकुरी बनाउने पेशा संकटमा छ। पेशा संकटमा पर्नुको मुख्य कारण यस

    • प्रकाशित मितिः कार्तिक २२, २०७८
    • 634 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • आर्थिक अवस्था कमजोर भएकै कारण मानसिक विरामीलाई सांगोलोले बाधेर राख्न बाध्य

    धरान/ आर्थिक अभावका कारण उपचार हुन नसकेपछ घरमै साङलोले बाध्य बाध्य हुन्छ ।पछिल्लो समय फक्ताङलुङ गाउँपालिका–४ इखाबुका एक युवकलाई सात महिनादेखि साङ्लोले बाँधेर राखिएको घट्ना सावजनिक भएको छ । घर छोडेर हिँड्न थालेपछि मानसिक बिरामी १९ वर्षीय सरोज लिम्बुलाई घरमै बाँधेर राखिएको हो । उपचारका लागि आर्थिक आभव भएकाले समयमै उपचार हुन नसकेको परिवारका सदस्यहरूले बताएका छन् । निको हुने रोग भएपनि उनी सात महिनादेखि घरमै पशु झै सांग्लोले बाधिएर बस्न बाध्य भएका छन् । यस भन्दा अगाडि पनि यस्ता घट्नाहरु धेरै भएपनि सम्बन्धित पक्षले कहिलै आँखा लगाएको पाइएन । पीडितका परिवारले समेत लिम्बुको उपचारमा धेरै पटक प्र

    • प्रकाशित मितिः कार्तिक २२, २०७८
    • 716 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • बागमतीका मुख्यमन्त्रीले आज विश्वासको मत लिने

    काठमाण्डौं/ बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डेले आज विश्वासको मत लिनुहुने भएको छ । उहाँ यही कात्तिक ११ गते मुख्यमन्त्री नियुक्त हुनुभएको थियो । सरकार गठन भएको ३० दिनभित्र प्रदेशसभामार्फत विश्वासको मत लिनुपर्ने प्रावधान छ । प्रदेशसभा बैठक आज दिउँसो ३ बजे बस्ने र सोही बैठकमा आज नै विश्वासको मत लिने प्रक्रिया सुरु गरिने सभामुख सानुकुमार श्रेष्ठले जानकारी दिनुभयो । “भ्याएसम्म विश्वासको मत लिने सबै प्रक्रिया आजै सकिन्छ, नभ्याए मात्र बाँकी प्रक्रिया भोलिका लागि सर्छ”, उहाँले भन्नुभयो । प्रदेशसभामा १०९ सदस्यमध्ये ५९ का समर्थनमा मुख्यमन्त्री बन्नुभएका पाण्डेले सजिलैसँग विश्वासक

    • प्रकाशित मितिः कार्तिक २२, २०७८
    • 621 पटक पढिएको
    • "रासस"
  • रमणीय भुतिया दह प्रचार प्रसारका अभावमा ओझेल

    धरान/ उदयपुरको बेलका नगरपालिका वडा नं. ५ मा रहेको भुतिया दह प्रचारप्रसारको अभावमा ओझेलमा परेको छ । भ्रमण बर्ष २०२० मा अधिक भन्दा अधिक आन्तरिक तथा वाह्य पर्यटक भित्र्याउदै भुतिया तालमा पर्यटक भित्र्याउने उद्देश्य लिएपनि कोरोना संक्रमणका कारण भ्रमण बर्ष नै प्रभावित बनेपछि यो तालको प्रचारप्रसारमा अझ बाधा पुगेको थियो । बेलका नगरपालिका वडा नंं ५ को वडा कार्यालयबाट करिब अढाइ किलोमिटर दूरीमा रहेको यो ताल अत्यन्तै आकर्षक रहेता पनि यहा सोचेजस्तो पर्यटक आउन नसकेको बेलका नगरपालिका वडा नंं ५ का वडा सदस्य बीरबहादुर मगर बताछन । उनले भने–‘यो ताल नेपालको आकर्षक तालमध्ये एक हो, तर प्रचारप्रसा

    • प्रकाशित मितिः कार्तिक २२, २०७८
    • 728 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • गाउँपालिकाको एम्बुलेस दुर्घटना, एकको मृत्यु

    फुङ्लिङ / ताप्लेजुङको मैवाखोला गाउँपालिकाले सञ्चालन गरेको मे १ झ ३१७० नं को एम्बुलेन्स दर्घटना हुँदा एक महिलाकोे मृत्यु भएको छ । शनिबार राति मैवाखोलाको मिल्केडाँडामा सो एम्बुलेन्स दुर्घटना भएको थियो । त्यसमा परेर मैवाखोला–२ की १६ वर्षीया हेमकला थोप्राको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ । एम्बुलेन्समा चालकसहित सात जना सवार थिए । अरु छ जना सामान्य घाइते भएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रहरी नायब उपरीक्षक बालनरसिंह राणाले जानकारी दिनुभएको छ । मैवाखोला गाउँपालिका केन्द्र साँघुबाट बिरामी वीरबहादुर लिम्बूलाई लिएर धरान जाँदै गर्दा एम्बुलेन्स दुर्घटना भएको

    • प्रकाशित मितिः कार्तिक २१, २०७८
    • 543 पटक पढिएको
    • "रासस"
  • एमाले भएकैले संविधान बचेको हो : अध्यक्ष ओली

    काठमाण्डौं / नेकपा ९एमाले० का अध्यक्ष केपी शर्मा ओलीले लोकतन्त्र र संविधानलाई संरक्षण गर्दै मुलुकलाई समृद्ध बनाउन आफ्नो पार्टी कटिबद्ध भएको बताउनुभएको छ । एमालेको कर्णाली काठमाडौँ सम्पर्क कमिटीले आज काठमाडौँमा आयोजना गरेको शुभकामना आदानप्रदान तथा देउसी भैलो कार्यक्रममा पूर्वप्रधानमन्त्री ओलीले एमाले नभएको भए विसं २०१७ सालमा झैँ अहिले पनि व्यवस्था र संविधानलाई च्यातेर फाल्ने काम भइसक्ने टिप्पणी गर्नुभयो । उहाँले एमाले शक्ति मुलुकमा रहेकै कारण नयाँ संविधान जारी भएको चर्चा गर्दै संविधानको रक्षा भएकाले सबै कार्यकर्ताले यसबारे जनस्तरमा चेतना फैलाएर आगामी निर्वाचनमा जित्ने गरी काम गर्न आग्रह गर्नुभ

    • प्रकाशित मितिः कार्तिक २१, २०७८
    • 609 पटक पढिएको
    • "रासस"
  • धरानका मेयर राईले आश्रमका बालबालिकाहरु भेटे

    धरान । धरान उपमहानगरपालिकाका मेयर तिलक राईले श्री सरस्वती बाल आश्रममा आश्रित बालबालिकाहरुसँग भेटघाट तथा शुभकामना आदान प्रदान गरेका छन् । शुक्रबार मेयर राईले धरान वडा नं. स्थित बाल आश्रम मै पुगेर आश्रित बालबालिकाहरुलाई भेट् गरेका हुन् । आश्रित बालबालिकाहरुसँग मेयर राईले आफ्नो अनुभवहरु साटासाट गरेका थिए । बालबालिकाहरुले मेयर राईलाई कात्तिक २२ गते शैक्षिक भ्रमणमा जाने जानकारी गराएका थिए । मेयर राईले तिहार, नेपाल सम्वत तथा छठ पर्वको शुभकामना दिदैं बालबालिकाहरुलाई अध्ययनमा निरन्तरता दिन आग्रह समेत गरेका थिए । शैक्षिक भ्रमणमा जादाँ एक÷एक वटा नोट बुक बोकेर रिपोर्ट गर्न पनि आग्रह गरे । मेयर रा

    • प्रकाशित मितिः कार्तिक २०, २०७८
    • 875 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • आज भाइटीका, उत्तम साइत ११ बजेर २ मिनेटमा

    धरान/ यमपञ्चकसमेत भनिने तिहारको पाँचौँ दिन आज भाइटीका पर्व दिदीबहिनीले आफ्ना दाजुभाइलाई श्रद्धा, आस्था र निष्ठाका साथ दीर्घायु, आरोग्य र ऐश्वर्य प्राप्तिको कामना गर्दै परम्पराअनुसार पञ्चरङ्गी वा सप्तरङ्गी टीका लगाएर मनाइँदैछ । प्रत्येक वर्ष कार्तिक शुक्ल द्वितीयाका दिन मनाइने नेपालीको दोस्रो ठूलो चाड तिहारको मुख्य दिन आज दाजुभाइले दिदीबहिनीबाट टीका ग्रहण गर्दैछन् । आजको दिनलाई यमद्वितीया पनि भनिन्छ । दिदीबहिनीले दाजुभाइलाई टीका लगाएपछि दाजुभाइले पनि दिदीबहिनीलाई टीका लगाउने गरिन्छ । दिदीबहिनीलाई पूजा गर्नाले अखण्ड सौभाग्य र ऐश्वर्य प्राप्त हुने शास्त्रीय मान्यता रहेको धर्मशास्त्रविद् एव

    • प्रकाशित मितिः कार्तिक २०, २०७८
    • 578 पटक पढिएको
    • "रासस"
  • रुखबाट लडेर मृत्यु

    खोटाङ । खोटाङको दिप्रुङचुईचुम्मा २ का ६२ बर्षीया लिला देवि देवकोटाको रुखबाट लडेर मृत्यु भएको छ । बिहीबार दिउसो १ बजे घर नजिकै भोर्लाको पात टिप्ने क्रममा रुखबाट लडि घाईते भएकी उनको उपचारको लागी लैजान लाग्दा घरमै मृत्यु भएको थियो । घटनाको बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

    • प्रकाशित मितिः कार्तिक १९, २०७८
    • 971 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved