झापा/ नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली झापा पुगेका छन् । गत फागुन २१ गते सम्पन्न निर्वाचनपछि ओली पहिलोपटक झापा पुगेका हुन् । इलाममा आयोजित कार्यक्रममा सहभागी हुन ओली झापा आएका हुन् । उनी चन्द्रगढी विमानस्थलमा अवतरण गरी स्थलमार्ग हुँदै इलाम प्रस्थान गरेका छन् । ओली आज इलाममै बस्ने कार्यक्रम रहेको नेकपा (एमाले) झापाका सचिव तुलसी कार्कीले जानकारी दिए । उनका अनुसार ओली भोलि बिर्तामोडमा आयोजना हुने एमाले झापाको ‘मिसन पार्टी जागरण अभियान’को उद्घाटन कार्यक्रममा सहभागी हुनेछन् । एमाले झापाले पार्टी संगठनलाई थप सक्रिय बनाउने तथा कार्यकर्तामाझ जागरण र अभियान सञ्चालन गर्ने उद्देश्यल
वराहक्षेत्र/ आज श्रावण महिनाको शुक्ल पक्षको तृतीया तिथि प्रेमको प्रतीक समेत मानिने वराह भगवान् वराह जयन्ती (वराह भगवानको प्राकट्य उत्सव) को अवसरमा वराह भगवान् विराजमान हुनुभएको स्थान सुनसरीको वराहक्षेत्र धाममा विशेष पूजा अर्चना गरी मनाईएको छ । श्रावण महिनाको शुक्ल पक्षको तृतीया तिथिका दिनलाई भगवान् वराहको जन्मोत्सव अर्थात् प्राकट्य उत्सवको रूपमा मनाउने परम्परा रहेको छ । शनिवार बिहानबाट वराह जयन्तीको अवसरमा वराहक्षेत्र नगरपालिका वडा नं. १ स्थित मन्दिरमा विशेष पुर्जा आराधना, दिन मङल यात्रा उत्सव, प्रातः कालिन भगवानको स्नान यात्रा,दुग्ध अविशेक पछि विशेष पूजा अर्चनासंगैमन्दिरमा गीता पा
धरान/ धरान–१६ स्थित सियोन स्कुलमा कक्षा–१० का विद्यार्थीहरूले वास्तविक संसदको झल्को दिने गरी ‘नमुना प्रतिनिधि सभा’ सञ्चालन गरेका छन्। विद्यार्थी सांसदहरूले सामाजिक सञ्जालको सुरक्षित तथा जिम्मेवार प्रयोगसम्बन्धी विधेयकमाथि बहस गर्दै ‘सामाजिक सञ्जालको सुरक्षित तथा जिम्मेवार प्रयोग विधेयक–२०८३’ बहुमतले पारित गरेका छन्। शुक्रबार विद्यालयको सभाहलमा बसेको नमुना प्रतिनिधि सभाको बैठकमा विधेयकमाथि सैद्धान्तिक तथा दफावार छलफल गरिएको थियो। विद्यार्थी सांसदहरूले विधेयकका विभिन्न प्रावधानमाथि पक्ष–विपक्षमा आफ्ना धारणा राख्दै तर्क प्रस्तुत गरेका थिए। सभामु
धरान/सुनसरीको धरानमा ठूलो परिमाणमा लागूऔषधसहित दुई युवक पक्राउ परेका छन्। धरान उपमहानगरपालिका–८ स्थित आकाश चोकमा शुक्रबार दिउँसो कोशी प्रदेश प्रहरी कार्यालय, विराटनगरको पीआईटी र इलाका प्रहरी कार्यालय धरानबाट संयुक्त रूपमा खटिएको प्रहरी टोलीले शंकाका आधारमा चेकजाँच गर्दा उनीहरूलाई लागूऔषधसहित पक्राउ गरेको हो। पक्राउ पर्नेमा धरान–८ का २८ वर्षीय मनोज पाण्डे र धरान–१५ का २२ वर्षीय पवन सापकोटा रहेका छन्। प्रहरीका अनुसार उनीहरूको साथबाट ट्रामोल ८७० क्याप्सुल र स्पास्पेन ८६५ ट्याब्लेट गरी जम्मा १ हजार ७ सय ३५ थान लागूऔषध बरामद भएको छ। लागूऔषधसहित नियन्त्रणमा लिइएका दुवै जनालाई इ
वराहक्षेत्र/ सप्तकोशी नदीकिनार क्षेत्रबाट प्रोकोपाइन ९त्रिखुट्टी० का नट–बल्टु चोरी गर्ने एक युवकलाई प्रहरीले पक्राउ गरेको छ। सुनसरीको वराहक्षेत्र नगरपालिका–७ स्थित सप्तकोशी नदीकिनार क्षेत्रबाट प्रोकोपाइनका नट–बल्टु चोरी गरिरहेको अवस्थामा प्रहरीले एक युवकलाई पक्राउ गरेको हो। पक्राउ पर्नेमा वराहक्षेत्र नगरपालिका–७ निवासी २९ वर्षीय सुशान्त तामाङ रहनुभएको छ। उहाँलाई बिहीबार साँझ सप्तकोशी नदीकिनार क्षेत्रबाट चोरी गरिरहेको अवस्थामा पक्राउ गरिएको प्रहरीले जनाएको छ। इलाका प्रहरी कार्यालय महेन्द्रनगरका प्रहरी निरीक्षक विक्रमबहादुर भट्टराईको कमान्डमा खटिएको गस्ती टोलीले सप्तकोश
धरान/धरान उपमहानगरपालिकाका तत्कालीन प्रशासकीय अधिकृत गणेशप्रसाद खतिवडासहित ९ जनाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा दायर गरेको छ। धरान–१४ दुईधारेस्थित नरसिंह भगवान मन्दिरको नाममा रहेको सार्वजनिक जग्गा आपसी मिलेमतोमा व्यक्तिको नाममा नामसारी तथा दर्ता कायम गराई सार्वजनिक सम्पत्तिमा हानिनोक्सानी गरेको आरोपमा अख्तियारले विशेष अदालत, काठमाडौंमा मुद्दा दायर गरेको हो। अख्तियारका अनुसार खतिवडासँगै तत्कालीन सिंगिया गाविसका सचिव कपिलमणि दाहाल, मालपोत कार्यालय सुनसरीका तत्कालीन मालपोत अधिकृत सुशिल बैध, तत्कालीन शाखा अधिकृत तुङ्गनाथ भण्डारी, तत्कालीन नायब सुब्बा केदा
धरान/तेह्रथुम घर भई हाल धरान–१५ मा बसोबास गर्दै आएका राजेन्द्र खापुङले वैदेशिक रोजगारी तथा विभिन्न प्रयोजनका लागि रकम लिएको र १७ जनाबाट कुल ५७ लाख रुपैयाँ ठगी गरेको पीडितहरूले आरोप लगाएका छन्। मंगलबार धरानमा पत्रकार सम्मेलन गर्दै पीडितहरूले खापुङले आफूहरूबाट विभिन्न बहानामा रकम लिएको आरोप लगाउँदै कानुनी कारबाहीको माग गरेका हुन्। पीडितहरूका अनुसार १४ जनाबाट जनही १ लाखका दरले १४ लाख, सुचिम राईबाट २८ लाख, अशोक राईबाट १० लाख र आशिष् राईबाट ५ लाख रुपैयाँ गरी कुल ५७ लाख रुपैयाँ खापुङले लिएको आरोप छ। सुचिम राईले आफू गाँजा मुद्दामा पक्राउ परेपछि छुटाइदिने भन्दै खापुङले २८ लाख रुपैयाँ लिएको दा
धरान/ धरानको भोटेपुलबाट प्रहरीले ठूलो परिमाणमा लागूऔषधसहित एक युवकलाई पक्राउ गरेको छ। बुधबार राति करिब १०ः३० बजे इलाका प्रहरी कार्यालय धरान र अस्थायी प्रहरी चौकी बरगाछीबाट संयुक्त रूपमा खटिएको प्रहरी टोलीले धरान–८ भोटेपुलमा हिँडिरहेका २८ वर्षीय बुद्ध लिम्बुलाई शंकास्पद अवस्थामा फेला पारी खानतलासी गरेको थियो। खानतलासीका क्रममा लिम्बुको साथबाट ट्रामोल १७० क्याप्सुल, स्पास्पेन १७० ट्याब्लेट र कोलिबान ५० ट्याब्लेट गरी जम्मा ३९० थान लागूऔषध फेला परेको प्रहरीले जनाएको छ। लागूऔषधसहित पक्राउ परेका लिम्बुलाई इलाका प्रहरी कार्यालय धरानमा ल्याई घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको
सुनसरी/ सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका–६ उल्टीमोडबाट प्रहरीले ३०४ ग्रामभन्दा बढी ब्राउन सुगरसहित एक भारतीय युवकलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा भारत बिहारको अररिया जिल्ला पतरा पञ्चायत–६ का १९ वर्षीय ईस्मत उल्हा रहेका छन्। बुधबार साँझ करिब ७ः३० बजे दक्षिणबाट उत्तरतर्फ पैदल आउँदै गरेका उल्हालाई शंकाका आधारमा खानतलासी गर्दा ब्राउन सुगर ३०४ ग्राम ११० मिलिग्राम पदार्थ बरामद भएको प्रहरीले जनाएको छ। लागूऔषध नियन्त्रण ब्यूरो कोटेश्वर, शाखा कार्यालय विराटनगर र जिल्ला प्रहरी कार्यालय सुनसरीबाट खटिएको संयुक्त टोलीले उनलाई नियन्त्रणमा लिएको हो। पक्राउ परेका उल्हालाई जिल्ला प्रह
झापा/झापाको मेचीनगरमा एक महिलामाथि जबरजस्ती करणी गरेको आरोपमा फरार रहेका ललितपुरका एक पुरुषलाई प्रहरीले काकडभिट्टाबाट पक्राउ गरेको छ। पक्राउ पर्नेमा ललितपुर महानगरपालिका–१६ का करिब ४७ वर्षीय प्रवेक डंगोल रहेका छन्। प्रहरीका अनुसार २०८२ साल फागुन २५ गते राति मेचीनगर नगरपालिका–१३ चारआलीस्थित ओझा होटलमा ३२ वर्षीया महिलामाथि जबरजस्ती करणी गरेको आरोपमा डंगोलविरुद्ध मुद्दा दर्ता भएको थियो। घटनापछि उनी फरार रहेका थिए। अनुसन्धानका क्रममा प्रहरीले उनको खोजी तीव्र बनाएको थियो। सोही क्रममा २०८३ साल साउन २६ गते दिउँसो करिब ३ बजे डंगोल भारतबाट नेपालतर्फ आउँदै गरेको गोप्य सूचना प्रहरीले प्राप