समाचार

    Showing 6,571-6,580 of 8,645 items.
  • कर तिर्न तयार फुटपाथ व्यवसायी

     इटहरी: चौध वर्षयता फलफूल बेचेर परिवारको पेट पालिरहेका इटहरी—५ का गोविन्द खनाल स्थानीय सरकारसँग रूष्ट छन् । उनले अब पसल सार्नुपर्ने भएको छ, तर कहाँ सार्ने भन्ने ठाउँको ठेगान छैन, त्यसैले उनी चिन्तित पनि छन् । गैसारका अशोक थपलिया पनि यस्तै चिन्तामा छन् । पाँच वर्षयता ठेलामा चियाखाजा बेच्ने गरेका उनको पनि अब कहाँ जाने भन्ने निश्चित छैन । छ लेन लोकमार्गले उनीहरूजस्ता दुई दर्जन फुटपाथ व्यवसायीहरूलाई उठिवास लगाउने भएको छ । सडक निर्माणले गति लिएपछि सडक क्षेत्रमा व्यवसाय गर्ने उनीहरू विस्थापित हुन लागेका हुन् । उपमहानगरले उचित र पायक पर्ने स्थानमा स्थान

    • प्रकाशित मितिः माघ १८, २०७७
    • 1,121 पटक पढिएको
    • "तेजबहादुर बन "
  • सुकुम्बासीहरूलाई लालपुर्जा वितरण गर्ने प्रक्रिया सुरु

    धरान: सरकारले सुकुम्बासीहरूको समस्या समाधानका लागि गठन गरिएको भूमिसम्बन्धी समस्या समाधान आयोगले लालपुर्जा वितरणको प्रक्रिया अगाडि बढाएको छ । आगामी असार मसान्तसम्ममा पुर्जा वितरण गरिसक्ने गरी आयोगले प्रक्रिया अगाडि बढाएको आयोगका अध्यक्ष देवीप्रसाद ज्ञवालीले बताए । त्यसै क्रममा प्रदेश १ का एक सय ३८ पालिकाहरूमध्ये ३० पालिकाहरूसँग गत मङ्सिर २२ गते विराटनगरमा सम्झौतासमेत भइसकेको छ । आयोगले प्रदेश १ का ताप्लेजुङ, पाँचथर इलाम, धनकुटा भोजपुर, झापा, मोरङ, सुनसरी र उदयपुरका स्थानीय तहसँग सम्झौता गरेको छ । ती स्थानीय तहमा जग्गा उपलब्ध गराउनुपर्ने भूमिहीन तथा सुकुम्बासीको सङ्ख्या पनि

    • प्रकाशित मितिः माघ १८, २०७७
    • 2,867 पटक पढिएको
    • "सन्जोगबाबु दाहाल "
  • विपन्न परिवारलाई रासन कार्ड वितरण

    धरान÷ धरान उपमहानगरपालिका–१६ ले धरानमै पहिलोपटक विपन्न परिवारलाई रासन कार्ड वितरण गरेको छ । १६ नं वडाले शनिबार पहिलो चरणमा वडाका ३२ परिवारलाई रासन कार्ड वितरण गरेको हो । कार्ड प्राप्त गर्ने परिवारले परिवारको सङ्ख्याका आधारमा निःशुल्क रासन प्राप्त गर्ने वडाध्यक्ष दिलकुमार गिरीले जानकारी दिए । वडाध्यक्ष गिरीका अनुसार दुईदेखि तीनजनासम्म सदस्य हुने परिवारले मासिक २५ केजी चामल तथा दाल, नुन, खानेतेल एक÷एक केजीका दरले दिइनेछ भने एकजनाको परिवारलाई चामल १५ केजी तथा दाल, नुन, खानेतेल एक÷एक केजीका दरले प्राप्त गर्नेछन् । वडाका २० विपन्न परिवारका एक सयजनाको निःशुल्क स्वास्थ्य

    • प्रकाशित मितिः माघ १७, २०७७
    • 993 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • अपाङ्गता भएका व्याक्तिको परिवारलाई न्यानो कपडा

    इलाम: इलाममा अपाङ्गता भएका व्याक्तिको परिवारलाई न्यानो कपडा वितरण शुरु गरिएको छ । हेरचाहाका लागि उत्प्रेरणा कार्यक्रम अन्तर्गत माई नगरपालिकाले अपाङ्गता भएका व्याक्तिको परिवारलाई न्यानो कपडा वितरण गरेको हो । अपाङ्गता भएका नगर भित्रका ५१ जना अपाङ्गता भएका व्याक्तिलाई न्यानो कपडा (ब्याल्यङ्केट सिरक) लगाएतका सामग्री बितरण गरिने हेरचाहाका लागि उत्प्रेरणा कार्यक्रम समन्वयकर्ता नविन कुमार पौड्यालले जानकारी दिए । शुक्रबारबाट शुरु भएको वितरण कार्याक्रममा हालसम्म नगरका १८जनालाई सहयोग गरिसकेकोे पौडेलले बताए। करुणा फाउण्डेसन नेपालको साझेदारीमा अपाङ्गता भएका ब्याक्ति तथा परिवारको न्यानो कपडा वितरण

    • प्रकाशित मितिः माघ १७, २०७७
    • 835 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • बहुतले पार्किङ्ग र सिनेमा हलसहितको भवन शिलन्यास

    इलाम: इलाम नगरपालिका बस पार्कमा बन्न लागेको मोटर पार्किङ्ग र सञ्चार केन्द्रसहितको बहुतले भवनको शनिबार शिलान्यास भएको छ । कृषि, भूमि व्यवस्था तथा सहकारी राज्य मन्त्री राम रानाले एक कार्यक्रमका बीच भवनको शिलान्यास गरेका हुन् । शिलान्यस गर्दै मन्त्री रानाले यो बहुतले पार्किङ्ग भवन मुलुककै नमूना भवनको रुपमा प्रदेश सरकारले निर्माण गर्न लागेको बताए । भूमिगत एक तला र भुईं तलमा मोटर पार्किङ्ग, सिनेमा हल र सञ्चार केन्द्रसमेत रहने गरी निर्माण गर्न लागिएको भवन मुलुककै नमूना भवन बन्ने इलाम नगरपालिकाका मेयर महेश बस्नेतले बताए । प्रदेश नम्बर १ सरकारको लगानीमा इलाम नगरपालिकाको समेत सहभागितामा निर्माण

    • प्रकाशित मितिः माघ १७, २०७७
    • 957 पटक पढिएको
    • "भगीरथ भण्डारी"
  • दोस्रो अन्तर कर्मचारी मैत्रीपुर्ण ब्याडमिन्टन प्रतियोगिता सम्पन्न

    धरान । धरान उपमहानगरपालिका खेलकुद विकास समितिको आयोजनामा दोस्रो अन्तर कर्मचारी मैत्रिपुर्ण ब्याडमिन्टन प्रतियोगिता सम्पन्न भएको छ ।  शुक्रबारबाट सुरु भएको प्रतियोगिता आज शनिबार सम्पन्नभएको हो ।  प्रतियोगितामा पुरुषतर्फ प्रथम रमेश राई, द्धितिय राजेन्द्र राई, तृतिय राममाबो र चौथो चन्द्र प्रकाशखनालभएभने महिलातर्फ प्रथम स्वेता राई, द्धितिय लक्ष्मीतामाङ, तृतिय सम्झनाविक र चौथो मिनाकुलुङ भएका छन् । पुरुष र महिला तर्फका प्रथम, द्धितिय, तृतिय र चौथो भएका खेलाडीले पुरस्कार क्रमशःनगद ५ हजार, ३ हजार, १ हजार ५ सय रुपैयाँसहित प्रमाण पत्र र ट्रफि हात पारे । यस्तै उत्कृष्ट खेलाडीतर्फ रमेश राई र

    • प्रकाशित मितिः माघ १७, २०७७
    • 957 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • आवश्यक परे संसद बैठक बोलाईन्छ :प्रचण्ड

    विराटनगर । नेकपाका अध्यक्ष पुष्पकमल दाहालले आफ्नै आंखा अगाडि जनताले बनाएको संविधान बिघटन गरिएको बताएका छन् । दाहालले धेरै संविधान बनेको तर ती सबै संविधान भन्दा २०७२ को संविधान फरक रहेको बताए । विराटनगरमा नेकपाले आज आयोजना गरेको विरोधसभालाई सम्बोधन गर्दै दाहालले भने,'ती संविधान राजा महाराजाको अधिकार भन्दै थोपरिएका थिए तर नयाँमा जनताको तर्फबाट जनतालाई अधिकार दिएर लागू गरिएको थियो । आंखा अगाडि प्रतिक्रियावादी एजेन्टले संविधान बिघटन गरिदिए । यो लोकतन्त्र माथि हमला भएको छ । यो जनताको अधिकारमाथिको हमला हो '। उनले नयाँ युगतिर देशलाई लैजाने योजना रहेकोमा जतिबेला संविधान बन्यो कम्युनिष्ट पार्टी एकता

    • प्रकाशित मितिः माघ १६, २०७७
    • 893 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • धरानमा पनि मनाइयो शहीद दिवस

    धरानः शहीदहरुको समझनामा प्रत्येक वर्ष माघ १६ गते मनाइदै आइएको शहीद दिवस शुक्रबार आज धरानमा पनि मनाइएको छ । प्रजातन्त्रका लागि बलिदान दिएका सहिदहरुको सम्झनामा शुक्रवार धरान उपमहानगरपालिकाले श्रद्धाञ्जली कार्यक्रमको आयोजना गरी सहिद दिवस मनाएको हो । शुक्रबार शहीदको अवसर पारेर धरानमा आयोजित कार्यक्रममा प्रदेश १ का सभामुख प्रदीपकुमार भण्डारी ,धरान उपमहानगरपालिकाका मेयर तिलक राई, उपमेयर मञ्जु भण्डारी लागयतले शहीदका तस्वीरमा माल्यापर्ण गरेका थिए । कार्यक्रममा बोल्दै प्रदेश सभामुख भण्डारीले नेपाली जनतालाई सार्वभौमसत्ता सम्पन्न नागरिक बनाउन, जहानिया राणा शासन, निरङ्कुश पञ्चायत तथा तानाशाही राजतन्त्र

    • प्रकाशित मितिः माघ १६, २०७७
    • 1,697 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • बजेट अभावमा पटके डाडा प्रबर्द्धनमा समस्या

    धनकुटा÷ धनकुटाका जिल्लाकै अग्लो पटेक डाँडा पर्यटन क्षेत्र बिस्तारका लागि बजेट अभाव हुँदा पर्यटन प्रवद्र्धनमा समस्या देखिएको छ । नेपाल सरकारको एक सय गन्तब्य मध्येको एक स्थानमा सुचिकृत यस क्षेत्रमा पूर्ण संरचना बन्न नसक्दा पर्यटकहरुले सास्ती बेहोर्नु परेको स्थानीयबासीहरुको भनाई रहेको छ । २०७५ सालबाट हालसम्म छथर जोरपाटी गाउँपालिकाको पहलमा सिंधुवा बजारको हलहलेबाट १ सय १८ मीटर कच्ची सडक, २ सय २७ मीटर सिंढी र ४ सय ६३ मीटर रेलिङ निर्माण गरिएको छ । तर उक्त सिंधुवा बसन्तपुर सडक खण्डबाट सो डाँडासम्म जाने कच्ची बाटोको स्तरोन्नति हुन नसक्दा पर्यटकहरुलाई जान कठिन भएको सिंधुवा बजारका रुद्र थापाले

    • प्रकाशित मितिः माघ १६, २०७७
    • 1,614 पटक पढिएको
    • "सन्तोष रुचाल"
  • बेलबारीमा उत्पादित छुर्पीको चर्चा चुलिदै

    बेलबारी: पहाडी क्षेत्रमा उत्पादनहुँदै आएको छुर्पी बेलबारीमै उत्पादन हुन थाले पछि यति बेला पदम दाहालले उत्पादन गरेको छुर्पीले चर्चा पाउन थालेको छ । पहाडी जिल्लाका छुर्पीको माग बढ्दै गएपछि पदमले आफैंले स्थानिय स्तरमा पनि छुर्पी उत्पादन गरेका हुन् ।उहि स्वाद र पहाडी क्षेत्रबाट आयत गरिएको भन्दा केही सस्तो भएपछि छुर्पीका पारखीहरुको राजाईंमा पदमले उत्पादन गरेको छुर्पीले चर्चा पाउन थालेको स्थानियहरु बताउँछन् । उनले छुर्पी उत्पादन थाले सगै स्थानिय बजारमा समेत छुर्पीको माग बढ्न थालेको व्यवसायी पदमा बताउँछन् । उनले भने,‘पहिला देखिनै नेपाली बजारमा लोकप्रीय छुर्पी स्थानायि स्तरमै उत्पादन हुन थालेप

    • प्रकाशित मितिः माघ १६, २०७७
    • 979 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved