इटहरी/ इटहरी उपमहानगर २ शान्तिनगरका ४९ वर्षिय केशव कार्की र छिमेकी ५१ वर्षिय कान्छा भनिने जिवनाथ रेग्मी बिच ४ वर्ष यता बोलचालनै बन्द थियो । एउटै बाटो हिड्ने उनीहरू अचानक भेट भइहाल्दा पनि तर्केर हिडने गर्थे । बोलचाल बन्द हुनु अघि सम्म उनीहरु बिच घनिष्ठता थियो । चार वर्ष अघि नजिकैको जंगलबाट काठ ल्याउदै गर्दा गस्ती गर्ने सुरक्षाकर्मीले कान्छा भनिने रेग्मीलाइ पक्राउ गरे पछि सुराकीको आशंकामा दुई बिच बोलचाल नै बन्द भएको थियो । रेग्मीले ल्याएको सबै काठहरू प्रहरीद्वारा खोसियो । आफु पक्राउ पर्नुमा र काठहरू खोसिनुमा कार्कीको सुराकी हुन सक्ने भन्दै रेग्मीले शंका गरे । शंकाले बिवाद ल्याए पछि एक अर्क
धरान/ पोषण तथा आहार विषय अध्ययन गरेका दक्ष जनशक्तिको भविष्य अन्यौलमा रहेको छ । राज्यले पोषण तथा आहार विषय अध्ययन गर्ने व्यवस्था गरिदिए पछि सरकारी मान्यता पाउन नसक्दा उनीहरुको भविष्य अझै पनि अन्यौलनै रहेको छ ।अध्ययन पूरा भइसकेपछि नेपाल स्वास्थ्य व्यवसायी परिषद (एनएचपिसी) मा दर्ता गर्नुपर्ने हुन्छ, तर अहिले सम्म दर्ता प्रक्रियाको नीति बन्न नसक्दा उनीहरु अन्यौलमा छन् । एनएचपिसीमा दर्ता नहुँदा सरकारी मान्यता प्राप्त गर्न सकेका छैनन् भने लोकसेवा आयोगमा समेत भिड्न पाएका छैनन् । त्रिभुवन विश्वविद्यालय अन्र्तगत रहेको केन्द्रीय प्रविधी क्याम्पसमा २०६७ साल देखि पोषण विज्ञान अध्ययन हुने गरेको छ । अ
इटहरी/ प्रदेश एकको ब्यापारिक केन्द्र संगै पछिल्लो समय शैक्षिक हव समेत बनिसकेको सुनसरीको इटहरीमा नियमित अनुगमन तथा सम्बन्धित निकायले चासो नराखिदिदा शिक्षा क्षेत्रमा एक पछि अर्काे बेथितिहरू सार्वजनिक हुन थालेका छन ।सामुदायीक तथा निजी बिद्यालयहरूको नियमित अनुगमन तथा संरक्षण गर्ने जिम्मा लिएको स्थानीय सरकार इटहरी उपमहानगरले गम्भिर बनेर चासो नराख्दा बेथितिहरू बाहिरिन थालेका हुन । उपमहानगरले शिक्षा क्षेत्रलाइ थप सुधारोन्मुख बनाउन बार्षिक करोडौ रकम बिनियोजन गरेपनि संरक्षणको दायित्वबाट टाढिँदा लगानी बालुवामा पानी सरह बनेको छ । इटहरी १० खनार स्थित श्री मनमोहन आधारभूत विद्यालयको अवस्था अहिले दयनीय
बराहक्षेत्र/ किराँत राई समुदायले आफ्नो आस्थाको केन्द्रको रुपमा दाबि गरेको खुवालुङ्ग ढुङ्काको संरक्षण, प्रबद्र्धनमा प्रदेस नं १ का मुख्यमन्त्री सेरधन राईले प्रतिबद्धता जनाएका छन् । धनकुटा, भोजपुर र उदयपुर जिल्लाको सिमानामा रहेको तीन ठूला नदीहरु अरुण, तमोर र दूधकोसीको संगमस्थल त्रिवेणी स्थित कोशि नदीमा रहेको ढुङगालाई किराँत समुदायले पवित्र तिर्थस्थल खुवालुङ भनेर दाबी गर्दै आइरहेका छन् । जल यातायात बिस्तार गर्ने योजना अन्तर्गत ढुङ्गा अर्थात खुवालङ्ग फुटाउने हल्लासंगै एकाएक चर्चाको आए पछि खुवालङ्गलाई संरक्षण र बिकाशमा प्रदेस सरकार लाग्ने मुख्य मन्त्री राईले बताए । मङलवार खुबालुङ्ग क्षेत्रमा
धरान/ हुलका हुल बादर बजार क्षेत्रमा प्रवेश गरेर भान्सामा पकाएका खाना खाइदिने, होटल व्यवसायीले बनाएको खाना तथा नास्ता लिएर भाग्ने, छरिदिने, फलफूल तथा सागसब्जी व्यापारीहरुको सामान चोरेर खाइदिने गरेर हैरान बनाउने गरेका छन् । यतिमात्र हैन जथाभावि बजार छिरेका यस्ता बादरले पसलमा राखेका सामग्रीहरु समेत च्यातिदिने, झारिदिने लगायतका उच्छृंखल काम गरेर क्षति पु¥याउने गरेका कारण पनि धरानका सर्वसाधारणले हैरानी व्यहोर्नु परेको हो । बादरले धेरै हैरानी दिएपछि बादर व्यवस्थापनका लागि २०७० सालमा धरान ३ निवासी सकुल श्रेष्ठको अध्यक्षतामा १३ सदस्यीय बादर पीडित संघर्ष समिति गठन गरेको थियो । समितिले तत्काल
विराटनगर / नेकपा माओवादी केन्द्रको संसदीय दलको नेतामा ईन्द्र आङ्बो चयन भएका छन । आङ्बोलाई पार्टीले सर्वसम्मत ढंगबाट संसदीय दलको नेतामा चयन गरिएको हो ।यसभन्दा अघि संसदीय दलको नेतामा टंक आङ्बोहाङ रहेका थिए । आङबोहाङ नेकपा केन्द्र छोडेर एमालेकातर्फबाट प्रदेश नं. १ को आर्थिक मामिला मन्त्री समेत बनिसकेका छन् ।आङबोहाङले पार्टी छाडेपछि सोही स्थानमा इन्द्र आङबोलाई संसदीय दलको नेता बनाइएको हो । सोमबार विराटनगरमा बसेको माओवादीको संसदीय दलको बैठकले आङ्बोहाङलाई आफ््नो अवस्थाबारे जानकारी दिन २४ घण्टे स्पष्टीकरणसमेत सोध्ने निर्णय गरेको छ । योस“गै बैठकले अन्य पदाधिकारी समेत चयन गरेको छ । बैठकले
विराटनगर । शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले चार दिनसम्म बन्द गर्ने निर्णय गरे पनि विराटनगर महानगरपालिकाकाले भने महानगर क्षेत्रमा शैक्षिक संस्था नियमित गर्ने भएको छ । महानगरको शैक्षिक प्रशासन महाशाखाले सोमबार सूचना जारी गरी शैक्षिक संस्था सूचारु हुने जनाएको हो ।नगर शिक्षा अधिकारी दुर्गाप्रसाद खतिवडाले विराटनगरमा वायू प्रदूषण नभएको बताएका छन् । को भिड १९ को असरबाट भर्खरै तंग्रिन थालेको शैक्षिक क्षेत्र थप बन्द गर्दा थप असर गर्ने भएकोले खुला गर्ने निर्णय भएको बताईएको छ ।
धरान / बालबालिकाहरुलाई पत्रकारिता तर्फ आकर्षित गर्न धरान ८ ले भित्तेपत्रिका लेखन तथा प्रकाशन तालिम सम्पन्न गरेको छ । बालबालिका लक्षित कार्यक्रम अन्र्तगत वडामा रहेका बाल क्लबका प्रतिनिधीहरुलाई दुई दिने भित्ते पत्रिका लेखन तथा प्रकाशन तालिम प्रदान गरेको हो । वडामा रहेका ७ वटा बालक्लब र वडा स्तरिय बालसञ्जालबाट सहभागि भएका थिए । तालिममा २८ जना बालबालिकाहरुको सहभागिता रहेको छ । उनीहरुलाई कोशीपत्र दैनिकका कार्यकारी सम्पादक दिनेश गजमेरले सहजीकरण गरेका छन् । तालिमको उदघाटन कार्यक्रमका प्रमुख अतिथी बालमैत्री स्थानीय सुशासन समितीका सदस्य लक्ष्मण दासले गरेका थिए । उनले बालबालिकाहरुले पत्रकारिता तर्
इलाम/ वैदेशीक रोजगारीको कारण परिवारमा हुने खटपट साथै महिला हिंसा र उमेर नपुग्दै विवाह गरेकाहरुको सम्बन्ध बिच्छेद गर्नेको संख्या इलाममा बढ्दै गएको छ । जिल्ला अदालत इलाममा फागुन मसान्तसम्म सात सय छ थान मुद्धामा तीन सय १० थान सम्बन्ध बिच्छेदका मुद्धा रहेको पाइएकबो छ । त्यस मध्ये एक सय ९५ थान मुद्धा फछर्यौट भइसकेको र एक सय १५ वटा मुद्धा बिचाराधीन रहेका छन् । सम्बन्ध बिच्छेद गर्नेहरुले आफुले पाउने अंशमा समेत दावी नगरी सम्बन्ध बिच्छेद गर्ने गरेको जिल्ला अदालतका श्रेस्तेदार फडिन्द्रराज भट्टराईले बताए । उनले भने, ‘सम्बन्ध बिच्छेदको निवेदन दिने करिव आधाले अंशको मागदावी गर्दैनन, अंशको माग दा
धरान / सरकारले मंगलबार देखि देशभरका सम्पूर्ण विद्यालयहरु ४ दिन बन्द गर्ने निर्णय गरेको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री कृष्णगोपाल श्रेष्ठको अध्यक्षतामा बसेको बैठकले वायुमण्डलमा देखिएको मौसम प्रतिकूलताको कारण शिक्षण संस्थाहरु ४ दिनका लागि बन्द गर्ने निर्णय गरेको हो । मौसममा देखिएको खराबीका कारण बालबालिकाको स्वास्थ्यमा असर पर्न सक्ने भन्दै सोमबार मन्त्रालयमा बसेको आकस्मिक बैठकले यस्तो निणर्य गरेको हो । प्रधानमन्त्री केपी शर्मा ओलीसगको प्रमार्श गरेर नै यो निणर्य गरिएको मन्त्री श्रेष्ठले बताएका छन् ।