सुनसरी । खाँदबारी ३ चिसापानी गुम्बा टोल बस्ने सुरेश गुरुङको ३ बर्षीया छोरी एलिसा गुरुङको पानीमा डुबेर मृत्यु भएको छ । शुक्रबार दिउँसो घर नजिकै खेल्ने क्रममा अचानक कच्चि सडकको नालीको पानीमा डुब्दा नाबालिका बेहोस भएकी थिईन । उनको खाँदबारी १ स्थित गोपाल भगत मेमोरियल हस्पिटलमा ल्याई उपचार भईरहेकोमा उपचारकै क्रममा अपरान्ह ४ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय संखुवासभाले जनाएको छ ।
विराटनगर । प्रदेश नं १ को राजधानी विराटनगरमा प्रदेश मन्त्रीले छनोट गरेका व्यक्तिलाई सुटुक्क खोप दिइएपछि सर्वसाधारणले अवरोध गरेका छन् । सामाजिक विकास मन्त्री उषाकला राईको सिफारिसमा परेका व्यक्तिलाई सरकारी स्वास्थ्य केन्द्रको साटो निजी सिनेमा हल परिषरमा खोप लगाउन खोजेपछि सर्वसाधारण विरोधमा उत्रिएका हुन । पार्टी समर्थक र चुनिएका उद्योगपतिलाई गुपचुपमा भारतमा उत्पादन भएको कोभिसिल्डको खोपको दोस्रो खोप लगाउन जस्वास्थ्य कार्यालयको टोली तीनपैनीको सिटी सिनेमा पुगेको थियो । तर, दोस्रो खेप कोभिसिल्ड लाउन पर्खाईमा रहेका सर्वसाधारणले त्यसको जानकारी प्राप्त गरेपछि हल परिसरमै पुगेर विरोध गरेका हुन । नेकपा
धरान । गत जेठ १ गते देखि घोषणा भएको सुनसरीमा लकडाउन तेस्रो चरणमा जेठ २२ सम्मको लागि थपिएको छ । जिल्ला प्रशासन कार्यालय सुनसरीका प्रमुख उमेश कुमार ढकालले जेठ २२ गते सम्मका लागि पुर्णलकडाउनको सुचना जारी गरेका छन् । जेठ २२ गते राती १२ बजे सम्म सुनसरी जिल्ला भर लागु हुने गरि निरन्तरता दिइएको जनाएका छन् । दोस्रो चरणको लकडाउन भोलि राती १२ बजे देखि सकिन्दैछ । लकडाउनका केही मापदण्ड परिमार्जित गर्दै सुचना जारी गरिएको हो । धानको बिउँ रोप्ने समय भएकाले जिल्ला संचालित साझा तथा सहकारी संस्थाहरुबाट बिउ विजन खरिदका लागि किसानहरुलाई जनस्वास्थ्यका मापदण्ड पालना गर्ने गरि आवतजावत गर्न दिने भएको छ । त्यसै गरि
विराटनगर । कोरोना संक्रमणको दोस्रो लहर व्यहोरिरहेको प्रदेश १ मा संक्रमित ठिक हुने दर न्यून पाइएको छ । प्रदेशमा गत चैत १२ गते दोस्रो लहरबाट पहिलो संक्रमितको मृत्यु भएको मानि प्रदेश सरकारले त्यही दिनलाई दोस्रो लहरको शुरुवाती चरणको रुपमा लिएको छ । सामाजिक विकास मन्त्रालयका अनुसार प्रदेश १ मा पहिलो चरणका समेत जोड्दा कूल संक्रमितको संख्या ५४ हजार ९ सय २८ पुगेको छ । अहिले दोस्रो चरणको सामना गरिरहेको प्रदेश १ मा चैत यता २४ हजार ६ सय १७ जना नयाँ संक्रमित थपिएका छन् । जबकी विहीबारसम्म सक्रिय संक्रमितको संख्या २० हजार ३ सय ५१ छ । हालसम्म जम्मा ४ हजार २ सय जना संक्रमित पूर्ण रुपमा निको भईसकेका छन । यस
मोरङ । मोरङको बेलबारी नगरपालिकाले कोभिड–१९ विरुद्धको खोप खरीदका लागि स्वास्थ्य तथा जनसख्या मन्त्रालयसँग स्विकृति मागेको छ । नगरले आफ्ना नागरिकका लागि ८० हजार डोज खोप आफैं खरीद गर्ने जनाउँदै मन्त्रालयमा पत्राचार गरेको नगर प्रमुख ज्ञानेन्द्र सुबेदीले बताए । नगरपालिकाले दुई चरणमा खोप उपलब्ध गराइदिन माग गरेको हो । पहिलो चरणमा १८ बर्ष देखी ४० बर्ष सम्मका ४० हजार दोस्रो चरणमा ४० हजार डोज खोप स्विकृतिका लागि माग गरीएको नगर प्रमुख सुबेदीले बताए । नगरप्रमुख सुवेदीका अनुसार मन्त्रालयले स्वीकृति दिए लगत्तै प्रक्रिया थालेर खोप ल्याइने छ । उनले भने, ‘नागरिककलाई बचाउन जसरी भएपनि खोप किन्नैपर्
धरान । विहिबार साँझ धरान १५ स्थित अस्थायी प्रहरी चौकीमा पसेर आक्रमण गर्ने ९ जनाको पहिचान खुलेको छ । उनीहरुको खोजि कार्य भइरहेकाले नाम सार्वजनिक नगरिएको प्रहरीले जनाएको छ । पाथीभरा लाइनमा रहेको चौकीमा पसेर आक्रमण गर्ने समुहको पहिचान भइसकेकाले खोजि कार्य तिब्र बनाइएको इलाका प्रहरी कार्यालय धरानका प्रहरी निरिक्षक हेमराज वलीले बताए । उनले भने, ९ जनाको पहिचान खुलिसकेको छ, उनीहरुको खोजि कार्य तिब्र बनाइएको छ ।’ उनीहरु वडा नम्बर १५ कै स्थानीय रहेको बुझिएको छ । आक्रमणबाट असई सुमन दाहाल, एक हवल्दार र एक सिपाइ घाइते भएका छन् । असई दाहालको धरान स्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उ
सुनसरी । मोरङको कानेपोखरी गाउँपालिका ५ शान्ति चोकमा भएको सवारी दुर्घटनामा परी कानेपोखरीका दिलिप चौधरीको मृत्यु भएको छ । बिहिवार साँझको समयमा उत्तरबाट दक्षिण तर्फ जाँदै गरेको को २ त ९८५८ नम्बरको ट्याक्टरले बितरीत दिशाबाट आउँदै गरेको को ३२ प ३७६९ नम्बरको मोटरसाईकललाई ठक्कर दिंदा मोटरसाईकल चालक कानेपोखरी गाउँपालिका २ केरौनका ३२ बर्षीय चौधरी घाईते भएका थिए । घाईतेलाई उपचारको लागी कोशी अस्पताल पठाईएकोमा उपचारको क्रममा राती मृत्यु भएको हो । घटना सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।
धरान । कोरोनाको महामारीका बिच खाद्यान्न लगायत उपभोग्य वस्तुहरु एमआरपी अनुसारनै बिक्रि वितरण गर्न सुनसरी उद्योग वाणिज्य संघले थोकबिक्रेताहरुलाई आग्रह गरेको छ । खाद्यान्न लगायत उपभोग्य वस्तुहरुको बजार भाउँ वृद्धि भएको जनगुनासो आउन थाले पछि संघले थोकबिक्रेताहरु सँग छलफल गरेको थियो । छलफलमा संघका प्रथम उपाध्यक्ष तथा बजार अनुगमन तथा आपुर्ति समितीका संयोजक शिवराज श्रेष्ठले व्यवसायीहरुलाई एमआरपी दररेट भन्दा बढीमा सामान बिक्री नगर्न आग्रह गरेका छन् । श्रेष्ठले बिक्री गरिने वस्तुहरुमा एमआरपी उल्लेख नभएको भए बिल बमोजिम सम्पूर्ण खर्च जोडी थोरै नाफामा बिक्री गर्न आग्रह गरेका छन् । संघका अध्यक्ष गिरिधार
धरान । कोरोना संक्रमण भए पछि उपचारमा रहेका सप्तकोशी एफएमका स्टेशन मेनेजर चन्द्र न्यौपानेको निधन भएको छ । उनी विगत दुई साता देखि बिराटनगर स्थित विराट शिक्षण अस्पतालमा उपचाररत थिए । उनको शुक्रबार बिहान निधन भएको हो । उनलाई सिवियर निमोनिया भए पछि अस्पताल भर्ना गरिएको थियो । न्यौपाने सप्तकोशी एमएफका स्टेशन मेनेजर सहित ब्रोडकास्टिङ एशोसियशन अफ नेपालका अध्यक्ष थिए । नेपाल सरकारले गठन गरेको विज्ञापन बोर्डमा पनि सदस्यमा नियुक्ति गरेको थियो । यस्तै नेकपा एमाले सुनसरीको प्रचार प्रसार विभागका सदस्य पनि थिए ।
धरान ः धरानमा खोला उत्खनन् हुने क्रमले तिब्रता पाएको छ । आर्थिक बर्ष सकिनै लाग्दा ठेकेदार कम्पनीहरुले धरानको सेउती, सर्दु खोला लगायतका खोलामा धमाधम मापदण्ड विपरीत खोला उत्खनन गर्ने काम गरिरहेका छन् । सेउती खोलामा उत्खनन कार्य नरोकिएपछि धरान उपमहानगरपालिका वडा नंं ५का वडाध्यक्ष सन्तोष लिम्बुको समूहले सम्बन्धित निकायमा रोक्न ज्ञापनपत्रज्ञ बुझाएको भोलिपल्ट उत्खनन नरोकिएपछि वडाध्यक्षकै सक्रियतामा त्यहा अवरोध गरिएको थियो । मंगलबार ज्ञापनपत्र बुझाएको भोलिपल्ट नै बुधबार उनीहरुले ठेकेदार कम्पनीले खोला उत्खनन नरोकेपछि आक्रोस भएर वडाध्यक्षकै टोली गएर उत्खनन गर्ने काम रोकेको थियो । सेउती, सेहारा र सर्द